• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सत्य नै ईश्वर हो : महात्मा गान्धी

सञ्जय पन्थी शुक्रबार, असोज १६, २०७७  १४:५०
1140x725

सन् १८६९ मा अरब सागरको तटीय भारतीय भूमि (गुजरातको प्रोवन्दर)मा मोहनदास करमचन्द गान्धीको जन्म भएको हो। कलान्तरमा उनै मोहनदास महात्मा बनेर अहिंसात्मक आद्यनेलनका प्रणेता बनेर विश्वमा परिचित छन्। गान्धीको संर्घष, त्याग र सहनशिलतालाई बुझ्न नचाहनेहरूले उनलाई परम्परावादी र हठी भएको आरोपसमेत लगाउने गरेका छन्। 

गान्धीको चेतको अध्ययन गर्दा जीवनको पूर्वार्द्धमा 'ईश्वर नै सत्य हो' भनेर रचनात्मक कर्ममार्फत् सत्यको साधना गरेका गान्धी जीवनको उत्तारार्द्धमा आइपुग्दा 'सत्य नै ईश्वर हो' भन्ने बुझाईमा परिवर्तित र विश्वस्त हुन पुगे। उक्त शब्दको तात्पर्य आत्मसात गरेर उनले जीवन व्यतीत गरे। उनको जीवनमा ज्ञान, भक्ति र कर्मयोगको संगम थियो। आफ्ना मूल्य र मान्यतासँग कुनै सम्झौता नगरी 'बसुधैव कटुम्बकम्'को आर्दशमा उनी अडिग रहे। उनले हिंसाको कहिल्यै साहरा लिएनन्। 

सहनशील स्वभावका उनी कुनै घटना वा परिवर्तनका बारेमा आफूलाई केन्द्रमा राखेर समीक्षा गर्थे। उनी साच्चै अहिंसाका पूजारी थिए। मार्क्सवादी दर्शनका बारेमा उनले भनेका छन् 'हिंसा वर्जित गरियो भने उक्त दर्शन मान्न मलाई कुनै आपत्ति छैन्'। उनको जीवनमा धेरैको प्रभाव पाइन्छ। ती मध्ये एक हुन रुसी साहित्यकार लियो टल्सटोय। आश्रमको जीवन शैली उनको जीवनको अनुकरण थियो, भने दैनिक डायरी लेखन पनि टाल्सटोयको प्रभाव थियो। 

गान्धी समयको प्रवाहसँगै चल्न सक्ने गतिशील व्यक्ति थिए। उनको योगदानबाट भारतवासी मात्र नभएर समग्र विश्व अनुग्रहित छ। उनले चलाएको अहिंसात्मक आन्दोलनबाट भारत स्वतन्त्र भयो। छिमेकी पाकिस्तान स्वतन्त्र मात्र नभएर फरक पहिचानमा जन्मियो। नेपाल वर्षैदेखिको शासक राणा शासनबाट मुक्त हुनपुग्यो। दक्षिण एसियाका अन्य देश पनि उपनिवेशबाट मुक्त भए।

सन् १९१८ मा भारतमा स्पेनिस फ्लूको महामारी फैलिएको थियो। महामारीबाट गान्धीले जेठी बुहारी र एक नातीलाई गुमाउनु परेको थियो।

दक्षिण एसिया मात्र नभएर अफ्रिकामा रंगभेदविरुद्धको आन्दोलन सफल हुनुको श्रेय उनैलाई जाने गरेको छ। उनका अनुयायी बनेर दक्षिण अफ्रिका नेल्सन मण्डेला उदाए। मण्डेलाको नेतृत्वमा सन् १९९० दक्षिण अफ्रिका स्वतन्त्र भएको हो। उक्त आन्दोलनको सफलताले अन्या र विभेदविरुद्ध गान्धी अझै जीवित छ, भन्ने सन्देश विश्वजगतलाई प्रवाह भएको छ। अमेरिकामा पनि उनले देखाएको 'अहिंसाको मार्गबाट परिवर्तन संभव छ' भन्ने सन्देशलाई आत्मसात् गरी चलाईएको रंगभेदविरुद्धको आन्दोलनले सन् १९६० को दशकमा सफलता पाएको थियो। उक्त आन्दोलनको नेतृत्व मार्टिन लुथर किङ तृतीयले गरेका थिए। 

