• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कुहिरोभित्र हराएको देश

सत्यराज जोशी बुधबार, असोज ७, २०७७  ०६:३०
1140x725

निरन्तरको बहुआयामिक गरिबी, अभाव, रोग, भोक र शोकको जर्जर नियतिभित्र बाँच्न विवश नेपाली पछिल्लो केही समययता विश्वव्यापी रूपमा फैलिएको कोरोना कहरको भुङ्ग्रोमा अर्धमुर्छित अवस्थामा छन्। ६ महिनाभन्दा बढी समय भइसक्यो, यहाँको नागरिकले जिउँदो रहनका लागि स्वतन्त्रतापूर्वक श्वास फेर्न नपाएको। 

स्वतन्त्रता! शाब्दिक अर्थमा भन्नुपर्दा दासत्त्व, बन्धन वा परिधिबाट मुक्त जीवन। स्वतन्त्रताको परिभाषा निरपेक्ष रूपमा यही र यत्ति नै हो भनेर सर्वस्वीकार्य व्याख्या गर्न आजका मितिसम्म त्यस्तो कुनै 'थ्योरी' वा 'इजम/प्याराडिजम' विकसित भइसकेको छैन। सबैको आ-आफ्नै बुझाई, भोगाई र अनुभूति हुनसक्छ। तैपनि मानिसहरू दमन, भेदभाव, शोषण, दासत्व अनि गरिबीबाट स्वतन्त्र हुन चाहन्छन्‌ र त्यसलाई सम्मान गर्नुपर्छ भन्ने आजसम्मको इतिहासले पुष्टि गरिसकेको छ। 

लिम्पियाधुरा, कालापानी, लिपुलेक सुगौली सन्धि (सन्, १८१६) भन्दा पहिलेदेखि नै नेपालको भोगाधिकारभित्र पर्ने नेपालकै भू-खण्ड हुन्। हाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले विभाजन गरेका ७ वटा राज्यमध्ये सुदूरपश्चिम राज्यअन्तर्गत दार्चुला जिल्लामा अवस्थित नक्सामा अङ्कित चुच्चे भाग गर्व गर्न नसकेको इतिहास र गौरवगाथा कोर्न नसकेको भूमि हो। आफ्नै परिचयविहीन एक विलुप्त धरातल भएको छ।

यो भूमिको आफ्नै सार्वभौम अस्तित्व र पहिचान हराएको धेरै भइसक्यो। यहाँको जीवन कसरी उदाउँछ र कसरी अस्ताउँछ त्यसको कुनै साहित्य भेटिन्न। तथापि, मृगमरिचिका पछि लाग्नेहरुको लागि केही समययता यो भूमी आफैंमा सुगन्धित मादक बनेको छ। हो, यो त्यही भूमी हो, जहाँ वैभवशाली मानव रागको लुप्त ग्रहणभित्र लुकेको निर्लज्जता आज हरेक नेपालीको अगाडि परिचयविहीन भएर ठिङ्ग उभिएको छ।

बेजोडको तुवाँलो लागेको छ यो भूमिमा। उत्तर-आधुनिक विनिर्माणवादी भाष्यहरुको थेगोअनुसार सत्य न त सेतो हुन्छ, न त कालो नै! बरु सत्य खैरो हुन्छ भनेझैं ठिक यस्तै खैरो रङ्गरूपी तुवाँलोभित्र बेस्सरी निसास्सिएको छ यहाँको जीवन। 

आजसम्मको लिखित सभ्यता भन्छ- मानिस विवेकशील प्राणी हो। उसमा चेतना छ, त्यसैले ऊ सर्वश्रेष्ठ छ। मानिसमा ज्ञान, बुद्धि र विवेक छ, त्यसैले ऊ ब्रह्माण्डमा अरु अस्तित्ववान प्राणीभन्दा भिन्न छ। मानव मानवअधिकार सहित बाँच्न चाहन्छ, त्यसैले त ऊ स्वभावैले अधिकारको खोजीमा छ। आज त्यही अधिकारको खोजीमा सारा विश्वका मानव समुदाय प्रचण्डकाय स्वरुपले लागिरहँदा यहाँ (अतिक्रमित भूभाग)को जीवन भने कयौं पुस्तादेखि अस्तित्वविहीन छ। 

