• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सफलतामा स्वारेज : बार्सिलोनाका उत्कृष्ट नम्बर ९

64x64
ऋग्वेद शर्मा बिहीबार, असोज ८, २०७७  १४:२८
1140x725

काठमाडौं- आर्थर मेलो, इभान राकिटिक, आर्टुरो भिडाल र नेल्सन सेमेडोपछि यो सिजन स्पेनिस क्लब बार्सिलोना छाड्ने खेलाडीमा जोडिए लुइस स्वारेज। नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेका स्वारेज ला लिगामा प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिड गएका छन्। 

एथ्लेटिको मड्रिडले उनलाई फ्रि ट्रान्सफरमा रहेर आबद्ध गरेको हो, जहाँ विभिन्न सर्तअनुसार ६ मिलियन युरोसम्म तिर्न पर्न सक्ने क्लबले जनाएको छ। एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनसँगको सिधा कुराकानीमा स्वारेज एथ्लेटिको जाने सहमतिमा पुगेका हुन्। 

स्वारेजलाई प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडमा पठाउन बार्सिलोनाले आनाकानी गरिरहे पनि अन्ततः सहमति जनाएको हो। स्वारेज एथ्लेटिकोमा आफूले बार्सिलोनामा पाइरहेको तलबमा कम गरेर जान तयार भएका हुन्। करबाहेक उनले अब वार्षिक नौ मिलियन युरो कमाउने छन्। 

स्वारेज लैजानका लागि नै एथ्लेटिकोले अल्भारो मोराटालाई लोनमा इटालियन क्लब युभेन्टसमा पठाएको हो। बार्सिलोनाले स्वारेजलाई क्लबमा राख्न नचाएको भए पनि प्रतिस्पर्धी क्लबमा नजाओस् भन्ने सोचले मुस्किल बनाइरहेको थियो। 

बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले एथ्लेटिको मड्रिड नजानेगरी स्वारेजसँग सहमति गर्न चाहिरहे पनि स्वारेजका एजेन्टसहितको बैठकमा समस्या पारेमा सार्वजनिक रुपमा मिडियामा बोल्ने भनाइपछि बार्सिलोना उनलाई एथ्लेटिको मड्रिड पठाउन तयार भएको हो। बार्सिलोनासँग सम्झौता सकिन एक वर्ष बाँकी हुँदै सम्झौता अन्त्य गर्ने सहमति भएको हो।

यो सिजन बार्सिलोनामा नयाँ प्रशिक्षकका रुपमा रहेका रोनाल्ड कोम्यानले स्वारेज आफ्नो योजनामा नरहेको सुरुदेखि बताएका थिए। जसले गएको सिजन क्लबका लागि लियोनल मेस्सीपछि सर्वाधिक गोल गरेका स्वारेज क्लब छाड्ने मनस्थितिमा पुगेका हुन्। युभेन्टस जाने हल्ला चलिरहँदा पासपोर्टका कारण त्यो सम्भव भएन, जसले उनलाई लाने इच्छा देखाइरहेको एथ्लेटिको मड्रिड नै गन्तव्य बनेको छ। 

स्वारेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट ७४ मिलियन पाउण्डमा बार्सिलोना गएका थिए। बार्सिलोनामा स्वारेजले चार ला लिगा उपाधि, चार कोपा डेल रे, दुई सुपर कोपा, एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप र एक फिफा क्लब विश्वकप जितेका छन्। ला लिगामा क्रिष्टियानो रोनाल्डो र मेस्सीको समयमा समेत वर्ष उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेका स्वारेज अझै केही वर्ष युरोपियन फुटबलमा नै रहन चाहन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गएको सिजन बार्सिलोनामा स्वारेजले ३६ खेलमा २१ गोल र १२ असिस्ट गरेका थिए। समग्रमा बार्सिलोनामा २ सय ८३ खेल खेलेका स्वारेजले १ सय ९८ गोल र १ सय ९ असिस्ट गरेका छन्। गएको च्याम्पियन्स लिगमा बायर्न म्युनिकसँग ८-२ ले हार्दा गरेको एक गोल नै स्वारेजको बार्सिलोनाका लागि अन्तिम गोल बन्यो। 

छाड्ने बेलाको समय सहज नदेखिए पनि बार्सिलोनामा स्वारेजले बिताएको छ वर्ष तथ्यांक र प्रस्तुति दुवैका हिसाबले राम्रो हो। स्वारेज बार्सिलोना आउने बेला मैदानमा उनको अनुशासनको व्यवहारका कारण पनि निकै प्रश्न उठिरहेको समय थियो। तर बार्सिलोना आएपछि उनको त्यो व्यवहार दोहोरिएन। 

सन् २०१४ को विश्वकपको बेला उरुग्वेका स्वारेजको व्यवहारले फुटबलबाहेक उनको खराब चर्चा चल्यो। इटालीका खेलाडी जर्जियो चिलेनीलाई स्वारेजले टोकेको घटनाले विश्व फुटबल समर्थक अचम्मित थिए। तर त्यसरी स्वारेजलाई विपक्षी खेलाडीलाई टोकेको त्यो तेस्रो पटक थियो। जतिबेला उनी त्यही घटनाले चार महिनाको प्रतिबन्धमा समेत थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खेलमा भइरहेको तनावग्रस्त अवस्थालाई व्यवस्थापन गर्न नसक्दा आफ्नो व्यवहार त्यस्तो भएको स्वारेजले सार्वजनिक रुपमा बताएका थिए। खेल सकिएपछि सोचेर शान्त हुन सहज हुने गरी पनि खेल चलिरहेको दौरान आफूले आफैमा नियन्त्रण गर्न नसकेको उनको भनाइ थियो। तर बार्सिलोना आएपछि उनको त्यो बानी हट्यो। 

