एजेन्सी–लखनउको विशेष सिबीआई अदालतले आज बाबरी मस्जिद प्रकरणमा फैसला सुनाउँदै छ। उक्त प्रकरणमा मुख्य आरोपी सत्तारुढ भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी, कल्याण सिंह, उमा भारती र मुरली मनोहर जोशीलगायत छन्।
सिबीआईले आरोपपत्रमा ४२ जनालाई विपक्षी बनाएको थियो। राम मन्दिरको जग्गामा निर्माण गरेको भन्दै भाजपाका कार्यकर्ताले बाबरी मस्जिद भत्काएका थिए।
सर्वोच्च अदालतले सन् १९९२ मा भएकाे बाबरी मस्जिद विध्वंस प्रकरणमा वरिष्ठ नेता आडवाणी, उमा भारतीसहित १३ जनाविरुद्द अपराधिक षडयन्त्रको आरोपमा पुनः अनुसन्धान गरेको थियो। लामो बहसपछि उक्त जमिनमा अहिले राम मन्दिर बनाउन लागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।