इतिहास विनाको वर्तमान अपूरो हुन्छ। वर्तमान विनाको भविष्य त झन् अन्धकारमय हुन्छ भनिन्छ। नेपालको भूमिमा बिलाएका जीवनबारे केही ऐतिहासिक तथ्यहरु हरौं। इतिहासकार डा. जगतमान गुरुङका अनुसार सन् १८०६ तिर तत्कालीन अवस्थामा भारत अहिलेजस्तो एकीकृत स्वरुपमा नभई छिन्न-भिन्न अवस्थामा थियो भने त्यसबेला भारतमा मुसलमानी साम्राज्यको पतन भएर अङ्ग्रेजी इसाईमार्गीको साम्राज्य स्थापना हुन लागेको थियो। सोही समयमा त्यसको प्रभाव नेपाल सम्म पनि पर्न गयो र तत्कालीन नेपाल उपत्यकाका ४ वटा राज्यहरु कीर्तिपुर, भक्तपुर, कान्तिपुर र पाटनमा समेत केही इसाई पादरीहरू आएर बसिसकेका थिए। यो कुरा गोर्खाली निडर, राष्ट्रभक्त तथा वैदिक सनातनमार्गी स्वाभिमानी राजा पृथ्वीनारायण शाहलाई मन परेको थिएन।

मातृभूमिको रक्षा गर्ने अभिभारा स्वरूप बिसे नगर्चीको सल्लाहलाई गुरुमार्ग मानेर बाईसे तथा चौबिसे राज्यमा विभक्त रहेको तत्कालीन नेपाललाई पुनः एकीकरणको ऐतिहासिक चरणमा गोलबद्ध गर्ने जगको सुरुवात यिनै पृथ्वीनारायण शाहबाट भयो। 

Ncell 2
Ncell 2

इतिहासकार प्रा डा सुरेन्द्र केसीका अनुसार तत्कालीन समयमा दक्षिण एसियामा बढ्दै गएको अङ्ग्रेजको साम्राज्यवादलाई नेपालमा पस्न नदिने, नेपालको वैदिक सनातन धर्म- संस्कृतिको रक्षा गर्ने  र नेपालको स्वतन्त्र अस्तित्व कायम राखिरहने दुरदर्शिताकै कारण पृथ्वीनारायण शाहले नेपालको पुन: एकीकरण गर्ने अभियानको थालनी गरेका थिए। यो अभियानको क्रममा नेपालको पूर्वपट्टिको क्षेत्रमा पाएको उल्लेख्य सफलताले उत्साहित बनेका उनी पश्चिमतर्फका राज्यहरु एकीकरण गर्नुपर्यो भनी रणनीति बनाउन नुवाकोट पुगेका बेला अकस्मात् बाघको आक्रमणमा परी वि.सं. १८३१ माघ १ गते रहस्यमय तरिकाले उनको मृत्यु भएको भन्ने तथ्यहरु ऐतिहासिक लिखतहरूले देखाउँछन्। तरपनि, नेपाल एकीकरणको अभियान भने रोकिएको थिएन। 

उनको मृत्युपश्चात् पनि भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरको सामूहिक नेतृत्व तथा अदम्य साहस र पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको राष्ट्र निर्माण प्रतिको निस्वार्थ भावना एवम् त्यागका कारण नेपालको सीमाना पूर्वमा टिस्टा (हाल भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा अवस्थित) नदी र पश्चिमको सतलज नदी पारी काँगडा (हाल भारतको हिमाचल प्रदेशमा अवस्थित एक जिल्ला) सम्म विस्तार हुनपुग्यो।

सुगौली सन्धिको पृष्ठभूमिबारे
सन् १८०६ मा गोर्खा फौज र काँगडा राज्य बिच लडाइँ सुरु भएको थियो। गोर्खा फौजसँगको हारपछि तत्कालीन काँगडाका राजा संसार चन्द ज्यान जोगाउन किसानको भेष धारण गर्दै गोर्खाली फौजलाई झुक्याएर पन्जाबी राजा रणजीत सिंहकोमा शरण लिन पुगे। त्यसपछि लगभग सन् १८०६ देखि १८०९ सम्म गरेर ३ वर्ष ४ महिनाभन्दा बढी गोर्खा फौजले काँगडामा नेपालको झण्डा गाडेको थियो। 

