• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'हटस्पट' दक्षिणकाली : कालीमाटी आवतजावत गर्नेबाट कोरोना फैलिएको अनुमान

64x64
निर्मला घिमिरे सोमबार, भदौ १५, २०७७  २१:५५
1140x725

काठमाडौं- पछिल्लो दुई सातादेखि कोरोना फैलिन थालेको दक्षिणकाली नगरपलिकामा आइतबारसम्म १६ जनामा कोरोना देखिएको छ। कोरोना संक्रमितहरु अधिकांश व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु रहेको नगरपालिकाले जनाएको छ। 

उपत्यकामा व्यापक रूपमा कोरोना फैलिएको र तरकारी तथा फलफूलका लागि कालीमाटी तरकारी बजारमा आवतजावत गर्दा नगरपालिकामा कोरोना फैलिएको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत बताउँछन्। 

‘सबैतिर कोरोना फैलिसकेको अवस्थामा पनि हाम्रो दक्षिणकाली नगरपालिकामा कोरोना फैलिसकेको थिएन। कोरोना अत्यधिक फैलिएको काठमाडौं उपत्यका नजिक भएका कारणले पनि दुई सातायता भने दक्षिणकाली नगरपालिकामा कोरोना प्रवेश गरेको छ। विशेष गरी कालीमाटीमा लिन तथा लैजान आवतजावत गर्दा कोरोना दक्षिणकालीमा आइपुगेको अनुमान गरिएको छ,’ मेयर बस्नेतले नेपाल लाइभसँग भने। 

दक्षिणकालीमा उत्पादन भएका फलफूल तथा तरकारी बेच्न आउने ठाउँ कालीमाटी भएको र आवश्यक तरकारी लिन पनि कालीमाटी जानुपर्ने भएकाले कालीमाटीबाट नै दक्षिणकालीमा कोरोना छिरेको उनको भनाइ छ। 

संक्रमितको अवस्था सामान्य 
नगरपालिकामा आइतबारसम्म २ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। अन्य सबै संक्रमितहरुको अवस्था पनि सामान्य रहेको बताइएको छ। 

‘सबै संक्रमितको अवस्था सामान्य छ। उहाँहरु हट्टाकट्टा र फूर्तिलो नै हुनुहुन्छ। त्यस्तो जटिल समस्या देखिएको छैन,’ मेयर बस्नेतले भने। 

सकेसम्म नगरपालिकामा कोरोना संक्रमण नै हुन नदिने गरी आफूहरु खटेको तर खट्दा खट्दै पनि नगरपालिकामा संक्रमण सुरु भएपछि रोकथाम तथा नियन्त्रणमा सक्दो पहल गरिरहेको मेयर बस्नेत बताउँछन्। ‘हाम्रो नगरपालिका, वडाहरु, यहाँका जानकार व्यक्तिहरु, राजनीतिक दल सबैको साथ सहयोगले सकेसम्म संक्रमण नै हुन नदिने प्रकृयामा हामी आगाडि बढेका थियौँ। तर संक्रमण सुरु भएको छ। अब कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको सक्दो पहल गर्नुपर्ने भएकाले हामी सोहीअनुसार काम गरिरहेका छौँ,’ उनले भने। 

Ncell 2
Ncell 2

सजगता अपनाउनका लागि जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ। त्यस्तै कुनै स्थानमा कोरोना देखियो भने त्यो ठाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ तथा पिसीआर परीक्षणको दायरालाई विस्तार गरिएको उल्लेख गरिएको छ। 

नगरपालिकामा २० बेडको आइसोलेसन 
नगरपालिकाले कोरोना संक्रमितलाई राख्नका लागि प्राथमिक स्वास्थ्यकेन्द्र चाल्नाखेलमा २० बेडको आइसोलेसन तयार गरेको छ। 

आइसोलेसनमा हाल ३ जना संक्रमित रहेको नगरपालिकाले जनाएको छ। बाँकी संक्रमित विभिन्न कार्यालयका कर्मचारी, तथा सुरक्षाकर्मीहरु पनि रहेकाले उनीहरु कार्यालयको आइसोलेसन तथा सरकारले तोकेको अन्य आइसोलेसनमा रहेको उल्लेख गरिएको छ। 

‘आइसोलेसनमा बस्दा पनि घरमै बसेजस्तो हुने वातावरण हामीले मिलाएका छौँ,’ मेयर बस्नेत भन्छन्, ‘२० बेडको आइसोलेसनले पनि अपुग हुने अवस्था आयो भने हामी थप व्यवस्थापन गर्छौं।’ 

नगरपालिकाले पनि कोरोना रोकथाम तथा नियन्त्रण र सचेतना अभिवृद्धिमा सक्दो पहल गरिरहेको मेयर बस्नेतले बताए। 

कोरोना रोकथाममा वित्तीय स्रोतको अभाव देखाएर पन्छिनेभन्दा पनि भएको स्रोतले पुर्‍याएर नगरवासीहरुलाई सुरक्षित बनाउने आफ्नो दायित्व भएको उनको भनाइ छ। 

‘पैसालाई पर राखेर पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बेला हो यो। धेरै पैसा खर्च गरेर मात्रै कोरोना रोकथाम तथा नियन्त्रण हुने होइन,' उनी भन्छन्, ‘नगरवासीहरुले पनि सोहीअनुसार सजगता अपनाएर अघि बढ्न सके जोखिम कम हुन्छ।’ 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जेन–जी आन्दोलनपछि क्षतिग्रस्त महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गर्छौ: अर्थमन्त्री खनाल मंगलबार, कात्तिक २५, २०८२
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता मंगलबार, कात्तिक २५, २०८२
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु मंगलबार, कात्तिक २५, २०८२
सुनको मूल्य एकैदिन ४ हजार ९०० ले बढ्यो मंगलबार, कात्तिक २५, २०८२
३ सय ६६ दिनका लागि ३ अर्ब ७० करोड लगानी गर्दै राष्ट्र बैंक मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्