• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

मनै मनमा दसैं

अकबरे सोमबार, कात्तिक १०, २०७७  १०:०६
1140x725

चरीररी ररीरै, चरीररी ररीरै, चरीररीररी...रै..
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो!
नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो!!
हो दसैं आयो....
हो दसैं आयो ....

साथीसँग बाटामा हिंडिरहेको थिएँ अकस्मात साथी गुनगुनाउन थाल्यो।

साथीको गुनगुनाइले एकाएक मलाई बालापनमा पुर्‍यायो। पुरानो नोस्टाल्जियामा म चुर्लुम्म डुबें।

जबजब रेडियोमा मुगलान चलचित्रको यही‘कोदो फुल्योयो बारीमा’गीत बज्थ्यो, हामी भुराहरूको मुहारमा पूर्णिमाको चन्द्रमा उदाइहाल्थ्यो।

रेडियोले कोदो फुल्यो बजाउन थालेपछि एकाएक हामी हप्ता, बार, गते गन्न थाल्थ्यौं। 'शनिबार कहिले आउँछ र बुबा ममी बजार (हाट) जानुहुन्छ?', हामीलाई सबैभन्दा पहिले शनिबारको पर्खाई हुन्थ्यो। शनिबार आएपछि भने बुबा ममीले 'के बेच्न लान ठीक पार्नुभा'छ, उहाँहरूको भारीले हाम्रो मुडको निर्धारण गर्थ्यो। चामल, तोरी, गहुँ, कोदो, मकै मध्ये केहीको भारी हुन्थ्यो झोलामा। यसरी भनौं, यिनै अन्नका दानाहरूले हाम्रो दसैं कटाउँथ्यो। यदि उहाँहरूले चामलको भारी लगाउनुभएको रहेछ भने हामी दाजुभाइको हर्षको ठेगान नै हुन्थेन। किनभने चामल महंगोमा बिक्थ्यो। मकैको भारी रहेछ भनेचैं खिस्रिक्क पर्थ्यौं।

बुबा ममीको गोजीमा जति धेर दाम पर्छ लुगा पनि उति नै राम्रा आउँथे । दसैं पनि उतिनै उल्लासमय हुन्थ्यो ।

उसो त, उहाँहरु रेडियोमा कोदो फुल्यो गीत बज्न थालेपछि धान सुकाएर रातारात ढिकीमा कुट्न थाल्नुहुन्थ्यो। त्यतिखेर धान कुट्ने मिलको खासै प्रयोग हुन्थेन। छन त गाउँमा मिल थियो तर एकदमै महंगो। मिलमा तिर्ने भाडाले हामी दाजुभाइलाई नै लुगा किन्न पुग्थ्यो। त्यसैले ढिकीमै दुःख गर्नुहुन्थ्यो, उहाँहरू।

अकबरे

हाटको दिन बुबा-ममी बजारबाट फर्कन नपाई हामी झोला खोतल्न थालीहाल्थ्यौं। झोलामा के-के छ भन्दा पनि 'हाम्रा लागि के छ!' ले महत्त्वपूर्ण भूमिका खेल्थ्यो। यसपाला दसैंमा नयाँ लुगा लाउन पाइने हो कि हैन त्यसै दिन निर्क्योल हुन्थ्यो। बुबाममीका झोलामा नयाँ लुगा भए हाम्रा लागि दशै आउँथ्यो। नभए दसैं न ससैं। खल्लीबल्ली!

