• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

निधि सभापतिमा उठ्दा समीकरणमा ठूलो परिवर्तन आउँछ : मीनेन्द्र रिजाल [अन्तर्वार्ता]

लिलु डुम्रे/डिबी खड्का आइतबार, भदौ ७, २०७७  ०७:१०
1140x725

कांग्रेसको १४ औं महाधिवेशन निर्धारित मिति अर्थात् फागुनमा नहुने निश्चितप्रायः छ। कोरोना कहर र पार्टीभित्रको आन्तरिक किचलोले महाधिवेशनका कार्यतालिकाहरु प्रभावित बन्दै गएका छन्।

कार्यतालिका प्रभावित भए पनि महाधिवेशनको सरगर्मी भने बढेको छ। सभापति र महामन्त्रीको दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ। यसैबीच संस्थापन समूहबाट सभापतिमा उम्मेदवार बन्ने नयाँ अनुहार विमलेन्द्र निधि देखिएका छन्। निधिको उपस्थितिले विगतको समीकरणमा उथलपुथल हुने आँकलन पनि गरिएको छ।

यसैबीच, महामन्त्रीको प्रत्यासी हुने जनाउँदै नेता डा मीनेन्द्र रिजालले आफ्नो सक्रियता बढाएका छन्। आसन्न महाधिवेशन, निर्माण हुने समीकरण, महामन्त्रीमा उनको उम्मेदवारीको आधार लगायतका विषयमा नेता रिजालसँग लिलु डुम्रे र डिबी खड्काले गरेको संवादः

महाधिवेशनको मिति तोकिएपछि तपाईंहरुलाई पनि तातो लागिसकेको छ। निर्धारित कार्यतालिका अनुसारका कार्यहरु हुन नसकेपछि फागुनमा महाधिवेशन हुने सम्भावना कति छ?
कोरोना संक्रमणको चिन्ता हामी सबैलाई छ। सुरक्षा जोखिम कायमै छ। यस्तो बेलामा हामीले सोचे जस्तै ठ्याक्कै हुनसक्छ कसले भन्न सक्ला र? हामीले गत फागुनदेखि आगामी फागुनसम्म गरी महाधिवेशनको कार्य टुंग्याउँछौं भन्यौं। भदौदेखि क्रियाशील सदस्यताको काम निकै अगाडि बढ्छ र फागुनमा महाधिवेशन गर्न सक्छौं भनेर निर्णय गर्‍यौं। तर, विगतमा पनि समय हाम्रो नियन्त्रणमा थिएन र अहिले पनि छैन। प्रयत्न फागुन ७ मा गर्ने छ। प्रयत्न सफल भयो भने एकदम राम्रो भयो।

हजार माइलको यात्रा पनि पहिलो पाइलाबाटै सुरु हुन्छ। पहिलो पाइला क्रियाशील सदस्यताको वितरण हो। बिना विवाद त्यो काम टुंग्यायौं भने महाधिवेशन गर्न खासै कठिनाई हुँदैन। क्रियाशील सदस्यता वितरणमा विवाद भयो भने झन्‌झन् कठिनाइ हुँदै जान्छ। त्यसकारण, समय हाम्रो नियन्त्रणमा छैन। तर, हजार माइलको यात्रा पहिलो पाइलाबाट सुरु गर्ने हो।

कोरोना संक्रमण बढ्दै गएको छ। यसैका कारण पार्टीको आन्तरिक कार्य प्रभावित भएको छ। फागुनमा महाधिवेशन हुन सक्दैन भनी मुखचाहिँ किन खोल्न नसकेको?
कोरोना संक्रमणको बेलामा क्रियाशील सदस्यता वितरण जारी राख्यौं भने हामी नै रोग फैलाउने ‘क्यारिएर’ हुनेछौं भनेर नै कार्यतालिका रोक्यौं। सरकारले संक्रमणलाई नियन्त्रणमा राख्यो भने मात्रै क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य हुन सक्छ। सरकारले संक्रमण नियन्त्रण गर्न नसकेको बेला वितरण र नवीकरण हुन सक्दैन।

