• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सुर समीक्षा : सीमाभन्दा पारी,  भाषाभन्दा माथि 'ओए काजल'

64x64
नेपाल लाइभ शनिबार, भदौ १३, २०७७  १२:४४
1140x725

काठमाडाैं-भाषा, कला, संस्कृति र विकास फरक कुरा हुन्। तर कहिलेकाहीँ अन्योन्याश्रित भइदिन्छन्। लेखनाथ पौड्यालले 'नैतिक दृष्टान्त'मा भनेजस्तै :
बडाले जो गर्‍याे काम हुन्छ त्यो सर्वसम्मत
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित

त्यसैले नेपाली भाषा, कला र संस्कृतिको जननी 'खस'ले नै उपेक्षा बेहोर्‍यो। किनकि सर्वसम्मत गराउन सक्ने 'बडा' बन्ने गरी विकास हुन सकेन। मूल भाषाअन्तर्गतको देउडा संगीत त्यसैको चेपमा पर्‍यो। शासकको हेपाइमा परेको मान्छे होस् वा भाषा, ठाउँ होस् वा संस्कृति फैलिन मुस्किल थियो यसअघि। 'शासक वर्ग' अधिनस्थ प्रचारका माध्यमहरु रेडियो र टिभीले देउडा संगीतलाई अविकसित सुदूर-कर्णालीका अशिक्षितको गीत दर्जामा राखे। 

समय फेरिएको छ। प्रविधिले सिन्डिकेट तोडिदिएको छ। जे बजाइयो, त्यही सुन्नुपर्ने र मन नपरे पनि विस्तारै बानी पार्दै जानुपर्ने समयको अन्त्य भएको छ। आफूले मन परे सुन्ने र मन नपर्दा अस्वीकार गर्ने प्राविधिक लोकतन्त्र दुनियाँमा छ।

त्यसको असर भाषा,  संस्कृति र संगीतमा देखिन थालेको छ। संगीत भाषाभन्दा माथि उठ्न सक्छ र सीमाभन्दा पर फैलिन सक्छ भन्ने उदाहरण देखिन थालेका छन्। त्यसैमध्येको एउटा उदाहरण हाे 'ओए काजल'। नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका केही ठाउँमा प्रचलित संगीतमा बनेको गीत सार्वजनिक भएको दुई महिना नपुग्दै युट्युबमा करोडभन्दा बढीपटक हेरिएको छ। टिकटकमा पनि उत्तिकै हिट भइरहेको छ। 

नजर लागली दुनियाँ भैगो पागल 
ओए काजल आँखी लगाइदे गाजल

देउडाका अनेक शैलीमध्ये यो ख्याल ठट्टा गरिने अवस्थाका लागि प्रयोग गरिने संगीत  हो। आँखामा गाजल सुन्दरताका लगाउने गरेको धेरैलाई थाहा छ। तर अरुको नजरबाट जोगिन पनि आँखा वा निधारमा कालो टिको वा गाजल लगाइदिने प्रचलन सुदूरपश्चिममा छ।  त्यसैले सुन्दरताका लागि भन्दा पनि अरुको नजर नलाग्न दिन गाजल लगाउन उत्प्रेरित गरिएको छ।

भाषा सुदूरपश्चिमको प्रयोग छ। तर म्युजिक भिडियोमा प्रयोग भएका नृत्य र भेषभूषा चाहिँ भारतको उत्तराखण्डका कुमाउ र गढवालमा प्रचलित छन्। त्यहाँ देउडा गीत पनि उत्तिकै रुचाइन्छ। 

नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डलाई लक्ष्य गरेर बनाइएको गीतले त्यहीँ सीमित रहेन। किनभने संगीतमा रहेको मौलिकता र गीतको सरलताका कारण सबैमाझ पुग्यो। धेरैको मनमा गढ्यो।  यो अन्तरा सबैभन्दा चर्चित छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हिलवाला जुत्ती नला लालवाली कुर्ति नला
दुनियाँलाई मुन्नी प्यारी, मलाइ तेरी चुन्नी प्यारी 

