• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

३२२० माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट, सूचना महामार्ग निर्माणको काम अलपत्र

64x64
नेपाल लाइभ बिहीबार, भदौ २५, २०७७  १४:०३
1140x725

काठमाडौं–सरकारले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी २०७७ साउन मसान्तसम्ममा ३ हजार २ सय २० माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले ५ हजार ५ सय ९७ माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड  इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखे पनि हालसम्म ३ हजार २ सय २० विद्यालयमा इन्टरनेट जडान सम्पन्न भएको वार्षिक प्रतिवेदनमा उल्लेख  गरेको छ। प्राधिकरणका अनुसार अझै २ हजार ३ सय ७७ विद्यालयमा इन्टरनेट जडान बाँकी छ। 

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने भन्दै १८ वटा प्याकेजको काम थालेको थियो। जसमध्ये १२ वटा प्याकेजमार्फत् ४६ वटा जिल्लाका तोकिएबमोजिमका स्थानमा शतप्रतिशत तथा एउटा प्याकेजमार्फत् ४ वटा जिल्लाका तोकिए बमोजिमका स्थानमा ५० प्रतिशत कार्य सम्पन्न भएको दाबी गरेको छ।

यसैगरी, ४ वटा प्याकेज अन्तर्गतका २० जिल्लामा पनि नेटवर्क तथा ब्रोडब्यान्ड कनेक्टिभिटी जडानका लागि सेवा प्रदायक छनोट भई निर्माणको कार्य भइरहेको प्राधिकरणले जनाएको छ। साथै ४ वटा जिल्लाका तोकिएका स्थानहरुमा नेटवर्क तथा ब्रोडब्यान्ड जडानका लागि सेवा प्रदायक छनोट भई सम्झौता हुने क्रममा रहेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले सार्वजनिक गरेको प्रगति विवरणमा नेटवर्क तथा ब्रोडब्यान्ड कनेक्टिभिटी जडान सम्पन्न भएका परियोजनाअन्तर्गत सञ्चालित इन्टरनेट सेवाको गुणस्तर मापदन्ड अनुसार रहे÷नरहेको सम्बन्धमा विवरण लिने कार्य तथा  सेवा प्रदायकको नेटवर्क अपरेशन सेन्टर (एनओसी) बाट समेत समय–समयमा परीक्षण तथा अनुगमन भइरहेको दाबी गरेको छ।

सूचना महामार्गको निर्माणको काम अलपत्र, ३ वर्षमा १४ प्रतिशतमात्रै काम 
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोडने गरी सूचना महामार्ग निर्माण थालनी गरेको हो। प्राधिकरणले ३ वटा प्याकेजमार्फत् सूचनाको महामार्ग निर्माणको काम थालनी गरेको थियो। जसमा २०७७ साउन मसान्तसम्ममा जम्मा १३ दशमलब ६७ प्रतिशतमात्रै काम सम्पन्न गरेको छ।

सूचना महामार्गको काम थालनी भएको ३ वर्ष भइसकेको छ। प्राधिकरणले २ वर्षभित्रै देशभर सूचनाको महामार्ग स्थापना गर्ने लक्ष्यसहित काम थालनी गरेको थियो। तर, अहिलेसम्म एक चौथाई पनि काम हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

प्याकेज १ को मात्र केही काम
प्राधिकरणले प्याकेज १ अन्तर्गत प्रदेश १, २ र बागमती प्रदेश अन्तर्गत पर्ने २ हजार १ सय ७९ किलोमिटर दुरीमा सूचनाको महामार्र्ग (अप्टिकल फाइबर) विस्तारको काम  गर्न भनी झन्डै ३ वर्ष अगाडि नेपाल टेलिकमसँग सम्झौता गरेको थियो। तर, अहिलेसम्म २ सय ९८ किलोमिटरमा मात्रै अप्टिकल फाइवर विस्तारको काम सम्पन्न भएको छ। 

प्राधिकरणले प्याकेज १ को कार्यक्रम २ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको थियो। प्राधिकरणका अनुसार अहिलेसम्म २५ वटा डिडब्लुडिएम प्रणालीको जडान तथा २८ कोर राउटर उपकरणहरु जडानमात्रै सम्पन्न भएको आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ। 

प्याकेज २ को प्रगति शून्य
प्याकेज २ अन्तर्गत गण्डकी प्रदेश र प्रदेश नम्बर ५  भित्र सूचनाको महामार्ग (अप्टिकल फाइबर विस्तार) निर्माणको काम रहेको छ। यो प्याकेजअन्तर्गत २ हजार १ सय ६० किलोमिटरमा अप्टिकल फाइबर विस्तार जडानको काम हुनु पर्ने हो। तर, अहिलेसम्म काम नै सुरु हुन सकेको छैन। 

प्राधिकरणले युनाइटेड टेलिकमसँग २ वर्षभित्रै कार्यसम्पन्न गर्ने भनेर सम्झौता गरे पनि अहिलेसम्मको भौतिक प्रगति शून्य रहेको छ। निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने विस्वस्त आधार तय नगरेको भन्दै समय थप नगर्ने निर्णय गरेको थियो। तर, प्राधिकरणको निर्णय बदर गर्न सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चले पनि रिटको टुंगो नलाग्दासम्म अवधि थप नगर्न र निर्णय कार्यन्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएपछि प्याकेज २ अन्तर्गतको काम अलपत्रमा परेको छ। 

Xtrem

Xtrem

बल्ल काम सुरु हुँदै प्याकेज ३ 
प्राधिकरणले बल्ल प्याकेज ३ अन्तर्गतका प्रदेशका जिल्लामा सूचना महामार्ग (अप्टिकल फाइबर) निर्माणको काम  बल्ल सुरु गर्न लागको छ। प्राधिकरणले केही समयअगाडि मात्रै नेपाल टेलिकमसँग २ वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ। यो प्याकेजअन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला समावेश छन्। यो प्याकेजअन्तर्गत कुल १ हजार ९ सय ९२ किलोमिटरमा अप्टिकल फाइबर जडानको काम हुनु पर्छ। 

प्राधिकरणले साउन महिनामा नै माइक्रोवेभ ट्रान्समिसन नेटवर्क र एडिएसएस अप्टिकल फाइबर नेटवर्क गरी २ वटा प्याकेजको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाएको छ। साथै अन्य प्याकेजको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउने क्रममा रहेको प्राधिकरणले जनाएको छ। 

लागत कति?
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत् संकलन भएको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट र सूचनाको महामार्ग निर्माणको काम  थालनी गरेको छ। जसमा ब्रोडब्यान्ड परियोजनाहरुको कुल लागत (सम्झौता रकम) ५ अर्ब २६ करोड ९७ लाख ७० हजार २ सय १ रुपैयाँ रहेको छ। जसमा अहिलेसम्म ४६ दशमलब ७६ प्रतिशत रकम खर्च भएको छ। प्राधिकरणका अनुसार ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायकहरुलाई भुक्तानी गरेको रकम २ अर्ब ४६ करोड ४६ लाख ४ सय ८९ रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। 

यसैगरी सूचनाको महामार्ग परियोजनाको जम्मा लागत (सम्झौता रकम) ९ अर्ब ८९करोड १७ लाख रुपैयाँ रहेको छ। यसको खर्च विवरण भने प्राधिकरणले सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्