• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बासी भातले सुधारिएको जिन्दगी

नारायण कोइराला मंगलबार, कात्तिक १८, २०७७  १०:०२
1140x725
नारायण कोइराला

माघ महिनाको चिसोमा घर छोड्नुपर्ने अवस्था थियो। झोलामा राख्न्न कान्छा कपडा छाँट्दै थिए। के राख्नु? के नराख्नु? भएका थिए। आमा पनि 'अलि बढी कपडा राख है', भन्दै हुनुहुन्थ्यो। 'ल, ल' भन्दै थिए कान्छा।

अब जति कपडा खोजेँ नि, जति छाँटे नि उही पुरानो ज्याकेट अनि एउटा स्वेटर त थियो, उनीसँग। भोलि बिहान कुखुरो बास्दा कान्छालाई घरबाट निस्कनु थियो। जे थिए, राखेर झोला एकतर्फ राखे कान्छाले।

खाना खाइसकेपछि आमा छोरा एक्छिन गफ्फिए। आमा सुत्न जानु भयाे। कान्छा झाँझ बारेर बनाएको कोठामा पसे। श्रीमतीको मन उदास थियो।

'के भो?' कान्छाँको प्रश्न थियो। उनको मुखबाट शब्द निस्किएका थिएनन्।

अलि ढिलो गरी मधुर स्वरमा उनको आवाज आयो, 'नगए पनि त हुन्थियो नि? दुःख सुख यहाँ नि चलेकै छ। विदेशको ठाउँ कस्तो हुने हो! डर लागिरहेको छ, मलाई।'

'त्यसो नभन. कति दुःख कष्ट सहनु? यहाँको हालत पनि त ठीक छैन नि। बेलामा कमाउन सकियाे भने हामी सबैको लागि राम्रो हुनेछ,' कान्छाले उत्तर फर्काए। 

रात छिप्पिँदै थियो। कान्छा र कान्छीको मन झन् नजिकिँदै थियो। मध्ये रातको तो समयमा मधुर बत्तीको बिचमा माया साटसाट भयो। अब त कहिले हो? भन्दै लामो सास लिए। केही छिन रोमाञ्चक भएका उनीहरूले आँखाका ढकनी बन्द गरे। 

बिहान पंखाको चिसो सिरेटोले हानिरहेको थियो। कान्छालाई उठाउँदै थिइन् ,कान्छी।

Ncell 2
Ncell 2
nimb
nimb

'उठनुन्न भनेको! बिहान हजुरको धेरै सुत्ने बानी छ। विदेशमा बिहानै उठ्नपर्छ भन्छन् कसरी उठ्नु हुन्छ?'

आँखा मिच्दै कान्छा उठे।

'तिमी पिर नगर। परेपछि सबथोक गरिन्छ। तिमी आमा र तिम्रो पेटमा भएको हाम्रो मायाको चिनोको ख्याल गर। यति भए पुग्छ मलाई,' कान्छाले कहाँको प्रसंग कहाँ पुर्‍याएजस्तो लाग्यो कान्छीलाई। 

'छि! हजूर पनि। तो त मलाई पनि थाहा छ नि। जानु हातमुख धोएर आउनु सबै बसी सँगै चिया पिउनुपर्छ आज,' कान्छीले माया दर्शाइन्। 

आमा पनि उठिसक्नु भएको थियो। उहाँको अनुहार पनि अँधेरो थियो। हुन पनि किन नहोस्? छोरो पहिलोपल्ट घर छोडी जाँदैछन्।

कान्छीले चिया तयार गरी सकेकी थिइन्। साथमा हिजो बुढाबुढी मिलेर बनाएको नमकिन पनि पिलेटमा राखिन्। आमा अनि छोराबुहारी एकै ठाउँमा बसी चिया पिउन थाले। आमाको चियाको गिलासमा चिया त्यसै थियो। उहाँ कान्छालाई हेरिरहनु भएको थियो।