गोर्खा फौजले काँगडामा विजय त प्राप्त गर्यो तर त्यहाँका राजा संसार चन्द भागेर पन्जाब पुगेको हुँदा तत्कालीन गोर्खा फौजले उनको रणनीतिलाई समयमै बुझ्न सकेन। परिवर्तित समयअनुसार आफ्नो रणनीतिलाई थप मजबुत गर्न नसक्दा पन्जाबी राजा रणजीत सिंह र काँगडाका निर्वासित राजा संसार चन्द मिलेर गोर्खा फौजमाथि सन् १८०९ मा पुनः संयुक्त आक्रमण गरे। सो लडाइँमा सतलज पश्चिमपट्टिको भागमा नेपाली फौजको पूर्ण पकड भइनसकेको अवस्था थियो। पन्जाबी राजा रणजीत सिंहलाई अङ्ग्रेजहरुको समेत साथ रहनु, काँगडाका तत्कालीन राजा संसार चन्दले निर्माण गरेको शक्तिशाली रहस्यमय किल्लालाई गोर्खा फौजले भेद गर्न नसक्नु जस्ता कारणहरुले गर्दा यो युद्धमा नेपालको पहिलो हार हुन पुग्यो। परिणामस्वरूप नेपालले सतलज पूर्वको केही भाग गुमाउनु पर्यो। तथापि, नेपालले औपचारिक रूपमा त्यहाँ कुनै सन्धि-सम्झौता गरेको इतिहास भने भेटिन्न। 

सोही समय, उता दक्षिणी भारतको मद्रास (चेन्नई), बम्बई (मुम्बई) र कलकत्ता (कोलकाता)लगायत तत्कालीन भारतका अधिकांश राज्यहरु बेलायती फौजले 'ईष्ट ईन्डिया कम्पनी' को नाममा कब्जा गरिसकेको थियो। अर्कोतर्फ, फ्रान्सेले हालको भारतका महे, पोन्डिचेरी र चन्द्रनगर कब्जा गरेको थियो।

मराठा, राजपूत, सिख लगायतका भागमा कब्जा गरेपछि उनीहरुले तिब्बतसम्मको व्यापार प्रयोजनका लागि सन् १८१४ नोभेम्बर १४ का दिन एकैपटक १० ठाउँ (मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउँ, नाहन, जैथक, मलाउँ, देउथल तथा नालापानी)बाट अंग्रेजले नेपालमाथि भीषण आक्रमण सुरु गरे।

यसैबीच गोर्खा फौजसँगको युद्धमा पूर्वपट्टि टिस्टाको भूभाग जित्न आफूलाई सहयोग गरे तत्कालीन सिक्किमलाई व्यापारमा सघाउने र सिक्किममाथि अङ्ग्रेजहरुले आक्रमण समेत नगर्ने सर्तमा सन् १८१४ डिसेम्बर ५ मा अङ्ग्रेज र सिक्किमबीच सन्धि भयो। फलस्वरूप उक्त लडाइँमा सिक्किमले अङ्ग्रेजलाई सहयोग गरेको इतिहासमा पढ्न पाइन्छ। 

गजराज मिश्र र चन्द्रसेखर उपाध्यायका कारणले मात्र तत्कालीन नेपाली राजा मन नपरीनपरी सुगौली सन्धि मान्न विवश भएका हुन् भन्ने तथ्य आज पनि इतिहासमा भेटिन्छन्।

यसैगरी, अङ्ग्रेजले तत्कालीन मगध राज्य (हाल भारतको विहार राज्य)सँग गोर्खा राज्यविरुद्धको लडाइँमा सहयोग गरेमा २ करोड भारु दिने भनी सन् १८१४ डिसेम्बरमा पटनामा अर्को एक छुट्टै सन्धि गर्‍यो। ठिक त्यही बेला गोर्खा फौजको तर्फबाट पश्चिम पट्टी सतलजको मोर्चा सम्हालिरहेका बमबहादुर शाह भन्ने एक जना नेपाली सैनिक कमान्डरले रहस्यमय रूपमा अङ्ग्रेज समक्ष आत्मसमर्पण गरे। नेपाल चारैतिरबाट घेराबन्दीमा पर्‍यो। तथापि, यो बेलासम्म पनि नेपाली फौजले कुनै सन्धि-सम्झौता गरेको थिएन। 

