• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

महानगरका क्वारेन्टाइनलाई नै आइसोलेसन बनाउने तयारीमा छौं

चिरीबाबु महर्जन बिहीबार, भदौ ४, २०७७  १७:३२
1140x725

ललितपुर महानगरपालिको प्रायजसो सबै वडामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गइरहेको छ। वडा नम्बर १२, १६ र २९ मा कोरोना संक्रमित भेटिएका छैनन् बाँकी सबै वडामा संक्रमित भेटिइसकेका छन्। 

काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाले उपत्यका बाहिर प्रभावित क्षेत्रका मानिसहरूका लागि उपत्यका प्रवेश व्यवस्थित गरौं, यहाँबाट बाहिर जाने मानिहरूलाई पनि व्यवस्थित गराऔं भन्नेमा हामीले जोड दिँदै आएका थियौं। तर यसमा चुस्त व्यवस्थापन हुन सकेन। उपत्यकामा चाहिँ आर्थिक गतिविधिलाई निरन्तरता दिऔँ भन्ने जोड गरेका थियो। सोही हिसाबले केही समय उपत्यका बाहिरबाट मानिसहरु आउन राम्रैसँग कन्ट्रोल भइराखेको पनि थियो। तर नेपाल  सरकारले वैशाख २६ गतेदेखि लकडाउन केही खुकुलो बनाउँदै यातायातदेखि विभिन्न ४४ किसिमका उद्योग सञ्चालन गर्न दिने निर्णय गर्‍यो। 

दुई तिहाई मान्छेलाई काममा फर्काउने अनि एक चौथाई गाडी चल्न दिने भनेर सरकारले गरेको निर्णयपछि हामीले कन्ट्रोल गर्न नसक्ने भयौं। मानिसहरु उपत्यका बाहिरबाट प्रवेश गरे। यसलाई नै हामीले कोरोना संक्रमण फैलिनुको मुख्य कारण मानेका छौँ। 

त्यही बेला सुरुमा काठमाडौं उपत्यकाभित्र ३ जना संक्रमित देखा परे। ३ जना संक्रमित नै गृह मन्त्रालयको पास बोकेर उपत्यका छिरेको हामीसँग प्रमाण छ। 

सुरुसुरुमा प्रभावित क्षेत्रबाट आएकाहरुमा कोरोना देखिए पनि अहिले भने समुदायस्तरमै कोरोना फैलिसकेको छ। तर स्थानीय बासीभन्दा बाहिरबाट आउनेहरु नै बढी संक्रमित छन्। 

बुधबारसम्मको तथ्यांक हेर्दा ललितपुर महानगरभित्र १ जनाको कारोनाका कारण ज्यान गएको छ। २ सय जना कोरोना संक्रमित छन्। बिहीबारको तथ्यांक आइसकेको छैन।

ललितपुरबासी ती मृतक पनि पनि अन्य रोगले ग्रसित व्यक्ति हुन्। मृत्यु भइसकेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आयो। त्यसपछि हामीले कन्ट्याक्ट ट्रेसिङ गरेर मृतकको सम्पर्कमा आएका परिवार साथीभाइ सबैको कोरोना परीक्षण गरेका थियौं। मृतकका साथी हाम्रो महानगरका एक जनप्रतिनिधि, परिवारका सदस्यसहित २४ जनाको पिसिआर परीक्षण गरियो। तर कसैमा पनि कोरोना देखिएन।

महानगरमा अहिले कोरोना संक्रमितहरु यत्रतत्र सर्वत्र नै छन्। सबैभन्दा बढी देखिएको भनेको वडा नम्बर ३ छ। त्यसपछि वडा नम्बर १४ मा पनि कोरोनाले भयावह रुप लिएको छ। अर्को धेरै कोरोना फैलिएको वडा भनेको २५ पनि हो। वडा नम्बर ३ स्थित सानेपा, धोबीघाटलगायत स्थानमा कोरोनो अत्यधिक देखिएको छ। पुलचोकमा पनि एक-दुई जनामा कोरोना देखिएको छ। वडा नम्बर १४ स्थित नख्खुटोलमा अलि धेरै संक्रमित भेटिएका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

धेरैजसो संक्रमितहरुको अवस्था पनि सामान्य छ। तर संक्रमितहरूको संख्या भने बढ्दै गएको छ। जसले गर्दा ललितपुरका अधिकांश संक्रमितको उपचार गरिरहेको पाटन अस्पतालका बेड भरिइसकेका छन्। त्यसमाथि पाटन अस्पताल कोरोनाको हब अस्पताल भएकाले यहाँ ललितपुरबाहेक अन्य जिल्लाका संक्रमितहरु पनि आउँछन्।