Ncell 2
Ncell 2
nimb
nimb

झोलामा लुगाको पोको देखेपछि हामी होडबाजी गरेर लगाउन थालिहाल्थ्यौं। उहाँहरू पनि हाम्रो मुहारमा दसैंको कोपिला बसेको देखेर मख्ख पर्नुहुन्थ्यो। दुःख पीडा जे-जे थिए सबै भुलेर मुस्कुराउनु हुन्थ्यो। अहिले बुझ्दैछु;  सन्तानको खुसी सबैभन्दा ठूलो सन्तुष्टि रहेछ मातपितालाई।

नयाँ लुगा भेटेपछि हामी गाउँभरि फन्को मार्थ्यौं। कसका बाआमाले क-कसलाई के-के किन्दिए सबैको खोजीनीति गर्न थालिहाल्थ्यौं। किनकि त्यही हटियाको दिन नै हुन्थ्यो, त्यो सालको दसैंमा कसले के लगाउने भन्ने निर्णय। नयाँ लुगा पाउनेहरू साँझैसम्म रमाइरहन्थ्यौं। नपाउनेहरूको अत्तो पत्तो हुँदैन थियो।

जसै, रेडियोमा कोदो फुल्यो गीत बज्न थालेपछि खेती किसानीका कामहरू पनि घटाएर ठूलाबडाहरू घर रंग्याउन थाल्थे। आँगन वरपर उम्रिएका झार उखेल-आखेल पार्न थाल्थे। गाउँभरिका सबै मिलेर बाटो खन्थे। कुवा पँधेराहरूमा सफा सुगर गर्थे। पाटी, पौवा, चौताराहरूमा रङ रोगन गरेर चिटिक्क पार्थे।

दसैंमा बजारे चिउरा खाने खासै चलन थिएन। धान भिजाएर आफैं कुट्ने चलन थियो। दिउँसोभर अन्य काममा व्यस्त हुने भएर रातको समयमा अबेरसम्म गाउँ नै भरि ढ्याक्र्याक ढ्याक, ढ्याक्र्याक ढ्याक लवजमा ढिकी बज्थे। सबैले चिउरा कुट्थे। हामी केटाकेटीहरू पनि अबेरसम्म ढिकीमै हुन्थ्यौं। कहिले बुबालाई ढिकी कुट्न सघाउँथ्यौ, कहिले ममीलाई घान हाल्न, अनि कहिले हजुरआमालाई धान भुट्न। तातो धान ढिकीले दुई तीन दम्को कुटेपछि लबेटा बस्थे। हामी भुससरिका लबेटा खुबै खान्थ्यौं। लबेटाले कहिले जिब्रो पोल्थ्यो, कहिले घाँटीमै अड्किन्थ्यो।

Xtrem

Xtrem

मुगलानको त्यही गीत रेडियोमा बज्न थालेपछि सहर पसेकाहरू गाउँ फर्कन थाल्थे। दाइहरू बाबियो खोजेर लिंगे पिङ हाल्थे। गाउँमा फुटबल भलिबल परिपरिका खेलहरू सुरु हुन्थे। टीकाको दिन नाटक देखाउन भनेर ‘रियलसल’ सुरु हुन्थ्यो। हामी त्यही रियलसल लुकीलुकी हेर्थ्यौं। नाटकका पात्रहरूले बोल्ने डायलगहरू नाटक नहेरीकनै कन्ठस्थ गर्थ्यौं। नाटकमा के कथा छ? कुन पात्रले कतिखेर के भन्छ? सबै हामीलाई पहिल्यै थाहा हुन्थ्यो।

दसैंको चहलपहल बढेपछि मासु खानेहरू कसका घरमा ठूलो खसी छ भनेर गाउँ चहार्न थाल्थे। मासु नखानेहरू केरा खोज्न औल(बेसी)तिर झर्थे। साँच्चै, रेडियोमा चरिररी बज्न थालेपछि गाउँमा एकाएक अर्कै रौनक थपिन्थ्यो।

टीकाको अघिल्लै दिनदेखि हामी दाजुभाइमा यसपाला ममीसँग को मावल जाने भन्नेमा झगडा पर्न थाल्थ्यो। भरसक आफैं जान पाए हुन्थ्यो भन्ने हुन्थ्यो। नभए दुवैजना जाने भनेर रोई पनि टोपल्थ्यौं।

