• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दोरम्बा पीडितको आक्रोश- नेतालाई सत्तामा पुग्नु थियो, हामीलाई किन सम्झनुपर्‍यो?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ५, २०७७  १४:२०
1140x725

काठमाडौं– दोरम्बा हत्याकाण्ड भएको १७ वर्ष भएको छ। सरकार र तत्कालीन माओवादीबीच शान्ति वार्ता भईरहेको समयमा यो घटना भएको थियो। २०६० साल साउन ३२ गते तत्कालीन शाही नेपाली सेनाले रामेछापको दोरम्बामा तत्कालीन नेकपा (माओवादी)का २१ निःशस्त्र नेता कार्यकर्तालाई नियन्त्रणमा लिई डडुवाको डाँडाकटेरी भन्ने स्थानमा लगि सामूहिक हत्या गरेको थियो। सैनिकहरुले १९ जनालाई हात तथा आँखामा पट्टी बाँधेर यातना दिँदै लगेर हत्या गरेको थियो। 

बैठक बसिरहेको समयमा सैनिकहरुले तत्कालीन जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका) टेकबहादुर मगर (विवेक), रक्तिम लगायतलाई यातनासहित कुटदै मानेडाँडातर्फ लगेका थिए। कुहिरो लागेको समय थियो। त्यसपछि एक घण्टा टाढा डडुवा र दोरम्बा गाविसको सिमानामा रहेको डाँडाकटेरी पुर्‍याइयो। 

दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको अवस्थामा सेनाले दोरम्बामा आन्तरिक बैठक बसिरहेका निशस्त्र माओवादी नेता कार्यकर्ताहरुको हत्या गरेका थिए। सेनाले जिल्ला कमिटीको बैठकमा आक्रमण गरेपछि जिल्ला इञ्चार्ज हरि दाहाल ‘ललित’ सहित सेक्रेटरी मदन, कार्यकर्ताहरु राजन, रामकुमार, उदय, मोहन, अमीर, सागर, मनोजलगायत ११ जना भने सेनाको घेरा तोडेर उम्कन सफल भएका थिए। दोरम्बा हत्याकाण्डपछि सरकार र तत्कालीन नेकपा माओवादीबीच चलिरहेको शान्तिवार्ता र युद्धविरामसमेत विथोलिएर देश युद्धमा फर्किएको थियो। 

२०६० सालमा युद्धविरामको बेलामा भएको दोरम्वा घटनाको विश्वभरि निन्दा भएको थियो। घटनामा संलग्न सेनाका मेजर राममणि पोखरेललाई कारबाही गर्न मानवअधिकार आयोगले सिफारिस पनि गरेको थियो। तर, हालसम्म पनि उनलाई कारबाही हुन सकेको छैन। 

रामेछापको दोरम्वा बजारभन्दा केही तल स्थानीय शिक्षक युवराज मोक्तानको घरमा माओवादीका नेता कार्यकर्ताहरु आन्तरिक छलफलमा जुट्ने कुरा थाहा पाएपछि मन्थलीबाट मेजर राममणि पोखरेलको नेतृत्वमा करिब ८० जनाको संख्यामा गएको तत्कालीन शाही नेपाली सेनाले युवराजको घर घेरा हाली २१ जना  नेता कार्यकर्तालाई कब्जामा लिएर निर्ममतापूर्वक हत्या गरेका थिए। गोली प्रहारपश्चात् सेनाले शवलाई भीरबाट लडाइदिएका थिए।

तर दोरम्बा हत्याकाण्डको यतिका वर्ष बितिसक्दा तत्कालीन नेकपा माओवादीका प्रमुख नेता तथा संस्थापन पक्षले भने सो घटना बिस्तारै बिर्सिन थालेको पीडितहरु गुनासो छ।   

'हामीले के पायौं?'
पीडित मध्येका एक डिकबहादुर तामाङ अहिले सबैले बलिदान बिर्सेको बताउँछन्। 

‘तत्कालीन समयमा यहाँको घटनाले नेपालको मात्र नभएर विश्वभरको ध्यान तान्यो, कति मानिसहरु आएर अनुसन्धान पनि गरेका थिए। तर हामीले के पायौ ?’ तामाङले भने, ‘२१ जना हात हतियार नबोकेका मानिसको ज्यान गयो, हामीले आफ्ना परिवार गुमायौं, तर सत्ता अरुले नै पाए।’ 

nimb
nimb
Ncell 2
Ncell 2

उनले युद्ध परिर्वतनका लागि भनिए पनि अहिले सत्ताका लागिमात्र भएकोमा दुःख लागेको बताए। 

‘नेताहरुलाई सत्तामा पुग्नु थियो, त्यो पुुरा भएकै छ हामीलाई किन सम्झन पर्‍यो,’ तामाङले आक्रोशित हुँदै भने। 

