• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लागूऔषध दुरुपयोगका अभियुक्तलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १३, २०७५  १३:३८
1140x725

काठमाडौं- सर्वोच्च अदालतले करिब ८ अर्ब बिगो रहेको लागूऔषध दुरुपयोगका मुख्य अभियुक्तलाई चार लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ। 

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासले जिल्लाको आदेश मिलेकै देखिएकाले उल्टाउनुनपर्ने फैसला सुनाएको हो। सर्वोच्चको यो आदेशपछि ठूलो परिमाणको लागूऔषध दुरुपयोगको अभियोग लागेका एसआर ड्रग ल्याब्रोटरिजका सञ्चालक सञ्जयकुमार गुप्ता मुद्दाको फैसला नभएसम्म थुना बाहिरै हुने भएका छन्। 

मुद्दा दर्ताको समयमा फरार रहेर सुटुक्क जिल्ला अदालत उपस्थित हुँदै न्यून धरौटीमा रिहा भएका उनको पक्षमा उच्च अदालतले समेत आदेश जारी गरेपछि सरकार सर्वोच्च पुगेको थियो। तर, सर्वोच्चले पनि गुप्ताको पक्षमा आदेश सुनाएको छ। 

२ हजार १ सय १० किलो स्युडोफ्रिडिन खरिद गरेको एसआर ड्रगले १ हजार ६ सय ६२ किलो लागूऔषधका रुपमा बिक्री गरेको आरोपपत्रमा उल्लेख थियो। उक्त परिमाणको औषधिको बजार मूल्य झन्डै ६ अर्ब रुपैयाँ हुन्छ। 

विवादास्पद लागूऔषध दुरुपयोग प्रकरणका प्रमुख अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले २०७३ बैसाख २७ गते ४ लाख रुपैयाँ नगद धरौटीमा छाड्न आदेश गरेको थियो। अभियोग दर्ताको क्रममा फरार रहेका गुप्तालाई अदालत उपस्थित भएकै दिनमा धरौटीमा रिहा हुने आदेश सुनाइएको थिए। 

आरोपपत्रमा फरार भनिएका एसआर ड्रगका सञ्चालकमध्येका एक गुप्ता बैसाख २७ मा जिल्ला अदालत काठमाडौंमा नाटकीय रुपमा उपस्थित भएका थिए। अदालतमा सीधै हाजिर हुन आएका गुप्तालाई प्रहरीको जिम्मा लगाई त्यसको जानकारी सरकारी वकिलको कार्यालयमा पठाउनुपर्ने थियो। तर, उक्त प्रक्रिया नमिलाई सीधै उनी जिल्ला अदालत पुगेका थिए। 

बयानपछि अभियोगपत्र, सरकारी वकिलको मागदाबी र आरोपितका कानुन व्यवसायीको प्रतिरक्षा बहसका आधारमा थुनछेक आदेश हुनुपर्ने थियो। तर, त्यस्तो कुनै प्रक्रिया नै पूरा नगरी जिल्ला अदालत काठमाडौंले सोही दिन ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। आरोपित फरार अभियुक्त अदालतबाट छुटेपछि सरकारी वकिल कार्यालय त्यस विरुद्ध उच्च अदालत पुगेको थियो। तर, उच्च अदालतले पनि जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो।

उच्च अदालतले पनि जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो। त्यस विरुद्ध २०७४ कात्तिक १२ गते सर्वोच्च अदालत पुगेको सरकारी वकिलको कार्यालयले धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर भई थुनामा राखेर मुद्दा किनारा हुनुपर्ने भन्दै निवेदन दर्ता गराएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नै जिल्ला सरकारी वकिल समेत मुछिएको उक्त प्रकरणमा धरौटीमा रिहा हुन नहुने सरकारी वकिलको जिकिरको निवेदन दर्ता भएपछि अभियुक्त साह पनि २०७४ माघ १० गते सर्वोच्च पुगेका थिए। साहको निवेदनपछि मात्र उक्त प्रकरणमा सर्वोच्चले सुनुवाइ गरेको देखिन्छ। तीन महिनासम्म सुनुवाइ हुन नसकेको उक्त निवेदनमा साहको निवेदन दर्ता भएको दुई महिनापछि सर्वोच्चले फैसला नै सुनाएको हो। 

आवरणमा औषधि, प्रयोग लागूऔषधमा

औषधि व्यवस्था विभागको तथ्यांक अनुसार, औषधि निर्माणका लागि कच्चा पदार्थका रुपमा ल्याइने एक किलो स्युडोफिड्रिनको मूल्य करिब ८०/९० अमेरिकी डलर (८–९ हजार नेपाली रुपैयाँ) पर्छ। यसरी औषधि बनाउन भन्दै वैध बजारमा खरिद गर्न पाइने स्युडोफिड्रिनको मूल्य अवैध बजारमा निकै उच्च छ।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार, लागूऔषध तस्करहरुले स्युडोफिड्रिनलाई प्रतिग्रामकै करिब २८ डलर तिर्ने गर्छन्। स्युडोफिड्रिनको औषधि बनाएर वैध व्यापारभन्दा अवैध रुपमा लागूऔषध कारोबारीलाई बिक्री गर्दा करिब ३ सय ५० गुणा मुनाफा आउने भएपछि औषधि कम्पनीहरुले औषधि नबनाई लागूऔषध व्यापारीलाई बिक्री गर्न थालेका हुन्।

Xtrem

Xtrem

एसआर, टौरस र आर्या फर्मास्युटिकल्सले हरेक वर्ष औषधि बनाउने नाममा कच्चा पदार्थको रुपमा स्युडोफिड्रिन आयात अनुमति लिने र नेपालमा ल्याएपछि त्यसलाई लागूऔषध कारोबारीलाई बिक्री गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको छ।

औषधि उत्पादन कम्पनीहरुले आयात गरेको कच्चा पदार्थका आधारमा उत्पादित औषधिहरुको तथ्यांक राख्नुपर्छ। आयात र खपतको अनुपात सन्तुलित भएमा मात्रै कच्चा पदार्थका रुपमा आयातीत स्युडोफिड्रिन सदुपयोग भएको ठानिन्छ र त्यसका आधारमा कम्पनीहरुबाट थप कच्चा पदार्थको माग भए आयात अनुमतिका लागि औषधि व्यवस्था विभागले सिफारिसपत्र दिन्छ।

तर, लागूऔषध दुरुपयोग विवादमा मुछिएका तीन कम्पनीका सञ्चालकहरुले बजार मागको अत्यधिक बढी र नक्कली कागजात तयार गर्दा पनि विभागले अनुगमन र नियमन गरेको भेटिएन। कतिसम्म भने, विवादित कम्पनीका कर्मचारीहरुले नै सञ्चालकहरुसँग विभागका कर्मचारीहरुको नियमित सम्पर्क र सूचना आदानप्रदान हुनेगरेको र त्यसका आधारमा नक्कली ब्याच म्यानुफ्याक्चर रेकर्ड (बिएमआर) तयार गरेको बयान दिएका थिए।

कच्चा पदार्थका रुपमा आयातीत स्युडोफिड्रिन अन्यत्र वितरण गर्न मिल्दैन। तर, गुप्तासहितका सञ्चालकहरुको बाहुल्य रहेको एसआर र टौरस कम्पनीबीच संवेदनशील कच्चा पदार्थ आदानप्रदान भएको भेटिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्