गान्धी आधुनिक विश्वमा मुक्तिमार्गका पथ प्रर्दशकभन्दा अतियुक्ति नहोला। उनको जीवनी अध्ययन गर्दा काम, क्रोध, लोभ र मोह मुक्त भएर राजनैतिक र समाजिक सेवामा सर्मपित रहेको पाइन्छ। आधारभूत शिक्षा भारतमै अध्ययन गरेका गान्धी युवा अवस्थामा उच्च शिक्षाका लागि बेलायत पुगे। तीनवर्ष बेलायतको उच्च शिक्षाको अध्ययन पश्चात व्यारिष्टरको उपाधि लिएर भारत फर्किए। त्यस पश्चात पेशागत रोजगारीका लागि उनी दादा अब्दुल्लाह नाम गरेका एक व्यापारीसँगै सन् १९९३ मा १ वर्षका लागि भनेर गए। तर अफ्रिकामा संर्घषपूर्ण २१ वर्ष बिताएर सन् १९१५ मा भारत फर्किए। 

स्वतन्त्रताको आन्दोलन चलाउने उद्देश्य लिएर उनी भारत फर्किएका थिए। भारत फर्किए पश्चात गुजरातको अहमदाबादमा कोचरव (सत्याग्रह) आश्रम स्थापना गरे। त्यसको दुई वर्ष पश्चात सन् १९१७ मा सावरमती नदी किनारमा दोस्रो आश्रम बनाए। त्यही आश्रमबाट उनले सन् १९३० को दाण्डी मार्च गरेका थिए। उक्त मार्च स्वतन्त्रता आन्दोलनको सूत्रधार थियो भन्न सकिन्छ। उनले स्वतन्त्रताको आन्दोलन चलाइरहँदा उनको जीवनमा वियोग र वेदनाको सामाना गर्नु परेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिक गुरु गोखलेको निधन 
उनलाई भारत आउन आमन्त्रण गर्ने व्यक्ति गोपालकृष्ण गोखले थिए। जसलाई उनले आफ्नो राजनीतिक गुरु मानेका छन्। दुर्भाग्य गान्धी भारत फर्किए लगत्तै १९ फेब्रुअरी सन् १९१९ उनको निधन भयो। मराठी मूलका गोखलेलाई भारतमा अरु धेरैले पनि राजनैतिक गुरु मान्छन्।

तीमध्ये एक हुन सुभासचन्द्र बोस। गान्धीलाई भारत फर्किए पश्चात एक वर्षसम्म कुनै सार्वजनिक समारोहमा वक्तव्य नदिन गोखलेले सुझाएका थिए। गान्धीले उनको सुझावलाई माने। सन् १९१६ फेब्रुअरीमा काशी हिन्दू विश्वविद्यालयको उद्घाटन समारोहमा उनी भारत आगमनपश्चात पहिलो पटक सार्वजनिक भए। नेहरूलाई सन् १९१६ मा लखनउ कांग्रेस अधिवेशनमा पहिलो पटक भेट भएको थियो। 