मावल जान हानाथाप हुनुको पछि खास कारण हुन्थ्यो। हाम्रो मावल मधेसमा भएकाले हामी पहाडमा हुर्किएका केटाकेटीको लागि समथर भू-भाग देख्दा खुबै आनन्द आउँथ्यो। त्यहीमाथि मोटरहरू प्रशस्तै देख्न पाइने, समय मिले मामासँग फिल्म हेर्न जान पाइने, भक्कुमार नरिवल खान पाइने। मावलमा घरमा जस्तो इत्रिन, बुल्किन कसैले रोकटोक गर्थेन। फुक्काफाल भइन्थ्यो।

नरिवल फुटाउँदा नरिवलको दानाबाट निस्किएको पानी सम्झँदा आहा! आज पनि मुख रसाउँछ। त्यहीमाथि दक्षिणाको महत्त्व त छँदै थियो।

कहिलेकाहीँ ममी माइत नगएर मावल जानुहुन्थ्यो। ममीको मावल पहाडमा थियो(अहिले मधेस झरिसके)। एकदिनको बाटो हिँड्नपर्ने। तर पनि हामी पछि हट्दैन थियौं। ममीको मावलमा नरिवल नभए पनि दारिम, मेवा, अम्बा, भोगटे, सुन्तोला सबैथोक फल्थे। बुढा मावल पुगेपछि हाम्रो बासै करेसाबारीमा हुन्थ्यो।

मावल, बुढा मावल कतै जान नपाएर घरमै बस्नुपरे पनि रमाइलै हुन्थ्यो। टिका थाप्न टाढा टाढाबाट आफन्तहरू आउँथे। चिनी-मिस्री, नरिवल, सुपारी, फलफूल, कुराउनी जस्ता परिपरिका कोसेलीहरू ल्याउँथे। हाम्रो दिनभरी खानेभन्दा फाल्तु काम हुन्थेन। कहिलेकाहीँ त धेरै खाएर असपट नै हुन्थ्यो। पेट चर्किएर सुत्न बस्नै सकिन्थेन।

छुटेको समय सबैका लागि स्वर्णिम हुन्छ। बिझ्ने अतित नै भए पनि त्यसले धेरैकुरा सिकाएको हुन्छ। शिक्षकहरूले जति नै छडी हाने पनि गुरु जीवनका मार्गदर्शन हुन्। त्यसैले अतित सबैलाई प्रिय लाग्छ।

बालपनको दसैंलाई सम्झिएर त्यसै त्यसै मुस्कुराउन थालेछु। साथीले झकझकाइदियो। म सपना देख्दादेख्दै बिउँझिएँ जस्तो झसंग भए। तर मेरो मानसपटलमा मुगलानको त्यो गीतले छाडेन। त्यो मीठो अतितले छाडेन।

अतित छाडेर वर्तमानमा हराउन थालें। आठ बर्ष भएछ मुगलान भासिएको। यी आठ बर्षहरूमा म बलैले दुईपटक घरमा पुगें। त्यो पनि चाडबाडको समयभन्दा फाल्तु समयमा। उसो त घरबाट बारबार चाडबाडको सम्झना नगराउनुभएको भने होइन। प्रत्येक चाडबाड आउँदा ममीको एउटै गुनासो हुन्छ 'पूरा परिवार भेला नहुँदा चाडबाड आउँदैन।'

ममी-बुबाका प्रत्येक गुनासाहरूलाई मैले बारबार टारिरहें। कुनै दसैंमा छुट्टी मिलेन भनें। कुनै दसैंमा हवैजहाजको टिकट पाइएन भनें। अथवा अरूअरू केही बहाना बनाइरहें। बनाउन चाहेपछि बहाना जति पनि मिल्दो रहेछ।

खासमा म अलि फरक प्रकृतिको छु। चाडबाड धर्म संस्कृतिमा अलि कम रुची लाग्छ। अथवा उमेरको दोष हुन पनि सक्छ। अल्लारे जोवनमा प्रायः कसैलाई रितीरिवाज रहनसहनको सम्झना नै हुँदैन। खैर जेसुकै होस्, एउटा कुराचै सत्य हो- म चाडबाडदेखि भागिरहें।

