• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुर्खेतमा काठ तस्करी : प्रादेशिक राजधानी भएर घर निर्माण बढेसँगै तस्करीमा वृद्धि

64x64
नेपाल लाइभ सोमबार, वैशाख २४, २०७५  ००:५५
1140x725

सुर्खेत– चालु आर्थिक वर्षको सात महिनामा सुर्खेतमा काठ तस्करीमा संलग्न २६ जना पक्राउ परे। गत साउनदेखि फागुनसम्मको अवधिमा पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालय सुर्खेतले अदालतमा मुद्दा चलाइरहेको छ। 

पक्राउ परेका २६ जनासहित जिल्ला वन कार्यालयले ६ सय १७ थान काठ पनि बरामद गरेको छ। जसमा तीन सय १७ क्युफिट चिरान र दुई सय नौ दशमलब ७२ क्युफिट गोलिया काठ रहेको छ। त्यसैगरी काठ ओसारपसारमा प्रयोग भएका पाँच वटा सवारीसाधन पनि नियन्त्रणमा लिइएको वन कार्यालय सुर्खेतले जानकारी दिएको थियो।

यो तथ्यांकले जिल्लामा अवैधरुपमा काठ तस्करी भइरहेको देखाउँछ। जिल्लाका सामुदायिक वनबाट इजाजतबिना वन पैदावार र चिरान काठ ओसारपसार हुने गरेको वन कार्यालयको भनाइ छ। 

घर निर्माणले बढायो तस्करी

कर्णाली प्रदेशको राजधानी भएसँगै वीरेन्द्रनगरमा घर निर्माण गर्ने क्रम बढेको छ। सहज रुपमा काठ नपाइने भएपछि अवैध बाटोबाट काठ भित्रिने गरेको कार्यालय नै जनाउँछ। घर निर्माण गर्नेहरूको संख्या बढेपछि जिल्लामा अवैधरूपमा काठ तस्करी पनि बढेको हो। वीरेन्द्रनगरमा काठको माग बढेपछि तस्करहरूले जिल्लाको ग्रामीण क्षेत्रबाट वीरेन्द्रनगरमा काठ भित्र्याउने गरेका छन्। 

तस्करसँग सस्तो मूल्यमा पाइने भएकाले पनि उपभोक्ताले तस्करसँग नै काठ खरिद गर्ने गरेका छन्। बजारमा माग बढेपछि तस्करहरूले रातको समयमा विभिन्न नाकाबाट काठ वीरेन्द्रनगर भित्र्याउने र वीरेन्द्रनगरबाट बाह्य जिल्लासम्म पैठारी हुने गरेको छ। जिल्ला वन कार्यालयका कर्मचारी र प्रहरीले बेलाबेलामा काठ तस्करीमा संलग्नहरुलाई पक्राउ गरे पनि यो क्रम भने रोकिएको छैन। तस्करहरुले सवारीसाधनमा लुकाएर काठ भित्र्याउने गरेको प्रहरीको भनाइ छ। जसले गर्दा पछिल्लो समय वीरेन्द्रनगरमा काठ तस्करी बढ्दै गएको छ।

जिल्ला वन कार्यालयले नै वीरेन्द्रनगरमा घर बनाउने क्रम बढेको र केही हदसम्म काठ तस्करी पनि बढेको जनाएको छ। जिल्ला वन अधिकृत हेमराज विष्टले प्रदेश राजधानी भएकाले पनि वीरेन्द्रनगरमा काठको माग बढेको बताए। नगरमा बढ्दो बसाइँसराइका कारण पनि काठ तस्करी बढेको उनी बताउँछन्।

‘कर्णाली प्रदेशको राजधानी बनेपछि अत्यधिक घर निर्माण भइरहेका छन्’, उनले भने, ‘वैधानिक रूपमा किन्दा महँगो पर्ने भएकाले पनि अवैधानिक रूपमा काठको प्रयोग हुने गरेको छ।’

Ncell 2
Ncell 2

मुख्य तीन नाकामा निगरानी

जिल्ला वन अधिकृत हेमराज विष्ट मुख्य गरी जिल्लाका तीन वटा नाकाबाट वीरेन्दनगरमा काठ भित्रिने गरेको बताउँछन्। उनका अनुसार वीरेन्द्रनगरका पूर्वीक्षेत्र धुलियाविट, पश्चिमको बांगेसिमल र सानो सुर्खेत नाकाबाट अवैधरूपमा काठ भित्रिने गरेको छ। यी नाकाबाट बढी मात्रामा काठ तस्करी हुने गरेको पाइएपछि त्यहाँ वन कार्यालयले पनि निगरानी बढाएको छ।

उनका अनुसार वन कर्मचारी र प्रहरी सक्रिय भएका कारण तस्करहरू पनि पक्राउ पर्न थालेको छन्। अवैध रूपमा काठ भित्रिने नाकामा वन कर्मचारी र सुरक्षाकर्मीले गस्ती बढाएका छन्। अवैध रूपमा भइरहेको काठ तस्करी रोक्नका लागि आफूहरू सक्रिय भएको भन्दै कार्यालयले तस्करी नियन्त्रणका लागि प्रयास जारी रहेको जनाएको छ। वन संरक्षण र काठ तस्करी रोक्न कार्यालयले विभिन्न रणनीति अपनाएको छ। सम्भावित नाकाहरुमा रातको समयमा पनि गस्ती गर्ने गरिएको अधिकृत विष्टले जानकारी दिए।

अभावले तस्करी

जिल्लामा माग अनुसार काठ उपलब्ध नभएकाले पनि तस्करी बढेको वन कार्यालयको बुझाइ छ। जिल्लामा उत्पादित काठ टेन्डरमार्फत बाह्य जिल्लाहरुमा पुग्ने गरेको छ। तर, जिल्लाभित्रै भने उपभोक्ताले आवश्यकता परेको समयमा सहजरुपमा काठ प्राप्त गर्न सकिरहेका छैनन्। जसले गर्दा अवैध बाटोबाट तस्करहरुसँग काठ खरिद गरिरहेका छन्।

अब सामुदायिक वनबाट काठको चोरी निकासी रोक्न जिल्ला वनले विशेष अभियान थाल्ने भएको छ। अवैधानिक काठ तस्करीलाई रोक्न आपूर्ति समितिले सहुलियतमा वितरण गर्ने भएको हो। अवैधानिक रूपमा काठ तस्कर हुने क्रम न्यूनीकरण गर्न वन कार्यालयले काठ वितरण थाल्ने जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  ००:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्