यही बिच २ डिसेम्बर १८१५ मा अङ्ग्रेजका तर्फबाट प्रस्तावित सन्धिका रुपमा सुगौली सन्धि तयार पारी गोर्खा फौजलाई पठाइयो। तर, तत्कालीन नेपाली राजा गिर्वाणयुद्धले त्यो सन्धि अनुमोदन गर्न मानेनन्। जबकि त्यो सन्धिको बुँदा नं. ९ मा नेपालका राजाले १५ दिनभित्र सही गरिसक्नु पर्ने प्रावधान थियो।

इतिहासको निष्पक्ष र सही व्याख्या गर्नुपर्छ भन्ने मेरो मत हो। यसो गरेमा मात्र सभ्यता जोगिन्छ। सभ्यता जोगिएमा मात्र जीवनको सुरक्षा हुन्छ। नागरिकको जीवनको सुरक्षा भएमा स्वत: राष्ट्र/राष्ट्रियता बलियो हुन्छ। यसै सन्दर्भमा स्मरण रहोस्; तत्कालीन २ फिरङ्गी चरित्र बोक्ने पात्रहरु गजराज मिश्र र चन्द्रसेखर उपाध्यायका कारणले मात्र तत्कालीन नेपाली राजा मन नपरीनपरी सुगौली सन्धि मान्न विवश भएका हुन् भन्ने तथ्यहरु आज पनि इतिहासमा भेटिन्छन्।

यसरी हेर्दा यहाँ के देखिन्छ भने सुगौली सन्धि नेपालका राजा र नेपाली जनताले चाहेर वा पूर्ण रुपमा लडाई हारेर भएको सम्झौता भने थिएन, होइन। यहाँ बुझ्नैपर्ने कुरो के छ भने तत्कालीन श्री ५ गिर्वाणयुद्ध वीर विक्रम शाह सो सन्धिका बखत जम्मा १८ वर्षको किशोर राजा थिए भने शक्तिशाली प्रधानमन्त्री भीमसेन थापाले पनि उक्त सन्धीमा हस्ताक्षर गर्न इन्कार गरेका थिए। 

सो सन्धि तत्कालीन ईस्ट ईन्डिया कम्पनीले नेपालका राजालाई १५ दिनभित्र अनुमोदन गर्न पठाएको भएतापनि राजा गिर्वाणयुद्ध र प्रधानमन्त्री भिमसेन थापाले अनुमोदन गर्न मानेनन्। बरु फरक सन्धिसहित नेपालको दूतका रुपमा अङ्ग्रेज फौज समक्ष पठाएका थिए। तर विडम्बना, सो सन्धिमा नेपालको पक्षबाट फरक मत जनाउन राजदरबारको सन्देश लिएर गएका तत्कालीन राजगुरु चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले अनाधिकृत रूपमा हस्ताक्षर गर्दै गम्भीर राष्ट्रघात गरी मकवानपुरको छाउनी भन्ने ठाउँमा अङ्ग्रेजहरुसँग एकाएक सो सन्धिमा हस्ताक्षर गरेका थिए। जसको परिणामस्वरूप ४ मार्च १८१६ का दिन ईस्ट ईन्डिया कम्पनीले एकोहोरो रूपमा सो सन्धि लागू भएको घोषणा गरेको थियो।

सन्धि गरेको ८ महिना पछि राजा गिर्वाणयुद्ध विक्रम शाहको 'स्मलपक्स' नामको रोग बाट मृत्यु भएको भनिएको थियो। जुन आफैंमा अकल्पनीय मृत्यु थियो। गिर्वाणयुद्ध विक्रम शाहको मृत्यु पछि २० नोभेम्बर १८१६ मा राजेन्द्र विक्रम शाह ३ वर्षको उमेरमै नेपालको राजा घोषणा गरिए। उनी राजा भएको १८औं दिन अर्थात ८ डिसेम्बर १८१६ मा सुगौली सन्धिबारे नेपालको आधिकारिक धारणासहित ८ बुँदे फरक मत पुनः राख्दै सो सन्धिको पक्षमा नेपाली राजाको समर्थन नरहेको पत्र तत्कालीन ईस्ट इन्डिया कम्पनीलाई पठाएका थिए। उनी ३ वर्षकै नाबालक राजा भएकाले उनको नायवीको रुपमा तत्कालीन बडामहारानी राज्यलक्ष्मी देवी शाहले राजकाज सम्हालेकी थिइन्। तर, राजकाज उनको हातमा भएपनि उक्त सन्धिमा श्री ५ बडामुहारानी राज्यलक्ष्मीको प्रत्यक्ष रूपमा कहिँकतै संलग्नता भने देखिन्न।

