• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

यसो गर्न सकिन्छ नेपालको पर्यटन प्रवर्द्धनका लागि

दिवाकर गौतम सोमबार, भदौ १५, २०७७  ०९:०५
1140x725

पर्यटन प्रवर्द्धन गर्न सन् २०२० लाई पयर्टन वर्ष मनाउन भन्दै उद्घाटन गरिए पनि कोभिड महामारीले स्थगित गराएको अवस्था छ। विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ ले पर्यटन क्षेत्रलाई नै आक्रान्त परेर ठूलो नोक्सानी भएका तथ्याङ्क विश्व बैंकलगायतका संस्थाले सार्वजनिक गरेका छन्। गत आर्थिक वर्षको तथ्यांक हेर्दा कुल गाहर्स्थ उत्पादनमा करिब २ प्रतिशत मात्र योगदान पर्यटन क्षेत्रको छ। पर्यटनको प्रचुर सम्भावना भए पनि विकास र विस्तारको अभावमा अर्थतन्त्रमा अपेक्षित योगदान गर्न सकेकाे छैन। अझ कोभिडको असरले हालको अवस्थामा पर्यटकीय गतिविध शून्य छन्। 

सरकारले पर्यटन क्षेत्रको विकास गरी रोजगारी सिर्जनामार्फत् राष्ट्रिय अर्थतन्त्र सबलीकरण गर्न पर्यटन नीति २०६१ ल्याएको छ। तर यो नीतिअनुसार तदारुकताका साथ काम भने हुन सकेको छैन। 

प्रचुर मात्रामा रहेका भौगोलिक सांस्कृतिक पुरातत्विक तथा अनुपम प्राकृतिक  छटाले भरिपूर्ण देश विविधतापूर्ण हावापानी, विश्वको सर्वोच्च शिखर सगरमाथादेखि हेर्नलायक विभिन्न फाँट, टार, मैदान ,छहरा, हिमशृङखला तालतलैया र विविधतापूर्ण रितिरिवाजले सबैखाले पर्यटकलाई मोहित पार्दै आएको थियो।

अध्ययन अनुसन्धान गरी वैज्ञानिक तथ्य पत्ता लगाउन तथा साहसिक खेल खेल्न मनोरञ्जन तथा अनुपम प्राकृतिक छटाको काखमा प्रत्यक्ष रुपमा बसी त्यसको अनुभव गर्न पर्यटकहरू मोहित हुन्थे। करिब १९८ किमी उत्तर-दक्षिणको चौडाइमा विविध हावापानी, मौसम, भौगोलिक अवस्थाका साथै पुरातात्विक , सांस्कृतिक फरकपनाले आकर्षण अझ बढाएको छ।

विगतदेखि पर्यटकीय गतिविधि बढाउँदै आकर्षण गर्न नीतिनियम संरचना तयार पारे पनि अपेक्षाकृत विकास हुन किन नसकेको भन्ने प्रश्न उठेको पनि छ। राष्ट्रिय अर्थतन्त्रमा यसको हिस्सा किन कम रह्यो? किन पर्यटकको दैनिक गर्ने खर्च र बसाइ अवधि अधिक हुन सकेन? यीलगायतका धेरै प्रश्न अनुत्तरित  छन्। उत्तर खोज्नका लागि सही रुपले समस्याको पहिचान नै जरुरी छ।

लामो सशस्त्र द्वन्द्व र अस्थिरताले विश्व पर्यटन बजारमा नेपालको नाम उँचो हुन सकेन। पर्यटकलाई सुविधासम्पन्न गुणस्तरीय होटल, रिसाेर्ट, बाटोघाटो हवाई सुविधामा पनि कमीकमजोरी रह्यो।

