• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

संक्रमणमुक्त डाक्टर भन्छन्- 'कोरोना केही होइन' भन्ने भ्रम नछरौं, रोग लागेपछि मात्र पीडा थाहा हुन्छ

सिर्जना खत्री आइतबार, असोज ४, २०७७  २०:५२
1140x725

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट कोही पनि अछुतो छैन। फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी त झन् संक्रमणको उच्च जोखिममा पर्छन्। आवश्यक सतर्कता अपनाउँदाअपनाउँदै पनि स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेका छन्। नेपालमा कोरोना संक्रमणको मृत्युदर कम भए पनि जोखिम भने धेरै छ। 

कतिपय व्यक्तिहरुले कोरोना भाइसरलाई सामान्य रुपमा लिने गरेका छन्। केही विज्ञहरुले भने कोरोना भाइरस केही नभएको तर्क गरिरहेका छन्। तर स्वयं संक्रमित हुने व्यक्तिहरु भने उनीहरुको तर्कसँग सहमत छैनन्। 

कोरोना भाइरसलाई सामान्य रुपमा नलिन उनीहरु आग्रह गर्छन्। यद्यपि, विभिन्न भ्रम सिर्जना गरिएजस्तो नभए पनि कोरोनाको संक्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने उनीहरुको अनुभव छ। 

केही समयअघि भरतपुर अस्पतालका मेसु डा श्रीराम तिवारी र वीर अस्पतालका कन्सलट्यान्ट फिजिसियन डा ध्रुव गैरे कोरोनाबाट संक्रमित भएका थिए। सेवामा खटिइरहेका बेला उनीहरु संक्रमित भएका हुन्। २ हप्ताभन्दा बढी उपचार गरेर उनीहरु हाल संक्रमणमुक्त भएका छन्। कोरोना सामान्य रुपमा नलिन दुवै जनाको आग्रह छ। 

कोरानालाई जित्न सफल डा तिवारी र डा गैरेसँग सिर्जना खत्रीले कुराकानी गरेकी छिन्। संक्रमणमुक्त तिवारी र गैरेको अनुभव उनीहरुकै शब्दमाः

रोग लाग्नेलाई मात्र थाहा हुन्छ त्यसको पीडा : श्रीराम तिवारी
म चितवनस्थित भरतपुर अस्पतालमा मेसुका रुपमा कार्यरत थिएँ। नेपालमा कोरोना संक्रमण सुरु भएदेखि नै मेरो समय व्यस्त भयो। निरन्तर बैठक, छलफल अनि कोरोना संक्रमित बिरामीको व्यवस्थापन लगायत काममा व्यस्त थिएँ। एक्कासी साउन २७ गतेदेखि सुख्खा खोकी लाग्ने, जिउ दुखाइको महसुस हुने, स्वाद÷गन्ध कम थाहा हुने, टाउको दुख्ने जस्ता लक्षण देखा परे। अस्पतालको कामले गर्दा थकाइ महसुस भएको हो कि भन्ने लाग्यो। 

साउन २८ गते दिउँसो कोरोना परीक्षणका लागि स्वाब दिएँ। साउन ३० गते बेलुका १०१।८ डिग्री ज्वरो आएपछि मलाई कोरोना संक्रमण त भएन भनेर मनमा चिसो पस्यो। नभन्दै ३१ गते शनिबारका दिन राति १०।३० बजे आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भयो। म ३२ गते बिहान ७ बजे अस्पतालमा गएर आइसोलेसनमा भर्ना भएँ।

पछिल्लो समय अस्पतालको ओपिडीमा पनि बिरामीको भीड बढ्न थाल्यो। म कोरोना संक्रमण समुदायमा फैलनबाट रोक्न र निजी अस्पतालसँग कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भनेर छलफलमा सहभागी हुँदै आएको थिएँ। त्यस्तै, आइसोलेसनमा बेलाबेलामा निरीक्षण गर्न जाँदा त्यहीँ मलाई कोरोना संक्रमण भयो कि भन्ने आशंका छ।

nimb
nimb
Ncell 2
Ncell 2

सुरुवाती दिनमा खोकीले गर्दा बोल्न समेत गाह्रो भएको थियो। तर अहिले मेरो स्वास्थ्यमा सुधार हुँदै गएको छ। भदौ २ गतेदेखि खोकी कम हुँदै गयो। जिउ दुख्न पनि कम भयो। थकान पनि कम हुँदै गयो। स्वाद थाहा पाउने र गन्ध कम आउने पनि राम्रैसँग सुधार भयो र पुनः पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आयो। २० दिन अस्पतालको बसाइपछि भदौ १९ गते डिस्चार्ज भएँ। 

