• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १९, २०८३ Tue, Jun 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

किन बन्दैछ समाजसेवा प्रचारमुखी ?

सन्दर्भ : समाजसेवा दिवस
प्रेचन थपलिया मंगलबार, असोज ६, २०७७  १०:५६
1140x725

मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवीयता अझै हराएको छैन। त्यही मानवीय भावनालाई कायम राख्न अहिले विभिन्न युवा क्लब, सामाजिक संघ संस्थाको माध्यमबाट आफूलाई सामाजिक कार्यतर्फ सक्रिय बनाईराखेका छन्। तिनै समाजसेवीको अनेक प्रयासबाट समाजमा थुप्रै उदाहरणीय विकास निर्माणका काम भइराखेका छन्। त्यसैले भनिन्छ समाजमा रहेर समाजको हितका लागि निस्वार्थ काम गर्नु नै समाजसेवा  हो। जहाँ कुनै नाफा-घाटाको उद्देश्य नराखी व्यक्तिगत अथवा सामाजिक रूपमा समाज कल्याणको काम गरिन्छ।

नेपालजस्तो विकासाेन्मुख देशका लागि विकासको प्रमुख मेरूदण्ड नै समाजसेवा हो। सायद त्यसैले होला आज हामीबीच 'समाजसेवा' शब्द निकै लोकप्रिय बन्दै गएको छ।

समाजसेवा  गर्ने चाहना सबैकाे हुन्छ। तर जो कोही भने सफल हुन सक्दैनन्। जसले निस्वार्थ भावले समाजको सेवा गर्छ त्यही  व्यक्तिले सफलता पाएको हुन्छ। समाजसेवा गर्ने  व्यक्तिमा व्यक्तिगत स्वार्थभन्दा पनि सकारात्मक सामाजिक  स्वार्थ हुनु आवश्यक छ। शुद्ध सामाजिक कार्य  र सेवाले हामी  सबैमा आत्मसन्तुष्टि र आत्मसम्मान  मिल्छ। हो यो  एउटा स्वार्थ  सबै असल सामाजिक अभियान्तासँग जोडिएको हु्न्छ। सामाजिक  सेवा कुनै जिम्मेवार पद लिएर वा सघं संस्थासँग आबद्धमात्र  नभई एक आम स्वतन्त्र  नागरिक भएर निस्वार्थ रुपमा पनि गर्न  सकिन्छ।

हृदयदेखि नै समाजसेवा  गर्नेहरूले जनताको  विश्वास  र माया बटुलिरहेका छन्। तर समाजसेवाका नाममा व्यावसायिक उद्धेश्यमा लागिपरेका केही समाजसेवी भनाउँदाहरूका कारण समाजसेवाजस्तो पवित्र कार्य  बदनाम  हुँदै  गएको  छ।  पछिल्लो समय सामाजिक अगुवाका रुपमा आफूलाई स्थापित गराउन तँछाडमँछाड गर्नेहरुको भीड निकै बढेको छ। के साँच्चै समाजसेवाका लागि समर्पित छ त त्यो भीड?

अहिले नेपाली समाजमा समाजसेवा साेख, फेसन र प्रचारप्रसारको कुरा हुँदै गएको छ, जहाँ कुनै त्याग र समर्पण रहेको हुँदैन। समाजसेवा अहिले सेवाभन्दा पनि आफ्ना स्वार्थ पूर्ति र व्यक्तिगत प्रतिष्ठा आर्जन गर्ने साधनका रूपमा मात्र प्रयोग भइराखेको छ। जसले गर्दा समाजमा विकृति, विसङ्गति र भद्दापन बढिराखेको देख्न पाईन्छ। 

सेवाका नाममा भइरहेका यही विकृति सच्चा मनले सामाजिक  क्षेत्रमा लाग्ने व्यक्तिका लागि तगारो  बनेको  छ। सेवाका नाममा आफ्ना स्वार्थ पुरा गर्नेहरुकै कारण साँच्चै सेवामा समर्पितहरुमा निराशा पैदा गर्नुका साथै मनबोल गिराउने काम भइरहेको देख्न सकिन्छ।

