काठमाडौं– बैदेशिक रोजगारीका लागि कतार पुगेर फर्किएका एक युवकको नेपाल फर्किएको भोलीपल्टै रहस्यमय ढंगले मृत्यु भएको छ। कपिलबस्तु तौलिहवाका २१ वर्षिय युवरात भरतको शुक्रबार बेलुका मृत्यु भएको हो।
टोखास्थित दिदी बबिता श्रीमतको घरमा बसेकोमा उनी कोठामै मृत भेटिएका हुन्। उनको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भरत बिहिबार मात्र कतारबाट फर्किएका थिए।
त्यस्तै तारकेश्वर नगरपालिका–११ नेपालटार बस्ने ५० वर्षीय सानुवाबु महर्जन आफ्नै घरको कोठामा सुतिरहेको अबस्थामा शनिबार मृत फेला परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।