महाधिवेशनको नयाँ मिति किन सार्वजनिक नगरेको भन्ने सन्दर्भमाचाहिँ सभापतिले नै फागुनमा गर्छु गर्छु भन्नुभयो। वरिष्ठ नेताले गर्न पर्छ पर्छ भन्नुभयो। वरिष्ठ नेतासँग जोडिएकाहरुमा भित्रैदेखि सबैलाई आशंका सभापतिले फागुनमा महाधिवेशन गर्ने/नगर्ने भन्नेमा प्रश्न छ। अहिले नै सार्ने कुरा गर्नुभन्दा तोकिएको मितिलाई लक्ष्य राखेर अहिले गर्ने काम बढाउँदै जाऊ भन्ने हो।

Ncell 2
Ncell 2
nimb
nimb

दर्जन बढी जिल्लामा क्रियाशील सदस्यता वितरण सुरु भएको छैन। तीमध्ये प्रदेश २ का आठ जिल्ला छन्। सभापतिको आफ्नै जिल्ला डडेल्धुरा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, कैलालीमा भएको छैन। डडेल्धुरामा खासै विवाद छैन। सभापतिले पहिले जितेको स्थान कैलालीमा भएको छैन। क्रियाशील सदस्यता वितरणमा पार्टीभित्र समस्या नभए पनि कोरोनाको समस्या छ।

प्रदेश २ को एक जिल्ला सभापतिले अहिले क्रियाशील सदस्यता वितरण गर्न सक्दिनँ भन्नुभयो। रोग फैलिएको बेलामा केन्द्रले जति नै बल गरेर पनि अहिले बाँड्न सक्दिनँ भन्नुभयो। नवीकरण गर्न र सदस्यता बाड्न जानुस् भन्ने अवस्थै छैन। विपतले फागुनमा महाधिवेशन हुन सकेन भने कसैले कसैलाई दोष लगाउने कार्य गर्नुपर्दैन। जोखिममा कसैलाई नपारिकन कार्यतालिका अनुसारको कार्य हुँदै गर्नु पनि पर्छ।

पार्टी विधान अनुसार त ढिलोमा आगामी फागुनसम्मको समय हो। संवैधानिक प्रावधानले भदौसम्म महाधिवेशन हुनैपर्छ। संवैधानिक प्रावधानले दिएको व्यवस्थाभन्दा पर जाने अवस्था त होइन नि?
फागुनभन्दा पर जान पार्टी विधानले दिँदैन। कांग्रेसकै महाधिवेशनका लागि विगतमा संविधानको प्रावधानमा छ महिनाको म्याद दिइएको थियो। अहिले पनि त्यो प्रावधान लागू गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना हुनसक्छ।

अहिले सार्ने कुराभन्दा पनि समायोजनको कार्य टुंग्याउने, क्रियाशील सदस्यता वितरण/नवीकरण टुंगाउने र बिना विवाद माथिसम्म ती कार्य सम्पन्न गर्नुपर्ने छ। फागुनमा हुन्छ/हुँदैन एकछिन बिर्सौं। परिस्थितिले जुनजुन कार्यका लागि अनुमति दिँदै गर्छ। ती कार्य गर्दै जानुपर्छ।

Xtrem

Xtrem

महाधिवेशनको मिति तोकिइसकेपछि नेताहरुको आन्तरिक सक्रियता बढेको छ। कहाँ आफू फिट हुने भन्दै नेताहरुले पदको दाबी पनि गर्दै आउनुभएको छ। तपाईंलाई कुन पदको प्रत्यासी देख्न पाइन्छ?
मलाई मन त सभापति बन्ने हो। क्षमताको कुरा गर्दा मैले सभापतिको जिम्मेवारी राम्रोसँग पूरा गर्नसक्छु भन्ने आत्मविश्वास छ। तर, सभापतिको प्रत्यासीका रुपमा साथीहरुले मलाई सहज रुपमा स्वीकार्नु हुन्न। साथीहरुले सहज रुपमा स्वीकार्ने अवस्था नभएपछि सभापतिमा लड्नु उचित हुन्न भन्ने मलाई लाग्छ।

