• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ठेकेदारको बेवास्ताले राजविराज मालपोतको बेहाल, ५ लाखभन्दा बढी मिसिल नष्ट हुने अवस्था

64x64
नेपाल लाइभ सोमबार, वैशाख १७, २०७५  ०३:३३
1140x725

राजविराज– ठेकेदारको लापरबाहीका कारण जिल्ला मालपोत कार्यालय सप्तरीको तामेली भण्डारण भवन निर्माणको काम अलपत्र परेको छ। सुरु भएको ३ वर्ष बितिसक्दा समेत निर्माण अझै सकिएको छैन।

मालपोत कार्यालयकै तेस्रो तलामा निर्माणाधीन ११ कोठे तामेली भण्डार निर्माणको ठेक्का गहिल सन्स कम्पनी लिमिटेड राजविराजले लिएको छ। २८ लाख ८८ हजार ७ सय ७० रुपैयाँमा ठेक्का लागेको भवन निर्माणका लागि २०७१ असोज २० मा सम्झौता भयो। २०७२ भदौ १९ मा सक्नुपर्ने काम अझै अधुरो छ।

काम सम्पन्न गर्न कार्यालयका तर्फवाट पटक–पटक म्याद थप गर्दा समेत निर्माण कम्पनीले बेवास्ता गरेको जिल्ला मालपोत कार्यालयका प्रमुख दधिराज गुरागाईंले बताए। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले गरेको मूल्यांकन अनुसार २०७३ फागनु ५ सम्म ७० दशमलव ८१ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

बाँकी काम सम्पन्न गर्न ठेकेदार कम्पनीले दुई पटक गरी २०७२ फागुन २० सम्मको थप म्याद पाएको थियो, तर थपिएको समयमा पनि निर्माणको काम भएको छैन। ‘काम रोकिएको विषयमा कार्यालयका तर्फबाट धेरै पटक चासो गरियो,’ गुरागाईंले भने, ‘तर, ठेकेदारले कुनै चासो देखाएन।’

यसैबीच, भवन अधुरै राखेर २०७३ जेठ २७ गते ठेकेदारले फाइनल बिल भर्पाइ पेश गरी भुक्तानी माग गरेको छ। कार्यालयका अनुसार सम्झौतामा कबोल गरेको भन्दा ५ लाख कमको बिल भर्पाइ पेश गरिएको छ। ‘पटक–पटक रकम निकासा भएको देखिन्छ, तर कति रकम भुक्तानि भएको हो यकिन तथ्यांक छैन,’ गुरागाईंले भने, ‘त्यसैले अन्तिम भुक्तानि चाहिँ भएको छैन।’

अर्कोतर्फ निर्माण सम्पन्न नहुँदै भवनको टिनको छाना चुहिन र भित्ताहरु भत्किन थालेका छन्। ‘काम एकदमै गुणस्तरहीन भएको छ,’ उनले भने, ‘यही अवस्थामा भवन जिम्मा लिए काम लाग्नेवाला छैन।’ निर्माण कार्य गुणस्तरहीन भएको विषयमा २०७३ मै भूमि सुधार तथा व्यवस्थापन विभागले पनि अनुगमन गरेको थियो। भवन गुणस्तरहीन र तामेली भण्डारणका लागि उपयुक्त नभएको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

तामेलीको बेहाल

Ncell 2
Ncell 2
nimb
nimb

भण्डार कक्ष अधुरो र गुणस्तरहीन भएपछि मालपोत कार्यालयको तामेली अलपत्र परेको छ। हाल तामेली भण्डारण गरिएको भवन पानि चुहिने र जीर्ण अवस्थामा रहेको तथा उक्त भवन पनि जिल्ला अदालतको स्वामित्वमा गएकाले मिसिल संरक्षणमा समस्या आएको छ। 

भूमि सुधार तथा व्यवस्थापन विभागको २०६७ जेठ ३१ को निर्णय अनुसार हाल तामेली भण्डारण गरिएको भवनसहितको २ कठ्ठा १ धुर जग्गा जिल्ला अदालतलाई हस्तान्तरण गरिएको छ। सर्त अनुसार जिल्ला अदालतले तामेली भण्डार निर्माणका लागि ४० लाख रुपैयाँ उपलब्ध गराएको छ। सोही रकमबाट मालपोत कार्यालयको तेस्रो तलामा तामेली भण्डार निर्माणको ठेक्का लगाई काम भइरहेको गुरागाईंले बताए।

अदालतले भवन खाली गर्न ताकेदा गर्न थालेको र वर्षा लाग्नु अगावै वैकल्पिक व्यवस्था नगरे पानी चुहिएर मिसिलहरु नष्ट हुन सक्ने खतरा छ। नयाँ भण्डार तयार नभएको र पुरानो भवन पनि भण्डारणका लागि उपयुक्त नभएकाले तामेली संरक्षणको चुनौती बढेको कार्यालयले जनाएको छ। तामेलीमा २००४ सालदेखिका करिब ५ लाखभन्दा बढी मिसिल छन्। तर, भवनमा पानी चुहिएर १० प्रतिशतभन्दा बढी लिखत च्यातिएको र सडेर नष्ट भएको तामेलीको जिम्मेवारी सम्हालेका कार्यालय सहायक सोमन यादवले जनाए।

Xtrem

Xtrem

राजविराज ४ का मौलेश्वर सिंह २०२८ सालको मिसिल खोज्न लगातार तामेली भवनमा आउने गरेका छन्। तर, नियमित खोजी गर्दा पनि मिसिल नभेटेको उनले गुनासो गरे। यसैगरी, वोदेवरसाइन नगरपालिका ८, मानराजाका वालेश्वर धामी यादव २०४२ सालको मिसिल खोज्न नियमित तामेलीमा धाउने गरेका छन्। उनी भन्छन्, ‘सुरुमा बुबाले खोज्दै हुनुहुन्थ्यो। वहाँको निधनपछि २–३ वर्षदेखि म खोज्दैछु, भेटेको छैन।’ कार्यालय सहायक यादवले भने पानीका कारण मिसिलहरु सडेर नष्ट भएको हुनसक्ने बताए।

स्थानीयहरु भने लाखौं सर्वसाधारणको सम्पत्तिका रुपमा रहेको तामेली र लिखत संरक्षणका लागि तत्काल पहल गर्नुपर्ने बताउँछन्। सरकारी तथ्यांक र प्रमाणहरु नष्ट भए जनताले दुःख पाउने भएकाले कुनै बहाना नगरी त्यसको संरक्षमा सम्बन्धित निकाय जिम्मेवार भएर लाग्नुपर्ने उनीहरुको माग छ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०७५  ०३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्