• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनेरास्ववियु विवाद उत्कर्षमा : तामाङलाई कारबाही गर्न महरपक्षको माग, प्रतिकार गर्न तयार रहेको तामाङको चेतावनी

महरको बागबजार भेलापछि विवाद चर्कियो, दुवैपक्षबीच काउन्टर विज्ञप्तिको श्रृंखला
64x64
वीरेन्द्र ओली मंगलबार, भदौ १६, २०७७  ०९:१३
1140x725
ऐन महर र रञ्जित तामाङ

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियुमा विवाद चर्किएको छ। संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङपक्षीय विवादको लप्कोले संगठनलाई भित्रभित्रै सल्काइरहेको छ।  

गुटको भेला र विज्ञप्ति निकाल्नेबाट सुरु भएको संगठनको विवाद अहिले उत्कर्षमा पुगेको छ। संगठन एक भए पनि अध्यक्ष केपी शर्मा ओली पक्षका विद्यार्थी नेताले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय विद्यार्थी नेतालाई थाहै नदिई भेला गर्न थालेपछि विवाद सतहमा देखा परेको हो। 

संयोजक महरले विद्यार्थी संगठनलाई सबैको सहमति र समझदारीमा अघि बढाउनु पर्नेमा आफूखुसी गुटको भेला गर्दै संगठनलाई विभाजित गर्न थालेको भन्दै अन्य पदाधिकारीहरुले विरोध जनाएपछि तामाङले विज्ञप्ति निकालेर महरको आलोचना गरेका थिए। 

पार्टी एकतापछि एक भएको भनिए पनि संगठन दुई खेमामा विभाजित नै थियो, जुन यस पटक स्पष्ट सतहमा देखिने गरी छताछुल्ल भयो। विवादकै कारण विद्यार्थी संगठनको एकताले अझै पूर्णता पाएको छैन। अहिलेसम्म केन्द्रमा संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीमात्रै टुंगो लागेको छ। 

विद्यार्थी संगठनको ९ सदस्यीय सचिवालय, प्रदेश कमिटी, जिल्ला कमिटी र विश्वविद्यालय तहका इकाईको एकताले पूर्णता पाएका छैनन्। विद्यार्थी संगठनका नेता शीर्ष नेताका गुटको छहारीमा बसेर एकले अर्कोलाई आलोचना गर्न थालेका छन्।   

Ncell 2
Ncell 2
nimb
nimb

संगठनमा विवाद भए पनि गत असार ८ गतेसम्म संयोजक महर र सहसंयोजक तामाङले संयुक्त रुपमा विज्ञप्ति निकालेका थिए । विवादकै बीच महरले आफ्ना पक्षका नेतालाई बोलाएर बागबजारको एक होटलमा भेला गरेपछि संगठनमा विवाद चर्किएको तामाङपक्षीय नेताको आरोप छ। 

आफ्नाविरुद्ध योजना बनाउन होटलका कोठामा ‘षड्यन्त्र’ गर्न थालेपछि विवादको श्रृंखला सुरु भएको भएको तामाङपक्षीय नेताको दाबी छ । तर, महरपक्षीय नेता आरसी लामिछानेले गुटको भेला नभई विद्यार्थी नेतालाई राखेर एकताका विषयमा छलफल गरिएको स्पष्ट पारे। 

