• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

नेकपा विवाद : सचिवालय बैठकका लागि रणनीति बनाउँदै ओली र प्रचण्ड-नेपाल पक्ष 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २, २०७७  ११:३८
1140x725

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद चाडपर्वको समयमा पनि रोकिएको छैन। तिहारका बीच पनि दुवै पक्षले आफूअनुकूल रणनीति बनाउन भेटघाट तीव्र पारे। 

प्रधानमन्त्री  केपी शर्मा ओलीले टीकाकै दिन साँझदेखि रातिसम्म पूर्वमाओवादी पक्षका नेताहरु भेटेका थिए।  अघिल्लो दिन वामदेव गौतम र माधव नेपाललाई भेटेका ओलीले सोमबार पूर्वमाओवादी खेमाका नेताहरुलाई भेटे।

यता अर्को पक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह पनि आन्तरिक भेटघाट र रणनीति बनाउन लागि परेका छन्। बुधबार सचिवालय बैठक बस्ने भएकाले त्यसअघि नै आफ्नो समूह कसरी अघि बढ्ने भन्ने बारेमा ठोस रणनीति बनाउन दुवै पक्षले आन्तरिक छलफल र तयारी तीव्र पारेका हुन्।

अध्यक्ष दाहालले ओलीमाथि आरोप लगाउँदै पेश गरेको १९ पाने राजनीतिक प्रतिवेदनमा एकजुट भएर ओली पक्षलाई दबाब दिने रणनीतिमा लागेका छन्।  सचिवालयमा रहेका प्रचण्ड, नेपाल ,झलनाथ खनाल र वामदेव गौतम एक ठाउँमा छन्। प्रधानमन्त्री एवं अध्यक्ष ओली, इश्वर पोखरेल, महासचिव विष्णु पौडेल एक ठाउँमा छन्। पूर्वमाओवादी तथा गृहमन्त्री रामबहादुर थापा बादल अहिले तटस्थ समूहमा छन। प्रचण्डबाट पर रहेका उनी एकताको पक्षमा रहेको बताउँदै आएका छन् ।

 प्रचण्ड पक्ष सचिवालयमा बहुमत भएकाले थप दबाब  दिएर ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्न वाध्य बनाउने रणनीतिमा लागेको छ। तर ओली पक्ष भने सत्ता र पार्टी दुवै नछोड्ने रणनीतिको खोजीमा छ। 

अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षले बुधबारको सचिवालय बैठकमा ओली पक्ष सामेल नभए पनि सचिवालयको औपचारिक बैठक डाक्ने आन्तरिक तयारी गरेका छन्। ओली पक्षले सचिवालय बैठक नै नराखी टार्न सक्ने उनीहरुको प्रारम्भिक आँकलन छ। त्यसका लागि प्रचण्ड–नेपाल पक्षले मंगलबार साँझसम्म ओलीपक्षका गतिविधि नियाल्ने, त्यसपछि साँझै या भोलि  बिहान अनौपचारिक बैठक बसी सचिवालयको औपचारिक बैठकका एजेण्डा तय गर्ने गरी आन्तरिक तयारी गरेको एक नेताले बताए। 

प्रवक्ता  नारायणकाजी श्रेष्ठले बुधबार पूर्वनिर्धारित समयमा सकेसम्म सहमतिमा बैठक हुने, नभए आफूहरुले बैठक डाक्ने बताए।  ‘सहमतिमै बैठक राख्न पर्छ भन्ने हाम्रो कुरा हो। त्यसका लागि हामी अन्तिम समयसम्म प्रतिक्षा गर्छौ,’ उनले भने, ‘तर प्रधानमन्त्री मान्नु भएन भने हामी बस्ने छौँ र त्यो बैठक औपचारिक हुनेछ।’

विवादकाबीच पछिल्लो पटक प्रचण्डले सचिवालय बैठकमा ओलीलाई भ्रष्टाचारलाई प्रोत्साहन गरेको, एकाधिकारवादी भएको , रअ प्रमुखसँग कूटनीतिक मर्यादाविपरीत  भेटेको र पार्टीभन्दा गुट चलाएको जस्ता दर्जनौँ आरोपसहित १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

ओली पक्षले त्यो प्रस्ताव नभई ‘अभियोग पत्र’ भएको भन्दै फिर्ता नभएसम्म पार्टीका पूर्वनिर्धारित बैठक मात्रै होइन, संवादसमेत अघि नबढ्ने बताउँदै आएको छ। यही विषयलाई लिएर दुई पक्षका नेताहरुका बीचमा  सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो । 

पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुसमेतको सोमबारको छलफलमा ओलीले प्रचण्डको प्रस्ताव हेर्ने हो भने पार्टी एक नरहने बताएका थिए। 

ओलीलाई पूर्वमाओवादी नेताहरुको सुझाव–एक कदम पछि हटेर भए पनि एकता बचाउनुस्  
सचिवालयको बैठक नजिकिँदै गर्दा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुका निवासमा पूर्वमाओवादीका नेताहरूसहितलाई राखेर छलफल गरेका थिए।

उक्त छलफलमा पूर्वमाओवादीका नेताहरूले प्रधानमन्त्रीलाई लचिलो हुन सुझाव दिएका थिए । प्रधानमन्त्री र पार्टीको पहिलो वरियताको अध्यक्ष हुनुको नाताले लचिलो हुने दायित्व हुने भन्दै उनीहरुले पार्टी विभाजन भएमा कम्युनिष्ट आन्दोलन नै समाप्त हुने निचोड सुनाएका थिए । छलफलमा  ओली पक्षबाट  उपप्रधान तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, सुवास नेम्वाङसहितका नेताहरू सहभागी थिए । पूर्वमाओवादी समूहबाट स्थायी कमिटी सदस्यद्वय देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी सहभागी थिए। 

नेता पौडेलले आफूले दुवै अध्यक्षलाई भेटेर पार्टी फुटबाट जोगाउन र एकताको रक्षा गर्न आग्रह गरेको बताए। ‘पार्टीभित्र संकट गहिँरिदै गएको छ,’ पौडेलले भने,  ‘अव दुवै अध्यक्ष लचिलो भएर एकताको स्प्रिट अनुसार काम गर्नु पर्छ । सबैतिर भेटेर एकता जोगाउन भनेका छौं ।’ 

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले विषको ‘विषको घडा पिएर’ भए पनि पार्टी एकता बचाउन आग्रह गरेको बताए। 

ओलीले भने– पार्टी फुटाउँदिन 
ओलीले भेटमा आफूले कुनै पनि अवस्थामा पार्टी नफुटाउने प्रतिबद्धता जनाएका थिए। तर प्रचण्डले आरोपपत्रमा प्रस्तुत गरेका कुरा नसच्याए पार्टी एक रहने अवस्था नहुने उनले बताएका थिए।

आफूले पार्टी र सरकारका लागि सक्दो गरे पनि कसैले सहयोग नगरेको गुनासो ओलीले गरेका थिए। प्रधानमन्त्रीले सरकारका राम्रा कामहरुको  प्रतिरक्षा पार्टीले नगरेको गुनासो गरेका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किन तानिए सिराहाका सिडिओ पौडेल ?
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
किन तानिए सिराहाका सिडिओ पौडेल ? आइतबार, असोज ४, २०८३
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू आइतबार, असोज ४, २०८३
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह आइतबार, असोज ४, २०८३
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्