• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना कहरमा दसैं

डा डिला संग्रौला आइतबार, कात्तिक ९, २०७७  १५:२८
1140x725

नेपालीहरुको प्रमुख चाड दसैं यसपालि कोरोनाको कहरभित्र मनाउनुपर्ने बाध्यता आइपरेको छ। कोभिड–१९ को संक्रमण दिन प्रतिदिन बढोत्तरी हुँदै समुदायस्तरमा भयवह रुपमा फैलिँदै गएको छ।

जनजीवन भयभित, कष्टकर र जटिल बन्दै गइरहेको छ। जनता रोग र भोक दुवैबाट आक्रान्त छन्। मानिसलाई एक स्थानबाट अर्को स्थान वा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पनि अप्ठ्यारो, असहज र जटिल परिस्थिति उत्पन्न भएको छ।

दसैं नेपालीहरुको खुसी, हर्ष, उल्लास, शुभेच्छा र शुभकामना आदानप्रदान गर्ने पर्व पनि हो। तर अहिलेको दसैंले खुसीभन्दा पनि एउटा पीडा र दुःखबोध गराइरहेको छ। एक लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने कतिले मृत्युवरण गरिसकेका छन्। कति अस्पतालको आइसोलेसनमा छटपटाइरहेका छन्। कति आफ्नै घरको आइसोलेसनमा बसेका छन्। थुप्रै सुत्केरी आमाहरुले उपचार नपाएर मृत्युवरण गरेका छन्। कतिले भोक थाम्नै नसकी आत्महत्या गर्न पुगेका छन्। कैयौँ आमाहरु दिन दहाडै आफ्ना कलिला बालिका वा छोरीको बलात्कार, हत्याहिंसा र चीत्कारले पिरोलिएका छन्। द्वण्द्व हिंसा पनि बढेकै छ।

यस्तो संकटको घडीमा सरकारले न त जनतालाई राहत दिन सक्यो न त सान्त्वना नै। कोरोनाको न्यूनीकरण, संक्रमितको उपचार र पुनःस्थापना गर्नमा सरकारको कुनै प्रभावकारी पहलकदमी नै देखिएन। पहिलो पटक करिब ५ महिनाको लकडाउनपछि पुनःलकडाउन र निषेधाज्ञा गर्नबाहेक खासै तयारीमा जुटेको देखिएन। लकडाउनको समयमा कोभिड अस्पतालको व्यवस्थापन, आवश्यक स्वास्थ्य सामग्री, अक्सिजन, सघन उपचार कक्ष, भेन्टिलेटरको संख्यामा वृद्धि र परीक्षणको दायरा पनि बढाउन सकेन। बरु उल्टै सरकार भ्रष्टाचार, महँगी, कालोबजारीमा लिप्त रह्यो। त्यसैले यसपालिको दसैं दशा, दुविधा र अप्ठ्यारो सँगसँगै आएको छ।      

धार्मिक र सांस्कृतिक महत्त्व
दसैंको धार्मिक, सांस्कृतिक, सामाजिक र पारिवारिक महत्त्व पनि छ। यसलाई बडादसैं, दशहरा, विजया दशमी, नवरात्रि आयुध पूजा पनि भनिन्छ।  नेपालीहरुले राष्ट्रिय चाडको रुपमा मनाउने दसैं, हिन्दू धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आराधना गरी दसौं दिन आफूभन्दा ठूला मान्यवरहरुको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रुपमा पूर्णिमासम्म मनाइन्छ। प्रतिपदादेखि नवदुर्गासम्म मातृशक्ति, महाभगवती, महालक्ष्मी, महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ।

विशेषगरी विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ। त्यसैले दसैंलाई असत्यमाथि सत्यको विजयको रुपमा पनि लिइन्छ। यसपालिको दसैंमा मठमन्दिर नगएर हामी सबैले घरमा बसेर नै शक्तिको पूजाअर्चना गर्दै कोरोनामाथि विजय प्राप्त गर्न सक्ने शक्ति आर्जन गर्न सक्नुपर्दछ।  

दसैंको सांस्कृतिक पक्ष पनि छ। यसलाई बालीनाली भित्र्याउने पर्वको रुपमा पनि लिइन्छ। नेपाल एक कृषिप्रधान देश हो। जब कृषकले खेतमा सुनौलो फसल उमारेर अन्न रोपी घरमा ल्याउँदछन् तब उनको खुसी र उमंगको सीमा नै रहँदैन। त्यसैले कोभिड–१९ ले थला पारेको विभिन्न क्षेत्रमध्ये कृषिलाई मुख्य र भरपर्दो आयआर्जन गर्ने पेशाको रुपमा अपनाउने सामर्थ्य हामीले राख्नुपर्दछ।

