• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

यस पालिको तीजमा, घरमै डाकौं महादेवलाई 

रामेश्वरी पन्त  शुक्रबार, भदौ ५, २०७७  १२:३७
1140x725

त्रासद समयले मानव अस्तित्वलाई नै खर्लप्पै निलुँला झैँ गरेर बडेमाको मुख बाइरहेछ। आज विश्वका प्रायः हरेक मानवको मनमा मृत्युको घण्टी बजिरहेको छ। संसारको सर्वोत्कृष्ट प्राणी, सर्वशक्तिमान प्राणी ‘मान्छे’ आँखाले देख्न नसक्ने एउटा सानो भाइरससँग महिनौंदेखि अन्त्यहीन युद्ध लडिरहेछ र विजय र पराजयको मोडमा निरीहप्रायः छटपटाइरहेछ। 

औषधि विज्ञानलाई चुनौती दिँदै समय–समयमा मानव जीवनको परीक्षा लिन आइपुग्ने अनेक महामारीजस्तै अहिले करिब आठ महिनादेखि कोरोना भाइरसको महामारीले विश्वमा राज गरिरहेछ र मानव मस्तिष्कलाई हाँक दिइरहेछ र भनिरहेछ–‘ए मान्छे ! सक्छस् मलाई पराजित गर्न ?’ 

हमेशा झैँ पक्कै मान्छेले जित्ने छ कुनै न कुनै दिन यो कोरोनालाई। तर त्यतिन्जेल कति अमूल्य जीवन यसको शिकार बन्ने हुन् थाहा छैन। यो लेख तयार पार्दासम्म अर्थात् आठ महिनाको बीचमा विश्वमा सवा दुई करोडभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् भने करिब आठ लाखले ज्यान गुमाइसकेका छन्। नेपालमा पनि यसबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढिरहेको छ। तर पनि यो भयावह अवस्थाबाट अझै मान्छेले चेत्न सकेको छैन र लापरवाह देखिन्छ। बेफिक्र देखिन्छ, निष्फिक्र देखिन्छ। 

विकसित देसहरू अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माणमा जुटिरहेकाले पनि यो युद्ध जित्ने आसा सबैको मनमा पलाउनु स्वाभाविक हो। तर नेपालजस्ता विपन्न र अविकसित देसले भने उनीहरूको तुलनामा अझै धेरै क्षति बेहोर्नुपर्ने र खोपका लागि उनीहरूकै आसामा बस्नुपर्ने हुनाले पनि यो भाइरससँग बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ। 

तर बिडम्बना नै भनौं, हामी डराएका छैनौं र लापरवाह हिँडिरहेछौं। विज्ञहरू हामीलाई सावधान गराइरहेछन् तर पनि हामी सुनिरहेका छैनौं। विज्ञहरू हामीलाई भनिरहेछन्–‘कोरोना भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको मास्क लगाउनु र भीडभाड नगर्नु हो।’ तर विभिन्न बहानामा हामी अनावश्यक जमघट गरिरहेछौं, भीड बढाइरहेछौं।

हामीमध्ये धेरैलाई भीडभाडमा जाँदा वा अरु मानिससँग भेट्दा मास्क लगाउनु पर्छ भन्ने चेत छैन वा भनाैं हामी बेवास्ता गरिदिन्छौंं। दिनहुँ संक्रमणको दर बढ्दो छ। संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ। तर पनि चोकचोक र गल्लीगल्लीहरूमा मानिस जम्मा भएर गफ चुट्न छोडेका छैनन्। न त पसलमा जाने सबैले मास्क लगाएको देखिन्छ न पसलेले नै मास्क लगाएर बसेको देखिन्छ। लगाउनेहरूमा पनि अधिकांशको मास्क च्यूँडोमुनि सरेको हुन्छ। केही वा धेरैजसो यस्ता मानिसहरूका कारण समुदायमा संक्रमणको जोखिम बढिरहेको छ। 

नेपाली समाजमा अब चाडपर्वहरू विस्तारै नजिकिँदै छन्। धार्मिक आस्थासँग जोडिएर आउने यस्ता चाडपर्वले मानिसहरूलाई सामुहिक रुपले जमघट हुन पे्ररित गरिरहने हुनाले पनि कोरोना भाइरसको संक्रमणको जोखिम अझै उच्च हुनसक्ने देखिन्छ। त्यसैले पनि मानिसमा उच्च सचेतना र सावधानीे जरुरत देखिन्छ। किनभने धार्मिक आस्थाले मानिसको जीवनलाई डो¥याएको मात्र हुँदैन, अन्धो पनि गराएको हुन्छ। धर्म, परम्ंपरा र संस्कृतिको नाममा गरिने विभिन्न अनुष्ठानहरू प्रायः एकाकी नभएर समूहगत हुने गर्छन्। 