एङ्गलो-नेपाल युद्ध (सन् १८१४-१६) नेपालले अङ्ग्रेजसँग हारेको नभई कपटपूर्ण सन्धिबाट टुङ्गिएको थियो। पछि नेपालले संयुक्त राष्ट्रसंघको सदस्य हुन निवेदन दिँदा तत्कालीन सोभियत संघ, युक्रेनलगाएतका देशहरुले असहमति जनाई नेपाल स्वतन्त्र राष्ट्र होइन भन्ने मत राख्दा नेपालले स्वतन्त्र/सार्वभौम राष्ट्रको सबूत स्वरुप यही सन्धिलाई प्रमाणको रूपमा अगाडि सारेको देखिन्छ। 

बाइसे तथा चौबिसे राज्यमा विभक्त रहेको तत्कालीन नेपालमा राष्ट्र-निर्माणको जगनिर्माण गर्ने काम पृथ्वीनारायण शाहले गरेता पनि उनको मृत्यु पश्चात् राजमाता राजेन्द्रलक्ष्मी, छोरा बहादुर शाह, राज्यलक्ष्मी हुँदै मुख्तियार भीमसेन थापा सम्मले यो अभियानलाई अगाडि बढाएका थिए। वि.सं. १८१६ सालमा सुगौलीको सन्धि नहुन्जेलसम्म ७२ वर्षसम्म चलेको थियो। र, यसरी हेर्दा नेपाल एकीकरण अभियानको पूर्णविराम चाहिँ पृथ्वीनारायण शाहका पनाती राजा गिर्वाणयुद्ध वीर विक्रम शाहका पालामा भएको नेपाल अङ्ग्रेज युद्ध (सन् १८१४-१६) पछि हुन पुग्यो।

आधुनिक नेपालको नियति
जङ्गबहादुरले सन् १८५७ मा लखनउ विद्रोह दबाउन अङ्ग्रेजलाई सहायता गरेपछि फिर्ता भएको राप्तीदेखि महाकालीसम्मको तराई (हालको बाँके, बर्दीया, कैलाली कञ्चनपुर) को भूभाग लाई छोड्ने हो भने अहिलेको आधुनिक नेपालको भूगोल त्यही १८१६ को सन्धि पश्चातको हो। 

आफ्नो इतिहासलाई मर्न दिनु भनेको आफैं मरेतुल्य हुनु हो। आफ्नै अस्तित्वको विखण्डन गर्नु हो। त्यसैले त भनिन्छ; कुनै पनि राज्यको जीवनरेखा भनेकै त्यो देशको इतिहास/ सभ्यता निर्धारण गरेको गोरेटो हो। त्यो देशले अवलम्बन गरेको मौलिकता सहितको जीवनपद्धति हो। दुर्भाग्यवश भनौं वा नियतिवश; आज हामी इतिहासको ठिक त्यही संघारमा छौं। जहाँ हामी आफ्नै गौरवगाथा भुल्दै अस्तित्व विघटनको त्रासदीपूर्ण धुमिल भविष्य उन्मुख नियति झेल्न विवश छौं। आज देशको समग्र अवस्था नै कुहिरो भित्रको काग जस्तो भएको छ। आफ्नै गर्विलो इतिहासको यशस्वी ओजबाट नेपालीपनको परिचय/पहिचान कायम राखिराख्न आज हरेक नेपाली जनलाई ठूलै सकस परिरहेको अवस्था अब लुकाएर लुक्ने विषय रहेन। 