हुन त नेपालमै हुँदा पनि चाडबाड खासै मनाइन। एकसठ्ठी सालमा एसएलसी दिएर सहर पसेपछि सायदै मैले चाडबाड सम्झिएँ। औपचारिकता निभाउनका लागि, अथवा बुबाममीको मन राख्नका लागि बलैले दसैंमा हप्तादिन घर पुग्थें।

कुनै कुराको अभाव उक्त कुरासँग आफू टाढिएपछि हुनेरहेछ। गुमाउनुको पीडा गुमाउनेहरूलाई मात्र थाहा हुन्छ। आजकाल मुगलानमा अतितले पिरोल्न थालेको छ। अर्थात यसो पनि हुनसक्छ, वर्तमानले अतितभन्दा स्वर्णिम अनुभूति गर्न सकेन भने सोचहरु अतितमै पुग्छन् सायद। मान्छे अतितको सम्झनाले धेरै रमाउँदो रहेछ। यादहरूले नै रहेछ मान्छेलाई जिवित भैरहन सहयोग गर्ने। यादहरूनै नभए जिन्दगी पनि फिक्का चियाजस्तो हुँदो हो।

हुन त हामीले परदेशमा चाडबाड मनाउँदै नमनाउने भने होइन। मनाउँछौं तर अलि फरक तरिकाले। खासमा हामी हरेक कुरासँग चाडबाडको बहाना जोड्छौं। पिउनको लागि हामीलाई केही न केहीको बहाना चाहिन्छ। यसरी भनौं, हाम्रा लागि पिउने बहाना हो, चाडबाड। नढाँटी भन्नुपर्दा विगत ८ वर्षदेखि चाडबाडको नाममा कतिपटक चेयर्स गरियो गन्ति नै छैन। चाडबाडको नाममा कतिपटक डिस्को गइयो थाहा नै छैन। हाम्रो पात्रोले जुनजुन चाडको नोटिफिकेसन मोबाइलमा दिन्छ, त्योत्यो दिन हामीलाई पिउने बहाना मिलिहाल्छ। हामी धुमधामका साथ पिएर चाड मनाउन थालिहाल्छौं। दुई तीन दिन कारखाना बन्द भयो भने हामी ती छुट्टीका दिनलाई दसैं भनेर व्याख्या गर्छौं र पिउन थाल्छौं। खोजखाज गरेर खसी काट्छौं । नभए पनि लोकल कुखुरा त काटिन्छ काटिन्छ।

आजकल चाडबाड स्वादको लागि आएजस्तो लाग्छ। स्वादिलो खान पाए जहिल्यै दसैं। भक्कुमार मात्न पाए जहिल्यै दसैं। खासमा फुर्मास गर्न गोजीमा दाम हुँदाखेरी चाडबाड स्वादको लागि आउँदो रहेछ।

मैले रोजगारी गर्दै गरेको मुलुक कोरियामा महिना दिन अघि नै हामीले दसैं मनायौं। कोरियाको ठूलो चाड छुसकलाई हामीले दसैं भनेर नै व्याख्या गर्ने गर्छौं। यसपालाको छुसकमा भने पिउने काम भएन। छुसक मात्र होइन, नयाँ वर्ष २०२० को बाचा अनुसार पिउन छाडिएको छ।

कोभिडको कारण कोरिया सरकारले भीडभाड गर्न बन्देज लगाएको छ। त्यसैले यसपाला कुनै कार्यक्रमहरू भएनन्। नेपालबाट कुनै कलाकारहरू आएनन्। कतै केही चहलपहल भएन। मिनी नेपाल भनेर चिनिने दोङदेमुन सुनसान नै रह्यो। त्यसैले पनि होला, अहिले पुरानो दसैंको नोस्टाल्जियामा म रुमलिरहेको छु। पिङ सम्झिरहेको छु। मावल सम्झिरहेको छु। नरिवलको पानी सम्झिरहेको छु। दारिमका काँडाले घोचेको सम्झिरहेको छु। अम्बाका रुखबाट लडेको सम्झिरहेको छु। निधारैभरी रातो टिका सम्झिरहेको छु। कानैभरी जमरा सम्झिरहेको छु। ठूलाबढाको आसिस सम्झिरहेको छु। मुठीभरी दक्षिणा सम्झिरहेको छु।

