• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

म किन कांग्रेस भएँ?

किरण गिरी सोमबार, मंसिर ८, २०७७  ०९:१०
1140x725

२००७ सालदेखि २०४६ हुँदै २०६२/०६३ आन्दोलनमा इतिहास बोकेको नेपाली कांग्रेसको अग्रणी भूमिका छ। जनयुद्धको अन्त्य, हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन तथा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणामा नेपाली कांग्रेसको भूमिका नेतृत्वदायी रहेको थियो। कांग्रेसकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको हो। 

मुलुक र जनताको विश्वासप्राप्त दल कांग्रेस लोकतन्त्र र समृद्धिप्रति प्रतिबद्ध भएकाले देशका लागि अपरिहार्य हो। संविधान निर्माणदेखि राजनीतिक स्थिरता, आम निर्वाचन र गणतन्त्र संस्थागत गर्न कांग्रेसको नेतृत्वदायी भूमिकाले संभव हो। कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सहासिक र दुरगामी निर्णयका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। यो यथार्थलाई नेकपालगायत कुनै पनि राजनीतिक शक्तिले नजरअन्दाज गर्न मिल्दैन। 

गत निर्वाचनमा कांग्रेसलाई घेराबन्दीमा पार्न छापामार शैलीमा रातारात पार्टी एकताको घोषणा गरेका थिए। कम्युनिस्टहरु कांग्रेसकै नेतृत्व र अगुवाइमा अगाडि बढ्दै र बामे सर्दै आएको इतिहास हो। आन्दोलन र परिवर्तनका तथ्यहरुले यही भनिरहेको छ।

१४औँ केन्द्रीय महाधिवेशनको तयारीमा लाग्दै गर्दा कांग्रेसले वर्तमान नेपाली राजनीतिलाई सुक्ष्म रूपमा अध्ययन एवं विश्लेषण गर्नु र भावी रणनीति बनाउनु जरुरी छ। जसरी नेपालको सबैखाले आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो। त्यसरी नै मुलुकको समृद्धि र विकासमा नेपाली कांग्रेसले अभिभावकीय भूमिका र जिम्मेवारी निभाउनु आवश्यक देखिन्छ।

राष्टिय र अन्तर्राष्ट्रिय रुपमै विश्वास र भरोसायुक्त कांग्रेस अब नेपालको लोकतान्त्रिक अभिभावक बनेर अगाडि बढ्नु पर्दछ। कांग्रेसमा आबद्ध भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र मुलुकको समृद्धिमा योगदान पुर्‍याउन राप्रपालगायत दलका स्वाभिमान कार्यकर्ताले अब नेपाली कांग्रेसमा प्रवेश गरेर आफ्नो र सन्ततिको बाँकी राजनीतिक भविष्य बचाउनु आवश्यक छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा स्थायी राजनीतिक शक्ति कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी देखिएका छन्। गत निर्वाचनले स्थायी शक्तिको प्रमाणित गरेको छ। मधेसवादी राजनीतिक दलहरुको भूमिका पनि परिपक्व र रचनात्मक हुनु जरुरी छ। अबका केही वर्ष यी शक्तिको वरिपरि नेपाली राजनीति घुमिरहने देखिन्छ। अन्य प्रतिगामी स्वभाव र चरित्र भएका राजनीतिक झुन्डहरु धमिलो पानीमा माछा मार्न दाउमा रहेता पनि अब उनीहरु राजनीतिक दलको रुपमा विकसित हुन अझै थुप्रै समय लाग्ने देखिएको छ। यस्ता दलबारे चर्चा गरेर समय, श्रम, शक्ति खेर फाल्नु उचित ठान्दिनँ। 

अन्योल र अस्थिरता अन्त्य गर्दै नेपालको राजनीतिलाई सहज र संस्थागत रुपमा सुचारु गर्ने दायित्व संविधान निर्माताकै जिम्मेवारी हुन्छ। मुलुककै पुरानो र लोकतान्त्रिक पार्टी कांग्रेसले आफ्नो भूमिका र प्रभावकारिता थप सशक्त बनाउनु जरुरी छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श अनि मान्यताको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र ,समावेशिता, मिश्रित निर्वाचन प्रणाली,शान्ति र अहिंसाको सैद्धान्तिक धरातलमा आधुनिक र समुन्नत नेपालको निर्माण अभियानमा जुट्नु अहिलेको दायित्व हो।

राप्रपाको विकृत रुप
‘कहीँ नभएको जात्रा हाडीगाँउमा’ भनेजस्तै एउटा पार्टीमा तीन/तीन जना अध्यक्ष राप्रपामा छन्। यी तीनै अध्यक्ष विगत २० वर्षयता भएका निर्वाचनमा जनताबाट प्रत्यक्ष निर्वाचित भएका छैनन्। उनीहरु आ–आफ्नै स्वार्थ, सत्ता, पदलोलुपताबाट ग्रसित भएको तथ्य इतिहासले पुष्टि गरिसकेको छ।

पार्टीमा बबन्डर मच्चाएर संविधानसभामा जानु, पदलोलुप भएर बारम्बार एउटै व्यक्ति निरन्तर उपप्रधानमन्त्रीमा पदासीन हुनु, जनताले हराइसकेपछि २६ जना मनोनित हुन पार्टी नै तहसनहस बनाउनु राष्ट्रिय प्रजातन्त्र पार्टीका विकृत कार्य थिए।

विसंगतिका जड यस्तै पात्र र प्रवृत्तिहरुले नेतृत्व गरेको राप्रपामा अब पनि युवा, विद्यार्थी र जुझारु युवा कार्यकर्ताहरुको भविष्य रहेको कल्पना गर्न सकिँदैन। यथार्थतालाई स्मरण गर्दै देशभरका राप्रपा कार्यकर्ता अब पनि त्यही पार्टीमा रहनुको औचित्य देखिँदैन। नेपाली राजनीतिक इतिहासलाई सम्मान गर्दै समुन्नत लोकतन्त्रसहितको नेपालको भविष्य कोर्ने मूल्य, मान्यता र क्षमता भएको राजनीतक शक्तिका कारण म अग्रजहरुसहित कांग्रेस प्रवेश गरेका हौं। अस्ताउँदो दलबाट बिदा भई उचित निर्णय लिन राप्रपामा आबद्ध कार्यकर्ताले अब ढिला नगरौँ।

(सुनीलबहादुर थापासँगै राप्रपा परित्याग गरेका गिरी हालै कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन्।)

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त शुक्रबार, चैत २०, २०८२
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
गण्डकी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल शुक्रबार, चैत २०, २०८२
वार्षिक परीक्षा अगावै भर्ना कार्यक्रम नगर्न निजी विद्यालयलाई सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्