अझ नियति त झन् यो भन्दा पनि पर पुगिसकेको छ। लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायत क्षेत्रमा बसोबास गर्ने जनताको नियति आज जुन अवस्थामा छ त्यसको अनुभूति गर्ने र त्यो अस्तित्वहिन नियतिको परिचय खोज्ने चरित्र र पात्रता अहिलेको नेपाली राजनीतिको राजधर्म भित्र भेटिन्न। निरपेक्ष भएर तथ्यांक हेर्दा हुन्छ; आधुनिक नेपाल राज्य (भूगोल) निर्माणको क्रममा भन्दा कयौं गुणा बढी कथित क्रान्ति वा परिवर्तनको नाममा भएका पटकपटकका आन्दोलनहरुमा भौतिक रुपमै नेपाली जनताले आफ्नो जीवन उत्सर्ग गरेका छन्। पछिल्लो १७ हजारको बलिदानीबाट सिर्जित हिंसाका डोबहरु समाजमा आजपनि यत्रतत्र छन्। 

हाम्रो राज्यको भू-धरातलीय अवस्थिति र यसको ऐतिहासिक महत्त्वका कारण पनि हामी जानअन्जानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थको बारम्बार सिकार हुनपुग्यौं।

तर, नियति न हो, हाम्रो भूमि कब्जा गरेर बसेको राष्ट्र भारतमा बसेर १७ हजार सोझासाझा नेपालीहरुलाई गृहयुद्धको नाममा शुली चढाउने अहिलेको मूल नेतृत्वले आधुनिक नेपालको धरातल निर्माता पृथ्वीनारायण शाहको निर्जीव सालिक तोडफोड गर्ने सुरु गरे। बरु त्यो ठाउँमा कार्ल मार्क्स र छिमेकी राष्ट्र तिब्बत विलयका नायक माओ, गान्धी र अब्राहम लिंकनका फोटोलाई स्थापित गर्न आज पनि प्रयासरत छन्। आफ्नै भू-धरातल निर्माताको जन्म नै आज यो समाजको लागि सामन्ती बन्छ भने राष्ट्रको जीवनका लागि त्यो भन्दा ठूलो अभिशाप के नै होला र? 

यो इतिहासको मूल्यांकन गर्ने कुन राजनीतिशास्त्रद्वारा निर्देशित सिद्धान्त हो, त्यो तिनीहरुलाई नै जानुन्। तिनले स्थापित गर्न खोजेका वा आदर्श मान्दै आएका पात्रहरुको नेपाली माटोमा के-कति योगदान छ त्यो पनि तिनीहरु नै जानुन्। तर, दिनप्रतिदिन मौलाउँदै गएको भू-धरातलीय परिवेश तथा यसले अवलम्बन गरेको राज्य चरित्र तथा शासकीय मनोवृत्ति आज आएर केवल पृथ्वीनारायण शाहको निर्जीव सालिक तोडफोडसम्म मात्र सिमित देखिन्न। बरु, हाम्रो इतिहासद्वारा स्थापित सबै मूल्य-मान्यता, जीवन दर्शन, धर्म-संस्कृति, सभ्यता तथा जीवनपद्धति आज एकपछि अर्को गरी अवसानको संघार नजिक पुगिसकेका छन्। 

यति हुँदासम्म पनि दुर्भाग्य नै मान्नुपर्छ; विगत २००७ सालदेखि आजका दिनसम्म दलले राष्ट्रनिर्माणको मुद्दा बोकेनन्, बरु राज्य विनिर्माणको मुद्दा सधैं उचालिरहे। १९औं शताब्दीको उत्तरार्धतिर जब पाश्चात्य दार्शनिक फ्रेडरिक नित्सेले कार्ल मार्क्स, हेगेल र डार्विन निर्देशित विकासवादी सिद्वान्तको कटु आलोचना गर्दै बर्लिनका गल्ली-गल्लीहरुमा ईश्वर कहाँ छ(?) भनी दिउँसै लाल्टिन बालेर ईश्वर खोज्न थाले। तब तिनै नित्सेलाई सारा युरोप मिलेर पागलको संज्ञा दिए । स्मरण राहोस्; त्यो बेला बर्लिन र पेरिस मात्र होइन, सारा युरोप नै कार्ल मार्क्सको देवत्वकरणमा लागेको थियो। उता अमेरिका डार्विनको 'बल, बुद्धि र विवेक हुने नै यो संसारमा बाँच्न योग्य छ'को सिद्वान्तलाई आफ्नो मूल राज्य-दर्शन मान्दै अगाडि बढिरहेको थियो। हो यहीँदेखि सुरु भयो विनिर्माणको अहिलेको युग र उदय भयो 'इन्टरनेस्नालिजम' भाष्यहरुको युग। उर्फ, सिमाविहीन आधुनिक साम्राज्यको युग। 