विवादकै बीच महरले गुटका भेलाहरु गर्न थालेको भन्दै तामाङले त्यसको काउन्टरमा साउन ९ गते एकल विज्ञप्ति जारी गरे। त्यहीँबाट संयोजक र सहयोसंयोजकले संगठनमा परामर्श नै नगरी एकलौटी ढंगले विज्ञप्ति जारी गर्न थालेका थिए। अहिलेसम्म महरले गत साउन २५, २७ र भदौ ४ मा गरी तीन विज्ञप्ति एकलौटी रुपमा जारी गरेका छन् भने तामाङले महरलाई काउन्टर दिन साउन ९, २० र भदौ १२ मा गरी तीन पटक एकलौटी विज्ञप्ति जारी गरे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर, विवादले झनै उग्र रुप त्यति बेला लियो, जब तामाङले गत शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई २१ बुँदे ज्ञापनपत्र बुझाए। त्यसपछि संगठनका ओलीपक्षीय नेताहरुले सामाजिक सञ्जालमा तामाङको खरो आलोचना गरे। तामाङले ज्ञापनपत्र बुझाएको विषयलाई लिएर महर स्वयंले कुनै प्रतिक्रिया जनाएका छैनन्।

तर, महरको फेसबुकवालमा भने तामाङको आलोचनामा लेखिएका स्टाटसहरु देख्न सकिन्छ। यसलाई समेत तामाङपक्षीय विद्यार्थी नेताहरुले भने महरको षडयन्त्रका रुपमा बुझेका छन्। महरपक्षीय नेताहरुले तामाङलाई कारबाही गर्नु पर्ने प्रतिक्रिया दिएका छन्। 

तर, तामाङले भने आफूले संगठनको पक्षमा काम गर्दैगर्दा, विद्यार्थीको अधिकारको पक्षमा शिक्षामन्त्रीसँग माग राख्दा कारबाही गर्ने धम्की दिइन्छ भने आफू त्यसलाई प्रतिकार गर्न तयार रहेको बताए । उनले भने, ‘यो सवाल ममाथि कारबाही गर्ने अथवा नगर्ने भन्ने विषयसँग मात्रै जोडिएकै छैन, हामी विद्यार्थी नेताहरु र संगठनले लिने पहलकदमीसँग पनि जोडिएको छ ।’

उनले अनेरास्ववियू सत्ताको ताबेदारी गर्ने संगठन नभएको भन्दै विद्यार्थीको हकहितका लागि लड्न आफू तयार रहेको बताए । उनले थपे, ‘मैले वर्तमानको मात्रै कुरा गरेको होइन । तपाईंले इतिहासतिर फर्केर हेर्नु भयो भने यो सधै विद्रोही संगठनका रुपमा बागी आवाज बोल्ने संगठनका रुपमा दर्ज छ । त्यसैले अहिले पनि रुझेको बिरालो जस्तो बनेर बाँच्न सक्दैन ।’ तामाङले संयोजक बेलैमा सच्चिनुपर्ने समेत स्पष्ट पारे।
यस विषयमा महरसँग जानकारी लिनका लागि नेपाल लाईभले पटक–पटक फोन गर्दा उनको फोन उठेन । तर, उनी निकटमानिने अनेरास्ववियूका नेता आरसी लामिछानेले सहसंयोजकले उत्तेजित ढंगले एक्लौटी विज्ञप्ति निकालेपछि विवाद उत्कर्षमा पुगेको बताए। उनले भने, ‘पार्टी शीर्ष नेतृत्वको बाछिटा विद्यार्थी संगठनमा पनि परेको सत्य हो। यसको समाधान सहमति गर्दै दुवै पक्ष अघि बढ्नुको विकल्प छैन।’ 
अनेरास्ववियूका अर्का नेता जीपी मैनालीले भने यो विवाद कुनै सैद्धान्तिक र वैचारिक नभएको भन्दै यसले आम विद्यार्थीलाई खासै प्रभावित नपार्ने जिकिर गरे। ‘समाजमा अनेकौँ ज्वलन्त मुद्धा जिउँदा हुँदाहुँदै विद्यार्थी नेताहरु ती मुद्धामा बोल्न छाडेर विज्ञप्ति कसले निकाल्यो भनेर तुजुक देखाउनु आफैँमा हाँस्यास्पद हो।,’ उनले भने, ‘यो समय विवादमा रुमल्लिएर अघि बढ्नेभन्दा पनि मिलेर संघर्षमा जानुको विकल्प छैन ।’
 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  ०९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्