काठमाडौं– शंकास्पद गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले तीन भारतीयलाई कालिमाटीबाट पक्राउ गरेको छ। ७ लाख १८ हजार ८ सय ६० भारतीय रुपैयाँ तथा एक लाख १३ हजार ३ सय ५० नेपाली रुपैयाँसहित भारतको भारतीयहरु मसली खत्री, अनिरुद्र गुप्ता र सुरेस प्रसाद शाहलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो। बरामद रकम अवैध कारोबारको भएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।