• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना नियन्त्रणमा टोखाले छुट्यायो ३ करोड, होम आइसोलेसन बस्नेलाई दैनिक ३५० रुपैयाँ

64x64
निर्मला घिमिरे बुधबार, भदौ १०, २०७७  २०:०१
1140x725
नगरले तयार पारेको आइसोलेसनको अवलोकन गरिँदै।

काठमाडौं- कोरोना  रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं जिल्लास्थित टोखा नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड बजेट छुट्याएको छ। नगरपालिकाका मेयर प्रकाश अधिकारीले आन्तरिक स्रोतबाट नै ४ करोड छुट्याइएको र सोही रकममार्फत सक्दो धेरै काम भइरहेको बताएका हुन्। 

यो बजेट नगरपालिकाको आन्तिरक मात्र भएको र यसमा संघीय सरकार र प्रदेश सरकारसँग थप बटेज माग गरी खर्च गरिने नगरपालिकाको भनाइ छ। उसले विकास खर्च कटौती गरेर भए पनि कोरोना संक्रमण नियन्त्रणका लागि बजेट व्यवस्था गर्ने सोच रहेको समेत जनाएको छ।  

'आपतको बेला त आफ्नो पनि खर्च गर्नु पर्‍यो। अहिले विकासभन्दा पनि मानवता जोगाउने हो। कसले गर्‍यो, कसले गरेन भनेर आरोप प्रत्यारोप गर्ने बेला होइन। समन्वय गर्दै जाने हो। कामको गतिलाई पनि अगाडि बढाउँदै जाने हो। अलिअलि नगरको आफ्नै स्रोत पनि छ। प्रदेश र संघीय सरकारसँग पनि बजेट माग गर्दै जाने हो,’ मेयर अधिकारीले भने, ‘अहिले विकास निमार्णको काम ठप्प छ। विकासको काम गरिएको छैन। खातामा पैसा छ। आपत्कालीन अवस्थामा यसैलाई प्रयोग गर्नुपर्छ भनेर नगरपालिकाले सोचेको छ।’  

भेलि कोरोना संक्रमण अझ भयावह रुपमा फैलियो र लामोसमयसम्म निशेधाज्ञा जारी गर्नुपर्ने बेला आयो भने थप सोच्नुपर्ने उनले बताए।  यसका साथै फ्रन्टलाईनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको सम्मान गर्दै सुरक्षित भएर रहन सबै नगरवासीहरुलाई आग्रह गरेको मेयर अधिकारीको भनाइ छ। 

होम आइसोलेसनमा बस्नेलाई ३५० रुपैयाँ
नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई दैनिक ३५० रुपैयाँ उपलब्ध गराउने भएको छ। संक्रमितलाई सन्तुलित आहारा लिनका लागि समस्या नहोस् भनेर दैनिक ३५० रुपैयाँको व्यवस्था गरिएको नगरपालिकाले जानकारी दिएको छ। 

‘सबै स्थानीय तहमा हामीले पहिलो यस्तो निर्णय गरेका छौँ। नगरपालिकाले व्यवस्था गरेको आइसोलेसनमा बस्नेलाई त हामीले आफैँ सन्तुलित आहारको व्यवस्था गरेका छौँ। आफ्नै घरमा सुरक्षित भएर आइसोलेसनमा बस्छु भन्नेहरुलाई हामीले नगद उपलब्ध गराउने निर्णय गरेका हौँ,’ मेयर अधिकारीले भने। 

होम आइसोलेसनमा बस्नेहरूको हेरचाहमा नगरपालिकाले स्वास्थ्य टिम परिचालन गरेको उनको भनाइ छ। 'म आफैले पनि दैनिक सम्पर्क गर्ने र उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने गरेको छु,' मेयर अधिकारीले भने। 

नगरपालिकाले संक्रमितलाई थर्मोमिटर, पल्स अक्सिमिटर आदि उपलब्ध गराएको र उनीहरुलाई नै सिकाएर दिनको ३ पटक भाईटल्स जाँच गर्ने गरेको मेयर अधिकारीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

होम आइसोलेसनमा बस्दा असहज भएमा तत्काल खबर गर्नसमेत भनिएको छ। 

१७ बेडको आइसोलेसन स्थापना
टोखा नगरपालिकाले आफ्नै खर्चमा आइसोलेसन स्थापना गरेको छ। नगरपालिकाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर २ स्थित १७ बेड क्षमताको आइसोलेसन स्थापना गरेको हो। 

