विराटनगर- पेस्तोल र ठूलो परिणामको प्रतिबन्धित लागुऔषधसहित सात भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा एक भारतीय महिलासहित सात जना छन्। जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा विराटनगर–४ स्थित नोबेल कलेज अगाडिबाट भारतीय नम्बर प्लेटका तीन मोटरसाइकलबाट ठूलो परिमाणको एभिल, डाइजेलाभ, स्पास्मो प्रोक्सिभन, नाइट्रोसन, लुपीजेसिक, फेनारागन, डाइलेक्स डिसी र एक थान अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, एक थान म्यागजिन र ६ थान गोलीसहित सात जनालाई पक्राउ गरिएको जानकारी दिइयो।
पक्राउ पर्नेमा भारतीय नागरिक रोहितकुमार शर्मा, विनोद यादव, राजाकुमार यादव, निलमदेवी यादव, प्रकाशकुमार दास, रञ्जीतकुमार शर्मा र सुरजनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए।
उनीहरूबाट भारतीय नम्बर प्लेटका तीन थान मोटरसाइकल, ६ थान मोबाइल र नेपाली ८१ हजार रुपैयाँ बरामद गरिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।