त्यसैले पनि संक्रमणको जोखिम कम गर्न सरकारले यस्ता पर्व र परंम्परामा जमघट नगर्न उर्दी जारी गरेको छ। मन्दिर, मस्जिदलगायतका धार्मिक स्थलहरू बन्द गराएको छ। तर पनि हामी सचेत बन्न सकिरहेका छैनौं। त्यसैले त साउन महिनाभरि सोमबारको दिन पशुपतिनाथ लगायतका प्रमुख शिवालयहरू बन्द रहे तर पनि अचेतन र धर्मभिरु महिलाहरू मन्दिरको गेटमै भए पनि झुम्मिएर आफ्नो आस्था प्रकट गरे। स्थानीय मन्दिर र शिवालयहरूमा त झन भीड कतिकति ! महिलाहरूलाई कोरोना भाइरस संक्रमणको डर भन्दा पनि देवताको डर धेरै भएजस्तो देखियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आज हिन्दु महिलाको महान पर्व तीज निरास–निरास घरघरमा प्रवेश गरेको छ। सदा झैं न ऊमंग छ न उल्लास। तर पनि हिन्दु मिथकले जनमनमा गहिरो प्रभाव पारेको तीज एउटा यस्तो पर्व हो जुन पर्व ‘पर्व’ मात्र नभएर हिन्दु धर्म र संस्कृति धान्ने अत्यन्त बलियो नाम्लोको रुपमा समाजमा स्थापित भएको छ जुन नाम्लो केवल महिलाले मात्र बोक्न सक्छन् र बोक्नुपर्छ अन्यथा हिन्दु धर्मको जग हल्लिन्छ, संस्कार र संस्कृति कमजोर बन्छ अनि महिलाले थामिदिएको पुरुषको आयु तलमाथि पर्नसक्छ। त्यसैले त तीज महिलाको लागि विशेष भएको छ किनकी यसमा खबरदारी गर्नेहरूमा पुरुषको लर्को देखिन्छ समाजदेखि सामाजिक सञ्जालसम्मै। 

यो अत्यन्तै विषम समय हो। हाम्रा धार्मिक आस्था र पर्वहरूको आफ्नै विशिष्टता र महत्व हुँदाहुँदै पनि यसपटक हामी सम्पूर्ण महिलाहरू आफ्नो परिवार र आफ्नै सुरक्षाका लागि पनि मनलाई बलियो बनाएर, हृदयमा भक्तिभाव सुरक्षित राख्दै आफ्ना व्रत र अनुष्ठानहरू घरमै सम्पन्न गरौं। ईश्वर सर्वव्यापी हुनाले उनलाई हृदयले पुकारौं र आफ्नै घरको सानो पूजा कोठामा डाकौं। सच्चा हृदयले भक्तिभाव राख्यो भने ईश्वर खोज्न मन्दिर धाउनै पर्छ भन्ने पनि छैन। त्यसैले यसपालि हाम्रा आराध्यदेव महादेवलाई घरमै आव्हान गरि हृदयले दर्शन गरौं।

मानव जीवन अमूल्य छ। जीवन जोगिए धर्म पनि जोगिन्छ, पर्व, परम्परा, संस्कार र संस्कृति पनि जोगिन्छ। सधैँ हामी मन्दिर धाएकै हौं। यसपालि संकटको बेला भगवानलाई हाम्रै घर बोलाउँ, हामै्र घरमा स्वागत गरौंं। हरेक प्राणींमा व्याप्त ईश्वरले हामी सबैलाई एक्लाएक्लै पनि दर्शन दिनुहुने छ। त्यसैले यो पटकको तीजमा मन्दिर र मन्दिरका गेटमा झुम्मिएर कोरोना संकटलाई बढावा नदिऊँ। 

सधैँ तीजमा माइतीको आस गर्ने र माइतीको आँगन टेक्न आतुर हुने छोरीचेलीहरूले यसपटक आफ्ना रहरलाई थाँती राखौं किनकि यसपटक हामी माइतीमा जाँदा खुसीमात्र होइन, महामारी पनि लिएर जान सक्छौं। बुढा बाबाआमाको निम्ति त झनै संकट बन्ने छौंं हामी। उहाँहरूको जीवनको लागि पनि हामीले यो त्याग गर्नैपर्छ। 

त्यस्तै तीजमा घर–घरमा गरिने जमघट पनि यो वर्ष बन्द गरिनु पर्छ। किनकि हाम्रो घरमा आउनेहरूले थाहै नपाई हाम्रो परिवारमा संक्रमण छोडेर जान सक्छन्। हुन त महिनौंदेखि रमझम बोकेर कुदमकुद गर्ने तीजलाई घरभित्रै सीमित गर्दा धेरैलाई खल्लो लाग्ला नै तर पनि जीवनभन्दा ठूलो चाड हुँदैन। संकटको बेला व्यक्ति स्वयंं नै सावधान रहनु प्रमुख हुन आउँछ। कोरोना महामारीसँगको युद्ध केवल सरकारको मात्र होइन। हामी यसबाट कसरी सुरक्षित रहने भन्ने कुरा हाम्रै हातमा छ। 

आज तीव्रतर रुपमा बढ्दै गएको संक्रमणका कारण अस्पतालहरू संक्रमितले भरिएको भन्ने सुन्नमा आइरहेको छ। यस अवस्थामा संक्रमण अझै भयावह बन्दै गएमा सरकारले हात उठाउने लगभग निश्चितजस्तै भएको सरकारको गतिविधिले देखाइरहेको छ। अझ चिन्ताको कुरा त यो छ कि अहिले संक्रमितको उपचारमा रातदिन खटिएका कैयौं स्वास्थ्यकर्मी नै संक्रमणमा परेका छन्। उनीहरूको जीवन संकटमा पर्नु भनेको हामी आफै संकटमा पर्नु हो। त्यस्तै संक्रमण व्यवस्थापनमा अग्रपंक्तिमा रहेर काम गरिरहेका धेरैजसो सुरक्षाकर्मीहरू पनि संक्रमित बनेको अवस्थामा हामी नागरिक आफैं सजग र सचेत बनेर आफ्नो ज्यान आफंै जोगाउनुको बिकल्प देखिंदैन। त्यसैले यो वर्ष आ–आफ्नै घरमा चाडपर्व मनाऔं, बाँचे त अर्को साल छँदैछ नि ! 
 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्