घटना भएको लामो समय भइसक्दा तथा पार्टी पटक–पटक सरकारमा पुग्दा आफूहरुलाई बेवास्ता गरेको उनीहरुको सामूहिक गुनासो छ। 

‘सत्ता परिवर्तनका लागि परिवार गुमाएका हामीलाई न पार्टीले आफ्नो ठानेर व्यवहार ग¥यो, न त सरकारले नै हे¥यो’, उनले भने, ‘हामी पीडितहरु सधैँ आफ्ना मान्छे सम्झेर रोएर बसेका छौँ।’ हत्याकाण्ड भएको १७ बर्ष बितिसक्दा पनि नेतृत्वले हत्याकाण्डलाई बिर्सिएजस्तो गरेको स्थानीय पूर्वमाओवादीहरुको गुनासो छ। 

मानव अधिकार आयोगदेखि सत्य निरुपणसम्म 
पीडितहरुले राहत, क्षतिपूर्ति  र न्याय नपाएको भन्दै मानवअधिकार आयोगमा निवेदनसमेत दिए। आयोगले पीडितहरुप्रति राज्यले घोर अन्याय गरेको ठहर गर्दै तत्काल उक्त घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनसमेत सिफारिस गरेको थियो। उक्त सिफारिसको कार्यान्वयन गर्ने सन्दर्भमा जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक सरकारको नेतृत्वमा पुग्दासमेत उदासिन देखिए। 

त्यतिबेला राष्ट्रिय मानवअधिकार आयोगको टोलीले शव उत्खनन गरि प्रतिवेदनसमेत तयार गरेको थियो। उक्त प्रतिवेदनमा केही व्यक्तिलाई कारबाहीको सिफारिससमेत गरेको थियो। उक्त अनुसन्धान टोलीमा आयोगका तर्फबाट पूर्वन्यायाधीश कृष्णजङ्ग रायमाझीको नेतृत्वमा सुशील प्याकुरेल, कनकमणि  दीक्षित, पूर्वमहान्यायाधिवक्ता प्रेमबहादुर विष्ट, डा. हरिहर वस्ती र अधिवक्ता हरि फुयाँल दोरम्बा पुगेका थिए। उनीहरुले उक्त घटना नियोजित भएको प्रतिवेदन आयोगमा बुझाएका थिए। 

यसरी भएको थियो दोरम्बामा हत्या 
२०६० साल साउन ३२ गते सरकार र तत्कालीन माओवादीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको थियो। त्यसका लागि दुवै पक्षले युद्धविरामको घोषणा गरेका थिए। 

सोही बेला रामेछापको दोरम्बामा तत्कालीन माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना वैठकमा बसेका थिए। पार्टीको आगामी नीतिबारे छलफल गर्न भन्दै गाउँ भेलामा बसेका उनीहरुलाई एक्कासी रामेछाप ब्यारेकबाट आएको सेनाको टोलीले घेरा हाल्यो। वार्ताको समयमा बिनाहतियार भेला भएर जिल्लास्तरीय नेतासहित सक्रिय कार्यकर्ता छलफल चलिरहेको थियो।

नेकपा माओवादी रामेछाप जिल्लाका इन्चार्ज हरि दाहाल त्यस दिनको बैठकको प्रमुख अतिथि  थिए। मैनकुमार मोक्तान तत्कालीन जिल्ला पार्टीका सचिव, इलाका सेक्रेटरी अम्बिका दाहाल जनसरकार प्रमुख लामाको घरमा बैठकमा थिए। दिउँसो १२ बजेको थियो। चारैतिर कुहिरो र झमझम झरी। उक्त बैठकमा ३३ जना सहभागी थिएं। स्थानीय सुराकीको सहयोगमा मन्थलीबाट सेना बैठकस्थल आइपुग्यो। सेना बैठकस्थल आएको खबर पाउँदा उनीहरूले कुनै अप्ठ्यारो मानेनन्।

युद्धविरामपूर्व पार्टी र सरकारबीच ५ बुँदे सहमति भएको थियो। त्यसमध्ये सेना पनि आफ्नो ब्यारेकबाट ५ किलोमिटर पर जान नपाउने र माओवादी पनि आफू बसेको ठाउँबाट ५ किलोमिटरभन्दा पर जान नपाउने सहमति थियो। तर सेनाले त्यसलाई उल्लंघन गर्दै गोलीहानी उनीहरूको हत्या गर्‍यो। हत्यापछि दोरम्बाभन्दा केही पर चौरमा उनीहरूको शव गाडियो। तर सेनाले भने आफ्नो ब्यारेक आक्रमण गर्न आएको समयमा भिडन्त हुँदा उनीहरूको ज्यान गएको प्रचार गर्‍यो। 

