• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

३२२० माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट, सूचना महामार्ग निर्माणको काम अलपत्र

64x64
नेपाल लाइभ बिहीबार, भदौ २५, २०७७  १४:०३
1140x725

काठमाडौं–सरकारले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी २०७७ साउन मसान्तसम्ममा ३ हजार २ सय २० माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले ५ हजार ५ सय ९७ माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड  इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखे पनि हालसम्म ३ हजार २ सय २० विद्यालयमा इन्टरनेट जडान सम्पन्न भएको वार्षिक प्रतिवेदनमा उल्लेख  गरेको छ। प्राधिकरणका अनुसार अझै २ हजार ३ सय ७७ विद्यालयमा इन्टरनेट जडान बाँकी छ। 

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने भन्दै १८ वटा प्याकेजको काम थालेको थियो। जसमध्ये १२ वटा प्याकेजमार्फत् ४६ वटा जिल्लाका तोकिएबमोजिमका स्थानमा शतप्रतिशत तथा एउटा प्याकेजमार्फत् ४ वटा जिल्लाका तोकिए बमोजिमका स्थानमा ५० प्रतिशत कार्य सम्पन्न भएको दाबी गरेको छ।

यसैगरी, ४ वटा प्याकेज अन्तर्गतका २० जिल्लामा पनि नेटवर्क तथा ब्रोडब्यान्ड कनेक्टिभिटी जडानका लागि सेवा प्रदायक छनोट भई निर्माणको कार्य भइरहेको प्राधिकरणले जनाएको छ। साथै ४ वटा जिल्लाका तोकिएका स्थानहरुमा नेटवर्क तथा ब्रोडब्यान्ड जडानका लागि सेवा प्रदायक छनोट भई सम्झौता हुने क्रममा रहेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले सार्वजनिक गरेको प्रगति विवरणमा नेटवर्क तथा ब्रोडब्यान्ड कनेक्टिभिटी जडान सम्पन्न भएका परियोजनाअन्तर्गत सञ्चालित इन्टरनेट सेवाको गुणस्तर मापदन्ड अनुसार रहे÷नरहेको सम्बन्धमा विवरण लिने कार्य तथा  सेवा प्रदायकको नेटवर्क अपरेशन सेन्टर (एनओसी) बाट समेत समय–समयमा परीक्षण तथा अनुगमन भइरहेको दाबी गरेको छ।

सूचना महामार्गको निर्माणको काम अलपत्र, ३ वर्षमा १४ प्रतिशतमात्रै काम 
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोडने गरी सूचना महामार्ग निर्माण थालनी गरेको हो। प्राधिकरणले ३ वटा प्याकेजमार्फत् सूचनाको महामार्ग निर्माणको काम थालनी गरेको थियो। जसमा २०७७ साउन मसान्तसम्ममा जम्मा १३ दशमलब ६७ प्रतिशतमात्रै काम सम्पन्न गरेको छ।

सूचना महामार्गको काम थालनी भएको ३ वर्ष भइसकेको छ। प्राधिकरणले २ वर्षभित्रै देशभर सूचनाको महामार्ग स्थापना गर्ने लक्ष्यसहित काम थालनी गरेको थियो। तर, अहिलेसम्म एक चौथाई पनि काम हुन सकेको छैन।

Ncell 2
Ncell 2

प्याकेज १ को मात्र केही काम
प्राधिकरणले प्याकेज १ अन्तर्गत प्रदेश १, २ र बागमती प्रदेश अन्तर्गत पर्ने २ हजार १ सय ७९ किलोमिटर दुरीमा सूचनाको महामार्र्ग (अप्टिकल फाइबर) विस्तारको काम  गर्न भनी झन्डै ३ वर्ष अगाडि नेपाल टेलिकमसँग सम्झौता गरेको थियो। तर, अहिलेसम्म २ सय ९८ किलोमिटरमा मात्रै अप्टिकल फाइवर विस्तारको काम सम्पन्न भएको छ। 

