काठमाडौं– स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले सोल्टीमोडबाट चितवनका रमेश सापकोटालाई पक्राउ गरेको हो।
उनी सवार बा १३ च ५६०२ नम्बरको गाडिमा चेकजाँच गर्ने क्रममा २० लाख भेटिएको हो। उनको पैसाको स्रोत खुलाउन नसकेपछि शंकास्पद भएकाले थप अनुसन्धानका लागि सम्पति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।