• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

काठमाडौंले जुटाएको जोडी

64x64
नेपाल लाइभ शनिबार, भदौ २७, २०७७  ०७:००
1140x725

सन् १९७१ मा नान्सी गुरी डन्कनले दक्षिण-पूर्वी एसियामा रहेर पत्रकारिता गरिन्। ‘म अमेरिकी नागरिक भए पनि त्यो बेला भियतनाममा रहेर युद्धको कभर गरिरहेको थिएँ’, उनले भनिन्, ‘त्यो वर्षको ग्रीष्म ऋतुको समयमा एक अमेरिकी साथी भेट्न म भारतको चेन्नई पुगेकी थिएँ। त्यही क्रममा घुम्दा घुम्दै हामी कोलकाताकाे स्यालभेसन आर्मी गेस्टहाउसमा आइपुग्यौं।’

सुत्ने कोठा तयार भइरहेकाले उनीहरूलाई ब्रेकफास्ट एरियामा केही बेर पर्खन भनियो। त्यसको केही मिनेटपछि फ्रँस्वा ल दियाकोर्न आफ्नो अर्को फ्रान्सेली साथीसँग उनीहरू बसिरहेको कुर्चीमा आएर बसे। ‘हामी त्योबेला वार फोटोग्राफरको रूपमा आफ्नो करिअर अघि बढाउनेबारे सोचिरहेका थियौं,’ फ्रँस्वाले भने, ‘भारत-पाकिस्तानको बोर्डरमा चर्किरहेको झगडाको कभरेज गर्न हामी त्यहाँ पुगेका थियौं।’

त्यो साँझ नान्सी र फ्रँस्वाले आफ्नो करिअर र भविष्यको योजनाको बारेमा कुराकानी गरे। ‘त्यो रात म धेरै थाकेकी थिएँ’ नान्सीले भनिन्, ‘फ्रँस्वासँग कुरा गर्दै गएपछि ऊ मसँग रहनुपर्ने, मेरो प्रकृतिको मान्छे रहेछजस्तो लाग्यो, तर ऊ र उसको साथी त्यसैको भोलिपल्टै बोर्डरतर्फ जाँदै थिए। मलाई नरमाइलो लागिरहेको थियो। मसँगै गएका साथीले उसको फोन नम्बर र ठेगाना माग्न सुझाए। तर दीर्घकालीन रूपमा सम्पर्क गर्न त्यही ठेगाना र फोनमात्र पर्याप्त थिएन।’ 

फ्रँस्वाले नान्सीलाई मन पराउँथे। ‘म एक फ्रान्सेली र नान्सी अमेरिकी नागरिक भएकाले यो असम्भवजस्तै थियो त्यसबेला। थाहा थिएन यो सम्बन्ध कहाँसम्म पुग्छ भन्ने’ फ्रँस्वा सम्झन्छन्।

फ्रँस्वा भोलिपल्ट सीमातर्फ लागे। सीमामा पुगेपछि त्यहाँ उनीहरूलाई खतरा भएको र उनीहरूको मिसन पनि डरलाग्दो भएकाले दुवै जनालाई फेरि कोलकाताको गेस्टहाउसमा फर्कन दबाब दिइयो।

‘एकदिन फेरि मलाई मेरी एक साथीले फ्रँस्वासँग भेट भएको कुरा सुनाइन्। त्यसपछि हामी फेरि भेटिने भयौं भनेर रोमाञ्चित भएँ। त्यही दिन एकैछिन भए पनि हामीले गेस्टहाउसमा भेट्याैं’ नान्सीले पुराना कुराहरू एक–एक गर्दै सुनाइन्।
    
आफ्नी साथीलाई काठमाडौं लाने भनेर पहिले नै भनिसकेकाले उनले फ्रँस्वालाई फेरि भेट्नका लागि अझै केही हप्ता कुर्नुपर्ने भयो। तर त्यो केही हप्ता भने फ्रान्कोसका लागि धेरै नै टाढाको समयजस्तो लाग्न लागिसकेको थियो।

‘मलाई त्यति थाहा छैन किन, तर कोलकातामा बस्नका लागि अब हामीसँग पैसा पनि सकिइसकेको थियो’ फ्रँस्वाले भने, ‘मलाई जसरी भए पनि फेरि नान्सीसँग भेट्नु थियो। त्यसैले हामी कोलकाताबाट लिफ्ट मागेरै सिधै नेपालका लागि हान्नियौं। नान्सीलाई फेला पार्नका लागि विभिन्न होटलहरू चहार्नुपर्‍यो। तर कतै फेला परिनन्।’