८५ प्रतिशत मानिसलाई कोरोनाको सामान्य लक्षण देखिएका छन्। १० देखि १५ प्रतिशत मानिसमा कोरोनाको लक्षण देखिएको छ भने ४ देखि ५ प्रतिशत मानिसको अवस्था क्रिटिकल भएर आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको छ। 

यस्तो समस्या विशेष गरी मधुमेह, उच्च रक्तचाप र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई बढी मात्रामा हुने गरेको देखिएको छ। 

कोरोना संक्रमण सामान्य होइन र जटिल पनि होइन। रोग लाग्नुभन्दा अगाडि नै सावधानी अपनाउनु जरुरी छ। रोग लगिहाल्छ भनेर डराउनु भने हुँदैन र मलाई रोग लाग्दैन भनेर मास्क नलगाई भीडभाडमा जाने गर्नु हुँदैन। कतिपय मानिसले हेलचेक्र्याइँ गर्दा भयावह स्थिति पनि आउन सक्छ। त्यसकारण कोरोनाको बारेमा भ्रम सिर्जना गर्नु हुँदैन। रोग लाग्नेलाई मात्र थाहा हुन्छ त्यसको पीडा। त्यसैले सकेसम्म रोग लाग्न नदिन आफूलाई सुरक्षित राख्ने र यदि रोग लागिहाल्यो भने पनि आत्तिनु हुँदैन। 

पौष्टिक आहारयुक्त खानेकुरा खानुपर्छ। प्रशस्त तातोपानी पिउने र हाम्रै घरमा पाइने जडिबुटीको प्रयोग गर्नुपर्छ। यदि संक्रमण भइहाल्यो तर लक्षण देखिएन भने आफ्नै घरमा छुट्टै कोठामा बस्न पनि सकिन्छ। कोरोनाले छिट्टै स्वास्थ्य बिग्रने हुँदा कुनै लक्षण देखिनासाथ अस्पतालमा चिकित्सकको निगरानीमा बस्नुपर्छ। 

कोरोनाले शरीर र मानसिक मात्र होइन, सामाजिक पीडा पनि दिन्छ : डा धुव्र गैरे 
म वीर अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन हुँ। म नियमित बिरामीको सेवामै खटिइरहेको थिए। अस्पतालका ओपिडी, आइसियु र आइसोलेसन वार्डमा दैनिक राउन्डमा जानुपथ्र्यो। त्यही क्रममा मलाई दुई÷तीन दिनदेखि खानामा रुचि कम हुँदै जानुका साथै  स्वाद थाहा नहुने र बान्ता, डाइरिया हुन थाल्यो। 

तर, पनि काम गर्दै थिएँ। साउन २१ गतेदेखि ज्वरो आउन थाल्यो। ज्वरो बढ्दै १०४ डिग्रीसम्म पुगेपछि राति नै वीर अस्पतालको इमर्जेन्सीमा गएँ। कोरोनासँग मिल्दाजुल्दा लक्षण भएकाले पिसिआर परीक्षण गरें। साउन २२ गते कोरोना पोजेटिभ देखियो। ज्वरो कम भएको थिएन, विस्तारै श्वास फेर्न गाह्रो हुन थाल्यो। शरीरमा अक्सिजनको मात्रा पनि घट्न थाल्यो। अक्सिजन दिएर पनि समस्या कम भएन। अस्पतालमा भर्ना भएको २ दिनमै आइसियुमा भर्ना गर्नुपर्ने भयो। टिचिङ अस्पतालको आइसियुमा ट्रान्सफर गरियो। कोरोनाले छिटोछिटो जटिलता उत्पन्न गर्ने रहेछ। 

