• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आत्महत्याको उकालो ग्राफ : दैनिक २० जनाले गर्छन् आत्महत्या

64x64
नेपाल लाइभ बिहीबार, भदौ २५, २०७७  १८:२८
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार संसारको कुनै न कुनै ठाउँमा हरेक ४० सेकेन्डको फरकमा आत्महत्या भइरहेको हुन्छ। यति संवेदनशील विषयमा पनि पर्याप्त छलफल हुन नसकेको भन्दै सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले चिन्ता व्यक्त गरिरहन्छन्। 

डब्लुएचओका अनुसार सडक दुर्घटनापछि सबैभन्दा बढी १५ देखि २९ वर्ष उमेरका मान्छेको मृत्युको कारण नै आत्महत्या छ। डब्लुएचओले नै एउटा जटिल विषयको रुपमा लिएको आत्महत्याबाट नेपाल पनि अछुतो छैन। नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा देशभर ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका थिए।

तर पछिल्लो समय नेपालमा आत्महत्या दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रहरीको तथ्यांकले देखाएको छ। कोरोना महामारी सुरु भएपछि आत्महत्या दर २० प्रतिशतले वृद्धि भएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले बताए। हाल दैनिक २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्राप्त भएको उनको भनाइ छ। 

मानसिक रोग विशेषज्ञ समेत रहेका डा पोखरेलका अनुसार ८५ प्रतिशतमा आत्महत्याको मुख्य कारण मानसिक रोग पाइएको छ। '२५ देखि ४० वर्ष उमेर समूहका मानिसले बढी आत्महत्या गर्ने गरेको पाइएको छ। त्यसमा पनि महिलाको संख्या बढी छ,' उनले भने।  

८० प्रतिशतलाई उपचारमार्फत् आत्महत्या गर्नबाट रोक्न सकिने भन्दै डा पोखरेलले समयमै पहिचान गर्न सके आत्महत्याको दरलाई नै न्यूनीकरण गर्न सकिने बताए। 

आत्महत्याको योजना बनाउने, मर्ने तरिकाबारे सोच्ने, धेरै नबोल्ने, घुलमिल नहुने, नकारात्मक कुराहरु सोच्ने र बोल्ने, उपचार गर्न नचाहने यसका लक्षणहरु हुन्।

प्रहरीका अनुसार विभिन्न तरिका अपनाएर आत्महत्या गर्ने गरेको देखिन्छ। यस आर्थिक वर्षमा सबैभन्दा बढी झुन्डिएर ४ हजार ३ सय २७ जनाले आत्महत्या गरेका थिए। त्यसैगरी विष सेवन गरेर १ हजार ३ सय ३६ जनाले आत्महत्या गरेका थिए। 

हरेक वर्ष आत्महत्या दिवस मनाइरहँदा आत्महत्या गर्नेको संख्या घट्ने भन्दा पनि उकालो लागिरहेको छ। आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७४/७५ मा आत्महत्याको ग्राफ झनै उकालो चढ्यो। यस आर्थिक वर्ष ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७५//७६ मा ५ हजार ७ सय ८७ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७६/७७ मा यो संख्या बढेर ६ हजार २ सय ७९ पुगेका थियो। एक आर्थिक वर्षमै झन्डै ५ सयका दरले आत्महत्या गर्नेको संख्या बढेको पाइएको छ। 

चालु आर्थिक वर्षमा यो संख्यामा पनि वृद्धि हुने लक्षण देखिएको छ। २०७६/७७ को तत्थ्यांक अनुसार हरेक महिना ५२३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। तर नेपाल प्रहरी उपलब्ध गराएको चालु आर्थिक वर्षको साउन महिनाको डाटामा मात्रै ७०९ जनाले आत्महत्या गरेका छन्। 

यसरी हरेक वर्ष आत्महत्याको ग्राफ उकालो लाग्दो अवस्था छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी कुवेर कडायत भने लकडाउन अघिसम्म प्रहरीले आत्महत्यासम्बन्धी जनचेतनामूलक काम गरिरहेको र त्यसले पनि आत्महत्या न्यूनीकरणमा मुख्य भूमिका निभाएको बताउँछन्। कोरोना भाइरसका कारण अहिले यो अभियान भने रोकिएको छ।

Xtrem

Xtrem

यता बिहीबार विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेसनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ कार्यक्रममा आत्महत्याको चर्चापरिचर्चा भएको थियो।  

उक्त कार्यक्रममा मनोविज्ञानमा विद्यावारिधि गरेका विजय ज्ञवालीले आत्महत्याबारे खुलेर कुरा नगर्दा र आत्महत्याको सोच, व्यवहार र प्रयासलाई गम्भीरतापूर्वक नलिँदा घटनामा वृद्धि भएको बताएका थिए। महत्वकांक्षा पूरा नहुने, गरिबी, अशिक्षा, आगेव, डिप्रेसन, एक्लोपन, प्रेममा असफलता जस्ता कारण नै आत्महत्या बढ्ने गरेको प्रहरीको निष्कर्ष छ।

विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या हो। आत्महत्या एकजना व्यक्तिले गरे पनि त्यसको असर कम्तीमा पनि १३५ जना मानिसम्म पुग्ने विभिन्न अध्ययनले देखाएको छ। एकजनाले आत्महत्या गरे पनि त्यसको असर उनका छोराछोरी, आमाबाबुु, पतिपत्नी, दाजुभाई वा नजिकको मित्र सहपाठीहरु गरी करिब १३५ जना मानिसको यसको प्रत्यक्ष असरमा पर्ने गर्छन्।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्