बेलायतमै अध्ययन गरेका नेहरु रसियन सोसलिस्ट आन्दोलनबाट प्रभावित रहे पनि गान्धीसँगको भेटपछि गान्धीवादी बन्न पुगे। साथै स्वतन्त्रताको आन्दोलनमा हस्ती बनेर उदाए। साथै स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री बन्ने अवसरसँगै १६ वर्ष प्रधानमन्त्री बनिरहे। पटेल स्वतन्त्र भारतको पहिलो मन्त्रीमण्डलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भए। गान्धी भारत आगमनसँगै अग्रजहरुको एक पछि अर्को गर्दै निधन भयो। उनले आफूभन्दा कनिष्ठहरूलाई पनि राजनीतिमा डोर्‍याए। जवाहरलाल नेहरु र बल्लभभाई पटेल।

वियोग र वेदना    
सन् १९१८ मा भारतमा स्पेनिस फ्लूको महामारी फैलिएको थियो। महामारीबाट गान्धीले जेठी बुहारी र एक नातीलाई गुमाउनु परेको थियो। त्यस बखत उनी खेडा सत्याग्रहको तयारीमा थिए। तर पनि उनी आफ्नो लक्ष्यबाट विचलित भएनन्। शोकका शृंखलाले निरन्तरता पाइरह्यो। गान्धीसँगै दक्षिण अफ्रिकाबाट साथै आएका मगनलालको पनि सन् १९२२ मा कामकै शिलशिलामा पटनामा पुगेका बेला मृत्यु भयो। दक्षिण अफ्रिकामा गान्धीको अहिंसात्मक प्रतिरोधात्मक आन्दोलनलाई पहिलो (सन् १९०६) पटक 'सत्याग्रह' नाम दिने उनै मगनलाल थिए। 

दक्षिण अफ्रिकामा उनी ६ पटकसम्म जेल परेका थिए। भारत आगमनपश्चात् पनि ६ पटक जेल परे।

सन् १९१७ देखिसँगै रहेका स्वकीय सचिव एवम् सहयोगी महादेवभाई देसाईसँगै धर्मपत्नी कस्तुरबालाई सन् १९४२ को भारत छोडो आन्दोलनको उद्घोष गर्ने क्रममा पक्राउ परे। त्यस पटकको जेल बसाई गान्धीका लागि महंगो सावित हुनपुग्यो। देसाईको त्यस पटक जेल परेका बखत (सन् १९४२ अगस्त १५) मृत्यु भएको हो। उनको निधनले गान्धी अत्यन्त व्यथित भएका थिए। जेलमै देसाईको सदगति गनुपर्दा उनका लागि अर्को पीडा थियो। पुनास्थित आँगा खाँ प्यालेसभित्रै उनलाई दागबत्ती दिँदै गान्धीले 'महादेव आजसम्म तिमी मेरो छोरो समान थियौं। तर आज म तिम्रो छोरो बनेर तिमिलाई दागबत्ती दिँदैछु' भनेका थिए।  

त्यो दृश्य आफैमा कारुणिक थियो। त्यसैगरी जेलभित्रै सन् १९४४ फेब्रुअरी १४ तारिखका दिन धर्मपत्नी कस्तुरबालाई गुमाउनु पर्‍यो। आगा खाँ प्यालेसभित्रको कम्पाउन्डभित्रै कनिष्ठ पुत्र देवदासले आमालाई दागबत्ती दिनु परेको थियो। त्यसबखत उनले '६२ वर्षदेखिसँगै खेल्दै आएकी साथीले छाडी गईं। जीवनमा सुखसयल दिन नसके पनि तिम्रो शाहदतलाई शक्तिमा रुपान्तरण गरेर देशवासीलाई स्वतन्त्रता दिलाउनेछु' भनेका थिए। करिब २ वर्षको जेल सजाय पश्चात ६ मई १९४४ मा उनी रिहा गभए। पटक–पटक गरी जीवनमा उनी १२ पटक जेल परे। तर उनका लागि त्यस बखतको जेल बसाई महंगो साबित हुन पुग्यो। 

