• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कांग्रेस निर्णय : पहाड खोतलेर मुसाको सिकार

64x64
नेपाल लाइभ आइतबार, वैशाख १६, २०७५  १९:४७
1140x725

काठमाडौं- चुनावी हारको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चौधौं दिनसम्म बसेर आइतबार सकिएको छ। बैठक जति गरमागरम भयो, निर्णय उति सशक्त हुन सकेन। विशेषगरी देउवा पक्ष इतरका नेताहरुले बैठकमा उठाएका मुद्दाहरुलाई शाब्दिक कुशलताका साथ निस्तेज तुल्याउन संस्थापन पक्ष सफल भएको छ।

देउवा पक्ष इतरका नेताहरुका केही सोझा र साझा सवालहरु बैठकभर उठिरहेका थिए। मुख्यगरी चुनावी हारको मुख्य जिम्मेवारी सभापतिले लिनुपर्ने, महासमिति बैठक तत्काल बोलाइनुपर्ने र विधान विपरितका समिति खारेज गरिनुपर्ने उनीहरुका माग थिए। तर देउवा पक्षले यी तीनवटै मुद्दामा कुशलतापूर्वक अर्को पक्षको आँखामा छारो हाल्न सफल भएको छ।

निर्णयको भाषा मिलाउन केही दिनयता कसरत चलिरहेको थियो। शुक्रबार केन्द्रीय सदस्यले बोलिसकेपछि महामन्त्रीको प्रतिवेदन प्रस्तुत हुने बताइएको थियो। तर त्यसो हुन सकेन। विवादका बीच शनिबार बिहान बस्ने भनिएको बैठक बस्नै सकेन। आइतबार पनि सहमतिको प्रयास चलिरह्यो। केही नेताहरुले सहमतिको भाषामा महामन्त्रीको प्रतिवेदन अथवा समग्र बैठकको निर्णयमा सहमति जुटाउन दिनभर दौडधुप चलिरह्यो। आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक पनि साँझ सबा ७ मा मात्रै सकिएको थियो।

बैठकभर उठेका बागी स्वरलाई बेवास्ता गर्दै देउवाकै नेतृत्वलाई महिमागान गरिएको प्रतिवेदन आउने पूर्वाभाष पाएपछि अर्को पक्षले असन्तुष्टि जनाएको थियो। जसले गर्दा, प्रतिवेदनमा सहमति गरेर मात्रै प्रस्तुत गर्ने तयारी भयो। निर्णय आउन समय लाग्नुको कारण त्यही थियो। यसरी शुक्रबार दिउँसोदेखि महामन्त्रीको प्रतिवेदनमा चलेको रस्साकस्सी आइतबार साँझमा मात्रै टुंगियो।

तीन दिनदेखि निर्णयको भाषामा सहमति जुटाउन प्रयास भइरहेको बताइए पनि अन्तिममा आएको निर्णयमा त्यसको झलक देखिएन। संस्थापन पक्षले आफू अनुकूल निर्णय ल्याउन सफल भयो। विशेषगरी रामचन्द्र पौडेल पक्ष कमजोर प्रतीत भयो। बैठकको निर्णय सुनाउन प्रवक्ता र महामन्त्रीसहितको पत्रकार सम्मेलन सकिए लगत्तै बेग्लै पत्रकार सम्मेलन गरेर पौडेलले बैठकमा देउवा पक्ष हाबी भएको संकेत गरे।

चुनावी हारमा सभापति देउवाले मुख्य जिम्मेवारी लिनुपर्छ भन्ने उनी इतरका पक्षधरहरुले माग राखिरहेका थिए। तर देउवाले त्यो दोषको जिम्मेवारी सम्पूर्ण केन्द्रीय सदस्यको टाउकोमा थोपर्न सफल भए। 'जे जस्ता कारणले निर्वाचन परिणाम प्रतिकुल भयो नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिले त्यसको जिम्मेवारी लिनेछ', निर्णयमा उल्लेख गरिएको छ। निर्णयमा उल्लेखित यस किसिमको भाषाले निर्वाचनमा हारको कारण नेतृत्वको रुपमा देउवाको मात्रै होइन, टिकट वितरणदेखि गठबन्धनको बनाउनेसम्मका पार्टी निर्णयमा 'निरिह' देखिएका कतिपय केन्द्रीय सदस्यको भागमा समेत बाँडिएको छ।

त्यसो त चुनावी हारको कारणमा पनि कांग्रेसले आफ्नो कमजोरीलाई भन्दा वाम र मधेस गठबन्धलाई दिएको छ। सहायक कारणमा मात्रै पार्टीका आन्तरिक कमजोरीलाई जिम्मेवार ठहर्‍याएको छ। हारमा बाह्य कारण पहिलो र आन्तरिक कारण दोस्रो प्रचारित गर्नाले चुनावयता आफ्नो नेतृत्व कुशलताप्रति उठिरहेको प्रश्नलाई एकमुस्ट चुनौति दिन सफल भएका छन्, देउवा। जबकि, अर्को पक्ष चुनावी हारको मुख्य दोष देउवालाई करार गर्दै उनको नेतृत्व क्षमतामा प्रश्न चिह्न खडा गर्न चाहन्थ्यो। यसो हुन सकेको भए देउवालाई सभापतिबाट पन्छाउने उनीहरुको चाहना निकट समयमै पूरा हुनसक्थ्यो। तर गिरिजासँग जुधेर उदाएका देउवाले पौडेलमाथि सहज रणनीतिक जित निकाले।

