• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अविस्मरणीय ३९ वर्ष 

विश्वम्भर प्याकुर्‍याल आइतबार, असोज ४, २०७७  १४:१३
1140x725

समकालीन साथीहरु कसैले जागिर पाइसकेका थिए। कोही सरकारी जागिरमा अस्वीकृत भएका थिए। कोही भने अवसर खोज्दै थिए। त्यस बेला दरबारको उत्तर ढोकानजिकै रहेको संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रममा केही पदको विज्ञापन भएको थियो। त्यसैले केही साथीले निवेदन दिने कि भनेर सल्लाह पनि दिए। युएनले तटस्थता अपनाउँछ भन्ने बुझाइ थियो। थप सूचना मैले रेडियो नेपाल जाँदा चिनजान भएका एक जना मित्र नारायण श्रेष्ठ (जो संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रममा पनि कार्यरत हुनुहुन्थ्यो) बाट पनि लिएको थिएँ। तर त्यसमा मैले निवेदन दिइनँ। हामीसँगै गएका केही साथीले निवेदन दिए। र नियुक्ति पनि पाए। 

त्यति बेलासम्म काकाको घर छाडिसकेको थिएँ। तर कामको टुङ्गो नलागेसम्म आंशिक शिक्षकका हैसियतले लैनचौर स्कुलमा अध्यापन गर्ने कामलाई भने निरन्तरता दिइरहेको थिएँ। जतिजति पेसागत स्थायित्वमा विलम्ब हुँदै जान्छ, त्यति स्कुलसँगको जिम्मेवारी बढ्ने देखिन थाल्यो। एमए पूरा गर्दासम्म छ वर्ष अध्यापन अनुभव पनि पूरा गरिसकेको थिएँ। काकाको इच्छा पनि मैले अध्यापनलाई निरन्तरता देओस् भन्ने थियो। तर मचाहिँ पेसाको चयनमा अनिर्णयको घेरामा परेको थिएँ। 

दिन बित्दै गए। मनमा एकतमासले कुराहरु खेलिरहन्थे। लाग्थ्यो, अहिले गरे जस्तो यस्ता आंशिक क्रियाकलाप मैले कहिलेसम्म गरिरहने ? के मैले जीवनमा खोजेको स्थायित्व यही खुद्रे काम हो त ? के म आत्मनिर्भर हुन सक्दिनँ ? मैले आनै पहिचान कहिले बनाउने ? आखिर मसँग बाबुबाजेको भजाउने नाम पनि त छैन। मसँग पैतृक सम्पत्ति पनि धेरै छैन। कसैले आफूलाई विश्वाश गरिहाल्ने कुनै आधार पनि मैले बनाउन सकेको थिइनँ। आनो भावी संलग्नता कहाँ हुनेछ भन्नेमा म त्यसैत्यसै रूमल्लिइरहेको 
थिएँ। 

काकाको घर छाडेर स्वतन्त्र भएकोमा भने खुसी नै थिएँ। तर आत्मनिर्भर कसरी हुने भन्ने चिन्ताले भने पिरोलेको थियो। त्यसैले व्यावसायिक स्वतन्त्रता र सम्भावना भएको त्यस्तो कुन क्षेत्र मेरा लागि उपयुक्त होला भनी व्याकुल थिएँ।

हरेकजसो शनिबार ठमेलस्थित काकाको घर जान्थें। काकाहरु मण्डिखाटार सर्दा पनि यो क्रम जारी रह्यो। एक बिहान काकाको घर गएका बेला उहाँले भन्नुभयो, “अब धेरै ठाउँमा दौडेर के गर्ने ? एउटा राम्रो हाई स्कुलका लागि प्रधानाध्यापकको नियुक्ति अघि बढाइदिएको छु। एक हप्ताभित्र बोलाउँछन् होला।” काकाको कुराले खुसी लाग्यो। तर समस्या थपिएको अनुभव पनि सँगै भयो। स्कुल मन नपरेको होइन। तर स्कुलमा स्थायी जागिरे भएर लक्ष्य पूरा गरूँला भन्ने मेरो सोच थिएन। 

म विद्यार्थी सक्रियतावादी नेताको पगरी उतारेर मानसिक रुपमा स्वतन्त्र एवम् आर्थिक दृष्टिबाट आत्मनिर्भर हुनुपर्ने थियो। तर कलेज र विश्वविद्यालयमा विद्यार्थी राजनीतिमा संलग्न भएर व्यवस्थाको विरोध गर्दै बन्दी जीवनसमेत बिताइसकेको मलाई सजिलै पञ्चायती शासनकालमा रोजगारी कहाँ मिल्थ्यो र ? सरकारी जागिरमा न कुनै चाहना थियो, न त्यतातिर प्रवेशको सम्भावना। बेलाबेलामा केही शुभचिन्तकले राजनीतिलाई निरन्तरता दिने सल्लाह दिन्थे। कतिले फेरि पनि पञ्चायतविरोधी गतिविधिमा लागेर अलि लामो समय जेल जान सके प्रजातन्त्र पुनःस्थापना हुनासाथ नेतृत्व तहमा पुग्नुहुन्छ भनेर सल्लाह पनि दिए। राजनीतिक दलसँगको मेरो निकटता देखेर उनीहरुले यसो भनेका थिए। 

२०३६ सालको आन्दोलनमा सहभागी भई २०४६ सालको प्रजातन्त्रको पुनःस्थापना र बहुदलीय व्यवस्थाको सुरूवातसम्म धैर्य राख्ने धेरैजसोले उच्चस्तरीय जिम्मेवारी पाए पनि। मेरो पनि उमेर थियो। एकदुई वर्ष बन्दी जीवन बिताए पनि खासै फरक पर्दैनथ्यो। तर मैले बनाएको योजनाको प्राथमिकतामा राजनीति परेको थिएन। 

एक दिन घुम्दै फिर्दै त्रिवि अर्थशास्त्र विभाग पुगेको थिएँ। कोलम्बो प्लानबाट आएका भागलपुर विश्वविद्यालयका प्राडा. एसके सिंह (जो त्यस बेला अर्थशास्त्र विभागमा प्रभावशाली विभागीय प्रमुख हुनुहुन्थ्यो)ले भन्नुभयो, “हिस्ट्री अफ इकोनमिक थट अध्यापन गराउने एक जना प्राध्यापक अविलम्ब चाहिएको छ। तिमीलाई इच्छा छ भने म डिनसँग कुरा गर्छु। ऐच्छिक विषयमा कृषि अर्थशास्त्र र जनसङ्ख्या पनि पढाउनुपर्ला।” मेरा लागि योभन्दा राम्रो खबर अरु के हुन सक्थ्यो र ? मैले सहमति जनाएँ।