साँच्चै आजकाल समय बदलिएको छ। मेरो मात्र होइन सबैको बदलिएको छ। अधिकांश मान्छेहरूलाई पश्चिमेली वायुले छोपेको छ। चाडबाड त बहाना मात्र बन्न थालेका छन्। निधारभरी रातो अक्षताको टिका बोक्नेहरू आजकल कम नै देखिन्छन्। आजकल त चाडबाड पनि सामाजिक सञ्जालहुँदि मात्र आउँछ। फोटो भिडियो खिच्नका लागि आउँछ। टिकटक बनाउनका लागि आउँछ। उबेला ठूलाबडाहरू समूहमा बसेर नाचगान गर्थे, तास खेल्थे। आजकल एक्लाएक्लै ‘ग्याम’ खेल्छन्। क्यासिनो जान्छन्। जुवा खेल्छन्। बालबच्चाहरूले नयाँ लुगा लगाउन दसैं नै कुर्नुपर्ने दिन हराइसके। इन्टरनेट र मोबाइल भए सबैथोक पुगिहाल्छ। पहिलेपहिले चाडबाडमा आफन्तहरू आएपछि समूह बनाएर घुम्न निस्किन्थे। बाल बच्चाहरू पाहुना आउँदा रमाउँथे। आजकल को आयो, को गयो अत्तोपत्तो हुन्न। बालबच्चाहरू पाहुना आउँदा वाथ्थ पर्छन्। घुम्न जाने योजनाहरू कमै बन्छन्। भेटघाटमा बसेर गफिने समय हराइसक्यो। बरू भेटमा फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जालका आइडीहरू साटिन्छन्।

नढाँटी भन्नपर्दा सम्बन्धहरू सोसल मिडियामा भेटिन्छन् आजकल। जन्म मृत्युजस्ता ठाउँमा पनि कमेन्टले काम गर्छ। नत्र किन मान्छेहरू अरू कोही जन्मिने बित्तिकै अथवा मर्नेबित्तिकै सोसियल मिडियामा फोटो हाल्छन्?

साथीहरू खुलेरै भन्छन्, 'ओई मैले फेसबुकमा दसैंको फोटो हालेको छु, कस्तो छ हेरेर लाइक कमेन्ट गर है!' आजकाल चाडबाड फोटो प्रतिस्पर्धामा रूपान्तरण भएको छ। पहिरन फोटो प्रतिस्पर्धा, परिकार फोटो प्रतिस्पर्धा। प्रतिस्पर्धा पनि के के हो के के!

खासमा आजकल हामी यान्त्रिक भैरहेका छौं। हाम्रो चेतना संवेदनाहीन हुँदै गैरहेका छ।

आजकालका केटाकेटीले नयाँ लुगाका लागि दसैं कुर्नुपर्दैन। मीठो खानका लागि दसैं कुर्नु पर्दैन। त्यसैले पनि होला चाडबाडको महत्त्व खस्किँदो छ।

हामी ठूलाबडाहरूलाई पनि त मीठो मसिनो खाने कुराको लागि चाडबाड कुर्नै पर्दैन। भेटघाटको लागि चाडबाड कुर्नै पर्दैन। नयाँ लुगा लगाउन चाडबाड कुर्नै पर्दैन। खासमा आजकल लुगा खासै किनिदैनन्। बालापनमा पो चकचक गरिन्थ्यो, लडिन्थ्यो, मडारिन्थ्यो, तानातान चलाचल हुन्थ्यो र लुगा फाट्थे च्यातिन्थे। आजकल बर्सौं बर्ष एउटै लुगा टिकिदिन्छ। नयाँ लुगा र मीठो खाना त त्यस्तै उस्तै हो। बरु आजकल नयाँ हैन, महंगाको होडबाजी चल्छ। कसले कति महंगो लगायो, कुन होटलमा खायो? अथवा कुन ब्रान्डको लगायो, कुन ब्रान्डको खायो? बाध्यताहरू बदलिएर देखासिखीमा रुपान्तरण हुन थालेका छन्।

