काठमाडौं- नेपाल आइडल सिजन-३ का फस्ट रनरअप प्रवीण बेडुवालको आवाजमा ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक भएको छ। शास्त्रीय संगीतमा रहेर तयार गीतमा नरेन्द्र प्यासीको संगीत सुन्न सकिन्छ।
प्रेमिल शब्दले भरिएको गीतका शब्द नवीन नेपालले लेखेका हुन्। संगीतकार प्यासीले लामो समयको अन्तरालमा शास्त्रीय संगीतमा रहेर बेडुवालसँगको सहकार्यमा नयाँ गीत बजारमा ल्याउँन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।
‘फिल’ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कुमार महाराजको तबला, विनोदकुमार भुजेलको गितार र नगेन्द्र राईको बाँसुरी संयोजन गरेका छन्।
लिरिकल भिडियो मार्फत सार्वजनिक गीत नेपाल विशेषको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।