पर्सा– अपहरण तथा शरिर बन्धक मुद्दामा फरार रहेका दुई अपहरणकारी पर्सामा पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय श्रीपूरले ७ बर्ष देखि फरार २ अपहरणकारीलाई शुक्रबार पक्राउ गरेको हो।
जिल्ला अदालत पर्साको मिति २०६८ कार्तिक २८ गतेको फैसला अनुसार अपहरण तथा शरिर वन्धक मुद्धामा फरार रहेका बृजा सहानि गोठ तथा शुभनारायणप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो।
बीरगञ्ज–१७ अलौ स्थित घरबाट उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक कुमार प्रसाद मैनालीले बताए। उनीहरुलाई अदालतले ५ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। फरार रहेका उनीहरुलाई अदालतमा पेश गरिएका प्रहरी निरीक्षक मैनालीले जानकारी दिए।
पछिल्लो समय वडा प्रहरी कार्यालय श्रीपुरले फरार अभियुक्तविरुद्ध कारबाही तिव्र बनाएको छ। पछिल्लो ६ महिनामा ४२ जनालाई पक्राउ गरी अदालत पेश गरिएको प्रहरी निरीक्षक मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।