नहुनेहरू पनि देखाउँनै लागि ऋण खोजेर चाडबाड मनाउँछन्। हैन हैन, मनाएजसो गर्छन्। आएजसो गर्छन्। लगाएजसो गर्छन्। मान्छेको जीवनस्तरले पनि चाडबाडमा फरक पार्दोरहेछ।

आजकालका मान्छेहरूले पहिलेका मानिसहरूले जसरी खाने कुराहरू पनि खान सक्दैनन्। स्वास्थ्यलाई बहाना बनाउँछन्। विभिन्न रोगहरू देखाउँछन्। डाइटिङ भन्छन्।

आजकल खाने लगाउने कुरामा खासै अभाव हुँदैन। अभाव घट्नु भनेको महत्त्व पनि घट्नु रहेछ। जतिजति दसैंको अभाव घट्दै छ। उतिउति नै दसैंको महत्त्व पनि घट्दो छ।

बरू चाडबाडका नाममा विकृति बढिरहेको छ। जताततै झैझगडाका समाचार मात्र सुनिन्छ। सम्बन्धहरूमा स्वार्थ हाबी भइसकेको छ।

जतिजति उमेर परिपक्क हुँदै जान्छ। उतिउति सोचमा परिवर्तन हुँदोरैछ। उतिउति जीवनशैलीमा परिवर्तन हुँदोरैछ। कुनैबेला लाग्थ्यो चाडबाड भनेको समयको बर्वाद मात्र हो। गरिबहरूलाई ऋणको पहिरो मात्र हो। तर, हैन रहेछ। चाडबाड, रहनसहन, संस्कृति, धर्म परम्परा, सभ्यता भन्नु हाम्रा पहिचानहरू रहेछन्।

उबेला लाग्थ्यो, पाहुनाहरू आफ्नै स्वार्थ बोकेर आउँथे। हैन रहेछ। पाहुनाहरू भेटघाटका लागि आउँदा रहेछन्। सम्बन्ध सुधारका लागि आउँदा रहेछन्। आत्मियता जताउन आउँदा रहेछन्। माया साटासाट गर्न आउँदा रहेछन्। चाडबाडहरू बोझ हैन रहेछन्। खासमा बोझिलो त हामी मान्छेको सोच पो रहेछ। चाडबाडहरू त रमाइलो बोकेर आउँदा रहेछन्।

धर्म संस्कृति बचाइरहरूनु भनेको आफ्नो धरातल जोगाइरहनु रहेछ। आफ्नो अस्तित्वमा रहिरहनु रहेछ। मसँग मीठो अतित थिएन भने यो मुगलानमा दसैंलाई किन पो मिस गर्थें हुँला र!

दसैंको नोस्टालजियामा निकैबेर अल्झिएपछि सन्तुष्ट मनले सम्झाउन खोज्छ, 'अर्काको धरती भएर के भो त। चाड त आफ्नो हो नि! विगत आठ बर्षदेखि नमनाएको दसैं यसपाला धुमधामका साथ मनाउने नि!

सन्तुष्ट मनको कुरा भूइँमा खस्न नपाउँदै असन्तुष्ट मनले प्रश्न गरिहाल्यो; खुबै मनाइस धुमधामका साथ, साहुले छुट्टी दिन्छ र? परदेशमा कामभन्दा ठूलो चाडबाड हुन्छ र?

असन्तुष्ट मनका सवालहरूको जवाफ सन्तुष्ट मनसँग छैन। खासमा परदेशीले मनैमनले मनाउनुपर्दो रहेछ चाडबाड। मनमनमै बिते आठवटा दसैं। थाहा छैन अझै कतिवटा यसरी नै बित्नेहुन्?
@akabare01

तस्बिर स्राेत : http://festivalsinnepal.com.np/

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १०:०६
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्