काठमाडौं– प्रहरीले मनहरामा कारमा सवार दुई युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ।
कागेश्वरी मनहरा नगरपालिका वडा नं.९ काँडाघारीमा रोकी राखेको बा ५ च ९६२२ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको हो।
लागूऔषधसहित पेप्सिकोला बस्ने ३४ वर्षिय सुजित वाडेलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीले पक्राउ गरेको हो। उनको साथबाट फेनरागन ६८ एम्पुल, नुफिन ६७ एम्पुल र डाइजेल्याव ६३ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै नागढुंगामा पनि प्रहरीले बसका चालकलाई लागूऔषधसहित पक्राउ गरेको छ। काँकरभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना.६ ख ६१३१ नम्बरको यात्रुबाहक बसलाई चेक गर्ने क्रममा लागुऔषध बरामद गरेको हो। बसका चालक विरेन ठकुरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।