सेवाका नाममा २ कोसा केरा दिएर १० जनाभन्दा बढीले हात समातेर तस्बिर खिचेको पनि हामीले देखेका छौं। अस्पतालमा पुगेर आफ्नो परिचय लुकाउँदै बिरामीको उपचार खर्च बेहोर्ने, अस्पतालमा बेड, लत्ता कपडा तथा आवश्यक सहयोग गर्नेहरु पनि देखेका छौं। निस्वार्थ भावले सेवा गरेर परिचय खुलाउन नचाहनेहरु पनि यही समाजमा छन् भने २ कोसा केरा दिएर तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा भाइरल हुने पनि यही समाजमा छन्। 

समाजसेवाका नाममा प्रचार मात्र गर्ने र व्यापार गर्नेलाई कारबाही किन नगर्ने? अचेल समाजसेवा व्यवसायका रुपमा परिणत भएको प्रष्ट देखिँदै गएको छ। पैसावाल मानिस, मान, सम्मान, इज्जत र प्रतिष्ठाको भोका भएका छन्। नेपालमा अहिले सामाजिक  काम  गर्न भनि विभिन्न  संस्थाहरूको लहरो लागेको छ। च्याउजस्तै  उम्रिएका ती संस्था  र व्यक्तिले समाजसेवाका नाममा गरिखाने  राम्रै थलो  बनाएको हामासामु छर्लङ्ग नै छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तर यसो भनिराख्दा हामीकहाँ त्याग, समर्पण, सेवाभाव र इमान्दारिपूर्णक चलेका सामाजिक संस्थाहरू छदैछैन भन्न खोजिएको भने होइन। तर त्यस्ता संस्थाको सङ्ख्या भने ज्यादै कम छ। समाजमा  यस्ता पनि व्यक्ति छन् जो सेवाकै लागि समाजसेवा गर्छन्। उनीहरुले सेवामात्र गर्दैनन् सयौँलाई समाजसेवा गर्नकै लागि औपचारिक ज्ञान दिन्छन्। यस्ता पवित्र कार्यमा लाग्नेलाई हामीले हत्तोसाहित गर्ने काम गर्नु हुँदैन। उनीहरुको मनोबल गिर्न दिनुहुँदैन।

तर आजभोलि समाजसेवाका नाममा कलाकारिता गर्ने केही व्यक्तिहरूलाई समुदायका सदस्यहरुले नै नचिनेर सम्मान गर्दै आएको देख्न सकिन्छ। जसले गर्दा वास्तविक समाजसेवीहरु अन्यायमा परेको देख्न सकिन्छ। 

कतै कतै आफै‌ंले समाजसेवी अर्थात् सामाजिक अभियन्ता पनि लेखेकाे देखेका छौं होला। समाजसेवा भनेको  समाजका लागि  गरिने  निस्वार्थ कार्य हो र सच्चा  समाजसेवी कहिले  प्रचारप्रसारका भोका हुँदैनन् । तर अहिले  समाजसेवालाई यस्तो  सस्तो विषय बनाईयो कि यसलाई  एउटा मलिलो  पेसाको रूपमा धरैले ग्रहण  गरेका छन्। 

 समाजसेवा गर्न ठूलो  योगदान, धैर्यता र लगनशीलता  चाहिन्छ। समाजसेवा  त्यो  हो जुन आफूले सहृदय र इमानदारीपूर्वक गर्न सकिन्छ। समाजसेवा व्यक्तिगत स्वार्थभन्दा धेरै  माथिको  कुरा हो। त्यसैले समाजसेवी बन्न ठूलाे त्याग र अर्पण गर्नुपर्छ। जसले व्यवस्थित  ढंगबाट  निस्वार्थ  भावनाले आफूलाई  समाजप्रति त्याग र अर्पण गर्छ त्यो  व्यक्तिमात्र  असल समाजसेवी  बन्न सक्छ। त्यसैले  आजको  समयमा वास्तविक  र विशुद्ध समाजसेवीलाई सम्मान र प्रोत्साहन  गर्न  सिक्नुपर्छ। समाजसेवी आफूले हैन अरुद्वारा पुकारिनु पर्छ र सम्बोधन हुनुपर्छ।

सबैलाई  समाजसेवा  दिवसको  शुभकामना। 
 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक मंगलबार, जेठ १९, २०८३
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय मंगलबार, जेठ १९, २०८३
नेपालले भारतको भूभाग मिचेको प्रधानमन्त्रीको भनाइमा सरकारले दियो प्रस्टीकरण मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्