• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

यसो गर्न सकिन्छ नेपालको पर्यटन प्रवर्द्धनका लागि

दिवाकर गौतम सोमबार, भदौ १५, २०७७  ०९:०५
1140x725

पर्यटन प्रवर्द्धन गर्न सन् २०२० लाई पयर्टन वर्ष मनाउन भन्दै उद्घाटन गरिए पनि कोभिड महामारीले स्थगित गराएको अवस्था छ। विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ ले पर्यटन क्षेत्रलाई नै आक्रान्त परेर ठूलो नोक्सानी भएका तथ्याङ्क विश्व बैंकलगायतका संस्थाले सार्वजनिक गरेका छन्। गत आर्थिक वर्षको तथ्यांक हेर्दा कुल गाहर्स्थ उत्पादनमा करिब २ प्रतिशत मात्र योगदान पर्यटन क्षेत्रको छ। पर्यटनको प्रचुर सम्भावना भए पनि विकास र विस्तारको अभावमा अर्थतन्त्रमा अपेक्षित योगदान गर्न सकेकाे छैन। अझ कोभिडको असरले हालको अवस्थामा पर्यटकीय गतिविध शून्य छन्। 

सरकारले पर्यटन क्षेत्रको विकास गरी रोजगारी सिर्जनामार्फत् राष्ट्रिय अर्थतन्त्र सबलीकरण गर्न पर्यटन नीति २०६१ ल्याएको छ। तर यो नीतिअनुसार तदारुकताका साथ काम भने हुन सकेको छैन। 

प्रचुर मात्रामा रहेका भौगोलिक सांस्कृतिक पुरातत्विक तथा अनुपम प्राकृतिक  छटाले भरिपूर्ण देश विविधतापूर्ण हावापानी, विश्वको सर्वोच्च शिखर सगरमाथादेखि हेर्नलायक विभिन्न फाँट, टार, मैदान ,छहरा, हिमशृङखला तालतलैया र विविधतापूर्ण रितिरिवाजले सबैखाले पर्यटकलाई मोहित पार्दै आएको थियो।

अध्ययन अनुसन्धान गरी वैज्ञानिक तथ्य पत्ता लगाउन तथा साहसिक खेल खेल्न मनोरञ्जन तथा अनुपम प्राकृतिक छटाको काखमा प्रत्यक्ष रुपमा बसी त्यसको अनुभव गर्न पर्यटकहरू मोहित हुन्थे। करिब १९८ किमी उत्तर-दक्षिणको चौडाइमा विविध हावापानी, मौसम, भौगोलिक अवस्थाका साथै पुरातात्विक , सांस्कृतिक फरकपनाले आकर्षण अझ बढाएको छ।

विगतदेखि पर्यटकीय गतिविधि बढाउँदै आकर्षण गर्न नीतिनियम संरचना तयार पारे पनि अपेक्षाकृत विकास हुन किन नसकेको भन्ने प्रश्न उठेको पनि छ। राष्ट्रिय अर्थतन्त्रमा यसको हिस्सा किन कम रह्यो? किन पर्यटकको दैनिक गर्ने खर्च र बसाइ अवधि अधिक हुन सकेन? यीलगायतका धेरै प्रश्न अनुत्तरित  छन्। उत्तर खोज्नका लागि सही रुपले समस्याको पहिचान नै जरुरी छ।

लामो सशस्त्र द्वन्द्व र अस्थिरताले विश्व पर्यटन बजारमा नेपालको नाम उँचो हुन सकेन। पर्यटकलाई सुविधासम्पन्न गुणस्तरीय होटल, रिसाेर्ट, बाटोघाटो हवाई सुविधामा पनि कमीकमजोरी रह्यो।