सन् १९३१ मा आन्दोलनका बखत जवाहरलाल पिता मोतिलाललाई गुमाउनु पर्‍यो। १९३६ मा जवाहर पत्नी एवम् आन्दोलनकी स्वयंमसेवी कमलाको पनि निधन भयो। ७ अगस्त १९४१ मा गुरुबर रवीन्द्रनाथ टेगोरको निधन भयो। गान्धीलाई पहिलो पटक महात्माका उपाधि दिने उनै टेगोर थिए। आन्दोलनका हस्ती जमनलाल बजाजको सन् १९४२ फरवरी ११ मा हृदयाघातबाट निधन भयो। बजाजलाई गान्धीले पाँचौ पुत्र बनाएका थिए। बजाज पनि आफूलाई गान्धी पुत्र मान्थे। गान्धीकै प्रभावले बजाज राजनीतिमा होमिएका थिए। बजाज १९२२ देखि १९४२ सम्म उनी कांग्रेस पार्टीको कोषाध्यक्ष रहिरहे। निकटजनको शोकलाई शक्तिमा रुपान्तरण गर्दै गान्धीले आन्दोलनलाई निरन्तरता दिइरहे।

१२ पटकसम्म जेल
दक्षिण अफ्रिकामा उनी ६ पटकसम्म जेल परेका थिए। भारत आगमनपश्चात् पनि ६ पटक जेल परे। उनी दक्षिण अफ्रिकामा पहिलो पटक १० जनवरी १९०८ मा जेल परेका थिए। ट्रान्सवाल भन्ने स्थनमा पहिलो पटक जेल पर्दा उनी १ महिनामा रिहाइ भएका थिए। दोस्रो पटक २५ फ्रेबुअरी १९०८ मा उनी जेल परे। तेस्रो पटक २५ फेब्रुअरी १९०९ मा जेल परेका उनी तीन महिनामा रिहा भएका थिए। त्यसपछि उनी सन् १९१३ मा पटक-पटक गरी तीन पटक गिरफ्तार र रिहा भए। त्यसपछि उनी २१ वर्षको बसाई अन्त्य गर्दै सन् १९१५ मा भारत फर्किए। 

स्वतन्त्र भारतमा १ सय ६८ दिन मात्र जीवित 
सन् १९४२ कै अगस्त ९ मा गान्धीले बम्बईमा भारतीय कांग्रेसको बैठक डाके। बैठकबाट 'करो या मरो' भन्ने नारा दिँदै भारत छोडो (क्विट इन्डिया) आन्दोलनको उद्घोष गरे। अन्ततः त्यही आन्दोलनले निरन्तरता पायो। १५ अगस्त सन् १९४७ भारत स्वतन्त्र हुन पुग्यो।

स्वतन्त्र भारतमा उनी मात्र १ सय ६८ दिन मात्र बाँचे। ३० जनवरी सन् १९४८ का दिन एक अतिवादी हिन्दूको गालीबाट उनको हत्या हुन पुग्यो। हत्यारा नाथुराम गोड्सेलाई देवत्वकरण गर्नेहरू पनि भारतमा छन्। मरणोपरान्त पनि गान्धीप्रति दोष र रोष प्रकट गर्नेहरू पनि छन्। हत्यारा गोड्सेलाई देवत्वकरण गर्नेहरूलाई गान्धीवादीको एउटै जवाफ छ, 'गान्धी न गोलीले मरेका छन्। न त मर्नेछन्। विश्वजगतलाई अहिंसाको सन्देश दिन सफल संर्घर्षशील योद्धा उनै गान्धीको आज २ अक्टोबरमा १ सय ५१औं जन्मजयन्ती हो। संयुक्त राष्ट्र सन् २००७ बाट उनको जन्म जयन्तीलाई विश्व अहिंसा दिवसका रुपमा मनाउँदै आएको छ। भारतका राष्ट्रपिता घोषित गान्धी भारतका मात्र नभएर विश्वजगतका लागि समादरणीय बनेर युगौंयुग बाँचिरहने छन्। जय गान्धीवाद!

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्