Ncell 2
Ncell 2

मसँग कुरा हुनेबित्तिकै उहाँ मेरो नियुक्ति हुनेमा यति विश्वस्त हुनुभयो कि मलाई अनौपचारिक रुपमा केही उत्तरपुस्तिका परीक्षण गरिदिने, एमएको शोधपत्र (डिसर्टेसन)मूल्याङ्कनको काममा मात्र खटाउनुभएन, भोलिदेखि विश्वविद्यालय आउनूसमेत भन्नुभयो। म अचम्ममा परें। उत्सुकताका साथ भोलिपल्ट उहाँले भनेकै समय कीर्तिपुर पुगें। काम पनि दिनुभयो। अन्तिम वर्षका विद्यार्थीहरुले मैले नियुक्ति पाइसकेको भन्ठानेछन्। काम सुरू गरें। तर त्यो सबै अनौपचारिक र स्वैच्छिक थियो। एक दिन बेलुका घर फर्कने बेला डा. सिंहले भन्नुभयो, “अलि अप्ठ्यारो अवस्था बेहोरिरहेको छु, तिम्रो नियुक्तिका सबै औपचारिकता पूरा गरिसकें, अरु कसैलाई नियुक्ति दिए भने स्विकार्दिनँ पनि भनिसकें। कुनै प्रगति हुन सकेन। त्यसैले अब तिमीले पनि डिन कार्यालयमा सम्पर्क गर्नू। अलिकति आफू पनि दौडधूप गर्नुपर्छ।” 

म असमञ्जसमा परें। आफ्नाे कुनै हैसियत बनिसकेकै थिएन। आफूले चिनेका राष्ट्रिय स्तरका नेता कोही जेलमा थिए त कोही पञ्चायतको मूलधार राजनीतिबाट अलग। त्यसैले अर्थशास्त्र विभाग धाउनुबाहेक मेरो जाने ठाउँ थिएन। प्राडा. सिंहले डिन कार्यालय जान अनुरोध गरेकाले गएँ। डिन कार्यालयको कर्मचारीतन्त्र मैले बुझ्न सकिनँ। उनीहरुले आज, भोलि भन्दै गए। केही दिनपछि “एक हप्तामा हामी खबर गर्छौं, सधैं आउनुपर्दैन” भन्ने जवाफ पाएँ। 

अब के गर्ने ? सिंह सरलाई भेटेर सबै कुरा भनें। प्रशासनको कुराले उहाँले पनि चित्त दुखाउनुभयो। एक महिनापछि विद्यार्थीहरुको अप्ठ्यारो लागेर मैले अनौपचारिक काम छाडिदिएँ। मेरो पर्खाइ एक महिना, दुई महिना हुँदै झन्डै १० महिना बित्यो तर कुनै खबर आएन। कहिले वीरगन्ज जानू भने। कहिले भैरहवाको नियुक्तिपत्र लिन आउनू भने। म झनै सङ्कटमा पो परें। 

कलेजदेखि विश्वविद्यालयसम्म विद्यार्थी राजनीति गरेकाले आफूले क्रियाशील राजनीति छाड्छु भने पनि त्यसको ह्याङओभर सकिएको थिएन। अहिले विश्वविद्यालयमा नियुक्तिका लागि गर्नुपरेको सङ्घर्षका कारण मलाई पूर्ण रुपमा राजनीति छाड्नुहुन्न भन्ने लागेको थियो। हामी केही युवाको मान्यता थियो-पञ्चायती व्यवस्थाबाहिर रहेर खासै केही गर्न सकिन्न। यो व्यवस्थाको अप्रजातान्त्रिक चरित्रको चक्रव्यूह तोड्न यही व्यवस्थाभित्रै पस्नु आवश्यक छ। त्यसैले कति साथीले मलाई पहिल्यै स्नातक समूहको कोटा ग्य्राजुएट कन्स्टिच्युएनसीबाट चुनावमा प्रतिस्पर्धा गर्न सुझाएका थिए। तर मैले चुनावमा जाने कुरालाई तत्काल अस्वीकृत गरिदिएको थिएँ। वास्तवमा हामी त्यस्तो व्यक्तिको खोजीमा थियौं, जो प्रजातान्त्रिक विचारधारा भएको र परिवर्तन ल्याउन सक्ने सामथ्र्य भएको होस्। एउटा विश्वास के थियो भने हामीसँग युवा विद्यार्थीहरुको एउटा ठूलो जमात छ। त्यसैले यसमा हामी सफल हुन्छौं। 

त्यति बेला सेन्टर फर इकोनमिक डेभलपमेन्ट एन्ड एडमिनिस्ट्रेसन (सेडा) कीर्तिपुरमा पशुपतिशमशेर राणासँग भेट भइरहन्थ्यो। उहाँको प्रतिष्ठा राम्रो थियो। फोर्ड फाउन्डेसनको सहयोगमा त्रिभुवन विश्वविद्यालय परिसरमा सेडा स्थापना गरी त्यसलाई उल्लेखनीय प्रतिष्ठा दिलाएको, बेलायतको अक्सफोर्ड युनिभर्सिटीको डिग्री, पारिवारिक पृष्ठभूमि आदि कुराले उहाँसँग हामी आकर्षित थियौं। 

एक दिन पशुपतिजीले म र केही साथीलाई भेट्न चाहनुभएको छ भन्ने खबर आयो। उहाँको ग्यास उद्योगको कार्यालय जमलनिर थियो। नीलमणि शर्मा, गोविन्दबहादुर श्रेष्ठ, गिरबहादुर केसी, माधव मैनाली त्यहाँ पहिले नै पुगेका रहेछन्। म पनि पुगें। पशुपतिजीले राष्ट्रिय पञ्चायतमा उठ्ने सम्बन्धमा केही सल्लाह लिन हामीलाई बोलाउनुभएको रहेछ। हाम्रो पहुँचमा रहेको र प्रजातान्त्रिक संस्कार भएको कुनै लोकप्रिय व्यक्तिलाई चुनावका माध्यमबाट राष्ट्रिय पञ्चायतमा पुर्‍याउन पाए राम्रो हुन्थ्यो भन्ने हामीले पहिलेदेखि नै सोचेका थियौं। यस्तो बेला उहाँको प्रस्ताव आउँदा खुसी लाग्यो। केही बेरको छलफलपछि त्यहाँ जम्मा भएका साथीहरुको एउटा अनौपचारिक सहयोग समिति बन्यो। त्यसमा हामी सबैले सहयोग गर्ने भयौं। चुनाव सम्पन्न भयो। पशुपतिजी विजयी हुनुभयो। केही समयपछि उहाँ शिक्षामन्त्री पनि हुनुभयो। 

मन्त्री भएको केही दिनपछि शिक्षा मन्त्रालयका एक जना उपसचिव हेमन्त श्रेष्ठजीलाई मलाई लिन पठाउनुभयो। म त्यस बेला भर्खरै किनेको सामाखुसीको पुरानो घर सरेको धेरै भएको थिएन। मन्त्रीजीले बोलाउनुभएको यस्तो बेला थियो, जब प्राध्यापन गर्ने मेरो प्रस्ताव त्रिवि प्रशासनले पटकपटक अस्वीकृत गरेको थियो। हेमन्तजीसँग महाराजगन्ज गएँ। शिक्षाक्षेत्रमा गर्नुपर्ने सुधारसम्बन्धी सामान्य छलफलका लागि उहाँले बोलाउनुभएको रहेछ। बैठक सकिएपछि उहाँले नै मेरो करिअरबारे कुरा उठाउनुभयो, “अब के गर्ने विचार छ ?”