कान्छीले रातो टीका आमाको हातमा दिइन्। आमाको आँखाबाट आँसु बग्दै थिए।

'आमा यसो नगर्नु न! हजूरका आँखामा आँसु देखेर कसरी हिड्न सक्छु म?,' कान्छाले आमालाई सम्झाउने प्रयास गरे।  

'बाबु पिर नमान,' यति भनेपछि आमाले पछ्यौराले आँसु पुछ्नु भयो। अनि रातो टीका लगाइदिनु भयाे।

'ल कान्छी! अब म निस्कनु पर्छ। आमाको ख्याल राख्नु। ल आमा म हिँडे' भन्दै ढोग गरे कान्छाले।

'आशिर्वाद छोरा' भन्नु भाे आमाले। कान्छीले हात हल्लाई बिदा गरिन् कान्छालाई। कान्छा पनि वाईवाई भन्दै बाटो लागे।

 ६-७ घण्टाको यात्रा पछि उनी एयरपोर्ट पुगेका थिए। हातमा भिसा अनि पासपोर्ट लिएर एयरपोर्ट भित्र पसे। चेकजाँच सकेपछि हवाइजहाज उड्न केही समय बाँकी थियो। एक्छिन गफ गर्ने विचारले कान्छीलाई फोन लगाए कान्छाले। घण्टी जाने बित्तिकै फोन उठ्यो।

'हजूर कहाँ पुग्नु भयाे?' कान्छीले फोन उठाउँदै भनिन्।

'हेलो! कान्छी म एयरपोर्टभित्र छु। अब केही छिनमा हवाइजहाज भित्र जान्छु।

'होर र?' कान्छीले सोधिन्।

'हो नि' कान्छाले उत्तर फर्काए। 

'सारै नरमाइलो हुँदोरहेछ नि हजुर घरमा नहुँदा त! अरू बेला त साँझ आउनु हुन्छ भनी ढुक्क हुन्थ्यौं। अहिले त तो पनि छैन। लामो यात्रा छ हजुरको,' कान्छीका शब्दले कान्छाको दिल भरिएर आयो। 

'हो नि कान्छी, मलाई नि दुःख त लागेको छ नि? फेरि पनि मन बुझाउनु पर्छ। आमालाई पनि म अब जाँदैछु भन्दिनू,' कान्छाले बिदा मागे। 

'हुन्छ, उहाँ पुगेसी पुगेँ भनी फोन गर्नु होला,' कान्छीले बिदाइ गरिन्। 

'हुन्छ, कान्छी। आफ्नो अनि आमाको ख्याल राख्नू। ल बाई,' यसपटक नेपाली भूमिबाट अन्तिम पटक बोल्दै थिए। कान्छा। हवाइजहाजबाट फोन सम्पर्क हुँदैन। जहाजबाट उत्रिएपछि अर्कै देश पुगिनेवाला थियो।

'ल बाई' भन्दै कान्छीले फोन राखिन्।

कान्छाको जहाजमा जाने बेला भयो। 'नमस्ते' भन्दै स्वागत गरियो, उनलाई। जहाजभित्र पस्दा उनका आँखा जताततै घुमे। आफ्नो बोर्डिङ पास हेर्दै सिटमा बसे। कान्छाकाे मनमा कुलदेवतादेखि सबै ,देवीदेवताको याद आयो। अन्तत: जय! पशुपतिनाथ भन्दै थिए। जहाज आकाशतिर आकाशियो गन्तव्यको लागि।उनले आकासबाट धर्तिको अवलोकन गरे पहिलोपटक।

करिब ५ घण्टा जति जहाजको यात्रापछि, उनी विदेशी भूमिमा उत्रन तयार थिए। जहाज ल्यान्ड भयो। झिलिमिली एयरपोर्टमा आफनो भविष्य सम्झाउन कान्छा पनि उत्रिए।

