काठमाडौं- हत्या गरिएको अवस्थामा बानेश्वरमा दुई बच्चाको शव खाटमुनी भेटिएको छ। बच्चाका आमाका प्रेमीले नै उनीहरुको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।
शान्तिनगरको सुकुम्बासी बस्तीस्थित टहरामा शुक्रबार शव भेटिएको हो। टहरामा ताला लगाइकोमा गन्ध आएपछि टहरा खोलिएको थियो।
सप्तरीको भोलहिया घर भएका ८ वर्षिय सुजन सरदार र उनका भाई ६ वर्षिय सुशिल सरदारको हत्या भएको हो। उनीहरु हराएको भन्दै आफन्तले १२ दिनअघि प्रहरीमा उजुरी दिउका थिए। आमाका प्रेमी दिनेश यादबले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। दिनेश र बच्चाका आमा सम्झना सरदार विगत ५ महिनादेखि सँगै बस्दै आएका थिए। सम्झना हाल विराटनगरमा छिन्। उनी उपत्यका बाहिर गएका बेला दिनेशले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।
यादबको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।