काठमाडौं– ठमेलबाट प्रहरीले लागूऔषधसहित जोर्डनबाट आएका एक पर्यटकलाई पक्राउ गरेको छ।
याजिड नायल डारविस अस–सारालाई महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेलको सातघुम्तीबाट मंगलबार पक्राउ गरेको हो। उनको साथबाट १४ वटा एमफेटामिन लागूऔषध बरामद भएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।