• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सिरहा कारागारमा खचाखच अवस्थामा कोरोना संक्रमित ५०७ कैदीबन्दी

निमित्त जेलर भन्छिन्-ठाउँ साँघुरो हुँदा भौतिक दूरी कायम गर्न सकिएन
64x64
निर्मला घिमिरे आइतबार, असोज ४, २०७७  १३:२३
1140x725

काठमाडौं-केही समयअघि चोरी तथा ज्यानमार्ने उद्योगअन्तर्गत अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राख्न सिरहा कारागारमा ४ जना नयाँ थुनुवा ल्याइयो। उनीहरुको पिसीआर परीक्षण गरिएको थियो। तर रिपोर्ट भने आइसकेको थिएन। 

कारागारमा उनीहरुलाई छुट्टै क्वारेन्टाइनमा राखियो। थुनामा राखिएको २ दिनपछि उनीहरुको पिसीआर रिपोर्ट पोजिटिभ देखियो। त्यसको केही दिनपछि अन्य केही कैदीबन्दीमा पनि ज्वरो देखिन थाल्यो। उनीहरुको पिसीआर परीक्षण गराउँदा कोरोना देखियो। 

शुक्रबारसम्म कारागारमा रहेका २ आश्रित बालबालिकासहित ५ सय ९९ कैदीबन्दीमध्ये ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कारागारमा कोरोना महामारी भयावह रुपमा फैलनुको कारण पुर्पक्षका लागि अदालतले पठाएका नयाँ थुनुवाहरु नै हुनसक्ने आशंका गरिएको छ। 

निमित्त जेलर बबिता महतोका अनुसार अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नयाँ थुनुवालाई कारागारभित्रै तयार गरिएको क्वारेन्टाइनमा छुट्टै राखिएको थियो। 

तर सरसफाइ गर्ने, खाना दिने, गेटमा ताल्चा लगाउने व्यक्तिहरुको एउटै समुहले कारागारको सबैतिर काम गर्ने क्रममा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको महतोले नेपाल लाईभलाई जानकारी दिइन्। 

‘छुट्टै राखेर व्यवस्थित गर्न खोजिएको थियो, तर त्यहाँ खाना दिने, सरसफाइ गर्ने मानिसहरुको एउटै टिमले सबैतिर काम गर्छन्। राति खुल्ला छाड्न भएन ताल्चा लगाउनु पर्‍यो, यही क्रममा कोरोना सरेको हुनसक्छ’, महतोले भनिन्। 

कारागारमा कोरोना संक्रमण भएका तथा नभएकाहरुलाई छुट्टाछुट्टै राखिए पनि ठाउँ साँघुरो हुँदा भौतिक दुरी कायम गर्न भने महतोको भनाइ छ। ‘कारागारको भीड आजको भोलि व्यवस्थापन गर्न सकिने अवस्था छैन, पुर्पक्षका लागि थुनामा रहेकालाई अन्यत्र पठाउने अवस्था नरहे पनि जेल चलान भइसकेका केहीलाई नजिकैका अन्य ठूला कारागारमा सिफ्ट गर्न सके केही सहज हुन्थ्यो कि भन्ने छ,’ उनले भनिन्।

Ncell 2
Ncell 2

यसका अलावा कारागारसँगै जोडिएको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा मजबुत आइसोलेसन बनाएर संक्रमितहरुको व्यवस्थापन गर्ने गरी प्रशासनसँग समन्वय गरेर काम अगाडि बढाइएको जिल्ला कारागारले जनाएको छ। 

के भन्छ प्रशासन?
जिल्ला प्रशासन कार्यालय  सिरहा तथा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेल आफैं हरेक दिन संक्रमितको सम्पर्कमा रहेको कार्यालयले जनाएको छ। 

संक्रमितहरुका लागि आवश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य टोलीसमेत खटाइएको प्रशासकीय अधिकृत चेतन अधिकारीले बताए। 

उनकाअनुसार कारागारसँगै जोडिएको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा ग्रिलसहितको आइसोलेसन बनाएर लक्षण देखिएका संक्रमित राख्ने तयारी भइरहेको छ। 

‘कैदीबन्दीलाई जथाभावी राख्ने कुरा आउँदैन। जसले गर्दा त्यो भवनमा ग्रिलहरु राखेर मजबुत तरिकाले आइसोलेसन बनाउने तयारी गरेका छौँ। अबको केही दिनमा नै हामीले २ वटा आइसीयु वार्ड पनि राख्छौँ’, उनले नेपाल लाईभसँग भने। 

आइतबारसम्म कारागारमा रहेका सबै संक्रमितहरुको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ। 

शनिबारसम्म कारागारमा रहेका २ बालबालिकासहित ५ सय ९९ कैदीबन्दी मध्ये ९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका छन् । हाल कारागारमा आमासँग आएका २ आश्रित बालबालिका र ५ सय ८८ कैदीबन्दी छन्। 

जसमध्ये कोरोना संक्रमण पुष्टि भएका ५०७ कैदीबन्दी मध्ये ७ जना निको भइसकेको निमित्त जेलर महतोले बताइन् । उनकाअनुसार संक्रमितमध्ये केहीमा सुरुको अवस्थामा ज्वरो देखिए पनि अहिले ज्वरो निको भइसकेको छ। केहीमा भने सामान्य रुघाखोकी देखिएको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग सोमबार, माघ १२, २०८२
इन्डोनेसियाको पश्चिम जाभामा भीषण पहिरो : २५ जनाको मृत्यु, ७२ बेपत्ता सोमबार, माघ १२, २०८२
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल सोमबार, माघ १२, २०८२
परराष्ट्र मन्त्री शर्मासँग गैरआवासीय नेपाली संघको भेट सोमबार, माघ १२, २०८२
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्