नेपालमा पनि तिनै 'इन्टरनेस्नालिजम/डिकन्स्ट्रक्ट द नेस्नल बाउन्ड्री' भाष्यका अनुयायीहरुको प्रचण्ड-प्रतापी जनमतसहितको शासनसत्ता छ। तर, यो मार्गको सबैभन्दा सज्जन अनुयायी र सशक्त प्रयोगकर्ता हिटलरको उदयको परिणाम र प्रतिफल स्वयं जर्मनीका लागी कति पिडायोग्य रह्यो। त्यो मार्गबाट प्राप्त हुने अन्तिम प्रतिफल के हो भन्ने कुरा निष्पक्ष भएर हाम्रो आन्तरिक परिवेश भित्र कहिँकतै लेखाजोखा गरेको भेटिन्न। बरु, झन् यहाँ बिगत ७० बर्षदेखि जानीबुझी त्यही दर्शनलाई राज्यको मूल नीतिका रुपमा जबरजस्ती प्रचलनमा ल्याउन खोजियो। परिणामस्वरुप आज देशको नियति तपाई हाम्रो सामु छ।

आधुनिक राजनीतिशास्त्रको भाषामा भन्दा राज्य भन्नाले समुदायको त्यस्तो वैधानिक स्वरुप हो, जहाँ स्थायी जनसङख्या, निश्चित भूभाग, सरकार र बाह्य जगतसँग सम्बन्ध राख्ने गुणहरु त्यहाँको सत्तासँग सार्वभौम रूपमा रहेको हुन्छ। जब कुनै पनि राज्य आफ्नो आन्तरिक मामलामा सार्वभौम हुन्छ, तब मात्र त्यो देशको अस्मिताको सुरक्षा हुन सक्छ र राष्ट्र निर्माणको डोरी बलियो हुन् जान्छ। तर बिडम्बना नै भन्नुपर्छ, अहिले हाम्रो देशमा राष्ट्रनिर्माणसम्बन्धी शासकीय मनोविज्ञान र त्यसले अँगालेको परिभाषा, प्रचलन, बुझाई, व्यवहार र गोरेटो कुइरोभित्र हराएको कागको नियति जस्तै भएको छ। 

यहाँ न त जनताको शासकीय शक्तिप्रति विश्वास एवम् सन्तुष्टि नै छ, न त शासकको जनताप्रति पारदर्शी एवम् जनउत्तरदायी व्यवहार नै! यो भन्दा पनि बिडम्वनापुर्ण भू-धरातलीय वास्तविक त झन् के छ भने हाम्रो राज्यमा निहित त्यो वैधानिक शक्ति र सत्ताको वास्तविक प्रयोग कसले र कसरी गरिरहेका छन् भन्ने गाँठ्ठी प्रश्नको चुरो उत्तर नेपाली जनताले अझैसम्म ठम्याउन सकेका छैनन्। सुन्दा यो विषय जति खल्लो, अप्रिय र प्रतिगामी लाग्छ, त्यो भन्दा निर्मम रूपमा हरेक नेपाली जनमनमा 'घनचक्कर' भएर मडारिरहेको अहिलेको सबभन्दा निरुत्तरित प्रश्न हो यो। 

हामी देशविदेशी स्वार्थहरुको ककपिट बन्दै गयो। त्यसको लागि उपयुक्त खेलमैदान बनाउने भूमिका र 'स्पेस' हामी आफैंले निर्माण गरिदियौं।

१५ वर्षअघि गृहयुद्धको नाममा नेपाली जनतालाई दिग्भ्रमित पार्दै हामीलाई शासनको अधिकार देऊ हामी राष्ट्र निर्माणको नयाँ मोडलका रुपमा तिमीलाई सिंगापुर, स्विजरल्याण्ड जस्तै समृद्ध मुलक दिन्छौं भनेर दिग्भ्रमित पारिएको नेपाली मन आज १२ बर्ष पुग्दा-नपुग्दै कुइरो भित्र हराएको कागजस्तै आफ्नै भूमि खोज्दै हिड्नु परेको छ। सायद त्यही घनचक्करको उपज हो भन्दा फरक नपर्ला। यति मात्र होइन, आज आफ्नै देशको सिमारेखा साँघुरिदै गर्दा पनि देश आवाजविहीन र खण्डित हुनु जतिको राष्ट्रिय लज्जा अरु के नै हुन सक्छ र?

