डडेल्धुरा- डडेल्धुरामा बुधबार भेटिएको एक युवकको बेवारिसे शवको पहिचान खुलेको छ।
उक्त शव अमरगढी नगरपालिका वडा ९ बस्ने यज्ञबहादुर निदालका ३४ वर्षीय छोरा इन्द्र निदालको रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
केही समयअघि गाडी चालक रहेका मृतक इन्द्रका छोराछोरी छैनन् भने श्रीमतीले केही दिनअघि सम्बन्ध विच्छेद गरेको परिवारिक स्रोतले जनाएको छ। बुधबार दिउँसो गोठालाहरुले शव भेटेपछि जिल्लाको अमरगढी नगरपालिका ५ मा पर्ने ऋषिखोला सामुदायिक वनमा युवकको शव फेला परेपछि खबर गरेका थिए।
शवको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पोस्टमार्टम गरेपछि बिहीबार नै आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।