• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

३३ किलो सुन प्रकरण : सरकारमाथि नै प्रश्न, के भन्छन् नेताहरु?

64x64
नेपाल लाइभ शनिबार, वैशाख १५, २०७५  ०७:३७
1140x725

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले गत चैत १९ गते गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै भनेका थिए, ‘२/४ सय तोला होइन, एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको छ।’

गृहमन्त्रीले नै टनका टन सुन तस्करी भइरहेको बताउँदा कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरुको अनुहारमा भने आश्चर्यको भाव देख्न सकिन्थ्यो। तर गतवर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भित्रिएको ३३ केजी सुन प्रकरणको लहरो फैलँदै व्यापारी, नेताहरु र प्रहरीसम्म पुगेपछि धेरै शंका उब्जिएको छ। 

यही तस्करी प्रकरणमा जोडिएका पूर्वडिआइजी गोविन्द निरौलाविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको छ भने अन्य प्रहरी अधिकारी पनि यसमा मुछिएका छन्। यही घटनामा जोडिएर सनम शाक्यको हत्यासमेत भएको छ। सुन कहाँ लुकाइयो? अझै फेला पर्न नसक्दा रहस्यको जालो थप जटिल बनिरहेको छ।

पछिल्ला दिन सुन तस्करीसँग जोडिएका समाचारले प्राथमिकता पाइरहेका बेला राजनीतिक दलका नेताहरुको धारणा भने बाहिर आएको छैन। जनप्रतिनिधिहरुले बहस गर्नका लागि यतिबेला संसद सुचारु नभएको अवस्थामा हामीले केही नेताहरुको धारणा बुझ्ने प्रयास गरेका छौं।

---

प्रकाशमान सिंह, नेपाली कांग्रेस : सरकारको काम सुन तस्करीलाई रोक्ने हो। सरकारले काम गरेन भने वा आँखा चिम्लियो भने तस्करी भइरहन्छ। रोकिँदैन। अहिले त सरकारको धारणा के हो भन्ने नै प्रस्ट छैन। सुन तस्करी किन बढिरहेको छ, किन यस्तो भइरहेको छ? कतै सरकारी संयन्त्रकै संलग्नता त छैन? यसलाई सरकारले गम्भीर रुपमा हेर्नुपर्योर। होइन भने सरकारमाथि नै प्रश्न उठ्छ। कतै सरकार नै तस्करीलाई प्रोत्साहित गर्नेगरी संलग्न छैन? भन्ने कुरा त आउँछ!

देवेन्द्र पौडेल, नेकपा माओवादी केन्द्र : यस्ता कुरामा जोसुकै जोडिए पनि तीव्र अनुसन्धान हुनुपर्छ। अनुसन्धानबाट दोषी देखिएकाहरुलाई राज्यले कारबाही गर्छ। अहिलेको अनुसन्धान आवश्यक मात्रामा प्रभावकारी भएको त छैन तर त्यसलाई अलि बढी प्रभावकारिताका साथ खोजीनीति गर्ने भनेर गृह मन्त्रालयले निर्देशन जारी गरेको छ। मलाई लाग्छ, दोषीले सजाय पाउँछन्। पाउनु पनि पर्छ।

घनश्याम ढकाल, नेकपा एमाले : अपराधपूर्ण कार्यहरु सम्पूर्ण रुपमा रोकिनुपर्छ। अपराध गर्नेहरुलाई कारबाही हुनुपर्छ। तस्करी जस्ता कामलाई सरकारले नियन्त्रणमा लिनुपर्योब नि! सुन तस्करी जस्ता कुनै पनि नाजायज काम सरकारले हुन दिनु हुँदैन, रोकथाम गर्नुपर्छ। अहिले भइरहेको अनुसन्धान पर्याप्त छैन। जे होस्, सुन तस्करी नियन्त्रण गर्नैपर्छ भन्ने मेरो धारणा छ।

Ncell 2
Ncell 2
nimb
nimb

डिला संग्रौला, नेपाली कांग्रेस : अहिले सुन तस्करीका समाचार खुबै आएको मैले पनि सुनेको छु। यसको यथार्थ पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्छ। पत्ता लाग्दैछ, गृहमन्त्रीले हेरिरहनुभएको छ, अनुसन्धान भइरहेको छ भनेर मात्रै त भएन नि! अनुसन्धान भइरहेको छ, आदेश दिइरहेको छ भन्ने कुराले प्रभावकारी अनुसन्धान भइरहेको कुराको पुष्टि गर्दैन। अलि छिटो छरितो अनुसन्धान गरेर कारबाही प्रक्रिया जनताले देख्नेगरी थाल्नुपर्यो ।

लक्ष्मणलाल कर्ण, राष्ट्रिय जनता पार्टी : सुन तस्करीमा जोडिएका जतिलाई कारबाही गर्नुपर्छ। देशमा दण्डहीनता हुन त दिनुभएन नि। सरकार यसमा सतर्क हुनुपर्छ। जहाँजहाँ यस किसिमको तस्करी छ, त्यसमा शुद्धीकरण गर्नैपर्छ। जहाँ शंका हो, त्यहाँ सरकारको अनुसन्धान पुग्नैपर्छ, कडाइका साथ। 

जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि कारबाही भएन भने केही काम लाग्दैन। सरकार तस्करको प्रभावमा पर्नु हुँदैन। पर्‍यो भने ऊ पनि भ्रष्टाचारी ठहरिन्छ। सरकारले खुट्टा नकमाईकन दोषीमाथि कारबाही गर्नुपर्छ।

प्रेम सुवाल, नेमकिपा : कालाबजारी, तस्करी, घुसखोरी, भ्रष्टाचार यी सबै सामाजिक, आर्थिक र फौजदारी अपराध हुन्। यस्तो विषयमा कुनै सम्झौता गर्नुहुन्न। अर्थमन्त्रीले श्वेतपत्र जारी गरेर ढुकुटी रित्तियो भन्नुभयो। तर ढुकुटीमा आउने चिजजति सबै चुहावट भएपछि रित्तो त हुने नै भयो। चुहावट गर्नेलाई कारबाही गर्नुपर्छ। हामीले त भ्रष्टाचारी, कालोबजारी, तस्करी र महिला हिंसा गर्ने सबैलाई फाँसी दिनुपर्छ भनेर संविधान बनाउँदा कुरा राख्यौं। तर सरकारमा जाने पार्टीहरुले मानेनन्। अहिले पनि अपराधीलाई संरक्षण गर्ने काम सरकारमा जाने पार्टीहरुबाट भइरहेको छ। जिम्मेवार पदमा भएकाहरुले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। र, आफ्नो पद अनुसारको कर्तव्य निर्वाह नगर्ने, आचरण नदेखाउनेहरु पदमा बस्नु उपयुक्त हुँदैन।

Xtrem

Xtrem

बिन्दा पाण्डे, नेकपा एमाले : यो अनुसन्धान भइरहेको विषय हो। मैले अहिले प्रतिक्रिया दिन चाहिनँ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्