किन यस्तो अवस्था सिर्जना भयो त? एउटै उत्तर छ; हामीले हाम्रो राष्ट्र निर्माणको डोरी बलियो ढंगले बाध्न सकेनौं। मौलिक भाषा, धर्म, संस्कृति र जीवनपद्धतिको जगेर्ना गर्न सकेनौँ। फलस्वरूप हामी देशविदेशी स्वार्थहरुको 'ककपिट' बन्दै गयो। त्यसको लागि उपयुक्त खेलमैदान बनाउने भूमिका र 'स्पेस' हामी आफैंले निर्माण गरिदियौं। हाम्रा राष्ट्र निर्माणका अनेक प्रयासहरु कतै न कतै बाह्य हस्तक्षेपको प्रभाव, प्रलोभन र दबाबमा परेरै असफल भएको कटुसत्य अब कसैले लुकाएर लुक्ने विषय रहेन। हाम्रो राज्यको भू-धरातलीय अवस्थिति र यसको ऐतिहासिक महत्त्वका कारण पनि हामी जानअन्जानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थको बारम्बार सिकार हुनपुग्यौं।

यसक्रममा हामीले पुर्खाको योगदान कदर गर्न सकेनौं। आफ्नै राष्ट्रिय सक्षमताको समेत पहिचान गर्न सकेनौं। यो हाम्रालाई ठूलो आत्मघाती कदम भएको छ।इतिहासदेखि नै हामी सानो र कमजोर मुलुक थिएनौं भन्ने कुरा हामीले जानीनजानी बिर्सिएका छौं। वर्तमान विश्वमा अस्तित्वमा रहेका लगभग २०६ मुलुकहरूमध्ये हामी भूगोलको हिसाबले ९३औं ठूलो मुलुक हौं। जनसंख्याको हिसाबले ४८औं ठूलो मुलकमा पर्दछौं भन्ने सामान्य सत्यलाई समेत ग्रहण गर्न सकेनौं।

हामीभन्दा सबै हिसाबले कमजोर मुलुकहरू आज समृद्ध भइसकेका छौं। उनीहरूबाट पाठ सिकेर राष्ट्र निर्माणको अभियानमा हामीले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्न सकेनौं भने कुइरोभित्र धुमिल हुँदै गएको वर्तमान नियतिमा सन्निकट भविष्यमै पूरै ग्रहण नलाग्ला भन्न सकिन्न।  

अन्त्यमा, माथिका यी र यस्तै परिवेशबीच बाक्लिएको तुवाँलो भित्र दिनप्रतिदिन देशको अस्मिता झन्झन् विस्मृत हुँदै गर्दा भविष्यले यसको निदान खोज्ला वा नखोज्ला यसै भन्न सकिन्न। यही भूमिको अस्तित्व रक्षाका लागि बगेको रगत/पसिना पुन: वाष्फीकरण भएर यो तुवाँलो आफै फाट्ला वा गतिशील ब्रह्माण्डीय पञ्चभूत तत्व मध्ये एक अग्नि (उर्जाको प्रतिक) को रापले नेपाली धैर्यताको सौम्य पग्लिएर फेरि एकपटक यही भूमिमा ज्वाजल्यवान गौरवगाथासहितको प्रकाश देखिएला वा नदेखिएला त्यो पनि भन्न सकिन्न। तर पनि, सूर्यलाई हत्केलाले छेक्ने प्रयास निरन्तर भैरहनेछ भन्ने आँकलन गर्न गाह्रो छैन। उही निरन्तरता भित्रको क्रमभङ्गता शैलीमा भइरहने छ। उही 'डिकस्ट्रक्ट द नेस्नल बाउन्ड्री' भाकामा।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्