• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

तीजको आध्यात्मिक पक्ष

विष्णुप्रसाद  पोख्रेल  शुक्रबार, भदौ ५, २०७७  १४:१४
1140x725

भाद्र  कृष्ण औंसी (कुशे औंसी वा बुबाको मुख हेर्ने दिन)देखि ऋषिपञ्चमीसम्मलाई तीजका रूपमा लिने गरिन्छ। हुन त पछिल्लो समय साउने संक्रान्तिबाट नै तीज सुरु भएको रूपमा मान्ने प्रचलन पनि बढेको छ। यसका साथै कतिपयले दरखाने दिनदेखि ऋषिपञ्चमीसम्मलाई मात्र तीजका रूपमा मान्ने गरेका पनि छन्। जे होस् दर खाने, व्रत बस्ने र ऋषिपञ्चमी पूजा तीजका अभिन्न अंग हुन्। तीज मनाउने नेपाली हिन्दूहरूको मौलिक परम्परा छ। यो अवधिमा समयमा घर, मठमन्दिर, चौतारी, चौर आदि सार्वजनिक स्थलमा भेट भई  सामाजिक विकृति र विसंगतिको उजागर गर्ने गीतसंगीतमा र नाचगानमा रमाइलो गर्ने चलन छ। महिलाहरू सामूहिक रुपमा जम्मा भई एकापसमा सुखदुःख साट्ने र रमाउने तीजको अर्को अभिन्न पक्ष हो। 

तीजमा धेरैले हातमा मेहन्दी पनि सजाउने गरेका छन्। रसायनयुक्त मेहन्दीको प्रयोगले विभिन्न खालका चर्मरोग लाग्ने हुनाले त्यसको विकल्पमा सदियौंदेखि प्रयोगमा आएको गाउँघर तथा बजारमा पाइने मकरकाँची, मजेत्रो, हल्दी, तिउरी, दूवो, कपुर, चन्दन आदि पदार्थको सम्मिश्रणबाट तयार पारिएको मेहन्दीले बढी फाइदा गर्छ। ईच्छानुसारका पुष्प, लता र पंक्षीका आकृतिमा मेहन्दी सजाई रातो सारी, चोली, चुरा, पोते, आभूषण पहिरी सोह्र शृंगारका साथ महिलाले आफूलाई स्वयं शक्तिस्वरुपा देवीका रूपमा प्रस्तुत गर्दै देवीदेवताको पूजा गर्ने विषय शास्त्रहरूले निर्देशित गरेका छन्।

सनातनदेखि मनाउँदै आइएको यो पर्वको प्रभाव नेपाली समाजमा बढ्दो क्रममा रहेको छ। यसले राष्ट्रियस्वरुप प्राप्त गर्दै पहिचान र सांस्कृतिक स्वाभिमानलाई स्वदेशमा मात्र नभई विदेशी भूमिमा पनि स्थापित भएको छ। गीत तथा संगीतसँग पनि उतिकै निकट सम्बन्ध भएको पर्व भएकोले मौलिकताको जगेर्ना गर्ने त भइहाल्यो। यो पर्वलाई विदेशी पर्यटकले पनि उतिकै चासो दिन थालेका छन्। यसकारण यो आर्थिक पक्षसँग पनि जोडिन पुगेको छ। मन्त्रद्रष्टा ऋषिहरूका कारण प्राप्त भएका जीवनोपयोगी र विज्ञानसम्मत हाम्रा मौलिक चाडपर्वले समाजमा रहेका प्रत्येक समुदायलाई जोड्दै 'वसुधैव कुटुम्बकम्'का माध्यमबाट विश्वबन्धुत्वको सम्बन्धको वकालत गरेको छ। 

तीजबारेमा शास्त्रहरूमा विशद वर्णन गरिएको छ। बडो हर्षोल्लास र निष्ठाका साथ मनाउने यस पर्वलाई हरितालिकाका नामले पनि चिनिन्छ भने तृतीया तिथिका दिन मनाइने हुनाले यस पर्वलाई आम भाषामा 'तीज' पनि भनिन्छ। पौराणिक आख्यान र संकथनका आधारमा प्राचीनकालदेखि नै यो पर्व मनाउँदै आइएको पाइन्छ। विवाहिता नारीको ब्रह्मचर्यता र शारीरिक पवित्रा कायम होस् भन्नका लागि माइत गई आफ्ना बाबाआमा र दाजुभाइको साथमा व्रत बस्ने परम्परा रहेको छ।