मैले आफूले खासै कुनै निर्णय नलिइसकेको बताएँ। साथै अहिलेसम्मको उपलब्धि भनेको प्रधानाध्यापक हुन सक्ने सम्भावनाचाहिँ बाँकी रहेको उहाँलाई अवगत गराएँ। 

पशुपतिजीले भन्नुभयो, “तात्विक सुधार नल्याएसम्म वर्तमान अवस्थामा प्रधानाध्यापकबाट तपाईंले आफूमा कुनै भ्यालु एड गर्न सक्ने सम्भावना क्षीण छ। किनभने अहिले नेपालमा यसले बृहत् अवसरको ढोका खोल्न सकेको देखिँदैन। तपाईंका लागि उचित निर्णय विश्वविद्यालय हो।”

मेरै रूचिको क्षेत्रमा केन्द्रित भएर यसरी मन्त्रीजीले कुरा उठाएपछि मैले पनि मलाई अर्थशास्त्र विभागले विभागीय आवश्यकताअनुरुप प्राध्यापन र अनुसन्धानपत्रको मूल्याङ्कनका लागि थप जनशक्ति चाहेको तर विश्वविद्यालयबाट नियुक्तिबारे मलाई पटकपटक भ्रमात्मक जवाफ मात्र आएको जानकारी दिएँ। साथै यसबाट आफूले भोग्नुपरेका मानसिक समस्या आदिबारे पनि विस्तृत जानकारी दिएँ। 

मन्त्रीजीले त्रिविका उपकुलपति डा. त्रैलोक्यनाथ उप्रेतीलाई निवासबाटै फोन गर्नुभयो। मेरो नाम लिएर भन्नुभयो, “उहाँ मेरो निकट मित्र हुनुहुन्छ। र हरेक दृष्टिले योग्य पनि हुनुहुन्छ। उहाँलाई नियुक्ति दिए हुन्छ। भोलि पठाइदिन्छु। केही समस्या भए फोन गर्न सक्नुहुन्छ।” 

मन्त्रीज्यूको एउटा फोनले त्रिविले जन्माएको चक्रव्यूह तोडिदियो। राजनीतिको तथाकथित कालो सूचीमा भए पनि त्यो एउटा फोनले म सेतो सूचीमा दर्ता भएँ। एमए उत्तीर्ण भएर झन्डै एक वर्ष कुरेपछि २०३१ चैत १६ मा फोन गयो। त्यसको तेस्रो दिन मैले कीर्तिपुरका लागि अस्थायी सहायक प्राध्यापकको नियुक्तिपत्र लिएँ। 

मलाई व्यक्तिगत फाइदा त भयो। तर जुन प्रक्रियाबाट विश्वविद्यालयमा प्रवेश गरें, त्यसले लामो समय अप्ठ्यारो महसुस भयो। ढिलोचाँडो मेरो नियुक्ति कीर्तिपुरमै हुन्थ्यो होला। तर मैले पनि मौकाको फाइदा लिन चाहें। अहिले विचार गर्छु, नेपालको वर्तमान अवस्था ४४ वर्षअघिको तुलनामा ह्रासोन्मुख छ। यो झन् अव्यावहारिक एवम् गैरव्यावसायिक छ। नीतिहरुभन्दा पनि अस्थायी “एड हक” निर्णयमा विश्वविद्यालय सञ्चालन हुने गरेकाले शिक्षा क्षेत्रमा त्यति सुधार हुन सकेको छैन।

अझै पनि झन्डै ९० प्रतिशत सरकारी अनुदानमा चलेको संस्था हिजोअस्ति जन्मिएको शैक्षिक संस्थाले हासिल गरेको लोकप्रियतासँग तुलना गर्न लायक देखिँदैन। अत्यधिक राजनीतीकरणका कारण त्रिभुवन विश्वविद्यालय दशकौंसम्म करिबकरिब निःशुल्क शिक्षा प्रदान गर्ने थलो हुन गयो। निजी विद्यालयको तुलनामा सुविधा अत्यधिक कम भएका कारण प्राध्यापकहरुलाई अन्यत्र आकर्षित गराउन त्रिविले “पुस याक्टर”को काम गरिरहेको देखिन्छ। विद्यार्थी युनियन प्रयोग गरी शैक्षिक संस्थालाई राजनीतिक दलहरुको कार्यक्रम कार्यान्वयन गर्ने संस्था बनाउने विषयमा प्रतिबन्ध लगाउनु आवश्यक छ।

राजनीतिक दलले विश्वविद्यालयमा गैरराजनीतिक तथा चामत्कारिक नेतृत्व प्रदान गर्न सक्ने व्यक्ति चुन्ने आँट देखाउन ढिला गर्न हुँदैन। प्रस्ट एवम्बलियो कानुनी आधारमा तयार आचारसंहिता तत्काल लागू गरी निर्भयपूर्वक कार्यान्वयन गर्न सके अवाञ्छित तङ्खवहरुको उक्साहटमा लिइने गैरकानुनी तथा अव्यावहारिक निर्णय र शैक्षिक क्यालेन्डरलाई तहसनहस बनाइने परम्परालाई हतोत्साहित गर्न सकिने थियो। 

जुन दिनदेखि विश्वविद्यालयमा नियुक्ति पाएँ, त्यसै दिनदेखि लागू हुने गरी लैनचौर स्कुलको स्थायी जागिरबाट पनि बिदा लिएँ। हामीले प्राध्यापन सुरू गरेका बेला विश्वविद्यालयमा अवसर पाउनु भनेको अहिलेको कुनै पनि उच्च सरकारी पद प्राप्त गर्नुभन्दा अर्थपूर्ण एवम् महङ्खवपूर्ण हुन्थ्यो। कीर्तिपुरबाहेक स्नातकोत्तर तहको पढाइ कतै हुँदैनथ्यो। हामीले प्राध्यापन गरेको समयावधिमा नेपालमा अर्थशास्त्रमा स्नातकोत्तर डिग्री लिएको भन्ने कोही भेटियो भने त्यो व्यक्ति हाम्रै विद्यार्थी हुन्थ्यो। कुनै कार्यालय गएका बेला त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छु भनेर आफ्नाे परिचय दिँदा अप्ठ्यारो काम पनि सजिलै बन्थ्यो। छरछिमेक, भोजभतेर अथवा सामाजिक कार्यक्रममा प्राप्त हुने सम्मान एवम् प्रतिष्ठा साँच्चै लोभलाग्दो थियो।

अहिले समय बदलिएको छ। शिक्षण संस्था र विश्वविद्यालय धेरै भए। विद्यार्थी सङ्ख्या अस्वाभाविक किसिमले बढेका छन्। महँगी चुलिएको छ। मुद्राको क्रयशक्तिमा ह्रास आएको छ। शिक्षकको पारिश्रमिक मुद्रास्फीतिसँग समायोजन हुन सकेको छैन। शिक्षण संस्थाहरुले दिने पारिश्रमिकताका आधारमा कसैको पनि घरव्यवहार चल्दैन। पहिले एउटा विश्वविद्यालयमा एक जना प्राध्यापकले धेरै विषय अध्यापन गर्थे।