अहिलेको महाधिवेशनमा मेरो उमेर ६५ पुग्दैन। १५औं महाधिवेशनमा ६५ वर्ष नाघिसकेको हुन्छु। ६५ वर्ष पुगेकोलाई जेष्ठ राजनीतिज्ञ सभामा राख्ने गरिएको छ। ६५ वर्ष पुगेको, अरु पदीय जिम्मेवारीमा नभएको, पार्टीलाई सुझाव, सल्लाह र प्रेरणा दिनसक्ने व्यक्ति जेष्ठ राजनीतिज्ञ सभाको सदस्य हुन सक्छ भनी हामीले लेखेका छौं। १५ औं महाधिवेशनमा त्यो अवस्थामा म पुगिसकेको हुन्छु।

उमेर बढ्दै गएपछि मानिसको बुद्धिमता बढ्दै जान्छ। तर, क्रियाशीलता घट्दै जान्छ। एउटा बिन्दुमा क्रियाशीलता घट्दै जाने भएपछि त्यसैमा रहिरहन बुद्धिमता हुँदैन। त्यसबेलाका लागि स्वभाविक जेष्ठ राजनीतिज्ञ सभाको स्थान हुन्छ। मैले आफूले आँकलन गर्दा १५ औं महाधिवेशनको म उम्मेदवार होइन। अर्को महाधिवेशनमा जेष्ठ राजनीतिज्ञ सभामा पुगिसकेको हुन्छु।

अहिलेको समयमा साथीहरुले मलाई सभापतिको उम्मेदवारमा पत्याउनुहुन्न मेरो मूल्यांकन छ। सभापति पछिको दोश्रो पदमा मलाई सहज मतदान गर्नुहुन्छ भन्ने विश्वास छ। जिताउनु पनि हुन्छ। सभापति पछिको मुख्य पदमा स्वभाविक रुपमा प्रतिस्पर्धा गर्छु। महाधिवेशन पछिको विजयी मानिसका रुपमा तपाईंले अन्तर्वार्ता लिन पाउनुहुनेछ। त्यसबेला तपाईंले सोध्नुहोला, ‘तपाईंले पार्टी कसरी सञ्चालन गर्नुहुन्छ? आम निर्वाचनको कसरी तयारी गर्नुहुन्छ?’ त्यो स्थानमा आफूलाई पुर्‍याउनका लागि गम्भीरतापूर्वक काम गरिरहेको छु।

मर्यादाक्रमका अनुसार दोश्रो पद उपसभापति हो। कामको जिम्मेवारीले महामन्त्री हो। स्पष्ट रुपमा भन्दा कुन हो तपाईंले दाबी गर्ने?
मेरो स्वभाव, क्रियाशीलताले मलाई स्वाभाविक रुपमा महामन्त्रीको आकांक्षीका रुपमा बुझेका छन्। 

हाम्रो दाजु उमेरका नेताहरु ८० वर्ष पुग्न लाग्दा पनि पार्टीको मुख्य नेतृत्वमा हुनुहुन्छ। महाधिवेशन पछिको मुख्य नेतृत्वको पनि आकांक्षी हुनुहुन्छ। कथं उहाँहरुले स्थान छोडिदिने अवस्थामा मेरो उमेर समूहले नयाँलाई ठाउँ छोडिदिनुपर्ने हुन्छ।

अहिलेको राजनीतिमा म स्वाभाविक रुपले महामन्त्रीको उम्मेदवार हो। अघिल्लो उमेर समूहले छोड्ने अवस्था बन्यो भने मैले महामन्त्री अर्को उमेर समूहलाई छोड्नुपर्छ।

यो विचारलाई राजनीतिक रणनीति जस्तै बुझ्दा पनि सत्य होला?
यसलाई राजनीतिक रणनीति होइन। राजनीतिक ‘स्ट्याण्ड’ का रुपमा बुझौं। रणनीति होइन। मैले महामन्त्रीको दाबी नगर्दा म माथिको सबै रिटायर्ड हुन मन्जुर हुनुहुन्छ भने त्यसको सट्टा कम क्रियाशील पदमा चुनाव लड्न तयार हुन्छु। मेरो अडान पनि हो। माथिल्लो तहका नेताले छोडे भने म उपसभापतिमा लड्न पनि तयार हुनुपर्‍यो। अहिलेको मूल नेतृत्व नै आउने निर्वाचनमा मूल नेतृत्वकै लागि प्रतिस्पर्धा गर्ने हो भने मैले आफ्नो लागि ठाउँ देख्ने भनेको महामन्त्री नै हो। 

