• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'हटस्पट' दक्षिणकाली : कालीमाटी आवतजावत गर्नेबाट कोरोना फैलिएको अनुमान

64x64
निर्मला घिमिरे सोमबार, भदौ १५, २०७७  २१:५५
1140x725

काठमाडौं- पछिल्लो दुई सातादेखि कोरोना फैलिन थालेको दक्षिणकाली नगरपलिकामा आइतबारसम्म १६ जनामा कोरोना देखिएको छ। कोरोना संक्रमितहरु अधिकांश व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु रहेको नगरपालिकाले जनाएको छ। 

उपत्यकामा व्यापक रूपमा कोरोना फैलिएको र तरकारी तथा फलफूलका लागि कालीमाटी तरकारी बजारमा आवतजावत गर्दा नगरपालिकामा कोरोना फैलिएको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत बताउँछन्। 

‘सबैतिर कोरोना फैलिसकेको अवस्थामा पनि हाम्रो दक्षिणकाली नगरपालिकामा कोरोना फैलिसकेको थिएन। कोरोना अत्यधिक फैलिएको काठमाडौं उपत्यका नजिक भएका कारणले पनि दुई सातायता भने दक्षिणकाली नगरपालिकामा कोरोना प्रवेश गरेको छ। विशेष गरी कालीमाटीमा लिन तथा लैजान आवतजावत गर्दा कोरोना दक्षिणकालीमा आइपुगेको अनुमान गरिएको छ,’ मेयर बस्नेतले नेपाल लाइभसँग भने। 

दक्षिणकालीमा उत्पादन भएका फलफूल तथा तरकारी बेच्न आउने ठाउँ कालीमाटी भएको र आवश्यक तरकारी लिन पनि कालीमाटी जानुपर्ने भएकाले कालीमाटीबाट नै दक्षिणकालीमा कोरोना छिरेको उनको भनाइ छ। 

संक्रमितको अवस्था सामान्य 
नगरपालिकामा आइतबारसम्म २ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। अन्य सबै संक्रमितहरुको अवस्था पनि सामान्य रहेको बताइएको छ। 

‘सबै संक्रमितको अवस्था सामान्य छ। उहाँहरु हट्टाकट्टा र फूर्तिलो नै हुनुहुन्छ। त्यस्तो जटिल समस्या देखिएको छैन,’ मेयर बस्नेतले भने। 

सकेसम्म नगरपालिकामा कोरोना संक्रमण नै हुन नदिने गरी आफूहरु खटेको तर खट्दा खट्दै पनि नगरपालिकामा संक्रमण सुरु भएपछि रोकथाम तथा नियन्त्रणमा सक्दो पहल गरिरहेको मेयर बस्नेत बताउँछन्। ‘हाम्रो नगरपालिका, वडाहरु, यहाँका जानकार व्यक्तिहरु, राजनीतिक दल सबैको साथ सहयोगले सकेसम्म संक्रमण नै हुन नदिने प्रकृयामा हामी आगाडि बढेका थियौँ। तर संक्रमण सुरु भएको छ। अब कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको सक्दो पहल गर्नुपर्ने भएकाले हामी सोहीअनुसार काम गरिरहेका छौँ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

सजगता अपनाउनका लागि जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ। त्यस्तै कुनै स्थानमा कोरोना देखियो भने त्यो ठाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ तथा पिसीआर परीक्षणको दायरालाई विस्तार गरिएको उल्लेख गरिएको छ। 

नगरपालिकामा २० बेडको आइसोलेसन 
नगरपालिकाले कोरोना संक्रमितलाई राख्नका लागि प्राथमिक स्वास्थ्यकेन्द्र चाल्नाखेलमा २० बेडको आइसोलेसन तयार गरेको छ। 

आइसोलेसनमा हाल ३ जना संक्रमित रहेको नगरपालिकाले जनाएको छ। बाँकी संक्रमित विभिन्न कार्यालयका कर्मचारी, तथा सुरक्षाकर्मीहरु पनि रहेकाले उनीहरु कार्यालयको आइसोलेसन तथा सरकारले तोकेको अन्य आइसोलेसनमा रहेको उल्लेख गरिएको छ। 

‘आइसोलेसनमा बस्दा पनि घरमै बसेजस्तो हुने वातावरण हामीले मिलाएका छौँ,’ मेयर बस्नेत भन्छन्, ‘२० बेडको आइसोलेसनले पनि अपुग हुने अवस्था आयो भने हामी थप व्यवस्थापन गर्छौं।’ 

Xtrem

Xtrem

नगरपालिकाले पनि कोरोना रोकथाम तथा नियन्त्रण र सचेतना अभिवृद्धिमा सक्दो पहल गरिरहेको मेयर बस्नेतले बताए। 

कोरोना रोकथाममा वित्तीय स्रोतको अभाव देखाएर पन्छिनेभन्दा पनि भएको स्रोतले पुर्‍याएर नगरवासीहरुलाई सुरक्षित बनाउने आफ्नो दायित्व भएको उनको भनाइ छ। 

‘पैसालाई पर राखेर पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बेला हो यो। धेरै पैसा खर्च गरेर मात्रै कोरोना रोकथाम तथा नियन्त्रण हुने होइन,' उनी भन्छन्, ‘नगरवासीहरुले पनि सोहीअनुसार सजगता अपनाएर अघि बढ्न सके जोखिम कम हुन्छ।’ 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्