अहिले यिनै सब कारणले गर्दा एउटा प्राध्यापकले धेरै संस्थामा आनो विशेषज्ञताबाहिरका विषयको समेत जिम्मेवारी लिनुपरेको छ। यसले गुणात्मक शिक्षामा ह्रास आएको छ। गुणात्मक पक्ष कमजोर हुनुको अर्को कारण शिक्षामा राजनीति हाबी हुनु पनि हो। अरु विकासोन्मुख मुलुकको तुलनामा हाम्रो मुलुकले न्यूनतम आर्थिक विकासलाई विश्वसनीय एवम् दिगो बनाउन सकेको छैन। तर अनुत्पादक क्रियाकलाप “डेमन्स्ट्रेसन इफेक्ट”ले भड्किएको छ। अधिकांश शिक्षण संस्था संस्थागत हुन नसकेर व्यापारिक दृष्टिकोणले लागत र फाइदाको मापदण्डमा सञ्चालन भएका छन्। विद्यार्थी पनि थरीथरीका, शिक्षक पनि थरीथरीका, समाजले कसलाई केका आधारमा सम्मान दिने, सबैतिर भ्रम छ। जरैदेखि समस्याको समाधान नखोजी पहिले यस्तो थियो, अहिले यस्तो भयो भनेर चित्त दुखाउनुको अर्थ छैन। 

राजा वीरेन्द्रको राज्याभिषेकको चहलपहल, पञ्चायती व्यवस्थाले शिक्षकलाई गर्ने अमित्रतापूर्ण व्यवहार, गुप्तचर संस्थाको शङ्कास्पद भूमिका, केन्द्रीकृत शासन व्यवस्थाको नयाँनयाँ प्रयोग जस्ता वातावरणमा मैले विश्वविद्यालयमा आनो भूमिका खोजेको थिएँ। तर जब प्राविधिक किसिमले मैले स्कुलबाट बिदा हुने सम्पूर्ण औपचारिकता पूरा गरें, त्यो दिन कताकता मन अस्थिर भयो। चलचित्रमा झैं अतीतका सानातिना क्षण स्मृतिमा बग्न थाले। जुँगाको रेखी आउन सुरू नगरेकै बेलादेखि आफूले पढेको र आफूलाई शिक्षित गराउने गुरूहरुसँगै त्यत्रो वर्ष अध्यापन गराउने अवसर पाएको थिएँ। त्यो स्कुलमा मैले माया पाएको थिएँ। मेरो प्रतिष्ठा बढेको थियो। दुःख पाएका बेला थोरै भए पनि अर्थाेपार्जन गर्ने अवसर मिलेको थियो। 

मलाई लाग्छ, आफूले पढाउन्जेल पनि स्कुलको भाग्यमानी शिक्षक रहेछु म। मैले स्कुलमा पढाएका विद्यार्थीहरु सांसद, प्रधानसेनापति, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरी महानिरीक्षक, मन्त्री आदि बनेका छन्। साथै मेरा विद्यार्थी शम्भुजित बाँस्कोटा, सन्तोष पन्त, राजेश हमालहरु नेपालका प्रतिष्ठित सेलेब्रिटी भएका छन्। कति डाक्टर, इन्जिनियर, पाइलट भए, कति नाम चलेका उद्योगपति भए। मैले स्कुललाई जति दिएँ, त्यसभन्दा बढी मैले पाएँ। 

विश्वविद्यालयमा चार दशकको व्यावसायिक यात्रा पार गर्दा मेरा विद्यार्थीको राष्ट्रव्यापी सञ्जाल नै बन्यो। अहिले उनीहरुले नओगटेका प्रायः ठाउँ छैनन्। तिनीहरु युरोप, अमेरिकाका प्राध्यापक मात्र बनेका छैनन्, प्रतिष्ठित उद्योगपति, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य, नेपाल राष्ट्र बैङ्कका गभर्नर, मुख्यसचिव, सचिव र राजदूत सबै भए। उनीहरु जतिजति जिम्मेवारीका उच्च पदमा पुगे, मैले नै ती पद पाएको हुँ कि जस्तो लाग्छ। 

अर्थशास्त्र विभागमा मेरो प्राध्यापन सन्तोषजनक नै थियो। मैले मिहिनेत पनि धेरै गरेको थिएँ। एक घण्टाको कक्षाको तयारी गर्न कम्तीमा पाँच घण्टा परिश्रम गर्थें। एक दिनमा तीन ओटा विषयसम्म पढाउनुपथ्र्यो। प्रथम वर्षका तीन सेक्सनमा सेक्सनैपिच्छे करिब ७५ जना नियमित विद्यार्थी हुन्थे। एउटै कुरा तीन सेक्सनमा पढाउँदा पहिलोमा उमङ्ग एवम् आत्मसन्तुष्टि उच्च हुने, दोस्रोमा उत्साह घट्ने र तर तेस्रो कक्षासम्म पुग्दा घाँटी बस्थ्यो। प्यास लाग्थ्यो। आफू थाकेकाले विद्यार्थीको अनुहार पनि थकित भएको हो कि जस्तो लाग्थ्यो। पढाउने रूचि नै मर्थ्याे। बलजफ्ती जिम्मेवारी पूरा गरिन्थ्यो। मैले प्रशासनलाई अनुरोध गरेर बडो मुस्किलले हप्तामा पहिलो कक्षा लिएको सेक्सनलाई अर्को हप्ताको अन्तिममा पर्ने गरी व्यवस्थापन गरें। आखिर यो व्यवस्थाले विद्यार्थीमाथि पनि न्याय हुन्थ्यो।

अन्तिम परीक्षाका बाबजुद त्यत्रो ठूलो सङ्ख्याका विद्यार्थीको उत्तरपुस्तिकाको आन्तरिक मूल्याङ्कन गरेर उनीहरुको प्राप्ताङ्क खुला रुपमा सबैको हातमा पर्ने गरी वितरण गर्नुपर्ने अर्को समस्या थियो। मुस्किलले १५ जना प्राध्यापकको समूह शोधपत्रको जिम्मेवारी लिएर करिब दुई सय जना विद्यार्थीको शोध निर्देशक भएर खटिनुपर्ने पनि थियो। यो व्यावहारिक थिएन। लाग्थ्यो, हामीलाई सास फेर्ने समय पनि छैन। तर विद्यार्थीको व्यवहार र उत्तरदायित्वबोधले गर्दा त्यति बेला समस्यासँग जुध्ने ऊर्जा मिलेको थियो। 

