• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

किन बन्दैछ समाजसेवा प्रचारमुखी ?

सन्दर्भ : समाजसेवा दिवस
प्रेचन थपलिया मंगलबार, असोज ६, २०७७  १०:५६
1140x725

मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवीयता अझै हराएको छैन। त्यही मानवीय भावनालाई कायम राख्न अहिले विभिन्न युवा क्लब, सामाजिक संघ संस्थाको माध्यमबाट आफूलाई सामाजिक कार्यतर्फ सक्रिय बनाईराखेका छन्। तिनै समाजसेवीको अनेक प्रयासबाट समाजमा थुप्रै उदाहरणीय विकास निर्माणका काम भइराखेका छन्। त्यसैले भनिन्छ समाजमा रहेर समाजको हितका लागि निस्वार्थ काम गर्नु नै समाजसेवा  हो। जहाँ कुनै नाफा-घाटाको उद्देश्य नराखी व्यक्तिगत अथवा सामाजिक रूपमा समाज कल्याणको काम गरिन्छ।

नेपालजस्तो विकासाेन्मुख देशका लागि विकासको प्रमुख मेरूदण्ड नै समाजसेवा हो। सायद त्यसैले होला आज हामीबीच 'समाजसेवा' शब्द निकै लोकप्रिय बन्दै गएको छ।

समाजसेवा  गर्ने चाहना सबैकाे हुन्छ। तर जो कोही भने सफल हुन सक्दैनन्। जसले निस्वार्थ भावले समाजको सेवा गर्छ त्यही  व्यक्तिले सफलता पाएको हुन्छ। समाजसेवा गर्ने  व्यक्तिमा व्यक्तिगत स्वार्थभन्दा पनि सकारात्मक सामाजिक  स्वार्थ हुनु आवश्यक छ। शुद्ध सामाजिक कार्य  र सेवाले हामी  सबैमा आत्मसन्तुष्टि र आत्मसम्मान  मिल्छ। हो यो  एउटा स्वार्थ  सबै असल सामाजिक अभियान्तासँग जोडिएको हु्न्छ। सामाजिक  सेवा कुनै जिम्मेवार पद लिएर वा सघं संस्थासँग आबद्धमात्र  नभई एक आम स्वतन्त्र  नागरिक भएर निस्वार्थ रुपमा पनि गर्न  सकिन्छ।

हृदयदेखि नै समाजसेवा  गर्नेहरूले जनताको  विश्वास  र माया बटुलिरहेका छन्। तर समाजसेवाका नाममा व्यावसायिक उद्धेश्यमा लागिपरेका केही समाजसेवी भनाउँदाहरूका कारण समाजसेवाजस्तो पवित्र कार्य  बदनाम  हुँदै  गएको  छ।  पछिल्लो समय सामाजिक अगुवाका रुपमा आफूलाई स्थापित गराउन तँछाडमँछाड गर्नेहरुको भीड निकै बढेको छ। के साँच्चै समाजसेवाका लागि समर्पित छ त त्यो भीड?

अहिले नेपाली समाजमा समाजसेवा साेख, फेसन र प्रचारप्रसारको कुरा हुँदै गएको छ, जहाँ कुनै त्याग र समर्पण रहेको हुँदैन। समाजसेवा अहिले सेवाभन्दा पनि आफ्ना स्वार्थ पूर्ति र व्यक्तिगत प्रतिष्ठा आर्जन गर्ने साधनका रूपमा मात्र प्रयोग भइराखेको छ। जसले गर्दा समाजमा विकृति, विसङ्गति र भद्दापन बढिराखेको देख्न पाईन्छ। 

सेवाका नाममा भइरहेका यही विकृति सच्चा मनले सामाजिक  क्षेत्रमा लाग्ने व्यक्तिका लागि तगारो  बनेको  छ। सेवाका नाममा आफ्ना स्वार्थ पुरा गर्नेहरुकै कारण साँच्चै सेवामा समर्पितहरुमा निराशा पैदा गर्नुका साथै मनबोल गिराउने काम भइरहेको देख्न सकिन्छ।