राजनीतिक प्रवृत्ति उमेर बढी भए पनि पद नछोड्ने छ। बुढ्यौली नपुग्दा त्यो उमेर पुगेपछि छोड्छु भन्ने तर त्यस उमेरमा प्राप्त पदीय जिम्मेवारी नयाँ पुस्तालाई नछोड्ने देखिन्छ। तपाईंहरु पनि त्यो समयमा त्यसै प्रवृत्ति नदेखाउने निश्चितता कसरी गर्न सकिन्छ?
ग्यारेन्टी कसैले पनि गर्न सक्दैन। आजभन्दा १२ वर्षअघि ४७ वर्षको उमेरमा रहेका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको भाषण सम्झन्छु।  मार्टिन लुथर किङले उम्मेदवारी घोषणा गर्दा ४४ वर्षको उमेर थियो। उनीहरुको भाषण सुनिसकेपछि त्यसैलाई सन्दर्भ मानेर केन्द्रीय कार्यसमितिमा बोलेको पनि थिएँ। ६० वर्षभन्दा माथिका सबैलाई रिटायर्ड गर्न माग पनि गरे। त्यो बेला साठी वर्ष पुगेको थिइनँ। अहिले ६० कट्दा अर्को एक महाधिवेशन पनि देखिरहेको छु।

क्रियाशील राजनीति छोड्ने बेला एक प्रकारले सोच्ने बेला भए पनि त्यता म पुगिनँ। तपाईंले लगाएको चार्ज मैले स्वीकार गर्छु। मैले क्रियाशील जीवन बिताउने हो, राजनीतिक होइन। जेष्ठ राजनीतिक सभामा हुँदा अहिले भन्दा बढी योगदान पार्टीमा गर्नुसक्छु भन्ने आत्मविश्वास पनि छ।

२०३६ साल देखि नेविसंघको पदीय भूमिका देखाएको मैले हालसम्म राजनीतिमा धेरै उकाली ओराली देखें। आधुनिक नेपालको सबै प्रधानमन्त्रीसँग संगत गर्न पाएँ। पदै खोज्नेभन्दा पनि समृद्धिको राजनीति कसरी अघि बढ्छ भन्ने मेरो चिन्ता हो।

शेरबहादुर देउवा २०२२ देखि राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो। रामचन्द्र पौडेल त्योभन्दा १/२ वर्ष अघि देखि क्रियाशील हुनुहुन्थ्यो। ५५/५६ वर्षको राजनीतिक अनुभव पछि उहाँहरुले नयाँ पुस्तालाई दिने कुरालाई लिपिबद्ध गर्नुभएको पनि छैन। पौडेलले आदर्श, सिद्धान्त र नीतिका केही कुरा गर्नुभएको छ। तर,अनुभवको शिक्षा लेखेको देखिदैन। बिपी कोइरालाले राजनीतिलाई हेर्ने आँखिझ्याल राम्रोसँग छोडेर जानुभएको थियो। गणेशमान सिंह र किसुनजीले पनि लेख्नुभएको छ। गिरिजाबाबुको बारेमा अरुले लेखेका छन्।

देउवा र पौडेलले राजनीतिमा योगदान गरे पनि नयाँ पुस्ताका शिक्षा दिने गरी लिपिबद्ध गरेको देखिँदैन। म पार्टीको एक चुनाव लड्ने हो। देशको एक चुनाव लड्ने हो। साढे ७ वर्षमा म राजनीतिबाट पूर्ण रिटायर्ड हुने हो। त्यसपछिको केही समय लेखनमा क्रियाशील हुनसक्छु। १५ औं महाधिवेशनमा क्रियाशील राजनीतिक व्यक्तिका रुपमा मैले आफूलाई देख्दिनँ।

