• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकार र व्यवसायीको प्रतिबद्धता : मिलेर अगाडि बढ्दा नतिजा राम्रो आउँछ

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ११, २०७७  १७:१०
1140x725

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा बिहीबारबाट काठमाडौंमा सुरु भएको छ। महासंघको ५४औं साधारणसभा मंसिर १३ गतेसम्म जारी रहनेछ।

कोभिडका कारण चैतमा हुने पर्ने साधारणसभा ७ महिनापछि सुरु भएको हो। महासंघको साधारणसभा पहिलो पटक अनलाइनमार्फत उद्घाटन भएको छ। साधारणसभाको उद्घाटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वअध्यक्षहरुको समेत सहभागिता थियो।

प्रधानमन्त्री ओलीले महासंघको साधारणसभाको उद्घाटन गर्दै सरकार र निजी क्षेत्रको सहकार्यमा अघि बढ्ने बताएका छन्। प्रधानमन्त्री ओलीले सरकार मनको गरीब नभएकाले साझा एजेन्डामा अघि बढ्न तयार रहेकोसमेत प्रतिबद्धता जनाएका छन्।

‘सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट मात्रै अहिलेको समस्यासँग लड्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोभिड-१९ बाट उत्पन्न असहज परिस्थितीमा आर्थिक गतिविधि चलायमान बनाउन उद्योगी/व्यवसायीको महत्वपूर्ण भूमिका रहन्छ। यसका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग महासंघका विभिन्न संरचनामा रहेका संस्थाबीच सहकार्य गर्दै अघि बढ्नुपर्छ।’

राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पुँजिपतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका उनले केही कमजोरी भएका कारण नै वैदेशिक लगानी खोज्नु परिरहेको बताएका थिए। धेरै नाफा कमाउनका लागि बाहिर लगानी गर्ने प्रवृत्तिको अन्त्य गर्नसमेत प्रधानमन्त्री ओलीले उद्योगी/व्यवसायीलाई आग्रह गरेका थिए।प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएकाले कोरोना महामारीका कारण समस्या परेका उद्योगी/व्यवसायीहरुलाई आफ्नो गच्छेअनुसार सहयोग गर्ने बताए।

‘नेपाल सरकार मनको गरिब होइन, दिने इच्छा नगर्ने होइन। तर सरकारको आर्थिक क्षमता यहाँहरुले हेर्नु भएको छ,’ उनले भने, ‘गच्छेअनुसार बाँच्ने हो, सरकारले गच्छेअनुसार अथवा त्यसभन्दा एक कदम अगाडि रहेर यहाँहरुलाई सहयोग गर्नेछ। तर फेरि पनि यो सीमित हुनेछ। यसमा साझा प्रयासबाट हामी अगाडि बढ्न सक्छौँ।’

 

Ncell 2
Ncell 2
nimb
nimb

 

 

 

कोरोना महामारीका कारण निजी क्षेत्र तथा समग्र राष्ट्रलाई परेको असरलाई समाधान गर्न सबै मिलेर अग्रसर हुनुपर्ने उनको जोड थियो।

Xtrem

Xtrem

‘हामी साझा समस्या झेलिरहेका छौँ। यसको समाधान पनि सँगै मिलेर गर्नुपर्छ। सबैको संयुक्त प्रयासमा हामी समस्यासँग जुध्न सक्छौँ,’ प्रधानमन्त्री ओलीले भने। उनले लामो समय अगाडिदेखि नै मानव जातिले कहिले महामारी, कहिले रोग, कहिले भूकम्प, त कहिले पहिरोजस्ता अनेकौँ कुराहरु सहँदै आएकाले कोभिड महामारीको समेत सामना गर्दै ग्लोबल फ्रेन्डसिप कन्सेप्टका साथ अगाडि बढ्नुपर्ने उल्लेख गरे।

