धादिङ- ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भई फरार एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ।
गल्छी गाउँपालिका–५ का ३६ वर्षीय सूर्यबहादुर तामाङलाई बेनीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला अदालत धादिङले २०७० माघ ५ गते ६ वर्ष कैद र रु एक लाख १० हजार जरिवाना गरे पनि उनी फरार रहँदै आएका थिए। उनले २०६१ कात्तिक १२ गते स्थानीय ५५ वर्षीय लुङबहादुर मगरलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।