बैठकमा उठेको दोस्रो विषय थियो- महासमितिको बैठक तत्काल बोलाइनुपर्ने। देउवा पक्षले यसमा पनि चलाखी अपनाएको छ। उनीहरुको पहिलेदेखिकै प्रस्ताव थियो, असोज महिना। त्यसका लागि विधान संशोधनमा समय लाग्ने, वर्षायाम सुरु हुने लगायतका कारणहरु उनीहरुले बताइरहेका थिए। तर निर्णयमा भदौ महिना भनिएको छ। त्यो भदौको अन्तिम पनि हुन सक्छ। अर्थात संस्थापनले जहिले चाहन्छ, त्यसैबेला हुनसक्छन्। बैठकहरु स्थगित पनि हुनसक्छन्। यो संस्थापन पक्ष नै माथि परेको संकेत हो। जबकि, युवा नेताहरुले सके जेठमै वा ढिलोमा असार पहिलो हप्तामा महासमिति बैठक बोलाउन माग गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, विधान विपरितका समिति भंग गर्ने विषयमा पनि देउवा पक्ष नै माथि देखिएको छ। संसदीय बोर्ड सभापतिले मन्तव्यको क्रममा भंग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए। 'सभापतिले आफ्नो अभिव्यक्तिको क्रममा संसदीय बोर्डलाई भंग गर्नुभएको छ', शर्माले भनेका थिए।

कतिसम्म चलाखी देखियो भने अब पाँच वर्ष चुनाव नआउने भएकाले चुनावमा टिकट बाँड्ने जिम्मेवारी भएको संसदीय बोर्ड भंग गरियो तर केन्द्रीय कार्यसम्पादन समिति भने पुनर्गठन गर्न बताइयो। केन्द्रिय कार्यसम्पादन समिति भने निरन्तर क्रियाशील रहने समिति हो। यसले केन्द्रीय कार्यसमितिको बैठकहरुको अन्तरमा सो समितिको काम आफैंले गर्न सक्छ। साथै, पार्टीको केन्द्रीय कार्यालय अन्तर्गत  रहेका सम्पूर्ण विभागहरुको समीक्षा गर्छ।

यी दुवै समिति विधान विपरित रहेकोमा पहिल्यैदेखि विरोध भइरहेको थियो। तर संस्थापन पक्षले आंशिक माग पूरा गरेजस्तो गरी आफ्नो स्वार्थको भने रक्षा गरेको छ।

अर्कोतर्फ बैठकको निर्णय सुनाउँदै गर्दा शर्माले सहमतिमा निर्णय आएको बताएका थिए। पार्टीको निर्णयको प्रारम्भमै 'समीक्षा बैठक आज चौधौं दिन एकताबद्ध रुपले सम्पन्न भएको' उल्लेख छ। जबकि, शर्मा र महामन्त्री शशांक कोइरालाको पत्रकार सम्मेलन सकिए लगत्तै आफ्नो पत्रकार सम्मेलनमा रामचन्द्र पौडेलले त्यसको खण्डन गरेका छन्।

Xtrem

Xtrem

अर्कोतर्फ सोमबार बिहान ८ बजेका लागि सभापतिले निर्वाचित केन्द्रीय सदस्यको बैठक बोलाएका छन्। सो बैठकबाट उनले आफू अनुकूल रिक्त पदाधिकारी चयन गर्ने छन्। कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिमा केन्द्रीय सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितका लागि नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले चयन गरेका एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको पनि व्यवस्था छ।

यसलाई पौडेल पक्षले रुचाएको छैन। आइतबार पत्रकार सम्मेलन गरेर पौडेलले निर्वाचित कार्यसमितिको बैठक बोलाइएकोमा आपत्ति जनाएको छ। उनले सभापतिले बैठक बोलाएकोमा आफूहरुले विरोध गरेको जानकारी गराएका छन्।

बैठकका निर्णयलाई जसरी आफू अनुकूल बनाउन संस्थापन पक्ष सफल भयो, रिक्त स्थानमा पदाधिकारी चयन गर्दा पनि सोही सफलता दोहोर्‍याउनेमा कुनै शंका नराखे हुन्छ।

यसरी बेलाबेलामा स्थगित हुँदै एक महिनाभन्दा लामो समयदेखि चलेको र झण्डै ७० जनाले धारणा राखेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले जति हल्ला गर्यो, नतिजा भने उति प्रभावशाली दिन सकेन। बैठकमा सुनौलो विगत, विगतदेखिका कमजोरी, कम्युनिष्ट राजनीतिको चिरफार, ब्राजिल र नेपाली फुटबल प्रतिस्पर्धाजस्तो चुनावी वातावरण, 'तराईमा आइसक्रिम बेच्न' नसकेको लघुताभाषजस्ता समस्या र सम्भावनाका यावत् विषयहरु खोतलिएका थिए। यस्ता विषय उठानले कांग्रेसले आफूलाई निर्मम समीक्षा गर्ने छ र भविष्यको सुनौलो र स्पष्ट बाटो पहिल्याउने छ भन्ने अनुमान गरिएको थियो। तर त्यसो हुन सकेन।

बैठक जुन पक्षको जोडबलमा बसेको थियो, सो समूहले समस्याको चुरो जहाँ पहिल्याएको थियो, त्यसबारे निर्णय पुस्तिकामा खासै केही उल्लेख गराउन सकेन। उनीहरुको तर्फबाट हेर्दा बैठकको प्रतिलिपी निर्णय पुस्तिकामा देखिएन। बरु पार्टीको चुनावी हार र बदनामीका बाबजुद सभापतिले आफूलाई बलियो नै प्रमाणित गरेर देखाइदिए।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्