आसन्न कांग्रेसको महाधिवेशनलाई विगतमा भन्दा अलि बढी महत्त्वका साथ पनि हेरिएको छ। यसपटक समीकरण गुट उपगुटभन्दा पनि पुस्ताको लडाइँका रुपमा पनि बुझिएको छ। तपाईंहरुको पुस्ता यसपटक हस्तक्षेपकारी देखिन सक्ला?
हस्तक्षेपकारी शब्दावली म प्रयोग गर्न चाहन्नँ। मेरोभन्दा तल्लो उमेर समूहका साथीहरुले त्यो प्रयोग गर्दा सहज देखिएला। पुस्ताको लडाइँ पनि मैले भन्दिनँ।

४० वर्ष हाराहारीको नेताहरु देशभर चिनिने गरी आउनुभएको छ। ४० आसपासका एक उमेर समूह र झण्डै ८० वर्ष उमेर समूहका नेताहरु हाम्रो पार्टीमा छन्। उमेरको अन्तराल ४० वर्षको छ। झण्डै आधा उमेरको नेताले पनि ८० वर्षे उमेरकाले दाबी गर्ने पदमा प्रतिस्पर्धा गर्न खोजेका छन्।

अर्को तरिकाले हेर्दा पनि रुचीकर हुन्छ। कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले कहालीलाग्दो रुपमा व्यवस्थापन गरिहेको छ। ‘इनफ इज इनफ’ युवाहरु सडकमा आए। २०/२२ वर्षका युवाहरु सडकमा आएका थिए। त्यस अभियानलाई हेर्दा जनताकै विषय नेपाली कांग्रेसको मूल विषय हुनुपर्ने सोच्नुपर्छ। कुन पुस्ताको नेता नेतृत्वमा जान्छ/जाँदैन भन्नुभन्दा पनि कांग्रेस आम जनताको पार्टी हुन्छ/हुँदैन महत्त्वपूर्ण हो।

आम जनताका विषयमा छलफल र चासोको विषय जे हुन्छ,पार्टीको मूल छलफलको विषय पनि त्यही हुनुपर्छ। पार्टीमा हुने छलफलले जनताको तहमा छलफल हुने वातावरण हुनुपर्छ। त्यस्तो चरित्र कांग्रेसले गुमाउँदै गएको छ। कांग्रेसले विगतको चरित्र फेरि १४ औं महाधिवेशनमा प्रस्तुत गर्छ भन्ने अभिरुची छ। कांग्रेसलाई पुनर्जागरण यो महाधिवेशनले गर्छ/गर्दैन भन्ने छ। नयाँ पालुवा ल्याएको रुखका रुपमा कांग्रेसले आफूलाई रुपान्तरण गर्छ कि गर्दैन भन्ने छ।

संस्थापन इतरमा सभापतिको प्रत्यासी धेरै हुने देखिएको छ। एकले अर्कोलाई नस्वीकार्ने हो कि जस्तो पनि देखिदैछ। संस्थापनइतरबाट एउटै उम्मेदवार बनाउन सक्नुहोला?
सभापतिको एउटै उम्मेदवार हुन सक्ने/नसक्ने पनि आजको दिनमा प्रश्न छ।

सभापतिमा उम्मेदवारी दिने कुरा गर्नुभएको विमलेन्द्र निधिजीको कुरालाई मैले गम्भीरतापूर्वक लिएको छु। किनभने उहाँलाई मैले धेरै पहिलेदेखि चिन्छु,सँगै काम पनि गर्‍यौं। उहाँ २०३६ सालमा नेविसंघको सभापति हुँदा म उपसभापति थिएँ। त्यसभन्दा अघिको कार्यसमितिमा हामी दुवै सदस्य थियौं। उहाँले सभापतिको उम्मेदवारी दिने कुरालाई चर्चाका लागि कुरा गर्नुभयो भन्ने लाग्दैन। दाबीका रुपमा मात्रै मैले लिन्नँ। विमलेन्द्र निधिको उम्मेदवारीलाई गम्भीरताका रुपमा लिएको छु। उहाँको उम्मेदवारीले महाधिवेशनमा प्रभाव छोड्छ। उहाँको उम्मेदवारीले शेरबहादुर देउवा जी महाधिवेशन नलड्ने परिस्थिति निर्माण हुन पनि सक्छ। शेरबहादुर देउवा नलड्ने परिस्थिति आयो भने महाधिवेशनको समय ठूलो परिवर्तन ल्याउँछ।