अहिलेसम्म चाहिँ अस्पतालले त्यहाँ आएको बिरामीहरूलाई बेड छैन भनेर फर्काएको छैन। बरु अन्य रोगका बिरामी लिन छाडेर पनि कोरोना संक्रमितको विशेष रुपमा उपचार गरिरहेको छ।  

अन्य रोगका बिरामीहरु राखेर उपचार गर्ने बेडलाई पनि कोरोना संक्रमितहरुका लागि आइसोलेसनमा परिणत गरेर उपचार गरिरहेको छ। तसर्थ आएका व्यक्तिहरुलाई फर्कनु परेको थिएन। तर अब चाहिँ अस्पतालको बेड भरिसकेकाले समस्या हुने देखिएको छ। 

नेपाल सरकारको अनुरोध अनुसार ललितपुर महानगरपालिकाले क्वारेन्टाइनलाई आइसोलेसन सेन्टर बनाउने तयारी थालेको छ। हामीसँग प्रशस्त मात्रामा क्वारेन्टाइन छन्। पाटन हस्पतालसँग हामी सहकार्य गरेर हामीले पाटन अस्पतालमा संक्रमित लिएर आउने बिरामीका आफन्तहरुलाई क्वारेन्टाइनमा राख्ने गरेका थियौँ। त्यही क्वारेन्टाइनमार्फत् उहाँहरुको पिसिआर परीक्षण गर्ने, पिसिआरमा कोरोना पोजेटिभ देखियो भने अस्पताल पठाउने नेगेटिभ देखियो भने घर पठाउने गर्दै आएका छौँ। यो सेवा हामीले बैसाखको २२ गतेदेखि प्रदान गर्दै आइरहेका छौँ। यस्तै क्वारेन्टाइनमध्ये विभिन्न ३ स्थानका क्वारेन्टाइनलाई हामीले आइसोलेसन सेन्टर बनाउने तयारी थालेका हौँ। 

यहाँ ३ वटा क्वारेन्टाइन चलाइरहेको क्षेत्रहरु छन्। जस्तै नेपाल युथ फाउन्डेसनको वडा नम्बर २७ मा त्यहाँ दुई वटा भवन छन्। त्यसपछि वडा नम्बर ४ बागडोलमा एउटा वृद्धाश्रम छ। त्यस्तै सातदोबाटोमा एउटा क्वारेन्टाइन छ। यी ३ वटा क्वारेन्टाइनलाई कम्तीमा पनि २ सय बेड क्षमताको आइसोलेसन बनाउने तयारीका लागि काम सुरु गरिसकेका छौँ। यसका लागि केही समय त लाग्छ। तर हामी यो काम चाहिँ गर्छौँ। 

हामीसँग कोरोनासँग जुध्न वित्तीय स्रोत कम छ। सीमित स्रोतसाधनका बाबजुत आफ्नो ल्याकत र क्षमताले भ्याएसम्म काम गरिरहेका छौँ। 

कोरोना लागेपछि उपचार गर्नुभन्दा लाग्न नदिनु नै उत्तम उपाय हो। यसका लागि हामीले जनचेतनाका कार्यक्रमहरु गरिरहेका छौँ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन संघीय सरकारले पनि भनिरहेकै छ हामीले पनि त्यसलाई प्रभावकारी बनाउन भूमिका खेल्दै आएका छौं। 

आवश्यक काम परेर घरबाहिर निस्कँदा मास्क, पञ्जा, स्यानिटाइजर प्रयोग गर्न सुझाएका छौँ। महानगरमा बुधबारसम्म होम आइसोलेसनमा ५० जना संक्रमित हुनुहुन्छ। उहाँहरुलाई हाम्रो स्वास्थ्य टोलीले दिनको दुई पटक सम्पर्क गरेर अवस्था बुझ्नुहुन्छ। परामर्शको काम भइरहेको छ।

संक्रमितहरुकै लागि भनेर दुई वटा एम्बुलेन्स पनि चलाइरहेका छौँ। कन्ट्याक ट्रेसिङका लागि ५ वटा समूह बनाएर राम्रोसँग काम गरिरहेका छौँ। सरकारले बिहिबारदेखि निषेधाज्ञा भनेर लकडाउन जस्तै घोषणा गरिसकेको छ। यसबाट कोरोना संक्रमण दर केही न्यून हुने अपेक्षा लिएको छु। 

(ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग नेपाल लाइभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित) 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्