उजुरी कहाँ पुग्यो थाहै छैन 
निहत्था नागरिकहरुलाई कब्जामा लिई हत्या गरेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै विरोध भएपछि मानव अधिकार आयोगले स्वतन्त्र अनुसन्धान गरेको थियो। आयोगको अनुसन्धानमा सेनाको दोष देखिएको थियो। दोरम्बाबासीले उक्त घटनाबारे रामेछापमै उजुरी गर्न सक्ने अवस्था बनेन। नेपाली सेनाका तत्कालीन नेतृत्वसहित अन्य दोषीहरुलाई कारबाहीको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको मुख्य कार्यालय बबरमहलमा १५ पीडित परिवारले समूहिक रूपमा  २०७३ जेठ २७ गते उजुरीसमेत दर्ता गराए। 

आयोगले जिल्लाको शान्ति समितिमार्फत् उजुरी दर्ता गर्ने व्यवस्था गरे पनि अन्तर्राष्ट्रियस्तरमै ठूलो चासो बनेको सो घटनाको सत्यतथ्य र स्वतन्त्र छानबिन हुनुपर्ने भन्दै पीडितहरू आयोगको केन्द्रमै उजुरी दिन आएका थिए।

तर उजुरी दिएको यत्तिका वर्षसम्म उक्त घटनाको छानबिन गर्न स्थलगत अध्ययनका लागि आफूहरु समक्ष आयोग वा सरकारी कर्मचारी नआएको पीडितको गुनासो छ। बिना हतियार राजनीतिक छलफलमा रहेका व्यक्तिहरुलाई गोली हानी हत्या गरिएको भन्दै मानव अधिकार आयोगले रामेछाप व्यारेकका तत्कालीन मेजरसहित अन्य उच्च सैनिक अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो। तर, उनीहरुमाथि हालसम्म कुनै पनि कारबाही भएको छैन। उजुरीकर्ता तथा पीडितहरु हालसम्म पनि खुलेर बोल्न आँट गर्दैनन्। 

‘दोरम्बाबासीले आयोगमा उजुरी गरे तर त्यसपछि के भयो, कुनै पनि जानकारी हामीलाई दिइएको छैन,’ एक पीडितले नेपाललाइभसँग नाम उल्लेख नगर्ने सर्तमा  भने, ‘हामीहरु अहिले पनि दुवै पक्षको दबाबमै छौं।’ आफन्त गुमाएकाहरु अहिले पार्टीे र सरकार दुवैको बेवास्ताको सिकार बनिरहेको उनको भोगाइ छ। ‘राज्यसत्ता परिर्वतनको कुरा गरियो तर हामीलाई अहिले कसैले वास्ता गरेका छैनन्,’ उनले भने।

डाँडाकटेरीमा गाडिएका १८ मृतकहरुको नामावली 
१. बाबुराम लामा ‘पुष्प’, रामेछाप, बथान–५
२. अम्बिका दाहाल ‘ललिता’, इकुडोल–६,ललितपुर
३. प्रदिप दोङ्ग ‘रक्तिम’ बेथान–५, रामेछाप
४. नाम नखुलेकी ‘संगीता’, डडुवा–४,रामेछाप
५. हर्कवहादुर तामाङ ‘यर्थाथ,’ फुलासी–८,रामेछाप
६. रवि चौहान ‘समीर’, गेलु–५, रामेछाप
७. उमा कार्की ‘सहारा’, चनखु–९, रामेछाप
८. श्याम तामाङ्ग ‘इन्क्लाव’, चनखु–९, रामेछाप
९. पदमराज गिरी ‘असल’ पुरानागाउँ–८, रामेछाप
१०. विष्णुमाया थापामगर ‘विमा’, दोरम्बा–१, रामेछाप
११. ठूलोराम तामाङ्ग ‘छोक्पा’, दोरम्बा–३, रामेछाप
१२. सानोराम तामाङ्ग ‘तारा’, दोरम्बा–३, रामेछाप
१३. लक्ष्मण तामाङ्ग ‘छाया’, दोरम्बा–३, रामेछाप
१४. नाम नखुलेका ‘जमिन’, धनुषा
१५. नाम नखुलेका ‘सोम’, काभ्रेपलाञ्चोक, चौवास
१६. नाम नखुलेकी ‘विमला,’ सोलुखुम्बु
१७. युवराज मोक्तान (बाबु दोरम्बा–२) रामेछाप
१८. लिला मोक्तान (छोरा, दोरम्बा–२) रामेछाप
अन्य मृतकहरु
१. टेकवहादुर थापामगर ‘विवेक’ दोरम्बा–१ रामेछाप
२ चर्तुरमान थामी ‘समर’
बेपत्ता 
१. नाम नखुलेकी ‘उषा’, सिन्धुपाल्चोक

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १४:२०
  • #शान्ति-सम्झौताका-१४-वर्ष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देवानगञ्ज बजारमा झडप
संयमता अपनाउन सरकारको अपिल
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्