महाधिवेशनमा अहिले देखेको भन्दा निकै नै फरक खालको परिदृश्य पनि देख्न सकिन्छ। त्यस बेला अर्को परिदृश्य पनि देख्न सकिने अवस्था हुनसक्छ। संस्थापनबाट देउवा र निधि दुबै लड्नुभयो भने हामीबाट पनि एक जना मात्रै उम्मेदवार हुनुपर्ने दबाब कम हुन्छ। ५/६ जना उम्मेदवार भए पनि के गाह्रो हुने भयो र?

मैले केन्द्रीय समितिमा राखेको कुरा पनि भन्छु। ६/७ जना सभापतिमा उम्मेदवार भएपछि जित्ने त एक जनाले नै हो। १० जना उपसभापति १० जना महामन्त्रीको लागि लड्लान्। झण्डै २० जनाको उम्मेदवारी हुँदा जित्ने त ५ जना हो। २० जना हार्ने हुन्। ती २० जना कांग्रेसको राजनीतिबाट रिटायर्ड हुनुपर्छ भन्ने म हुँ। त्यसपछि ४० वर्षे उमेरका नेताहरु थप क्रियाशीलता बढाउँदै मूल नेतृत्वमा आउन पाउँछन्।

स्वतः राजनीतिबाट अवकाश नलिने भएपछि महाधिवेशनबाट सम्मानपूर्वक बिदाइ त राम्रो हो नि। राजनीतिबाट अवकाश लिए पनि राजनीतिलाई प्रभाव छोडिरहन सकिन्छ। मभन्दा कान्छो उमेरका बाराक ओबामाले अमेरिकाको अहिलेको चुनावलाई प्रभावित गर्ने देखिएको छ। हामीकहाँ त्यस्तै परिस्थिति नभएकाले २५ जना चुनाव लड्ने र पराजित रिटायर्ड हुने हो भने टाउको ठूलो भएको पार्टीका रुपमा रहँदैन।

एकैपटक थुप्रै टाउकोहरुको रिटायर्ड हुँदा कांग्रेसको रुख छरितो हुन्छ। अब आउने निर्वाचनमा पनि हिजोको जस्तो कांग्रेस छैन भन्ने जनताले बुझ्छन्। भरोसा गर्न लायक कांग्रेस भएको भन्ने बेला आउँछ। धेरै जना चुनाव लड्दा बेफाइदा होइन ,फाइदा नै हुन्छ।

मेरो मतमा केहीको असहमति पनि थियो। हारेको व्यक्तिले नयाँ पार्टी बनाउँछ भन्ने मत राख्ने साथीहरु पनि छन्। म त्यसमा विश्वास गर्दिनँ। जसले पनि पार्टी बनाउन अब सक्दैन। सामाजिक सञ्जाल हेर्दा मेरो उमेरकालाई पनि घर जानुपर्छ भन्न थाले। देउवा र पौडेललाई छोड्न भन्ने धेरै छन्। कोही कोही मलाई पनि राजनीति छोड्नुस् भन्छन्। यसरी जनताको ध्वनी आइरहेको बेलामा थुप्रै व्यक्तिको रिटायर्ड हुने भए राम्रो हुन्छ।

लकडाउन नभनिए पनि हामी पुनः लकडाउनकै अवस्थामा पुगेका छौं। दोश्रो चरणको लकडाउनको अवस्था आउनुमा सरकार कहाँ-कहाँ चुक्यो? यसमा प्रतिपक्ष दलको खबरदारी देखिएन नि। यसमा को कति दोषी हो? 
सरकारले लकडाउन गरे पनि पूर्व तयारी गरेन। संक्रमित अनुसारको तयारी सरकारले गरेन। सरकारको तयारी पर्याप्त भएको भए संक्रमित संख्यामा दोब्बरको वृद्धि हुन रोकिन्छ। ८० प्रतिशत संक्रमितमा लक्षण नभएको देखिएको छ। 