किन सुरक्षित रहने?
दसैं सबै घरपरिवार एकै ठाउँमा भेला भएर रमाइलो साथ मनाउने पर्व पनि हो। तर कोरोनाको कहरले गर्दा सम्पूर्ण परिवार एकैसाथ जम्मा भएर मनाउने परिस्थिति पनि छैन। कोरोनाको संक्रमणबाट सुरक्षित रहने पहिलो उपाय भनेको सामाजिक र भौतिक दूरी कायम राख्ने, भेटघाट र जमघटबाट टाढै रहने, सुरक्षित र स्वस्थ जीवन अपनाएर आफू पनि बाचौं र अरुलाई पनि बचाऔं भन्ने कार्यमा लाग्नुपर्ने बाध्यात्मक परिस्थिति पनि छ।

Ncell 2
Ncell 2
nimb
nimb

दसैं भन्ने बित्तिकै इष्टमित्र, परिवारसँग भेटघाट, ठूलाबडाबाट टीका र आशिर्वाद ग्रहण पनि हो। तर महाव्याधिको कारण हाम्रा आमाबुबा, बाजेबज्यै  बढी जोखिममा हुनुहुन्छ। उहाँहरुसँग टीका ग्रहण गरेर आशीर्वाद लिनु भनेको आफ्ना अग्रजको स्वास्थ्यमाथि खेलवाड गर्नु वा कोभिडको संक्रमण बढाउनु नै हो। त्यसैले यसपालिको दसैंमा शुभकामना आदानप्रदानको माध्यम, टेलिफोन संवाद, सामाजिक सञ्जाल मार्फत शुभेच्छा  र साथीभाईसँग  भर्चुअल माध्यम मार्फत शुभकामना साटासाट गर्ने अवसरको रुपमा लिनुपर्दछ।

सुरक्षित जीवनशैली:
आम जनताको आजको प्रमुख जिम्मेवारी वा दायित्व भनेको पहिला आफू सुरक्षित रहौँ, अनि गाउँ, समाज र परिवारलाई पनि सुरक्षित राखौँ भन्ने मनोभाव अंगाल्नु हो। दसैं हरेक साल आउँछ। हामी सुरक्षित रह्यौँ भने अर्को साल फेरि पारिवारिक रमाइलो साथ दसैं मनाउन सक्दछौँ। त्यसैले गाउँगाउँमा, टोलटोलमा अरुको घरघरमा अनावश्यक गएर हामी आफैँ कोरोनाको संक्रमण वृद्धि गर्ने कारण बन्नुहुँदैन।

यात्रा गर्नै परेमा सुरक्षित यात्रा गर्नुपर्दछ। जथाभावी जोखिम उठाउनुहुँदैन। खानपान, रहनसहन, आफ्नो दैनिकी जीवनशैलीलाई सुधार गर्दै  शारीरिक व्यायाममा ध्यान दिन सक्यौं भने स्वस्थ र निरोगी बन्न सक्दछौँ। त्यसैले नकरात्मक सोच, विचारलाई तिलाञ्जली दिँदै समाजमा सकारात्मक सन्देश प्रभाव गर्न सक्यौँ भने पूरै समाज र राष्ट्रकै  मनोबल उच्च बनाउन मद्दत गर्दछ।

देश, विदेश जहाँ रहेका भए पनि नेपाली समुदायमा सकारात्मक उर्जा पैदा गर्छ। त्यसैले कोरोनाको कहरभित्र दसैंलगायत अन्य चाडहरुले सबै नेपालीहरुमा सद्भाव, मित्रता र एकता, विपन्न, गरिब, असहायलाई सहयोग र कोरोनाले थला पारेको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र स्वास्थ्यको क्षेत्रलाई पुनरूत्थान गर्ने महान अभियानको सञ्जिवनी बुटी बन्न सक्नुपर्दछ दसैं। हरेक वर्ग, तह र तप्काका नेता, कार्यकर्ता, नागरिक समाजका अगुवाले कोरोनासँग जुध्न र सचेतना फैलाउन हौसला र प्रेरणा प्रदान गर्न सक्यौं भने अवश्य पनि  दसैंले सकारात्मक सन्देश प्रवाह गर्न सक्छ।

Xtrem

Xtrem

कोरोनाको कहरभित्र यसपालि दसैं दशा, व्यथा, वेदना सँगसँगै केही सकारात्मक सन्देश बोकेर आएको छ। जसलाई हामी सबैले सावधानीपूर्वक पालना गर्न सक्यौँ भने यो हाम्रो लागि सुखद् पनि हुन सक्दछ। विजया दशमीको शुभकामना।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १५:२८
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्