हरियो पासपोर्ट झोलाबाट झिकेर, चेकजाँच गर्दै बाहिरको गेटमा पुगे। कम्पनीबाट लिन आएका थिए। उनको अगाडि 'कान्छा' लेखिएको सानो पम्पलेट लिएर एकजना उभिएका थिए। उनको 'भाग्गे' भन्नु पर्ला। ती मान्छे पनि नेपाली जो रहेछन्। कान्छालाई लिएर गाड़ी तिर गए। 

कान्छा अचम्मित थिए! त्यहाँको रोड अनि सहर देखेर। हुन पनि पहिलोपल्ट आउँदा अच्चम लाग्ने अवस्था जो छ, नेपालबाट आउँदा।

रोडमा कार दौडिँदै थियो। कान्छाले त्यहाँको अवस्था अवलोकन गर्दै थिए।

'दाई कति टाइम लाग्छ रुममा पुग्न?,' नेपाली भाषा बोल्ने मानिस पाएकाले कान्छालाई अलि सहजजस्तो भयो।

'तस्तै अरू पन्ध्र मिनट जति,' ती नेपालीले जवाफ दिए।

'ए होर!'

'हो नि,' फेरि जवाफ आयो।

अब दुवै जना रुममा पुगेका थिए।

'अब हजुर फ्रेस हुनू। अनि खाना खाएर सुत्नू,' सँगै आएका दाइले भने।

'सानो अनुरोध थियो दाइ,' कान्छाले सकिनसकी मुख खोले। 

'के हो? भन्नु न,' ती नेपालीले भने। 

'यसो घर एक कल फोन गर्न पाए हुन्थ्यो,' नेपाल छोड्ने बेला कान्छीले फोनमा भनेको कुरा कान्छाले सम्झिए।

कान्छाले नम्बर दिए। दाईले आफ्नो फोनबाट कुरा गराइदिनु भयो। धन्यबाद दिए कान्छाले। 

रात गुज्रिसकेको थियो। बिहान सबैजना ड्युटी जान तयार हुँदै थिए। सबैजना सँग एक/एक वटा टिफिन बक्स थिए। हातमा टिफिन बक्स लिएर ड्युटी तिर लागे। एक्छिन पछि हिजोको दाईले कान्छालाई कम्पनीको अफिसमा लानुभयो।

अब भने सबै मेडिकल रिपोर्ट आएको थियो। विदेशमा मेडिकल रिपोर्ट गर्नु अनिवार्यजस्तै रहेछ।

कान्छा पनि ड्युटी जान तयार थिए। अरूको जस्तै आज उनको हातमा पनि टिफिन थियो। यो टिफिन महत्त्व पनि अर्कै हुँदो रहेछ। साँझ पकाएको दाल, भात, तरकारी भए अचार पनि राखिँदो रहेछ।

त्यो टिफिन लिएर उनी ड्युटी जान लागेको पनि दिन, महिना, वर्ष, गर्दै दशक पुन्न थालिसक्यो। उनको आज राम्रो बस्ने घर छ। आमा, श्रीमती अनि छोरो सबै खुसी छन्।

सधैँ लिएर जाने बासी भातले कान्छा र उनको परिवार थोरै नै भएपनि सुधार ल्याएको छ। बूढी आमालाई औषधि किन्ने पैसा जोहो गर्न सकेका छन्। छोरालाई कापीकिताब किन्न पनि सहज भएको छ। कान्छीले पनि घरमा चिनीचिया र साबुनपानी गर्ने पैसा चलाउन पाएकी छन्। चाडबाडमा धेरथोर पैसा पठाएका छन्। 

(तानसेन, पाल्पा स्थायी ठेगाना भएका कोइराला वैदेशिक रोजगारीका शिलशिलामा हाल यूएईमा कार्यरत छन्।)

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १०:०२
  • #बासीभात
  • #नारायण_कोइराला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्