धेरैले अहिले सुने पनि केही वर्षदेखि सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा धेरै रुचाइएका गायकमध्ये पर्छन्, चक्र बम। उनका दर्जनौँ देउडा र लोकपप गीत हिट छन्। अहिले गायन फलिफाप भए पनि कला क्षेत्रतर्फ उनलाई मोडल बन्ने चाहनाले डोर्‍याएको थियो।

गायक बन्नुअघि उनले ‘मेरो मन त डुलिरहन्छ’ बोलेको आधुनिक गीतमा मोडलिङ गरेका हुन्। आफ्नै शब्द र संगीत रहेको गीतले उनलाई मोडलिङ गर्ने रहर मात्रै पूरा गर्‍यो, चर्चित मोडल बन्ने चाहना भने गीत हिट नभएसँगै थाती बस्यो। 

मोडलिङको रहर भए पनि साथीभाइसँग रमाइलो गर्दा उनी गीत गुनगुनाउँथे। मोडलिङ गरेपछि गीत–संगीत क्षेत्रकाहरूसँग उनको संगत बढ्दै गयो। साथीभाइले भन्न थाले-‘स्वर मीठो छ, गीत गाऊ न। के मोडलिङ भनेर हिँडिरहेको !’ साथीहको यस्तो प्रतिक्रियाले हौस्याएपछि उनले २०६९ सालकै अन्त्यतिर ‘मोटा चामलको’ नामक देउडा गीत रेकर्ड गराए। यसले पनि गायक मात्रै बनायो। अपेक्षित सफलता प्राप्त गर्न भने उनलाई थप दुई वर्ष कुर्नुपर्‍यो। 

Xtrem

Xtrem

कैलालीमा जन्मेहुर्केका बमले यही समयदेखि काठमाडौँमै गायक र मोडल बन्ने प्रयत्न गर्ने लक्ष्य लिइसकेका थिए। कलाकारितामा हिट नभइसक्दा खाने–बस्ने जोहो गर्न उनले दोहोरी साँझको सहारा लिए। दोहोरीमा गाउने/नाच्ने गरिरहेका बेला २०७२ सालमा उनले ‘नाच मेरी झुमा’ देउडा गीत रेकर्ड गराए। सुशील बोहराको शब्दमा रहेको गीत सुदू्र र कर्णाली क्षेत्रमा निकै चर्चित बन्यो। देउडा गीतमा र्‍याप मिसिएको उक्त गीत नयाँ पुस्तमाझ चर्चित बन्यो। 

‘खेल मेरी दर्कादरी’, ‘नाच भुन्टी नाच’, ‘हाइ कली’, बम्बै गैजाने' जस्ता गीत पनि धेरै रुचाइए। नेपाल आइडल–२ बाट चर्चित बनेकी करिश्मा विष्टसँग सहकार्य गरेको ‘विद्यानाश’ पनि युवा पुस्ताले निकै मन पराएको गीत हो। 

मौलिक देउडाबाट पर भाग्दै गएको पुस्तालाई उनलाई फ्युजनमार्फत् फर्काउन खोजिरहेका छन्। गायनमा चर्चित हुँदै जाँदा मौलिकतालाई समेत फैलाउने जिम्मेवारी उनीमाथि रहन्छ। 'दारु सड्काउन्याँ', 'चुरोट र गाँजा' जस्ता स्वास्थ्‍यका लागि हानिकारक गीतबाट समेत जोगिनुपर्छ। किनभने उनीमाथि दुनियाँ नजर लागेको छ। सगरमाथा धेरै जना चढ्छन् तर त्यहाँ लामो समय टिकिरहन मुश्किल हुन्छ। 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने शनिबार, असोज १०, २०८३
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्