काठमाडौं–काठमाडौंसँगै जोडिएको भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ७६ पुगेको छ। यीमध्ये महिला २३६६ र पुरुष ३११० संक्रमित रहेका छन्। काठमाडौंमा ५८ हजार नजिक पुग्दा भक्तपुरमा भने न्युनमात्रमा संक्रमित भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको कात्तिक १२ गतेसम्मको तथ्यांकअनुसार हालसम्म ६४ संक्रमितको ज्यान गएको छ। १.१६ प्रतिशत संक्रिमतको मुत्यु भएको देखिन्छ।
संक्रमितमध्ये १७ सय ९ जना होम आइसोलेसनमा रहेका छन्। तीमध्ये महिला ७ सय ५३ र पुरुष ९ सय ५६ जना रहेका छन्। अस्पतालमा ३ सय ८९ संक्रमित रहेका छन्। तीमध्ये महिला १५१ र पुरुष २३८ जना रहेका छन्। संक्रिय संक्रमितको संख्या २०९८ रहेको छ।
संक्रिय संक्रमितमध्ये ८१ प्रतिशत होम आइसोलेनमा रहेका छन्। सरकारले गम्भीर बिरामी भएमात्र अस्पताल भर्ना हुने नीति लिएकाले सामान्य लक्षण भएका र होम आइसोलेनमा बस्न सक्ने व्यक्तिहरुलाई घरमै राखेको हो। यसरी होम आइसोलेनमा बसेकाहरुको सम्वन्धित स्थानीय तहले दैनिक स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको छ।
भक्तपुरमा मृत्यु हुने ६४ जनामध्ये महिला २० र पुरुष ४४ रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले भक्तपुुरका सबै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङदेखि बिरामीको अवस्थासम्म अनुगमन गर्ने गरेको बताए। अधिकांश संक्रमितहरुमा लक्षण नभएको अवस्थामा होम आइसोलेनमा राखिएको उनले बताए।
लक्षण देखिएका र जोखिमको उमेर समूहका संक्रमितहरुलाई भने अस्पतालमा राखेर उपचार गर्ने गरिएको छ। भक्तपुरमा १३ वटा अस्पतालले संक्रमितहरुको उपचार गरिरहेको उनले बताए।
प्रशस्त बेड र भेन्टिलेटर
भक्तपुरका १३ वटा अस्पतालले कोरोना संक्रमितका लागि बेड छुट्याएकाले बेड अभाव नरहेको उनले बताए। १३ अस्पतालका १ सय ६८ बेड कोरोनाका लागि बनाइएका छन्। तीमध्ये ३१ बेडमा संक्रमित छन्। भेन्टिलेटर १२ र आइसीयु १९ वटा रहेका छन्। तीमध्ये ५ वटा आइसीयु बेडमा उपचार भइरहेको छ। त्यस्तै ७ वटा आइसोलेसन पनि बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।
खरिपाटी, कृषि तालिम केन्द्र , तेलकोट खानेपानी, सैनिक स्कुल, सैनिक ब्यारेक गरी ७ सय ३ आइसोलेसन बेड रहेका छन्। जसमा ३ सय ६० जनालाई राखिएको छ।
भक्तपुरमा संक्रिय संक्रमित (पुष्टि भएको)
भक्तपुर नगरपालिका : ४०३ (महिला-२०२, पुरुष-२०१)
चाँगुनारायण नगरपालिका : १७९ (महिला- ७४, पुरुष-१०५)
मध्यपुर थिमी नगरपालिका : ६७३ (महिला-२८०, पुरुष-३९३)
सुर्यविनायक नगरपालिका : ७१६ (महिला-२९९, पुरुष-४१७)
अन्य : ८६
जम्मा : २०९८ (महिला- ९०४ पुरुष- ११९४)
कुल संक्रमित
भक्तपुर नगरपालिका : १३३७
चाँगुनारायण नगरपालिका : ५११
मध्यपुर थिमी नगरपालिका : १९०८
सुर्यविनायक नगरपालिका : १५८७
अन्य : १३३
जम्मा : ५४७६ (महिला-२३६६, पुरुष-३११०)
निको भएको
भक्तपुर नगरपालिका : ९०५
चाँगुनारायण नगरपालिका : ३२९
मध्यपुर थिमी नगरपालिका : १२१३
सुर्यविनायक नगरपालिका : ८६१
जम्मा : ३३१४ (महिला : १४४२ , पुरुष : १८७२ )
मृत्यु
भक्तपुर नगरपालिका : २९
चाँगुनारायण नगरपालिका : ३
मध्यपुर थिमी नगरपालिका : २२
सुर्यविनायक नगरपालिका : १०
जम्मा : ६४ (महिला : २०, पुरुष : ४४)
होम आइसोलेसनमा
भक्तपुर नगरपालिका : ३०१
चाँगुनारायण नगरपालिका : १४३
मध्यपुर थिमी नगरपालिका : ५३७
सुर्यविनायक नगरपालिका : ६०१
अन्य :१२७
जम्मा :१७०९ (महिला : ७५३ , पुरुष : ९५६)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।