निजी क्षेत्रले पनि सरकारसँगै हातेमालो गरिरहेको बताउँदै उनले उद्यमशील युवाहरुको उत्सुकता, तत्परता तथा अग्रसरताको प्रशंसा गरे। तर उद्यमीहरुले देशको पुँजी बाहिर लगानी गर्ने प्रवृत्ति रहेका कारण यसप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरे।

‘हाम्रै उद्यमी व्यवसायीहरुले यहाँको पुँजी बाहिर लगेर लगानी गर्ने प्रवृत्ति राम्रो होइन। हाम्रामा लगानीका अवसर सकिएका होइनन्। हाम्रोमा श्रम बजार सस्तो छ। त्यसले गर्दा पनि अन्यत्र भन्दा मुनाफामा जान सक्छौँ। त्यसैले यहीँ लगानी गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाइ थियो। देशमा उत्पादन नभएका कारण नेपाली उपभोक्ता मात्रै बनिरहनु दुःखद भएको उनले बताए। यसपक्षमा सरकार सल्लाह गरेर अगाडि बढ्ने र उद्योग, व्यापार, सेवा, पर्यटन लगायत सबै क्षेत्रलाई साथ सहयोग दिन सरकार तयार रहेको प्रतिबद्धता उनले जनाए।

000

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र खुम्चिएकोमा महासंघ चिन्तित रहेको बताइन्। ‘सरकार र निजी क्षेत्र मिलेर मात्रै कोरोनाले तहसनहस पारेको अर्थतन्त्रलाई सही दिशामा लैजान सकिन्छ,’ अध्यक्ष राणाले भनिन्, ‘कोभिड–१९ का कारण निजी क्षेत्र र सरकारलाई ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। महामारीको समयमा पनि व्यवसायीले बैंकको सावाब्याज भुक्तानी, तलब भुक्तानी, सरकारलाई बिजुलीको बिल र कर तिर्नुपर्ने अवस्था छ। जसले गर्दा निजी क्षेत्र समस्यामा परेका छन्। अर्थतन्त्रलाई सही दिशामा लैजान सरकार र निजी क्षेत्रले साझेदारी गर्नुपर्छ।’

कोभिड–१९ पछि आर्थिक पुनरुउत्थानका लागि बजेट घोषणा र मौद्रिक नीतिमार्फत् ल्याएको नीति पनि सकारात्म रहेको राणाको भनाइ थियो। ‘नेपालले कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गरेर निजी क्षेत्र र सरकार संयुक्त रूपमा अघि बढ्नै पर्छ,’ उनले भनिन्, ‘कोभिड–१९ ले आर्थिक वृद्धि खुम्चिने तथ्यांक सार्वजनिक भइसकेको छ। आइएलओका अनुसार १६ देखि ३० लाख नेपाली कामविहीन हुने आँकलन गरेको छ। वैदेशिक रोजगारीका लागि गएका नेपाली फर्कने क्रम सुरु भएको छ। पर्यटन व्यवसाय धराशायी बनेको छ। जुन, पुरानै अवस्थामा फर्कन ५ वर्ष लाग्ने देखिएको छ।’

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई राष्ट्रिय सहमतिसहित छिटो पारित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले त्यसका लागि महासंघ सहयोग गर्न तयार रहेको र कोरोनापछि विश्व अर्थतन्त्र डिजिटलतर्फ धकेलिएकाले यसबाट नेपालमा प्रविधि उद्योगको विकास हुने राणाको तर्क छ। साथै उनिले अर्थतन्त्रलाई कसरी उठाउने भन्ने विषयमा सरकार र निजी क्षेत्रले सोच्नुपर्ने अवस्था आएको बताइन्।

000

साधारणसभालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महांसंघ अग्रजहरुको अथक मेहनत, सरकारको विश्वास र समग्र निजी क्षेत्रको भरोसाका कारण आज यहाँसम्म आइपुगेको बताएका थिए।