न्यून वातावरणीय प्रदूषण, डा. जाकिर हुसैन गार्डेन र कोरोनेसन गार्डेनका फूल, पात र बोटबिरूवाले थपेको सुन्दरता, हरियालीयुक्त वातावरण, त्रिविको विस्तारित क्षेत्रको लोभलाग्दो उचाइ, हिउँले टल्किएको उत्तरतिरको हिमशृङ्खलालगायतले विश्वविद्यालयमा समय बितेको पत्तो हुँदैनथ्यो। कोलम्बो प्लानअन्तर्गत कोलकाताबाट आएका प्रा. पिएन रायले कात्तिक–मङ्सिरतिर साँझ हिमाल हेर्दै अर्थशास्त्र विभागबाट बस स्टप र बस स्टपबाट अर्थशास्त्र विभागको फेरो लगाएको त्यो क्षण मलाई अहिले नै हो झैं लाग्छ। तर दुर्भाग्य, नेपालको प्राकृतिक सौन्दर्यसँग यसरी रमाएर, हामीले प्रकाशित गरेको आर्थिक जर्नललाई सम्पादनमा सघाएर, अर्थशास्त्रका शिक्षकहरुलाई आधुनिक विश्वमा प्रतिस्पर्धी गराउन गणितीय अर्थशास्त्रसमेत नियमित रुपमा अध्यापन गराएका विद्वान् प्राध्यापक अकस्मात् चित्त दुखाएर कोलकाता फर्किनुभयो। पछि बुझ्दा थाहा भयो- दरबारका एक जना सचिवकी बहिनी (जो परीक्षामा असफल भएकी थिइन्) लाई उत्तीर्ण नगराइदिएका कारण उहाँलाई त्रिवि प्रशासनबाट अपमानित गरिएछ। त्यो पीडा सहन नसकी उहाँले नेपाल छाड्नुभएको रहेछ।   

राजनीतिक माहोल बिस्तारै बिग्रँदै थियो। प्राध्यापकहरुले गर्ने हरेक क्रियाकलापको गोप्य प्रतिवेदन तयार पारिँदै छ भन्ने जानकारी हामीलाई थियो। सरकार किन यति कमजोर भएको होला ? कुनै आन्दोलन र विरोधसभा आयोजना पनि गरिएको थिएन। हामीले देख्दा विश्वविद्यालय शान्त थियो। तर भूमिगत रुपमा राजनीतिज्ञको चलखेल भएकै हुनुपर्छ। हामीले जे ठाने पनि सरकार भने अशान्त थियो। प्राज्ञिक समूहसँग उसको विश्वास र सम्बन्ध अप्रिय थियो। हामीसँग सरकारको व्यवहार जतिजति चिसिँदै जान्थ्यो, त्यति नै हामीबीचको सामूहिक ऐक्यबद्धता भने कसिँदै जान्थ्यो।  

राजनीतिक वातावरण झन्झन् जटिल हुँदै गयो। प्राज्ञिक थलोमा समेत सरकारले गिद्धे दृष्टि लाउन थाल्यो। अर्थविहीन, तर्कविहीन कारण देखाउँदै २०३२ सालमा त्रिविका केही प्राध्यापकलाई बर्खास्त गरियो। त्यति बेला गोरखापत्रमा बर्खास्त गरिएका प्राध्यापकको नामावलीमा साहना प्रधान पनि देखें। मलाई नरमाइलो लाग्यो। हामी कीर्तिपुरमा अर्थशास्त्र विभागमा एउटै कार्यकक्षमा मिलेर बसेका थियौं। उहाँ कीर्तिपुरमा रिसर्च स्कलर क्वार्टरमा बस्नुहुन्थ्यो। त्यसैले कहिलेकाहीँ सँगै चिया पिउन जाने गरेका थियौं। मैले नेपालमा कम्युनिस्ट आन्दोलन र पुष्पलालजीको राजनीतिक योगदान साहनाजीबाटै सुनेको हुँ। 

रत्नपार्क बसस्टप पुगेपछि कीर्तिपुरमा पदच्युत भएका र नभएका शिक्षकको जमघट हुने हल्ला सुनेका थियौं। म सीधै साहना प्रधानको आवासमा गएँ। म पुग्दा उहाँ व्यवस्थाको क्रूरताबाट अस्थिर भइराख्नुभएको रहेछ। मलाई देख्नेबित्तिकै परीक्षा नियन्त्रण कार्यालयबाट परीक्षण गर्न पठाइएका दुई बन्डल उत्तरपुस्तिका फतफताउँदै मतिर धकेलिदिनुभयो। त्यसलाई मैले स्वाभाविक किसिमले लिएँ। मैले पनि उहाँका केही कुरामा सहमति त जनाएँ। तर उहाँको अगाडि ज्ञानगुनका कुरा र राजनीतिक विश्लेषण गर्न सक्ने न त ममा साहस थियो, न सामर्थ्य नै।

हामीलाई सरकारले उसकै मापदण्डअनुसारको राष्ट्रिय पोसाक अनिवार्य गरिदिएको थियो। विशेष गरी गर्मीयाममा प्रत्येक दिन कक्षा लिन रत्नपार्कमा ६० जना अटाउने बसमा दुई सय जना कोचिएर त्रिवि जानुपर्थ्याे। विश्वविद्यालय आएपछि शौचालय, पुस्तकालय, क्याफेटेरिया छिर्दा, स्वास्थ्य केन्द्र जहाँसुकै जाँदा त्रिविले बनाएको फर्म्याटको फाराम भर्नुपथ्र्यो। बिहान १० देखि पाँच बजेसम्मको उर्दी थियो। निजी सवारीसाधन सबैसँग हुँदैनथ्यो। घर फर्कंदा प्रायः हिँडाइमै परिन्थ्यो। त्रिविका यस्ता आदेश र वातावरणले प्राध्यापकलाई सैनिक र प्रहरीको प्रवेश प्रशिक्षणमा रहेका विद्यार्थीसरह तुल्याएको प्रतीत हुन्थ्यो। पोसाक नलगाएको अथवा आफू गएका ठाउँ र गरेका कामको सूचना रिपोर्टिङ फाराममा उल्लेख नगर्नेले स्पष्टीकरण पनि दिनुपर्थ्याे। 

हामी हरेकको मनभित्र विविध पार्टीगत झुकाव थियो। तर पनि हाम्रो समूहका गतिविधि एकदलीय व्यवस्था जस्तो भावना थियो। यसले हामीलाई बलियो बनाएको थियो। र सुरक्षित पनि। मङ्गलसिद्धि मानन्धर, प्रेमरमण उप्रेती, देवेन्द्र क्षत्री, मुकुन्द अर्याललगायत साथी खुब मिल्थ्यौं। विश्वविद्यालयबाहिर पनि नियमित जमघट भइरहन्थ्यो। हामी सधैंजसो करिब ४०–४५ मिनेट क्याफेटेरियामा ज्ञानगुन, गीत, कला, सङ्गीत, राजनीति, विकास एवम् अन्य समसामयिक विषयमा छलफल गथ्र्यौं। एकअर्काको पोल खोलिदिने गथ्र्यौं। त्रिरत्नले जासुसी कथा लेख्थे। त्यो धेरैलाई थाहा थिएन। थाहा पनि कसरी होस्, उनी छद्मनाम “त्रिनामा”का नाममा त्यस्ता कथा प्रकाशन गर्थे। उनले एउटा पुस्तकलाई पुग्ने कथा तयार गरिसकेका थिए। एक दिन मैले त्यो कुरा साथीहरुसमक्ष सार्वजनिक गरिदिएँ। साथीहरु आश्चर्यमा परे। यसले गर्दा साथीहरुले उनलाई धेरै पछिसम्म पनि त्रिरत्नलाई त्रिनामा भनेर सम्बोधन गरिरहे। 