अतिथिलाई नेपाली संस्कृतिअनुरुप सत्कार र सहयोग गर्नका लागि आवश्यक जनशक्तिलाई तत्सम्बन्धी मागदर्शन, सीप, ज्ञान, दक्षतासम्बन्धी ज्ञानको अभाव पनि खड्कियो। हाम्रा प्राकृतिक सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदा एवम् रितिरिवाज भेषभुषा र यहाँको अनुपम प्राकृतिक छटाको उचित प्रवर्द्धन गर्न नसकिएको र विश्व पर्यटन बजारमा उचित बजारीकरण गर्न नसक्ने अर्को महत्वपूर्ण  समस्या भयो। सहरदेखि दूरदराजका स्थानसम्म त्यहाँको प्राकृतिक भौगोलिक, मनमोहक दृष्यावलोकन, साहसिक पर्यटन, अध्ययन अनुसन्धान जस्ता गतिविधि गर्नका लागि आवश्यक भौतिक पूर्वाधार दिगो विकास र विस्तार गर्न नसक्नु मूल जड रह्यो। 

पर्यटकीय गन्तव्यले महत्वपूर्ण ठानिएका अमेरिका यूरोपका विभिन्न देशहरु तथा विकसित एसियाली देशहरुमा कोभिड-१९ ले उग्र आंतक मच्चाइरहेको र ठूलो संख्यामा मानव क्षति भएको परिप्रेक्ष्यमा हाम्रो देशमा त्यति धेरै मानव क्षति नभएको र भविष्यमा पनि नहोला।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा सरकारका संरचनाको सहजीकरणमा निजी र सहकारी क्षेत्रलाई विश्वासमा लिई अनुदान तथा सहुलियत प्रदानका साथै देहायका कार्य सञ्चालन गरी यस क्षेत्रको समुचित विकास र विस्तार गर्न सकिन्छ:

१. देशभर छरिएर रहेका पर्यटकीय गन्तव्यहरुको महत्वपूर्ण तथा सबै गन्तव्य स्थलको गहन अध्ययन  र विश्लेषण गरी त्यस क्षेत्रसम्म पर्यटक जान र बस्नको लागि चाहिने आवश्यक भौतिक पूर्वाधार निमार्णमा तत्काल जोड दिने। 

२. प्राकृतिक रुपले अनुपम छट्टा तथा मनमोहक दृश्य, साहसिक पर्यटनका लागि उपयुक्त स्थान, प्राकृतिक भौगोलिक सांस्कृतिक पुरातात्विक महत्वको बारेमा, विस्तृत विवरण संकलन गरि त्यसको प्रत्यक्ष  अनुभव गर्न लाग्ने न्युनतम समय खर्च र त्यहासम्म पुग्ने बाटोको नक्सा तयार गरी पर्यटन बै‌ंक स्थापना तत्काल गर्ने। जसबाट देश र विदेशका सबैखाले पर्यटकलाई सहज र सुलभ तवरले पर्यटनसँग सम्बन्धित जानकारी प्रदान गरी आकर्षण हुनेछ।   

३. विश्व पर्यटन बजारमा कूटनीतिक माध्यमको प्रयोग गरी पर्यटक ब‌ैंकमा रहेका सूचना निरन्तर प्रवाह गर्ने तथा दूतावासमा छुटै पर्यटकीय बैंककाे युनिट खडा गरी दोहोरो सूचना सम्प्रेषण गर्ने नीति तथा अधिकार सम्पन्न संरचना बनाई कार्यान्वयन गर्ने।

४. पर्यटक तथा पर्यटकीय गतिविधिको पूर्ण सुरक्षाको ग्यारेन्टी गरी सम्बन्धित बिमाको व्यवस्था तथा कार्यान्वयन गर्ने कार्य सरकारको तर्फबाट पहल गर्ने। 

५. ग्रामीण स्तरमा संचालित होमस्टेलगायतका पर्यटकीय गतिविधि विस्तार र विकास गर्न हरित सडक र धेरै दिन बिताउन साहसिक, मनोरञ्जनपूर्ण र महत्वपूर्ण सम्पदाको विस्तृत विवरण तयार गरी पर्यटकलाई सम्पूर्ण जानकारी दिई आवश्यक गतिविधि संचालन गर्ने।