सेवाका नाममा २ कोसा केरा दिएर १० जनाभन्दा बढीले हात समातेर तस्बिर खिचेको पनि हामीले देखेका छौं। अस्पतालमा पुगेर आफ्नो परिचय लुकाउँदै बिरामीको उपचार खर्च बेहोर्ने, अस्पतालमा बेड, लत्ता कपडा तथा आवश्यक सहयोग गर्नेहरु पनि देखेका छौं। निस्वार्थ भावले सेवा गरेर परिचय खुलाउन नचाहनेहरु पनि यही समाजमा छन् भने २ कोसा केरा दिएर तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा भाइरल हुने पनि यही समाजमा छन्। 

समाजसेवाका नाममा प्रचार मात्र गर्ने र व्यापार गर्नेलाई कारबाही किन नगर्ने? अचेल समाजसेवा व्यवसायका रुपमा परिणत भएको प्रष्ट देखिँदै गएको छ। पैसावाल मानिस, मान, सम्मान, इज्जत र प्रतिष्ठाको भोका भएका छन्। नेपालमा अहिले सामाजिक  काम  गर्न भनि विभिन्न  संस्थाहरूको लहरो लागेको छ। च्याउजस्तै  उम्रिएका ती संस्था  र व्यक्तिले समाजसेवाका नाममा गरिखाने  राम्रै थलो  बनाएको हामासामु छर्लङ्ग नै छ। 

Ncell 2
Ncell 2

तर यसो भनिराख्दा हामीकहाँ त्याग, समर्पण, सेवाभाव र इमान्दारिपूर्णक चलेका सामाजिक संस्थाहरू छदैछैन भन्न खोजिएको भने होइन। तर त्यस्ता संस्थाको सङ्ख्या भने ज्यादै कम छ। समाजमा  यस्ता पनि व्यक्ति छन् जो सेवाकै लागि समाजसेवा गर्छन्। उनीहरुले सेवामात्र गर्दैनन् सयौँलाई समाजसेवा गर्नकै लागि औपचारिक ज्ञान दिन्छन्। यस्ता पवित्र कार्यमा लाग्नेलाई हामीले हत्तोसाहित गर्ने काम गर्नु हुँदैन। उनीहरुको मनोबल गिर्न दिनुहुँदैन।

तर आजभोलि समाजसेवाका नाममा कलाकारिता गर्ने केही व्यक्तिहरूलाई समुदायका सदस्यहरुले नै नचिनेर सम्मान गर्दै आएको देख्न सकिन्छ। जसले गर्दा वास्तविक समाजसेवीहरु अन्यायमा परेको देख्न सकिन्छ। 

कतै कतै आफै‌ंले समाजसेवी अर्थात् सामाजिक अभियन्ता पनि लेखेकाे देखेका छौं होला। समाजसेवा भनेको  समाजका लागि  गरिने  निस्वार्थ कार्य हो र सच्चा  समाजसेवी कहिले  प्रचारप्रसारका भोका हुँदैनन् । तर अहिले  समाजसेवालाई यस्तो  सस्तो विषय बनाईयो कि यसलाई  एउटा मलिलो  पेसाको रूपमा धरैले ग्रहण  गरेका छन्। 

 समाजसेवा गर्न ठूलो  योगदान, धैर्यता र लगनशीलता  चाहिन्छ। समाजसेवा  त्यो  हो जुन आफूले सहृदय र इमानदारीपूर्वक गर्न सकिन्छ। समाजसेवा व्यक्तिगत स्वार्थभन्दा धेरै  माथिको  कुरा हो। त्यसैले समाजसेवी बन्न ठूलाे त्याग र अर्पण गर्नुपर्छ। जसले व्यवस्थित  ढंगबाट  निस्वार्थ  भावनाले आफूलाई  समाजप्रति त्याग र अर्पण गर्छ त्यो  व्यक्तिमात्र  असल समाजसेवी  बन्न सक्छ। त्यसैले  आजको  समयमा वास्तविक  र विशुद्ध समाजसेवीलाई सम्मान र प्रोत्साहन  गर्न  सिक्नुपर्छ। समाजसेवी आफूले हैन अरुद्वारा पुकारिनु पर्छ र सम्बोधन हुनुपर्छ।

सबैलाई  समाजसेवा  दिवसको  शुभकामना। 
 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्