‘महासंघ निजी क्षेको हक हित र समुन्नत मुलुक निर्माणका लागि सक्रिय रहँदै आएको छ। अहिले संक्रमणकाबीच विषम परिस्थितिमा व्यापार व्यवसाय संचालन गरिरहेका उद्यमी व्यवसायीको स्वास्थ्य सुरक्षा र अन्य राहतका लागि निजी क्षेत्रका संघीय प्रतिनिधिमूलक संस्था महासंघको थप प्रभावकारी र ससक्त भूमिका माग भएको छ,’ उनले भने, ‘हामी अहिलेसम्म कहिल्यै भोग्नुनपरेको आर्थिक, सामाजिक र स्वास्थ्य समस्यासंग जुधिरहेका छौँ। दुई लाख भन्दा बढीलाई कोरोना भाइरस संक्रमण भइसकेको छ भने १३ सय बढिले ज्यान गुमाइसकेका छन्। गत वर्ष मात्र नभई चालु आर्थिक वर्षमा पनि अर्थतन्त्रको विस्तार एक प्रतिशतभन्दा कम दरले मात्र हुनसक्ने आकलन आइरहेका छन्। कोभिड-१९ को कहर, त्यसलाई नियन्त्रण गर्न लगाइने बन्दाबन्दीले हाम्रो जीवनको लय फेरिएको छ। स्वास्थ्य जटिलता बढेको छ। आय आर्जनका अवसर घटेका छन्। उद्यम व्यवसाय नराम्ररी प्रभावित भएका छन्।’

गोल्छाले अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान दिने र झन्डै २० लाखलाई रोजगारी दिइरहेका साना तथा मझौला उद्यमी अहिले निक्कै आक्रान्त भएको बताएका छन्।

‘दुई चार हजार रुपैयाँ दिएर उनीले श्रमिकलाई गुजारा चलाउन सहयोग गरेका छन्। तर, समय लम्बिदै जाँदा त्यो पनि कठिन हुँदैछ। साना तथा मझौला उद्योग, व्यवसाय, पर्यटन, यातायात, रियल स्टेटजस्ता क्षेत्रको उत्पादन ऋणात्मक हुन गएको अवस्था छ। सरकारले उद्यमी व्यवसायी एवं कृषकलाई लक्षित गरि घोषणा गरेका धेरै कार्यक्रम कार्यान्वयन हुन सकेको छैनन्। मौद्रिक नीतिमा व्यवसाय निरन्तरताका लागि दिने भनिएको कर्जाको कार्यविधि चार महिनापछि बल्ल आएको छ। अब यस अनुसार छिटो छरितो रुपमा कर्जा पाउने व्यवस्था होस् भनेर म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।’

महामारीका बीच कृषिको महत्वका बारेमा चर्चा भएपनि समस्या यथावत छन्। स्थानीय तहमा भण्डारको व्यवस्था गर्ने बजेटमा उल्लेख भएपनि कार्यान्वयन हुन नसकेको उनको तर्क छ। त्यसैले प्रभावको मुल्यांकन गरी क्षेत्रगत रुपमा आर्थिक राहतको प्याकेज ल्याउनु आवश्यक भएको बताउँदै गोल्छाले उद्योग व्यवसाय अझै पनि पूर्ण रुपमा संचालन हुन सकेका प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए।

‘अहिले विभिन्न मुलुकमा कोभिड-१९ विरुद्धको खोपको अन्तिम परीक्षण भइरहेको छ। खोप समयमा ल्याउन अहिलेदेखि नै तदारुकता देखाउनु आवश्यक छ। यसमा निजी क्षेत्रको कुनै भूमिका आवश्यक पर्ने देखिएमा हामी सरकारसँग सहकार्य गर्न तत्पर छौँ,' उनले भने।

लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग व्यवसायमात्र पूर्ण क्षमतामा संचालनमा रहेको, ३५ प्रतिशत उद्योगहरु आंशिक रुपमा संचालनमा रहेका र करिब ६१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द रहेको अध्ययन देखाएको छ। बन्दाबन्दी पछि सामान्य अवस्थामा फर्कन कतिपय उद्योगलाई धेरै समय लाग्ने अवस्था देखिएको गोल्छाको तर्क छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्