धनगढी- कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ पिल्लर फाँटा बस्ने २५ वर्षीय जयबहादुर जप्रेललाई प्रहरीले पक्राउ गरेको हो।
क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का प्रहरी सहायक निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका–१० स्थित कलुवापुरको जंगलबाट उनलाई पक्राउ बिहीबार पक्राउ गरेको हो।
टोलीले जप्रेलबाट दुई किलो लागुऔषध चरेस बरामद गरेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिए। पक्राउ परेका जप्रेललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।