अनियन्त्रित ज्वरो, कमजोरी, सहन नसक्ने शरीरको दुखाइ र श्वास फेर्न निकै गाह्रो  भइरहेको थियो। शरीरमा अक्सिजनको मात्रा ७० प्रतिशतमा झरेको थियो। फोक्सोमा निमोनिया देखिएको थियो। 

यसलाई चाहिने एन्टिबायोटिकका साथै रेम्डेसिभिर एन्टिभाइरल औषधिहरु लिन सुरु गरिसकेको थिएँ। त्यसले पनि कम नभएपछि कन्भालेसेन्ट प्लाज्मा थेरापी पनि दिइयो। 
 
त्यसबाट पनि श्वासप्रश्वासमा सुधार नभएपछि मलाई न्याजल क्यानुला (भेन्टिलेटरको  विकल्पबाट) अक्सिजन दिइयो। 

त्यसपछि विस्तारै शरीरमा अक्सिजनको मात्रा बढ्न थाल्यो। ज्वरो घट्दै गयो, अक्सिजनको मात्रा पनि बढ्दै गयो। त्यसपछि पुनः जाँच गर्दा कोरोना नेगेटिभ आयो। 

२० दिनको अस्पताल बसाइपछि बाँकी उपचार घरमा नै गर्ने चिकित्सको सल्लाहपछि म डिस्चार्ज भएँ। 

अहिले घरमा आराम गर्दै उपचारलाई निरन्तता दिएको छु। अहिले पनि बेलाबेलामा अक्सिजन चाहिने गरेको छ, जुन घरमा नै लिने गरेको छु। अहिले मेरो स्वास्थ्यमा सुधार आइरहेको छ। पोषिलो खानेकुरा खाइरहेको छु। कमजोरी छ तर अन्य लक्षणहरु कम हुँदै गइरहेका छन्। 

अहिले कतिपय मानिसले कोरोना सामान्य रुघाखोकी जस्तै हो भनेर भ्रम सिर्जना गर्ने काम गरिरहेका छन्। उनीहरुका तर्क र टिप्पणी सुन्दा निकै दुःख लाग्छ। यो रोग कति जोखिमपूर्ण हुन्छ, यसले मान्छेको मानसिक र शारीरिक मात्र नभई सामाजिक रुपमा पनि कति तनाव उत्पन्न गराउँछ, त्यो त जसलाई संक्रमण भएको छ, उसलाई मात्र थाहा हुन्छ। अनि संक्रमितका परिवारले यसको पीडा भोगेका छन्। कुनै पनि व्यक्तिलाई आफू पीडित नभई पीडाको वास्तविकता महसुस हुँदैन। अहिले त्यस्तै भइरहेको छ कोरोनाबारे। जसलाई कोरोना संक्रमण देखिएको छैन, उनीहरु कोरोना केही होइन भनिरहेका छन्। कोरोना के हो, के होइन, ती संक्रमितलाई थाहा छ। 

तसर्थ, म कोरोना केही होइन भन्नेहरुलाई भ्रम सिर्जना नगर्न र यसलाई हलुका रुपमा नलिन आग्रह गर्छु। र, आमनागरिकलाई पनि भ्रमका पछि नलाग्न अपिल गर्छु। रोगले व्यक्ति हेर्दैन, हेलचेक्र्याइँ कसैले पनि नगरौं।

सामाजिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची हातधुने, मास्क प्रयोग गरौं। स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनले बनाएका मापदण्ड पालन गरौं। रोग लागेर दुःख पाउनुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुनेछ। 

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत
बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
प्रसाईँलाई घरबाहिर निस्कन नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत सोमबार, भदौ ८, २०८३
बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी सोमबार, भदौ ८, २०८३
प्रसाईँलाई घरबाहिर निस्कन नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश सोमबार, भदौ ८, २०८३
होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क उठाउने प्रस्ताव इरानी संसद्‌बाट स्वीकृति, अमेरिकाले के दियो प्रतिक्रिया? सोमबार, भदौ ८, २०८३
जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न रास्वपा सांसद बानुको माग सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्