लकडाउनको अवधिमा यी संक्रमितलाई अन्य मान्छेबाट सम्पर्कबाहिर ल्याउन जरुरी हुने थियो।। संक्रमित र संक्रमण नभएका व्यक्ति छुट्याउन नै लकडाउन गरिने हो। तीन तहका सरकार छन्। हामीले प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई भनिरहेका छौं। काम त सरकारले गर्ने हो नि।

चार महिनाको लक डाउन अवधिमा अस्पताल बिस्तार, कोभिड अस्थायी अस्पताल बनाउने , संक्रमितहरुलाई अलग्गै राख्ने, बाहिरवाट मानिस ल्याउने, उनीहरुलाई अलग राख्ने काम यो अवधिमा सरकारले गर्ने हो।  यो अवधिमा सरकारले यस्तो कामै गरेनन्। सरकारले अध्यादेश ल्याउने र पार्टीभित्रको राजनीतिक तागत देखाउनतिर लाग्यो। मैले संसदको अधिवेशनमा बजेट अहिले पूर्ण नल्याऊ साउनपछि कोरोना कुन अवस्थामा जान्छ अनि ल्याऊ भनेको थिएँ। त्यो कुरा मानिएन।

अहिले कति बेरोजगार भएकाहरू कति गरिबीको रेखामुनि धकेलिए। हतार हतार बजेट ल्याइयो संसद, अधिवेशन अन्त्य गरियो। प्रधानमन्त्री संसदमा उभिएर हाछिउँ गरेर भगाउने , बेसार पानी खाने र नेपालीको बेग्लै र इम्युनिटी पावर दह्रो भएकाले केही नहुने अर्ती दिनुभयो। प्रधानमन्त्रीले कोरोनाबारे झुटो सन्देश दिनुभयो। प्रधानमन्त्रीले आश्वासन दिने हो, झुटो कुरा गर्ने होइन।

यो अवधिमा झन् सचेत भएर देश एकजुट भएर अघि बढ्नुपर्नेमा सरकार केमा लाग्यो? सामान खरिदमा भ्रष्टाचार गर्‍यो।  केही सीप नलागेपछि सेनालाई समेत अघि सारेर भ्रष्टाचार गरियो। यसरी साढे चार महिना सरकारले खेर फाल्यो। कम्युनिस्ट पार्टीभित्रको तमासा सकिएको छैन।

मध्य अप्रिलमा नेपालमा संक्रमितको संख्या १५ सयदेखि २ हजार हुने अनुमान गरेको थियो। अहिले ३० हजार पुगेको छ। यो कहिले गएर रोकिन्छ केही थाहा छैन। सरकारको अकर्मण्य यो अवस्था अझै भयावह हुने अवस्था देखिएको छ। सरकारले गतिलो व्यवस्थापन गर्न सकेको भए अहिले हामी नर्मल लाइफमा हुन्थ्यो। अहिलेभन्दा अझै भयावह अवस्था हुने देखिन्छ।

मुख्य कुरा प्रधानमन्त्री जनताको लोकमा हुनुहुन्न। जहिलेसम्म उहाँ जनताको लोकमा आउनुहुन्न यो समस्या यत्तिकै रहिराख्छ। प्रधानमन्त्रीले जबसम्म व्यवहारिक भूमिमा टेकेर काम गर्नुहुन्न यस्तो समस्या भइराख्छ। अहिले अर्थतन्त्र संकुचन भएको छ। यो दुःखद् अवस्था अझै बढ्ने देखिन्छ। सरकार जस्तो भए पनि जनता सचेत छन्। अहिले पनि निषेधाज्ञा मानेका छन्। सरकारले जे गरे पनि जनता आफै सचेत हुनुपर्ने अवस्था छ। सरकारलाई पनि छिटै सद्बुद्धि आओस्।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्