त्यस बेला मैले गीत लेख्न थालेको पनि चारपाँच वर्ष भइसकेको थियो। तर पनि यसबारे सबैलाई त्यति थाहा थिएन। एउटा गीत केही हप्तादेखि रेडियोमा गुन्जिइरहेको थियो। त्यो मैले नै लेखेको हुँ भन्ने धेरै साथीलाई थाहा थिएन। यो परिस्थितिजन्य गीत थियो। पृष्ठभूमि थाहा नपाएर गीत मात्रै सुन्दा त्यति प्रभावकारी नलागे पनि कुन सन्दर्भमा जन्मियो, त्यो बुझेपछि भने कम से कम हाम्रो समूहमा चाहिँ लोकप्रिय भएको थियो। त्यो गीतको मूल पात्र त्रिविकै एक जना महिला प्राध्यापक हुनुहुन्थ्यो। कुरामा कुरा चल्दा मैले लेखेको कुरा थाहा नपाएका साथीहरुलाई यथार्थ जानकारी दिएँ। जसले शब्दलाई अलि महत्व दिएर सुनेका थिए, तिनीहरुले यसको सन्दर्भ के हो भनेर सोधे। सुरूमा त मैले आनाकानी गरें। तर पछि उनीहरुलाई झन् बढी शङ्का र उत्सुकता भयो। धेरै कर गरेपछि केही नभन्न पनि मलाई अलि अप्ठ्यारो महसुस भयो। वास्तवमा मैले जसका लागि गीत रचेको थिएँ, त्यो दिन उनी हामीसँगै थिइन्। त्यसैले मेरो मौनता अलि बेर लम्बियो। जति मौन होइन्छ, अरुको उत्सुकता त्यति नै बढ्दै जान्छ। यो स्वाभाविक पनि हो। 

मैले रचना गर्नुको सन्दर्भ भन्न थालें-यो यस्तो अवस्थाको चित्रण हो, जहाँ दुवै पात्र उच्च आर्थिक अवस्था भएको, शिक्षित र शक्तिकेन्द्रको पनि अत्यन्त नजिक भएर चिनिएका परिवार हुन्। तर ती परिवारको स्तर, जुन प्रभाव र उनीहरुमा जुन नम्रशीलता थियो, पतिले बिहे गरेको एक हप्ताभित्र गरेको एकल निर्णयले यी कुरालाई पुष्टि गर्न सकेन। जीवन यात्राको लामो प्रयत्नपछिको स्थायी गाँठो एक हप्तापछि अकस्मात् खुकुलो हुन पुग्यो। 

बिहेको भोलिपल्ट न हासिल गर्न खोजेको निश्चित डिग्री, न त फर्किने निश्चित समय, सबै अधुरा सूचना छाडेर नवविवाहिता पत्नी छाडेर श्रीमान् पुनः स्तरीय प्रशिक्षण लिन बिदेसिन्छन्। पतिको अनुपस्थितिपछि पत्नीले अनुभव गरेको चोट कतिसम्मको र कस्तो प्रकृतिको थियो, त्यो आफ्नै ठाउँमा छ। तर साथीभाइ, माइती र छरछिमेकको सम्भावित प्रश्नको जवाफ उनीसँग थिएन। थोरै समयलाई जान लागेको जानकारी दिएर पतिले काठमाडौं छाडे। त्यो थोरै समय लामो भइसक्दा पनि सूचनाको अभाव रहिरह्यो। बिस्तारै अनगिन्ती प्रश्न गर्ने छरछिमेकले पनि बिर्सन लागे। आज, भोलि भन्दै महिनौं बिते। कसैलाई केही थाहा भएन। काठमाडौंमा विमानस्थल रातिमा बन्द हुन्थ्यो। रात्रि बस चल्न थालेको थिएन। साँझसम्म कोही घर आइपुगेन भने त्यो परिवारले कुरेको आगन्तुकको हवाई र स्थल दुवै मार्ग बन्द भइसकेका हुन्थे। मैले यही अवस्थालाई लक्ष्य गरी शब्द चयनमा साहित्यिक जटिलता पन्छाएर उनी कुन मानसिकताबाट गुज्रिरहेकी छन् भन्ने कुरा गीतमा समेटेको थिएँ। सङ्गीत शिवशङ्कर र स्वर मीरा राणाको थियो।

कति रात त्यसै सुस्केरामा भुल्छ, कति चोट त्यसै परेलीमा बग्छ 
जब आस पनि सन्ध्यासँगै ढल्छ, कति डाह यहाँ छातीभरि चल्छ

सपनीमा तिम्रो प्रतिबिम्ब चुम्दा, रातभरि मिलनमा यो छाती फुल्छ
बिहानीले परेलीमा छोइदिँदा त, मुटु नै सत्ते फुटेझैं लाग्छ।। 

मैले उनलाई चोर आँखाले के हेरेको थिएँ, भूमिका बाँध्ने बेलामै उनका आँखा रसाएको देखें। गीतकी पात्र उनै हुन् भनी सबैले अनुमान लगाइहाले। त्यति बेला अलि अप्ठ्यारो भयो। तर मेरो उद्देश्यले सही ठाउँमा सही मान्छेबीच निकास पायो। आफ्नाे बोझ पनि हल्का भएको अनुभव गरें। किनभने यो अवस्थाको जानकारी मैले जसबाट पाएको थिएँ, मैले उनलाई वचन दिएको थिएँ-म उनको चोटमा संवेदनशील भएर एउटा गीत रचना गर्छु। मैले रेडियो नेपालको विज्ञापन सेवामा अक्सर राति सुत्ने बेला बजाइदिन अनुरोध गरेबमोजिम दामोदर अधिकारीले धेरै पटक भूमिका बाँधेर प्रसारण गरिदिएका थिए। कहिलेकाहीँ आफ्नाे इच्छा पूरा गर्न 
कविता लेखिसक्दाको सन्तुष्टिभन्दा पनि अरुको पीडा कम गर्न केही सहयोगी भूमिका निर्वाह गर्दाको अवस्था बढी आनन्ददायी हुँदो रहेछ। 

त्रिभुवन विश्वविद्यालय हरेक दृष्टिले महङ्खवपूर्ण प्राज्ञिक थलो थियो। मैले नियुक्ति लिनुभन्दा दुई वर्षअघि २०२९ सालदेखि नै नयाँ शिक्षा सुरू भएको थियो। त्यसैले त्रिवि कलेजको नाम त्रिवि क्याम्पसमा परिवर्तन भएको थियो। यो क्याम्पस मानविकी, विज्ञान, शिक्षा, व्यवस्थापन सबै सङ्कायको केन्द्र थियो। केही विषयबाहेक यहाँ सबैजसो विषयमा स्नातकोत्तर तहको पढाइ एवम् विद्यावारिधि गराइन्थ्यो। 