अतिथिलाई नेपाली संस्कृतिअनुरुप सत्कार र सहयोग गर्नका लागि आवश्यक जनशक्तिलाई तत्सम्बन्धी मागदर्शन, सीप, ज्ञान, दक्षतासम्बन्धी ज्ञानको अभाव पनि खड्कियो। हाम्रा प्राकृतिक सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदा एवम् रितिरिवाज भेषभुषा र यहाँको अनुपम प्राकृतिक छटाको उचित प्रवर्द्धन गर्न नसकिएको र विश्व पर्यटन बजारमा उचित बजारीकरण गर्न नसक्ने अर्को महत्वपूर्ण  समस्या भयो। सहरदेखि दूरदराजका स्थानसम्म त्यहाँको प्राकृतिक भौगोलिक, मनमोहक दृष्यावलोकन, साहसिक पर्यटन, अध्ययन अनुसन्धान जस्ता गतिविधि गर्नका लागि आवश्यक भौतिक पूर्वाधार दिगो विकास र विस्तार गर्न नसक्नु मूल जड रह्यो। 

पर्यटकीय गन्तव्यले महत्वपूर्ण ठानिएका अमेरिका यूरोपका विभिन्न देशहरु तथा विकसित एसियाली देशहरुमा कोभिड-१९ ले उग्र आंतक मच्चाइरहेको र ठूलो संख्यामा मानव क्षति भएको परिप्रेक्ष्यमा हाम्रो देशमा त्यति धेरै मानव क्षति नभएको र भविष्यमा पनि नहोला।

Ncell 2
Ncell 2

नेपालमा सरकारका संरचनाको सहजीकरणमा निजी र सहकारी क्षेत्रलाई विश्वासमा लिई अनुदान तथा सहुलियत प्रदानका साथै देहायका कार्य सञ्चालन गरी यस क्षेत्रको समुचित विकास र विस्तार गर्न सकिन्छ:

१. देशभर छरिएर रहेका पर्यटकीय गन्तव्यहरुको महत्वपूर्ण तथा सबै गन्तव्य स्थलको गहन अध्ययन  र विश्लेषण गरी त्यस क्षेत्रसम्म पर्यटक जान र बस्नको लागि चाहिने आवश्यक भौतिक पूर्वाधार निमार्णमा तत्काल जोड दिने। 

२. प्राकृतिक रुपले अनुपम छट्टा तथा मनमोहक दृश्य, साहसिक पर्यटनका लागि उपयुक्त स्थान, प्राकृतिक भौगोलिक सांस्कृतिक पुरातात्विक महत्वको बारेमा, विस्तृत विवरण संकलन गरि त्यसको प्रत्यक्ष  अनुभव गर्न लाग्ने न्युनतम समय खर्च र त्यहासम्म पुग्ने बाटोको नक्सा तयार गरी पर्यटन बै‌ंक स्थापना तत्काल गर्ने। जसबाट देश र विदेशका सबैखाले पर्यटकलाई सहज र सुलभ तवरले पर्यटनसँग सम्बन्धित जानकारी प्रदान गरी आकर्षण हुनेछ।   

३. विश्व पर्यटन बजारमा कूटनीतिक माध्यमको प्रयोग गरी पर्यटक ब‌ैंकमा रहेका सूचना निरन्तर प्रवाह गर्ने तथा दूतावासमा छुटै पर्यटकीय बैंककाे युनिट खडा गरी दोहोरो सूचना सम्प्रेषण गर्ने नीति तथा अधिकार सम्पन्न संरचना बनाई कार्यान्वयन गर्ने।

४. पर्यटक तथा पर्यटकीय गतिविधिको पूर्ण सुरक्षाको ग्यारेन्टी गरी सम्बन्धित बिमाको व्यवस्था तथा कार्यान्वयन गर्ने कार्य सरकारको तर्फबाट पहल गर्ने। 

५. ग्रामीण स्तरमा संचालित होमस्टेलगायतका पर्यटकीय गतिविधि विस्तार र विकास गर्न हरित सडक र धेरै दिन बिताउन साहसिक, मनोरञ्जनपूर्ण र महत्वपूर्ण सम्पदाको विस्तृत विवरण तयार गरी पर्यटकलाई सम्पूर्ण जानकारी दिई आवश्यक गतिविधि संचालन गर्ने।