६. विविधताले भरिपूर्ण देशमा पर्यटकलाई प्रत्येक स्थानमा भएको मौलिक संस्कृति, सम्पदा, परम्परा तथा रितिरिवाजका बारेमा सूचित गरी आत्मसात गर्ने वातावरण सृजना गर्ने कार्यलाई प्रोत्साहित गर्ने।

७. देशमा रहेको र निर्माणाधीन विमानस्थललाई अन्य स्थानमा पनि विकास तथा विस्तार एवं तारे होटल, रिसाेर्ट, मोटेल, टुर्स तथा ट्राभल्स एजेन्सीको सेवा भरपर्दो, गुणस्तरीय र पारदर्शीता कायम गरी विश्वसनीय बनाउने तथा कार्यरत कर्मचारीलाई समायनुकूल ज्ञन, सीप, दक्षता अभिवृद्धि र सशक्तिकरण गर्ने कार्यक्रम प्रभावकारी रुपमा निरन्तर संचालन गर्ने।

८. सरकारको तर्फबाट ठूलाठूला सभा हल, गोष्ठी तथा सेमिनार एवं पार्टी र इभेन्ट संचालन गर्न अत्याधुनिक हल बनाई गतिबिधि संचालन गर्ने, जसबाट पर्यटकीय गतिविधिमा प्रोत्साहन मिलोस्।

९. पर्यटकीय गतिविधि समुचित व्यवस्थापन गर्न एकीकृत कानुन निर्माण गर्ने।

१०. प्रत्येक वर्ष कुनै एउटा भूगोल, प्राकृतिक स्थानमा अवस्थित सम्पदा, पुरातात्विक महत्वको विषयलाई गहन अध्ययन गरी विस्तृत विवरणसहित अधिक पर्यटक भित्र्याउन विश्व पर्यटन महोत्सव संचालन गर्ने नीति बनाई संचालन गर्ने।

११. शिक्षालाई पर्यटकीय गतिविधि र पर्यटनलाई गांउँदेखि शहरको आर्थिक उर्पाजन गर्ने उद्योगको रुपमा आबद्ध गर्ने नीति बनाई राष्ट्रिय अर्थतन्त्रमा यथेष्ठ योगदान तथा विदेशी मुद्राको आर्जनको दिगो स्रोतको रुपमा  निरन्तर सुधारमार्फत् विकास गर्ने।

पर्यटकीय गतिविधि यस महामारीपश्चात् विस्तारै बढोत्तरी हुने अपेक्षा गर्न सकिन्छ। विकसित मुलुकमाभन्दा कम संक्रमण र क्षति भएका कारण एवं प्राकृतिक, सांस्कृतिक, पुरातात्विक महत्वले अनुपम रहेको यस बुद्ध भूमिमा पर्यटकीय गतिविधि वृद्धि हुने कुरामा शंका छैन।

यसबाट दूरदराजका गाउँबस्तीदेखि सहरसम्म आर्थिक क्रियाकलापमा वृद्धिसँगै व्याप्त बेरोजगारी, गरिबीजस्ता आर्थिक सामाजिक समस्या हल भई राष्ट्रिय अर्थतन्त्रमा यथेष्ठ योगदान दिई आर्थिक समृद्धि आउने कुरा निःसन्देह छ। देशमा वैदेशिक मुद्रा आर्जनको आधारका रूपमा मानिएको पर्यटन क्षेत्र बलियो भएमा विकास दिगो बनाउन पनि सहयोग पुग्छ। जसबाट संविधानको प्रस्तावना र यसले अपेक्षा गरेको र प्रधानमन्त्रीले बारम्बार दोहोर्‍याइरहने 'सुखी नेपाली : समृद्ध नेपाल'को अभिलाषा पनि पूरा हुने अपक्षा गर्न सकिन्छ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्