यहाँका प्रशासनिक प्रमुख प्राध्यापकबाटै छानिन्थे। एकातिर सरकारको दबाब र अर्कोतिर विद्यार्थी युनियनको विरोधलाई आकलन गरेर प्रशासनिक निर्णय गर्नुपथ्र्यो। त्यसैले पनि प्रशासनको नेतृत्व अनुभवी व्यक्तिबाट मात्र सम्भव थियो। सिद्धान्त्ततः कीर्तिपुर क्याम्पसका प्रशासन प्रमुख विज्ञान सङ्कायका डिन हुन्थे। तर तत्कालीन डिन प्रा. डिआर. उप्रेतीले अन्य क्याम्पसको जिम्मेवारी सकेर सहायक डिन भई कीर्तिपुर आएका तोरणबहादुर कार्कीलाई डिनअन्तर्गतका सम्पूर्ण अधिकार प्रत्यायोजन गरिदिनुभएको थियो। डिनको कार्यालय कीर्तिपुरमै भएर पनि कार्की “डी फ्याक्टो” सहायक डिन हुनुभयो। अस्थायी रुपमा नयाँ प्राध्यापकको नियुक्ति गर्ने, बिदा स्वीकृत गर्ने, वैदेशिक भ्रमणका लागि मनोनयन आदि सबै जिम्मेवारी उहाँले नै पूरा गर्नुभएको थियो। मैले जुन परिप्रेक्ष्यमा त्रिविमा नियुक्ति लिएँ, त्यो जटिलता सम्झँदा कहाली लाग्छ। तर पछि तोरणजीको प्रशासनिक उदारता र समझदारीका कारण उहाँको सहयोगमा मेरै स्तरबाट मैले अर्थशास्त्र विभागमा दुईतीन जना प्राध्यापकको नियुक्तिमा सहयोग पुर्‍याएँ। किनभने तोरणजीलाई सहयोग गर्न त्रिविमा सबैभन्दा ठूलो र वरिष्ठ प्राध्यापकहरु कार्यरत मानविकी सङ्कायको प्रशासनिक प्रमुखको जिम्मेवारी मलाई सुम्पिएको थियो।  

तोरणजीलाई मैले उहाँ कीर्तिपुर आउनुअघि नै चिनेको हुँ। त्यसैले पनि हुन सक्छ, म उहाँसँग बिस्तारै नजिक हुँदै गएँ। कीर्तिपुरको हाम्रो समूहबाहेक अब तोरणजीका कारण म अर्को नयाँ समूहसँग पनि परिचित हुन पुगें। तोरणजीको आफ्नाे र काकाहरुको सगोलको एउटा घर नयाँ सडकमा पहिलेको अमेरिकन लाइब्रेरीसँगै थियो। घरको माथिल्लो तलामा तोरणजीको अफिस थियो। म कीर्तिपुरबाट उहाँसँगै बेलुका छ बजेतिर नयाँ सडक आइपुग्थें। उहाँको निजी ट्रेकिङ एजेन्सीको अफिस पनि थियो— नेपाल नेचर ट्रेक (एनएनटी)। झन्डै एक वर्ष त्यहाँ बसेर बिस्तारै हामीले मिलनबिन्दु बदल्यौं। नक्साल हात्तीसारमा एसबी सुब्बा र दीपक माथेमा कार्यरत युनाइटेड स्टेट्स एजुकेसनल फाउन्डेसन (युएसइएफ)को कार्यालयमा पुग्न थाल्यौं। त्यहाँ आउने मित्रहरुको सङ्ख्या बढ्दै गयो। फेरि त्यो कार्यालय हात्तीसारबाट ठमेल पुग्यो। हामी पनि त्यहीँ जान थाल्यौं। पुनः केही समयको अन्तरालपछि हामीले सबैलाई पायक पर्ने अर्को स्थान खोज्यौं। र सल्लाहअनुसार दरबारमार्ग पुग्यौं। त्यो ठाउँमा महेश राईको ब्रोडवे ट्राभल्स थियो। तोरणजीको ट्रेकिङ एजेन्सी पनि नयाँ सडकबाट त्यहीँ सरेको थियो। त्यसैले हामी सबैलाई भेला हुन पायक परेको थियो। 

प्रायः सबैजसो ठाउँमा आउनेहरुमा महेश राई, नारायणबहादुर विष्ट, अनुप शर्मा, रवि विष्ट, कमल चित्रकार, कमलमानसिंह प्रधान, भट्ट लेकाली, भीम मुखिया, केपी सुब्बा, देवेन्द्र राई, शम्भुजित बाँस्कोटा, वेद राई, दीपक खरेल, दीप श्रेष्ठ र मुकुन्द अर्याल हुनुहुन्थ्यो। हामी सजिलोका लागि कार्यालयमा भेला त हुन्थ्यौं। तर साँझको भेटघाटचाहिँ विभिन्न रेस्टुराँ र निजी अफिसमा गथ्र्यौं। वर्षमा एक पटक टेन्ट र क्याम्पिङका सामग्री लिएर काठमाडौंबाट केही पर नदी किनारामा टेन्ट गाडेर सङ्गीतमय साँझ मनाउँथ्यौं। यो सिलसिला धेरै वर्ष चल्यो। भीम मुखिया भारतीय बिमा कम्पनीमा नारायणगोपालकी श्रीमती पेमला गुरूवाचार्यसँगै काम गर्नुहुन्थ्यो। केपी सुब्बा, युएसएआइडीमा हुनुहुन्थ्यो। नारायणबहादुर विष्ट पुनर्वास कम्पनीका जनरल म्यानेजर, एसबी सुब्बा युएस एजुकेसनल फाउन्डेसनमा वरिष्ठ कार्यक्रम अधिकृत, रवि विष्ट वन सचिव हुनुहुन्थ्यो। उहाँहरु सबैको निधन भइसक्यो। सँगै बिताएका ती क्षणका तरङ्ग सम्झनामा बग्न थाल्छन्। यसले मलाई ज्यादै पीडा महसुस हुन्छ। 

कीर्तिपुरमा हाम्रो व्यवसायसँग मिल्ने एउटा समूह थियो। बाहिर भने विभिन्न पेसा अपनाएका हाम्रो अर्कै समूह थियो। तोरणजी, म र संस्कृतका प्राध्यापक मुकुन्द अर्याल दुवै समूहसँग उत्तिकै नजिक थियौं।  

साथीभाइसँगको सहकार्य रमाइलो लाग्ने हुनाले हामी “गाउँ फर्क” राष्ट्रिय अभियानअन्तर्गत आफ्नै क्याजुअल बिदा लिएर वर्षमा एक पटक स्वयम्सेवा गर्न कीर्तिपुर नयाँ बजारवरिपरि श्रमदान गर्न जान्थ्यौं। कहिले स्कुलको पर्खाल लगाउँथ्यौं, कहिले गाउँ पञ्चायतको कोठामा रङ लगाउँथ्यौं। हामी जेजे पाउँथ्यौं, त्यही गर्थ्याै। गाउँमा प्रधानपञ्चसँग अनुमति लिनुपर्ने भएकाले काम सकिएपछि पाँच रूपैयाँ तिरेर उनैसँग प्रमाणपत्र लिएर त्रिवि प्रशासनलाई बुझाउनुपथ्र्यो। श्रमदान गर्ने कुरा प्रशंसनीय हो। तर यो कार्यक्रम बिनासुझबुझ सञ्चालित थियो। कुन ठाउँमा कस्तो सेवा आवश्यक छ, स्थानीय मागअनुरुप हामीमध्ये कसलाई कस्तो किसिमको श्रमदानमा झुकाव छ, त्यसबारे प्रशिक्षण दिनुका साथै सेवाग्राहीसँग उनीहरुले प्रस्ताव गरेको उचित समयमा सेवा उपलब्ध गराउने तारतम्य मिलाउन सकेको भए त्यो बढी प्रभावकारी हुन्थ्यो। तर त्यसो भएन। 

