• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

महिला हिंसाको चरम रूप : परिवार नै लागेर १३ वर्षदेखि कुटपिट

64x64
लिलु डुम्रे बिहीबार, कात्तिक १३, २०७७  १८:४०
1140x725

काठमाडौं- २०६४ सालदेखि एक महिलाले निरन्तर १३ वर्षसम्म परिवारका सदस्यबाट यातना खप्न बाध्य भएको पाइएको छ। रुपन्देहीस्थित देवदह नगरपालिका-७ की गीता अर्याल (भट्टराई)लाई परिवारकै सदस्यहरू मिलेर निरन्तर रूपमा कुटपिट गर्दै आएको पाइएको हो। 

पाल्पा माडीबाट २०६४ सालमा देवदहका भुवन भट्टराईसँग गीताको विवाह भएको थियो। भट्टराई परिवारले दाइजोको निहुँ बनाएर बिहेलगत्तैदेखि निरन्तर रूपमा आफूमाथि कुटपिट गर्दै आएको पीडित गीताले बताएकी छन्। पछिल्लो समय सम्पत्ति रोक्काको मुद्दालाई आधार बनाएर भट्टराई परिवारले आफूमाथि ज्यादती गरेको उनको भनाइ छ। 

पीडित महिलाका ससुरा हरिप्रसाद भट्टराईले ‘सामाजिक रवाफ’ देखाउँदै बुहारी गीतालाई कुटपिट गर्ने गरेको उनकै छिमेकीहरूले समेत बताएका छन्।गीताका नन्द/आमाजुले समेत ससुराको ‘कुकर्म’मा साथ दिँदै आएका छन्। नन्दआमाजू माइतीघर आएर आफूमाथि कुटपिट गर्ने गरेको गीताले नेपाल लाइभसँग बताइन्।

पछिल्लो पटक कार्तिक ८ अर्थात् महाष्टमीका दिन गीतामाथि कुटपिट भएको हो। कुटपिट गर्दा नन्द/आमाजुसमेत सहभागी भएको उनले बताइन्। नेपाल लाइभलाई प्राप्त उनको तस्बिरमा शरीरका विभिन्न भागमा निलडाम देखिएको छ।

गीतासँग २०६४ सालमा बिहे गर्ने समयमा भट्टराई परिवारले दाइजोको आशा गरेको थियो। भट्टराई परिवारका भुवन एक्ला छोरा थिए। सासूले दाइजोमा मोटरसाइकलको आशा गरेपनि माइती पक्षले दिन नसक्ने बताएको थियो। उनले भनिन्, ‘दाइजो कम भयो भनी यातना दिन सुरु गरिएको हो। अहिलेसम्म पनि कुटपिट भइरहेको छ। कोठामा थुनेर पटकपटक पिटेका छन्।’ 

परिवारसँगै बस्दै आएकी गीतामाथि चरम हिंसा भएपछि उनी गत असारदेखि छुट्टै बस्दै आएकी छन्। कुटपिट सहनै नसक्ने अवस्थाले अर्कै घरमा बस्दासमेत परिवारका सदस्य आएर कुट्ने गरेको उनले सुनाइन्। 

Ncell 2
Ncell 2

गीताका पति भुवन भट्टराईको २०७६ को माघमा मृत्यु भएको थियो। गीतासँग सम्बन्ध समधुर नभएपछि पति भुवनले दुई वर्षपहिले मात्र दोश्रो विवाह गरेका थिए। जेठी पत्नि गीताले सम्बन्ध विच्छेदको स्वीकृति नदिँदानदिँदै भुवनले दोश्रो बिहे गरेका थिए। 

गीताको मञ्जुरी विना भुवनले दोश्रो बिहे गरेपछि अदालतमा बहुविवाहको मुद्दा परेको थियो। गीताले अदालतमा मुद्दा दर्ता गराएपछि भट्टराई परिवारको सम्पत्ति रोक्का भएको छ। श्रीमानले दोश्रो बिहे गरेपछि दुई वर्षअघि अंशबण्डा र बहुविवाहको मुद्दा गीताले दर्ता गराएकी थिइन्। 

दोश्रो विवाहको मन्जुरी नदिएपनि स्थानीय तहले विवाह दर्ता गरिदिएको ढिलो गरी आफूले थाहा पाएको गीता बताइन्। बहुविवाहको मुद्दा दर्तापछि श्रीमानले दोस्री श्रीमती लिएर आफ्नो थातथलो छोडेका थिए। 

गीताले सम्पत्ति रोक्काको मुद्दा अदालतमा दायर गरेपछि ससुरा उनीसँग थप क्रुद्ध भएका थिए। सम्पत्ति रोक्काको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।लकडाउन अघि दुई पटक पेसी तोकिएको मुद्दा फैसला हुन सकेको छैन।

‘सम्पति रोक्का भएपछि छोरा (भुवन) तेरो कारणले नै मरेको भन्दै पिट्न थाल्नु भयो,’ गीताले नेपाल लाइभसँग भनिन्। गैडाकोटमा टिप्परले ठक्कर दिएपछि भुवन (पीडितका श्रीमान्)को मृत्यु भएको थियो। दोस्री श्रीमतीतिर भने भुवनका एक छोरा र एक छोरी छन्। श्रीमानको मृत्यु भएपछि दोस्री श्रीमती माइतमा बस्दै आएकी छन्। 

आफूमाथि कुटपिट हुँदा सहयोग गर्न आउने छिमेकीले समेत पिटाइ खानुपर्ने अवस्था रहेको गीताले सुनाइन्। स्थानीय अगुवाहरू सम्झाउन जाँदा उल्टै उनीहरु नै हप्की खानुपरेको स्थानीय एक अगुवाले बताए। उनले भने, ‘कुटपिट सयौंपटक भयो। पहिले दाइजोको निहुँ थियो। अहिले सम्पत्ति रोक्का गरिदिएको निहुँ बनाइएको छ। छिमेकीसमेत आजित भयौं।’

राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारीसमेत रहेका गीतका ससुराले निजी विद्यालय पनि सञ्चालन गरेका छन्। सरस्वती बोर्डिङ स्कुलको सबै स्वामित्व भट्टराईका नाममा छ। ससुराको नाममा एकल स्वामित्व हुनुअघि गीताले त्यसै विद्यालयमा पढाउँदै आएकी थिइन्। श्रीमानले दोश्रो विवाह गरेपछि थप तनावले पनि पढाउन नसकेको उनको भनाइ छ। 

भट्टराई परिवारले ११ वर्षीय आफ्नै छोरीलाई समेत आफ्नो साथमा राख्न नदिइएको उनले सुनाइन्। ‘मलाई खराब देखाउन छोरीलाई आफूसँगै राखेर मम्मी नै खराब पार्न खोजिरहेका छन्,’ उनले भनिन्। बुहारीलाई यातना दिदैं आएका भट्टराईसँग यसबारे सम्पर्क गर्न दर्जनौँ पटक फोन गर्दा पनि उठाएनन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक बस्दै शुक्रबार, माघ ९, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ ९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना शुक्रबार, माघ ९, २०८२
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै शुक्रबार, माघ ९, २०८२
आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्