बार्सिलोनामा लियोनल मेस्सी, स्वारेज र नेमारको फरवार्ड लाइन ‘एमएसएन’ का रुपमा खुबै चर्चित रह्यो। क्लब इतिहासमा नै सबैभन्दा योजनाबद्ध फरवार्ड लाइनका रुपमा समेत चर्चा भयो। जहाँ तीन दक्षिण अमेरिकी खेलाडीको उत्कृष्ट लयमा नै बार्सिलोनाले लुइस इनिरिक प्रशिक्षक रहेको समय २०१४-१५ मा च्याम्पियन्स लिग, कोपा डेल रे र ला लिगासहित तेहोरो उपाधि जिते। जहाँ स्वारेजले च्याम्पियन्स लिग फाइनलमा युभेन्टसविरुद्धको गोलसहित २५ गोल र २४ असिस्ट गरे। 

त्यसपछि २०१५-१६ को सिजन त स्वारेजले अझ उत्कृष्ट लय नै देखाए। त्यो वर्ष ५९ गोल र २२ असिस्ट गरेका स्वारेजले क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी चलिरहेको फुटबल समयमा समेत युरोपियन गोल्डेन बुटमा आफ्नो नाम लेखाउन सके। जहाँ बार्सिलोनाले सुपरकोपा, क्लब विश्वकप, कोपा डेल रे र ला लिगासहित चार उपाधि जितेको थियो। 

२०१६-१७ को सिजनमा समेत स्वारेजले ४२ गोल र १६ असिस्ट गरेका थिए। जहाँ च्याम्पियन्स लिगमा पिएसजीविरुद्धाको ऐतिहासिक वापसीमा स्वारेजको पनि विशेष भूमिका थियो। त्यो सिजन ला लिगा र च्याम्पियन्स लिगमा रियल मड्रिड उत्कृष्ट बने पनि बार्सिलोनाको खेल तारिफयोग्य नै रह्यो। जहाँ कोपा डेल रे र सुपरकोपा बार्सिलोनाकै नाममा रह्यो। 

२०१७ मा नै नेमार बार्सिलोना छाडेर पिएसजी गएपछि एमएसएन शैलीमा एक खेलाडी हराए। थप अरु कारणहरु जोडिँदै गए पनि बार्सिलोना त्यसपछि च्याम्पियन्स लिगमा कहिल्यै राम्रो देखिन सकेन। त्यसैको निरन्तरतामा गएको सिजन बायर्न म्युनिकसँगको ८-२ को हार त थप लज्जास्पद रह्यो। तर २०१७-१८ मा ३६ गोल र २०१८-१९ मा ३३ गोल गरेका स्वारेजको खेल नराम्रो भन्न सकिने आधार छैनन्।

तथ्यांकहरुलाई हेर्दा त बार्सिलोनामा सबैभन्दा उत्कृष्ट स्ट्राइकरका रुपमा आफ्नो नाम लेखाएर स्वारेजले छाडेका छन्। अफिसियल खेलहरुलाई हेर्दा बार्सिलोनको इतिहासमा नै मेस्सी र १९४० ताका बार्सिलोना खेलाडी रहेका सिजर रोड्रिग्वेजपछि धेरै गोल गर्ने खेलाडी स्वारेज नै हुन्। 

मेस्सीसँग त मैदानमा मात्र होइन मैदानबाहिर समेत स्वारेजको तालमेल गजव रहिरह्यो। जसको प्रभाव मैदानमा प्रत्यक्ष देखियो। स्वारेजका ३९ गोलमा मेस्सीको पास र मेस्सीको ४७ गोलमा स्वारेजको पास पनि त्यसको प्रमाण हो। मैदानबाहिरको सम्बन्ध अझै उस्तै राख्न सकिए पनि मैदानमा मेस्सीलाई स्वारेजको अभाव खड्किने नै छ। 

यी सबै कुरालाई विचार गर्दा र उनको तथ्यांक र खेल शैलीसमेतका आधारमा एउटा कुरा के स्पष्ट छ भने स्वारेज बार्सिलोनाका ‘आदर्श’ खेलाडी हुन्। बार्सिलोना आउने बेला अनुशासनहीन रिसाह खेलाडीको चरित्र बोकेका स्वारेज अहिले बार्सिलोना छाड्ने बेला समर्थकको प्रिय बनेका छन्। 

पछिल्ला वर्ष उनको खेलमा तीब्रताको कमि देखिए पनि गोलमा बढ्ने उनको शैली अझै उत्कृष्ट नै छ। यसैले एथ्लेटिको मड्रिडमा सिमोनको प्रशिक्षणमा उनले अझै केही राम्रो गर्ने नै छन्। के थाहा बार्सिलोना समर्थकले एथ्लेटिको मड्रिड र बार्सिलोनाविरुद्धको महत्वपूणै खेलमा नै स्वारेजको गोलमा दुःखी हुनुपर्ने छ कि! आखिर डेभिड भिलाको समय पनि बिर्सिएका छैनन् नै।

- तस्बिर र भिडियो एफसी बार्सिलोनाका हुन्।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्