त्यसपछि एकदिन काठमाडौंको कुनै डाँडामा रहेको एक मन्दिर जानका लागि फ्रँस्वा हिँडिरहेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘त्यहीक्रममा हामीलाई उसले बाइकमा देखेको थियो। ऊ हामीभन्दा माथि पुगिसकेको थियो। हामी तल थियौं। हामीलाई फेला पार्नैकै लागि ऊ हामी भएतिर आयो,’ नान्सीले सम्झिइन्, ‘त्यो बेला हामीले थाहा पाइसकेका थियौं हामीबीचको सम्बन्ध।’

पत्रकारिताका लागि नान्सी सिंगापुर जानुअघि उनीहरूले एसियाका थुप्रै ठाउँ घुमेका थिए। त्यसपछि फ्रँस्वा पनि फ्रान्स फर्किए। उनीहरू छुट्टिनुअघि दुवैले एउटा अविस्मरणीय क्षणको अनुभव गर्न पाए- एकैसाथ दलाई लामाको अन्तर्वार्ता।

सन् १९८१ मा दलाई लामाको अन्तर्वार्ता लिँदै नान्सी । यो तस्बिर उनकै पति फ्रँस्वाले खिचेका हुन्।

सन् १९७२ को वसन्त ऋतुको समयमा नान्सी फ्रँस्वालाई भेट्नैका लागि भनेर पेरिस पुगेकी थिइन्। पछि अमेरिकामा दुवैले धेरै समय गुजारेपछि दुवैले आफ्नो स्थायी घर फ्रान्समा नै बसाउने निर्णय गरे। ‘हामी अहिले बसिरहेको स्थानमा ४ वर्षअघि आएका हौं। यसभन्दा अघि ४० वर्षभन्दा धेरै समय हामीले पेरिसमा बितायौं’ नान्सीले भनिन्।

नान्सीले आफ्नो कामको सिलसिलामा र फ्रँस्वाले पनि फोटोग्राफरमा करिअर बनाउने उद्देश्य लिएर आफ्नो जीवनको धेरै समय सँगै बिताएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सन् १९८१ मा फेरि दलाई लामाको अन्तर्वार्ता लिने व्यवस्था मिलाएका थियौं। त्यसका लागि हामी फेरि त्यही गेस्ट हाउसमा बस्यौं’ नान्सीले भनिन्, ‘हामीले सँगै रहेर धेरै नै साहसिक कामहरू गरेका छौं।’

नान्सी उनको श्रीमानको हँसाउने कलाको सँधै प्रशंसा गर्छिन्। ‘जब उनले मेरा लागि कोलकाता छाड्ने निर्णय गरे र मलाई भेट्नका लागि काठमाडौं आए, त्यसपछि मलाई अब मेरो जीवन उनीसँगै बिताउँछु भन्ने लागिसकेको थियो। यस्तो जीवनसाथी पाउनुमा म आफैंले आफैंलाई भाग्यमानी ठानिरहेको छु।’

उनले सँधै नै फ्रँस्वाको कामलाई सहयोग गर्दै आइरहेकी छन्। ‘हामीले यात्रा गर्दा नान्सीले सधैं एउटा न एउटा चाखलाग्दा कुरा देखाइरहन्थिन्’ फ्रँस्वाले सम्झिए, ‘उनी जुनसुकै विषयमा पनि सधैं सकारात्मक हुन सक्छिन्। उनी सधैं हौसला प्रदान गर्छिन्।’

‘हामी कहिले पैसाका पछि दौडिएनौं। तर साहसिक कार्यमा भने सधैं सरिक हुन्थ्यौं’ नान्सीले भनिन्, ‘म धेरै नै भाग्यमानी रहेछुजस्तो लाग्छ, किनकी मलाई भेट्नकै लागि उनी काठमाडौंसँम्म आएका थिए।’

(नान्सी गुरी डन्कन अमेरिकी पत्रकार हुन् भने फ्रँस्वा ल दियाकोर्न फ्रेन्च फोटोग्राफर हुन्। द गार्जियनको यो सामग्री भावानुवाद गरिएको हो।)

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्