• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सिरहा कारागारमा खचाखच अवस्थामा कोरोना संक्रमित ५०७ कैदीबन्दी

निमित्त जेलर भन्छिन्-ठाउँ साँघुरो हुँदा भौतिक दूरी कायम गर्न सकिएन
64x64
निर्मला घिमिरे आइतबार, असोज ४, २०७७  १३:२३
1140x725

काठमाडौं-केही समयअघि चोरी तथा ज्यानमार्ने उद्योगअन्तर्गत अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राख्न सिरहा कारागारमा ४ जना नयाँ थुनुवा ल्याइयो। उनीहरुको पिसीआर परीक्षण गरिएको थियो। तर रिपोर्ट भने आइसकेको थिएन। 

कारागारमा उनीहरुलाई छुट्टै क्वारेन्टाइनमा राखियो। थुनामा राखिएको २ दिनपछि उनीहरुको पिसीआर रिपोर्ट पोजिटिभ देखियो। त्यसको केही दिनपछि अन्य केही कैदीबन्दीमा पनि ज्वरो देखिन थाल्यो। उनीहरुको पिसीआर परीक्षण गराउँदा कोरोना देखियो। 

शुक्रबारसम्म कारागारमा रहेका २ आश्रित बालबालिकासहित ५ सय ९९ कैदीबन्दीमध्ये ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कारागारमा कोरोना महामारी भयावह रुपमा फैलनुको कारण पुर्पक्षका लागि अदालतले पठाएका नयाँ थुनुवाहरु नै हुनसक्ने आशंका गरिएको छ। 

निमित्त जेलर बबिता महतोका अनुसार अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नयाँ थुनुवालाई कारागारभित्रै तयार गरिएको क्वारेन्टाइनमा छुट्टै राखिएको थियो। 

तर सरसफाइ गर्ने, खाना दिने, गेटमा ताल्चा लगाउने व्यक्तिहरुको एउटै समुहले कारागारको सबैतिर काम गर्ने क्रममा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको महतोले नेपाल लाईभलाई जानकारी दिइन्। 

‘छुट्टै राखेर व्यवस्थित गर्न खोजिएको थियो, तर त्यहाँ खाना दिने, सरसफाइ गर्ने मानिसहरुको एउटै टिमले सबैतिर काम गर्छन्। राति खुल्ला छाड्न भएन ताल्चा लगाउनु पर्‍यो, यही क्रममा कोरोना सरेको हुनसक्छ’, महतोले भनिन्। 

कारागारमा कोरोना संक्रमण भएका तथा नभएकाहरुलाई छुट्टाछुट्टै राखिए पनि ठाउँ साँघुरो हुँदा भौतिक दुरी कायम गर्न भने महतोको भनाइ छ। ‘कारागारको भीड आजको भोलि व्यवस्थापन गर्न सकिने अवस्था छैन, पुर्पक्षका लागि थुनामा रहेकालाई अन्यत्र पठाउने अवस्था नरहे पनि जेल चलान भइसकेका केहीलाई नजिकैका अन्य ठूला कारागारमा सिफ्ट गर्न सके केही सहज हुन्थ्यो कि भन्ने छ,’ उनले भनिन्।

nimb
nimb
Ncell 2
Ncell 2

यसका अलावा कारागारसँगै जोडिएको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा मजबुत आइसोलेसन बनाएर संक्रमितहरुको व्यवस्थापन गर्ने गरी प्रशासनसँग समन्वय गरेर काम अगाडि बढाइएको जिल्ला कारागारले जनाएको छ। 

के भन्छ प्रशासन?
जिल्ला प्रशासन कार्यालय  सिरहा तथा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेल आफैं हरेक दिन संक्रमितको सम्पर्कमा रहेको कार्यालयले जनाएको छ। 

संक्रमितहरुका लागि आवश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य टोलीसमेत खटाइएको प्रशासकीय अधिकृत चेतन अधिकारीले बताए। 

उनकाअनुसार कारागारसँगै जोडिएको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा ग्रिलसहितको आइसोलेसन बनाएर लक्षण देखिएका संक्रमित राख्ने तयारी भइरहेको छ। 

‘कैदीबन्दीलाई जथाभावी राख्ने कुरा आउँदैन। जसले गर्दा त्यो भवनमा ग्रिलहरु राखेर मजबुत तरिकाले आइसोलेसन बनाउने तयारी गरेका छौँ। अबको केही दिनमा नै हामीले २ वटा आइसीयु वार्ड पनि राख्छौँ’, उनले नेपाल लाईभसँग भने। 

आइतबारसम्म कारागारमा रहेका सबै संक्रमितहरुको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ। 

शनिबारसम्म कारागारमा रहेका २ बालबालिकासहित ५ सय ९९ कैदीबन्दी मध्ये ९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका छन् । हाल कारागारमा आमासँग आएका २ आश्रित बालबालिका र ५ सय ८८ कैदीबन्दी छन्। 

जसमध्ये कोरोना संक्रमण पुष्टि भएका ५०७ कैदीबन्दी मध्ये ७ जना निको भइसकेको निमित्त जेलर महतोले बताइन् । उनकाअनुसार संक्रमितमध्ये केहीमा सुरुको अवस्थामा ज्वरो देखिए पनि अहिले ज्वरो निको भइसकेको छ। केहीमा भने सामान्य रुघाखोकी देखिएको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत सोमबार, भदौ ८, २०८३
बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी सोमबार, भदौ ८, २०८३
प्रसाईँलाई घरबाहिर निस्कन नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश सोमबार, भदौ ८, २०८३
होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क उठाउने प्रस्ताव इरानी संसद्‌बाट स्वीकृति, अमेरिकाले के दियो प्रतिक्रिया? सोमबार, भदौ ८, २०८३
जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न रास्वपा सांसद बानुको माग सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्