तीज पर्व व्यवस्थापनका लागि घरमा रहेका पुरुषहरू सक्रिय हुनुपर्दछ। यो पर्व नारी जातिमा मात्र सीमित रहेको देखिएता पनि पुरुषहरूका लागि पनि त्यति नै महत्वपूर्ण र अनिवार्य छ। पतिले आफ्नी अर्धाङ्गिनीको व्रत सफलताका लागि सात्विक आचरण गर्नुपर्ने हुन्छ। महिलाले आफू र पतिको दीर्घायुका साथै पारिवारिक सुख शान्ति र समृद्धीका लागि व्रत बस्दछन् भने अविवाहिता नारीहरू असल वर प्राप्तीका साथै शैक्षिक उन्नती र प्रगतिका लागि तीजको व्रत बस्ने गर्दछन्। यो पर्व केवल नेपाली हिन्दू महिलाहरूको मौलिक पर्व हो। विश्वभर फैलिएर बसोवास गर्ने नेपालीले बडो उमङ्गका साथ यो पर्व मनाउँदै आएका छन्। यो पर्वमा संगीत पनि उतिकै प्रधान भएकोले रुचि बढ्नु स्वभाविक नै हो।

विदेश, सुगम र दुर्गम स्थानबाट चेलीहरू आ-आफ्नो जन्मघरमा आउनेजाने चलन छ। नारी शक्तिमा खुसियालीको बहार ल्याउने पर्वले वर्षौंदेखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गरी पारिवारिक र सामाजिक प्रेम प्रदान गर्दै पुनर्मिलन गराएको छ। सांगीतिक माहोलले वर्षा ऋतुलाई पुलकित पार्दै समाज व्यवस्थापन र परिवर्तनलाई शब्द र संगीतका माध्यमबाट आह्वान गरेको छ। 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः' अर्थात् जहाँ नारीशक्तिको सम्मान हुन्छ त्यहाँ देवताहरू पनि प्रसन्न हुन्छन् भन्दै मातृशक्तिप्रति उच्च सम्मान प्रदान गर्ने पर्वका रूपमा तीजलाई लिइन्छ।

परापूर्वकालदेखि प्रचलनमा आएको तीज पार्वतीद्वारा आदिदेव महादेव शिवलाई पतिका रुपमा प्राप्त गर्नका लागि गरिएको त्याग, तपस्या र संघर्षसहित लामो समयको प्रतिफल हो। पार्वती शैशवकालदेखि नै शिवभक्तिमा लिन थिइन्। पूर्वजन्ममा सतीदेवी हुँदा महादेवसँगको वियोगान्त र पुनर्जन्मपछिको पुनर्मिलनका लागि शिवप्रतिको आकर्षण र आशक्ति पार्वतीमा हुनु स्वभाविकै थियो।

बढ्दो उमेरसँगै हिमालय र मेनकाले छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने निश्चय गरे। विवाहको तयारी पूरा भयो। साथीसंगिनीहरूबाट विवाहको खबर सुनी व्याकुल भएकी पार्वतीलाई उनका साथीहरूले घना जङ्गलमा लगी लुकाई राखे। भगवान विष्णुले शिवको आराधनामा तल्लीन पार्वतीलाई हिमालयले आफूलाई कन्यादान गर्न चाहेको कुरा बताए। विष्णुका कुरा सुनी विचलनमा आएकी पार्वतीले मन, वचन र कर्मले आफू शिवबाट अलग हुन नसक्ने विचार व्यक्त गरिन्। पार्वतीको मनोभाव बुझेका विष्णुले शिव प्राप्तिका लागि शिवलिङ्ग बनाई पूजा गरेमा शिवको साक्षात्कार गर्न सकिने विधि बताए। सोही विधि अनुसारको तपस्याबाट प्रभावित भई परीक्षाका लागि जोगीको भेषमा आएका महादेवले तिम्रो लागि श्रेष्ठ वर शिवभन्दा विष्णु नै हुनसक्ने विषय सुझाए। तर पार्वतीको अटल विश्वास र प्रतिज्ञाबाट प्रभावित भएका जोगीभेषधारी शिव आफ्नो स्वरुपमा आई पार्वतीलाई दर्शन दिने काम गरे।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी पार्वतीले भाद्रशुक्ल तृतीयाका दिन शिवलिङ्ग बनाई विधिपूर्वक अर्चना गरी महादेवलाई साक्षात्कार गरेको आधारमा यो पर्व अविच्छिन्न रुपमा अगाडि बढ्दै लोकप्रिय बन्न पुग्यो। तीज निर्विघ्नतापूर्वक अगाडि बढोस् भन्नका लागि पूर्वतयारी स्वरुप प्रतिपदाका दिन आवश्यक पर्ने पूजासामग्री र दरका लागि आवश्यक पर्ने भोज्य सामग्री संकलन गर्नुपर्दछ। सात्विक प्रधान पूजा भएकोले सामग्री पनि सत्वप्रधान अन्तर्गतका हुनुपर्दछ।

द्वितीयाका दिन मांसमदिरारहित गरिष्ठ, अपाच्य  खालका खानेकुरा वर्जित गरी पौष्टिकताले युक्त दूग्ध पदार्थ, विषादीरहित फलफूल र  तरकारी, मिसावट नभएका मिष्ठान्न आदि गरिएका परिकारहरू तयार गर्नुपर्दछ। मध्यरातको समयमा सुपाच्य, अडिलो र दरीलो दर खाई तीजको व्रत बस्नुपर्ने भएकोले यो दिनलाई दरखाने दिन भनिन्छ।