काठमाडौंकै वातावरण प्रदूषित नभएको १९७० को दशकमा त्यस बेला कीर्तिपुर स्वर्ग जस्तै लाग्थ्यो। कोरोनेसन गार्डेनसँगै विद्यार्थीको क्लब थियो। त्यहाँ विभिन्न खेलकुदका लागि निर्मित भौतिक संरचना थिए। साङ्गीतिक कार्यक्रमका लागि वाद्यवादनको सुविधा पनि थियो। शिक्षक र विद्यार्थीको जमघट नियमित हुन्थ्यो। कक्षा सकिएपछि हामी केही शिक्षक नियमितजसो ब्याडमिन्टन र टेबल टेनिस खेल्थ्यौं। त्रिवि स्वास्थ्य केन्द्र व्यवस्थित थियो। बिक्री भण्डारमा आवश्यक कागज, कलम, मसी जस्ता लेखन सामग्रीका साथै खाजा खाने सानो रेस्टुराँ पनि थियो। अहिले सबै जस्तो स्थान र वस्तु अव्यवस्थित छन्। मुलुकको त्यत्रो पुरानो एवम् ऐतिहासिक प्राज्ञिक थलो, जसले उल्लेखनीय क्षेत्र ओगटेर बसेको छ। यो संस्था स्वशासित हुँदाहुँदै पनि त्यति बेला खासै उपलब्धिमूलक काम केही गर्न सकेको थिएन। तर पनि त्यस बेला यहाँ जुन किसिमको वातावरण थियो, प्रदूषणले जित्न नसकेको र प्रकृतिले दिएको सुन्दरताका कारण मानिस त्यसै त्यसै मोहित हुन्थे। तर अहिले त्रिवि पुग्दा मलाई पहिले जस्तो रमणीय अनुभव हुँदैन। 

हुन त सेमेस्टर प्रणाली लागू भइसकेपछि विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमिक रुपमा वृद्धि हुँदै गयो। र केही समयपपछि भेटघाटको नियमिततामा केही व्यवधान आयो। तर पनि सत्तरीको दशकको अन्तिमसम्म फ्याकल्टीबीचको भेटघाट, अतिरिक्त समयमा गरिने सामूहिक मनोरञ्जन, प्रत्येक विभागका साथीहरुबीचको ग्रुप सोलिडारिटी अर्थात् सामूहिक एकात्मकताको निरन्तरतामा खासै असर परेको थिएन। आफ्ना खास नजिकका शिक्षक साथीहरु कति बेला व्यस्त हुन्छन् र कति बेला फुर्सदमा हुन्छन् भन्ने थाहा हुन्थ्यो। त्यस बेला कुन विद्यार्थी, कुन विभागमा अध्ययनरत छन् भन्नेसमेत जानकारी हुन्थ्यो।

आफ्नाे विभाग जस्तै साथीभाइहरुका विभागमा पनि आवतजावत सामान्य थियो। सेमेस्टर प्रणालीअन्तर्गत कुल क्रेडिट आवरको केही भार अर्थशास्त्र विषयबाट पनि छान्न सकिने भएकाले अन्य विषयका विद्यार्थी पनि अर्थशास्त्रमा कक्षा लिन आइपुग्थे। हामीले पनि आफूसँग मिल्ने अरु सङ्कायका केही अंश पढाउने गरेकाले आफ्ना विद्यार्थीबाहेक अरुसँग पनि सम्पर्क हुन्थ्यो। यसबाट प्राध्यापक र विद्यार्थीबीच स्नेहपूर्ण सम्बन्ध कायम हुन्थ्यो। विद्यार्थी समूहबाट आयोजित कुनैकुनै कार्यक्रममा हुने सानातिना समस्या शिक्षक–विद्यार्थीको संयुक्त प्रयासले समाधान पनि हुन्थे। हिजोआज त्रिविमा यस्तो अवस्था होला जस्तो लाग्दैन। अहिले समस्या देखेपछि सबै पन्छिएको पाइन्छ। 

त्रिविमा आवश्यक भौतिक संरचना बनाई अध्ययनअध्यापनका लागि सांस्कृतिक, साहित्यिक, खेलकुद जस्ता सहयोगी कार्यक्रमको उचित व्यवस्थापन गर्नु आवश्यक छ। साथै स्तरीय चमेनागृह, स्नातकोत्तर स्तरमा उपयोगी पाठ्यपुस्तक र सन्दर्भ सामग्री उपलब्ध गराउन पुस्तक बिक्री केन्द्र, उपयुक्त हुने वस्तुहरुमा विश्वविद्यालयको लोगोसहितका लेखन सामग्री, कलम, चिया, कफी पिउने मग, टिसर्ट जस्ता सामग्री उपलब्ध गराई कम से कम दक्षिण एसियाका मुलुकसँग तुलना गर्न सकिने प्राज्ञिक वातावरण कायम गर्ने संरचना तयार गर्न सकियो भने कतिपय राजनीतिक समस्या धेरै हदसम्म न्यून हुन सक्छन्।

प्राज्ञिक केन्द्रमा राजनीतिक नियुक्तिबाट सुम्पिने नेतृत्व, कक्षा सञ्चालनमा अव्यवस्था र कमजोर व्यवस्थापन, शिक्षक नियुक्तिमा राजनीतीकरण हाबी भए विरोध एवम् आन्दोलन स्वाभाविक हुन्। त्रिविलाई स्टेट युनिभर्सिटी भनिदिए पनि हुन्छ। शुल्कको संरचनामा परिवर्तन गर्न नसके पनि सरकार र विश्वविद्यालयको साझेदारीमा भौतिक संरचना विस्तार गरी विद्यार्थीलाई न्यूनतम सुविधा उपलब्ध गराएर “युजर्स पे” अर्थात् प्रयोगकर्ताले तिर्ने प्रणाली लागू गर्ने कोसिस पनि गर्नु अत्यावश्यक भइसकेको छ। यसतर्फ सरोकारवालाको ध्यान जानु जरूरी छ। 

मेरो आशा विश्वविद्यालय विशिष्टताको केन्द्र बन्छ भन्ने थियो। साथै त्रिविमा निर्णय गर्ने सर्वाेच्च निकाय र प्राध्यापक, प्रशासक तथा विद्यार्थीबीच नटुट्ने गठबन्धन हुन्छ भन्नेमा आशावादी थिएँ। मेरो सपना विश्वविद्यालय सबैको मन जित्ने, विवादरहित, गैरराजनीतिक संस्था बन्छ भन्ने थियो। तर दुर्भाग्य, जवान भएर छिरें। त्यहीँ प्रौढ भएँ र ३९ वर्षको दौरान वृद्ध भएर निस्किएँ। आखिर केही पनि हुन सकेन। मैले केही पनि देख्न सकिनँ। 

प्याकुर्‍यालको पुस्तक ‘आफैंलाई खोज्दा’ बाट

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्