‘बुधबार हामी निर्णय गरेर १५ बेड थप्दैछौँ। संक्रमितको संख्या बढ्दै गयो र आवश्यकता पर्‍यो भने लगभग ७० बेडसम्मको आइसोलेसन बनाउने तयारी गरेका छौँ,’ मेयर प्रकाश अधिकारीले नेपाल लाइभसँग भने। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि। कन्ट्याक्ट ट्रेसिङ तथा पिसीआर परीक्षणको दायरालाई फराकिलो बनाएको नगरपालिकाले जनाएको छ। 

‘कन्ट्याक्ट ट्रेसिङ तथा पिसीआर परीक्षणको दायरा फराकिलो बनाएका छौँ। आवश्यक किट केन्द्र सरकारसँग माग गरेका छौँ, पाइरहेका पनि छौँ,’
मेयर अधिकारी भन्छन्, ‘हाम्रो म्यानपावर तथा क्षमताअनुसारको कामको प्रक्रियालाई हामीले अगाडि बढाइरहेका छौँ। प्रदेश सरकारले पनि ४० लाखसम्म बजेट पठाउने आश्वासन दिएको छ।’ 

के छ नगरको अवस्था?
नगरका वडा नम्बर १० र ५ मा बढी कोरोना संक्रमित भेटिएका छन्। वडा नम्बर २ मा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्ति नभेटिएको तथा कन्ट्याक्ट ट्रेसिङमा समेत सो वडामा बसोबास गर्ने व्यक्ति नपरेकाले सो वडामा हालसम्म संक्रमित भेटिएका छैनन्। 

मेयर अधिकारीका अनुसार अन्य वडामा दैनिक सय जनामा पिसिआर परीक्षण गराउँदा कम्तीमा ४ देखि ५ जनासम्मको कारोना पोजिटिभ देखिन थालेको छ। 

नगरपालिकामा अधिकांश कोरोना संक्रमित विभिन्न अस्पताल तथा क्लिनिकमा काम गर्ने स्वास्थ्यकर्मी छन्। त्यस्तै बैंकहरुमा काम गर्ने कर्मचारी, प्रभावित जिल्लाबाट आएका, जनसम्पर्कमा बढी रहने व्यक्ति तथा व्यवसायीमा समेत कोरोना देखिएको छ। 

‘धेरैजसो कन्ट्याक्ट ट्रेसिङमार्फत् पत्ता लागेका कोरोना संक्रमितको एउटा न एउटा परिवारको सदस्य स्वास्थ्य निकायमा काम गरेको भेटियो। जस्तै वडा नम्बर ११ मा ६ जनामा संक्रमण भेटिएको छ। उनीहरुमा टिचिङमा काम गर्ने कर्मचारीमार्फत् सरेको पाइयो,’ मेयर अधिकारीले भने।

पहिलो चरणमा कोरोना देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षण गर्दा समुदायमा कोरोना फैलिसकेको पाइएको नगरपालिकाले जनाएको छ। 

१२० जना संक्रमित, २ जनाको निधन 
नगरपालिकामा मंगलबारसम्म टोखा १२० जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये एकजनाको अवस्था गम्भीर रहेको र बाँकी सबैजसोको अवस्था सामान्य रहेको नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताए। 

‘नगरपालिकामा २ जना कोरोना संक्रमितको निधन भएको छ। ज्यान गुमाउनेमा एकजना सुत्केरी र अर्का क्यान्सर पीडित हुन्। क्यान्सर पीडित व्यक्तिको मृत्युपछि कोरोना पुष्टि भएको थियो,’ मेयर अधिकारीले नेपाल लाइभसँग भने। 

४५ जना निको भएर घर फर्किए 
संक्रमितमध्ये ४५ जना कोरोना जितेर घर फर्किसकेको नगरपालिकाले जनाएको छ। बाँकी ७३ मध्ये केही अस्पतालको आइसोलेसनमा तथा केही होम आइसोलेसनमा रहेको मेयर अधिकारीले बताए। 

‘होम आइसोलेसनमा बस्छु भन्नेहरुलाई हामीले होम आइसोलेसनमा राखेका छौँ। बाँकीलाई बलम्बुस्थित आइसोलेसनमा र हाम्रो नगपालिकाले तयार गरेको आइसोलेसनमा राखेका छौँ,’ मेयर अधिकारीले भने।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  २०:०१
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्