तीजमा व्रतालुको अवस्था हरेर व्रतविधान गरिएको छ। केही पनि नखाई बसिने व्रतलाई निराहार। जलपान गरिने बसिने व्रतलाई जलाहार। फलफूल ग्रहण गरी बसिने व्रतलाई फलाहार र दिनभर व्रत बसी रात्रिको समयमा एक छाक मात्र भोजन गर्नेलाई नक्तभोजीको संज्ञा दिइएको छ। शक्ति र सामर्थ्यका आधारमा जुनसुकै प्रकृतिको व्रत बसेपिन अहोरात्र वा चौबिस घण्टाको हुनपुग्दछ।

तीजका दिन दिनभर व्रत बसी सायंकालीन समयमा आचारनिष्ठ ब्राह्मणद्वारा आराध्यदेव उमामहेश्वरको पूजा र उपासना गरी चतुर्थीका दिन बिहानै तीजव्रतको विसर्जन गरिन्छ। प्रातः कालीन समयमा प्रत्यक्ष देवताका रुपमा उदीयमान सूर्यलाई पूजा गर्दै गोबरको कुण्ड बनाई अर्घ्य दिने काम गरिन्छ। तीज व्रतको विसर्जन र सम्पूर्णताका लागि पुनः व्रतपारायण गर्दै अगस्तिऋषि सहित राजपुत्री लोपामुद्राको काँस, कुस, दूबो, फूल आदि वनस्पतिहरूबाट पूजा गरिन्छ।

तीजको अन्तिम दिनलाई ऋषिपञ्चमी भनिन्छ। सोही दिन सप्तऋषिहरूको पूजागर्दै यो व्रतानुष्ठान पूरा हुन पुग्दछ। अरुन्धति, कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ गरिएका सप्तर्षिहरूको पूजा सामूहिकताका साथ नदीको किनार, घर, मठमन्दिरमा जम्मा भई विधिपूर्वक पूजाआजा गरिन्छ। 

सप्तर्षि पूजाको सामग्री तयारीका साथ पञ्चमीका दिन सबेरै नजिकको जलाशयमा गई दतिउनका ३६५ वटा टुक्रा प्रयोग गरी दाँत माझ्दै गोबर, तुलसी वा अमलाको फेंदको माटो, खरानी जीउमा लेपन गर्दै चालनामा पानी राखी सहस्रधाराले स्नान गर्दै विभिन्न खालका फूल, दतिउन, कुश र दूबोले आफूलाई अभिषेक गरिन्छ। बिहानीको स्नान पछि मध्यान्हको समयमा शक्तिस्वरूपासम्बन्धित कथा श्रवण गरी पाऊ नउचाली सात पटक वा तीन पटक पूजा मण्डपको परिक्रमा गरिन्छ। आफूबाट जानअन्जानमा वर्षभर गरिएका राम्रा र नराम्रा कार्यहरूको प्रयाश्चित्तस्वरुप आफूले आफ्नै आत्मशुद्धिका लागि गरिने यस पर्वलाई क्षमापूजा र आत्मपूजाका रुपमा लिइन्छ।

सप्तर्षीको पूजनले यस लोकमा सुखानुभूत गर्दै सप्त जन्मसम्मका लागि पुण्य सञ्चित हुनपुग्दछ भन्ने विश्वास रहिआएको छ। पञ्चमीसँग सम्बन्धित सप्तर्षिहरूको पूजा गरिसके पछि हलो, कुटो, कोदालो  प्रयोग नगरी उमारिएका पिंडालु, गिंठा, भ्याकुर सहितको भोजन ग्रहण गरिन्छ। आत्मिक लाभका लागि गरिने यसप्रकारका उपासना पद्धतिले मानिसमा रहेको नैराश्यता, मानसिक दुर्बलता, एकल अवस्था आदि अवगुणहरूलाई हटाई पवित्रता, एकाग्रता, सिर्जनशीलता, सकारात्मसोच, सामूहिकताका सहितको दृढ आत्मविश्वासका माध्यमबाट सामाजिक रुपान्तरण सहित आधा धर्ती र आकाशका संवाहक, आद्यवन्द्या, शक्तिस्वरुपा, मातृशक्तिमा निहित उर्जालाई पर्वका माध्यमबाट वार्षिक रुपमा पुनर्ताजगी गर्दै शिक्षित, सुसंस्कृत र सभ्य समाज निर्माणमा नारीशक्तिलाई सशक्तता प्रदान गराउने तीज पर्वको विशेष उद्देश्य रही आएको छ।

(पोख्रेल नेपाल वेद विद्याश्रम वनकाली, काठमाडौंका प्रधानाध्यापक हुन्।)

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्