प्राधिकरणले प्याकेज १ को कार्यक्रम २ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको थियो। प्राधिकरणका अनुसार अहिलेसम्म २५ वटा डिडब्लुडिएम प्रणालीको जडान तथा २८ कोर राउटर उपकरणहरु जडानमात्रै सम्पन्न भएको आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ। 

प्याकेज २ को प्रगति शून्य
प्याकेज २ अन्तर्गत गण्डकी प्रदेश र प्रदेश नम्बर ५  भित्र सूचनाको महामार्ग (अप्टिकल फाइबर विस्तार) निर्माणको काम रहेको छ। यो प्याकेजअन्तर्गत २ हजार १ सय ६० किलोमिटरमा अप्टिकल फाइबर विस्तार जडानको काम हुनु पर्ने हो। तर, अहिलेसम्म काम नै सुरु हुन सकेको छैन। 

प्राधिकरणले युनाइटेड टेलिकमसँग २ वर्षभित्रै कार्यसम्पन्न गर्ने भनेर सम्झौता गरे पनि अहिलेसम्मको भौतिक प्रगति शून्य रहेको छ। निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने विस्वस्त आधार तय नगरेको भन्दै समय थप नगर्ने निर्णय गरेको थियो। तर, प्राधिकरणको निर्णय बदर गर्न सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चले पनि रिटको टुंगो नलाग्दासम्म अवधि थप नगर्न र निर्णय कार्यन्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएपछि प्याकेज २ अन्तर्गतको काम अलपत्रमा परेको छ। 

बल्ल काम सुरु हुँदै प्याकेज ३ 
प्राधिकरणले बल्ल प्याकेज ३ अन्तर्गतका प्रदेशका जिल्लामा सूचना महामार्ग (अप्टिकल फाइबर) निर्माणको काम  बल्ल सुरु गर्न लागको छ। प्राधिकरणले केही समयअगाडि मात्रै नेपाल टेलिकमसँग २ वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ। यो प्याकेजअन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला समावेश छन्। यो प्याकेजअन्तर्गत कुल १ हजार ९ सय ९२ किलोमिटरमा अप्टिकल फाइबर जडानको काम हुनु पर्छ। 

प्राधिकरणले साउन महिनामा नै माइक्रोवेभ ट्रान्समिसन नेटवर्क र एडिएसएस अप्टिकल फाइबर नेटवर्क गरी २ वटा प्याकेजको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाएको छ। साथै अन्य प्याकेजको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउने क्रममा रहेको प्राधिकरणले जनाएको छ। 

लागत कति?
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत् संकलन भएको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट र सूचनाको महामार्ग निर्माणको काम  थालनी गरेको छ। जसमा ब्रोडब्यान्ड परियोजनाहरुको कुल लागत (सम्झौता रकम) ५ अर्ब २६ करोड ९७ लाख ७० हजार २ सय १ रुपैयाँ रहेको छ। जसमा अहिलेसम्म ४६ दशमलब ७६ प्रतिशत रकम खर्च भएको छ। प्राधिकरणका अनुसार ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायकहरुलाई भुक्तानी गरेको रकम २ अर्ब ४६ करोड ४६ लाख ४ सय ८९ रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। 

यसैगरी सूचनाको महामार्ग परियोजनाको जम्मा लागत (सम्झौता रकम) ९ अर्ब ८९करोड १७ लाख रुपैयाँ रहेको छ। यसको खर्च विवरण भने प्राधिकरणले सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ईश्वर पोखरेलले काठमाडौं-५ बाट मनोनयन दर्ता गराउँदा शंकर पोखरेल दाङ–२ बाट
ओलीले झापा–५ मा मनोनयन दर्ता गराउँदा प्रचण्डले गरे रोल्पाबाट
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
ईश्वर पोखरेलले काठमाडौं-५ बाट मनोनयन दर्ता गराउँदा शंकर पोखरेल दाङ–२ बाट मंगलबार, माघ ६, २०८२
ओलीले झापा–५ मा मनोनयन दर्ता गराउँदा प्रचण्डले गरे रोल्पाबाट मंगलबार, माघ ६, २०८२
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
बाजुराबाट कांग्रेसका जनकराज गिरीले गरे उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्