• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
ठेकेदारको बेवास्ताले राजविराज मालपोतको बेहाल, ५ लाखभन्दा बढी मिसिल नष्ट हुने अवस्था
64x64
नेपाल लाइभ सोमबार, वैशाख १७, २०७५  ०३:३३
1140x725

राजविराज– ठेकेदारको लापरबाहीका कारण जिल्ला मालपोत कार्यालय सप्तरीको तामेली भण्डारण भवन निर्माणको काम अलपत्र परेको छ। सुरु भएको ३ वर्ष बितिसक्दा समेत निर्माण अझै सकिएको छैन।

मालपोत कार्यालयकै तेस्रो तलामा निर्माणाधीन ११ कोठे तामेली भण्डार निर्माणको ठेक्का गहिल सन्स कम्पनी लिमिटेड राजविराजले लिएको छ। २८ लाख ८८ हजार ७ सय ७० रुपैयाँमा ठेक्का लागेको भवन निर्माणका लागि २०७१ असोज २० मा सम्झौता भयो। २०७२ भदौ १९ मा सक्नुपर्ने काम अझै अधुरो छ।

काम सम्पन्न गर्न कार्यालयका तर्फवाट पटक–पटक म्याद थप गर्दा समेत निर्माण कम्पनीले बेवास्ता गरेको जिल्ला मालपोत कार्यालयका प्रमुख दधिराज गुरागाईंले बताए। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले गरेको मूल्यांकन अनुसार २०७३ फागनु ५ सम्म ७० दशमलव ८१ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

बाँकी काम सम्पन्न गर्न ठेकेदार कम्पनीले दुई पटक गरी २०७२ फागुन २० सम्मको थप म्याद पाएको थियो, तर थपिएको समयमा पनि निर्माणको काम भएको छैन। ‘काम रोकिएको विषयमा कार्यालयका तर्फबाट धेरै पटक चासो गरियो,’ गुरागाईंले भने, ‘तर, ठेकेदारले कुनै चासो देखाएन।’

यसैबीच, भवन अधुरै राखेर २०७३ जेठ २७ गते ठेकेदारले फाइनल बिल भर्पाइ पेश गरी भुक्तानी माग गरेको छ। कार्यालयका अनुसार सम्झौतामा कबोल गरेको भन्दा ५ लाख कमको बिल भर्पाइ पेश गरिएको छ। ‘पटक–पटक रकम निकासा भएको देखिन्छ, तर कति रकम भुक्तानि भएको हो यकिन तथ्यांक छैन,’ गुरागाईंले भने, ‘त्यसैले अन्तिम भुक्तानि चाहिँ भएको छैन।’

अर्कोतर्फ निर्माण सम्पन्न नहुँदै भवनको टिनको छाना चुहिन र भित्ताहरु भत्किन थालेका छन्। ‘काम एकदमै गुणस्तरहीन भएको छ,’ उनले भने, ‘यही अवस्थामा भवन जिम्मा लिए काम लाग्नेवाला छैन।’ निर्माण कार्य गुणस्तरहीन भएको विषयमा २०७३ मै भूमि सुधार तथा व्यवस्थापन विभागले पनि अनुगमन गरेको थियो। भवन गुणस्तरहीन र तामेली भण्डारणका लागि उपयुक्त नभएको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

तामेलीको बेहाल

Ncell 2
Ncell 2

भण्डार कक्ष अधुरो र गुणस्तरहीन भएपछि मालपोत कार्यालयको तामेली अलपत्र परेको छ। हाल तामेली भण्डारण गरिएको भवन पानि चुहिने र जीर्ण अवस्थामा रहेको तथा उक्त भवन पनि जिल्ला अदालतको स्वामित्वमा गएकाले मिसिल संरक्षणमा समस्या आएको छ। 

भूमि सुधार तथा व्यवस्थापन विभागको २०६७ जेठ ३१ को निर्णय अनुसार हाल तामेली भण्डारण गरिएको भवनसहितको २ कठ्ठा १ धुर जग्गा जिल्ला अदालतलाई हस्तान्तरण गरिएको छ। सर्त अनुसार जिल्ला अदालतले तामेली भण्डार निर्माणका लागि ४० लाख रुपैयाँ उपलब्ध गराएको छ। सोही रकमबाट मालपोत कार्यालयको तेस्रो तलामा तामेली भण्डार निर्माणको ठेक्का लगाई काम भइरहेको गुरागाईंले बताए।

अदालतले भवन खाली गर्न ताकेदा गर्न थालेको र वर्षा लाग्नु अगावै वैकल्पिक व्यवस्था नगरे पानी चुहिएर मिसिलहरु नष्ट हुन सक्ने खतरा छ। नयाँ भण्डार तयार नभएको र पुरानो भवन पनि भण्डारणका लागि उपयुक्त नभएकाले तामेली संरक्षणको चुनौती बढेको कार्यालयले जनाएको छ। तामेलीमा २००४ सालदेखिका करिब ५ लाखभन्दा बढी मिसिल छन्। तर, भवनमा पानी चुहिएर १० प्रतिशतभन्दा बढी लिखत च्यातिएको र सडेर नष्ट भएको तामेलीको जिम्मेवारी सम्हालेका कार्यालय सहायक सोमन यादवले जनाए।

राजविराज ४ का मौलेश्वर सिंह २०२८ सालको मिसिल खोज्न लगातार तामेली भवनमा आउने गरेका छन्। तर, नियमित खोजी गर्दा पनि मिसिल नभेटेको उनले गुनासो गरे। यसैगरी, वोदेवरसाइन नगरपालिका ८, मानराजाका वालेश्वर धामी यादव २०४२ सालको मिसिल खोज्न नियमित तामेलीमा धाउने गरेका छन्। उनी भन्छन्, ‘सुरुमा बुबाले खोज्दै हुनुहुन्थ्यो। वहाँको निधनपछि २–३ वर्षदेखि म खोज्दैछु, भेटेको छैन।’ कार्यालय सहायक यादवले भने पानीका कारण मिसिलहरु सडेर नष्ट भएको हुनसक्ने बताए।

स्थानीयहरु भने लाखौं सर्वसाधारणको सम्पत्तिका रुपमा रहेको तामेली र लिखत संरक्षणका लागि तत्काल पहल गर्नुपर्ने बताउँछन्। सरकारी तथ्यांक र प्रमाणहरु नष्ट भए जनताले दुःख पाउने भएकाले कुनै बहाना नगरी त्यसको संरक्षमा सम्बन्धित निकाय जिम्मेवार भएर लाग्नुपर्ने उनीहरुको माग छ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०७५  ०३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहमले जित्यो युरोपा लिगको उपाधि
विभिन्न चार वटा समितिका बैठक बस्दै
आजको मौसमः देशभर आंशिक बदली, केहि भू–भागमा चट्याङ्गसहित  हल्ला वर्षाको सम्भावना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहमले जित्यो युरोपा लिगको उपाधि बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै बिहीबार, जेठ ८, २०८२
आजको मौसमः देशभर आंशिक बदली, केहि भू–भागमा चट्याङ्गसहित  हल्ला वर्षाको सम्भावना बिहीबार, जेठ ८, २०८२
दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको प्ले अफमा बिहीबार, जेठ ८, २०८२
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्