६. विविधताले भरिपूर्ण देशमा पर्यटकलाई प्रत्येक स्थानमा भएको मौलिक संस्कृति, सम्पदा, परम्परा तथा रितिरिवाजका बारेमा सूचित गरी आत्मसात गर्ने वातावरण सृजना गर्ने कार्यलाई प्रोत्साहित गर्ने।

७. देशमा रहेको र निर्माणाधीन विमानस्थललाई अन्य स्थानमा पनि विकास तथा विस्तार एवं तारे होटल, रिसाेर्ट, मोटेल, टुर्स तथा ट्राभल्स एजेन्सीको सेवा भरपर्दो, गुणस्तरीय र पारदर्शीता कायम गरी विश्वसनीय बनाउने तथा कार्यरत कर्मचारीलाई समायनुकूल ज्ञन, सीप, दक्षता अभिवृद्धि र सशक्तिकरण गर्ने कार्यक्रम प्रभावकारी रुपमा निरन्तर संचालन गर्ने।

८. सरकारको तर्फबाट ठूलाठूला सभा हल, गोष्ठी तथा सेमिनार एवं पार्टी र इभेन्ट संचालन गर्न अत्याधुनिक हल बनाई गतिबिधि संचालन गर्ने, जसबाट पर्यटकीय गतिविधिमा प्रोत्साहन मिलोस्।

९. पर्यटकीय गतिविधि समुचित व्यवस्थापन गर्न एकीकृत कानुन निर्माण गर्ने।

१०. प्रत्येक वर्ष कुनै एउटा भूगोल, प्राकृतिक स्थानमा अवस्थित सम्पदा, पुरातात्विक महत्वको विषयलाई गहन अध्ययन गरी विस्तृत विवरणसहित अधिक पर्यटक भित्र्याउन विश्व पर्यटन महोत्सव संचालन गर्ने नीति बनाई संचालन गर्ने।

११. शिक्षालाई पर्यटकीय गतिविधि र पर्यटनलाई गांउँदेखि शहरको आर्थिक उर्पाजन गर्ने उद्योगको रुपमा आबद्ध गर्ने नीति बनाई राष्ट्रिय अर्थतन्त्रमा यथेष्ठ योगदान तथा विदेशी मुद्राको आर्जनको दिगो स्रोतको रुपमा  निरन्तर सुधारमार्फत् विकास गर्ने।

पर्यटकीय गतिविधि यस महामारीपश्चात् विस्तारै बढोत्तरी हुने अपेक्षा गर्न सकिन्छ। विकसित मुलुकमाभन्दा कम संक्रमण र क्षति भएका कारण एवं प्राकृतिक, सांस्कृतिक, पुरातात्विक महत्वले अनुपम रहेको यस बुद्ध भूमिमा पर्यटकीय गतिविधि वृद्धि हुने कुरामा शंका छैन।

यसबाट दूरदराजका गाउँबस्तीदेखि सहरसम्म आर्थिक क्रियाकलापमा वृद्धिसँगै व्याप्त बेरोजगारी, गरिबीजस्ता आर्थिक सामाजिक समस्या हल भई राष्ट्रिय अर्थतन्त्रमा यथेष्ठ योगदान दिई आर्थिक समृद्धि आउने कुरा निःसन्देह छ। देशमा वैदेशिक मुद्रा आर्जनको आधारका रूपमा मानिएको पर्यटन क्षेत्र बलियो भएमा विकास दिगो बनाउन पनि सहयोग पुग्छ। जसबाट संविधानको प्रस्तावना र यसले अपेक्षा गरेको र प्रधानमन्त्रीले बारम्बार दोहोर्‍याइरहने 'सुखी नेपाली : समृद्ध नेपाल'को अभिलाषा पनि पूरा हुने अपक्षा गर्न सकिन्छ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्