• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
‘हटस्पट’ ललितपुर : 'जोखिमपूर्ण अवस्थामै लकडाउन खुकुलो बनाउँदा फैलियो कोरोना'
64x64
निर्मला घिमिरे बिहीबार, भदौ ४, २०७७  २०:३०
1140x725
साउन ७ मा लकडाउन खुकुल्याइएपछि ललितपुरको एक सरकारी कार्यालयमा देखिएको भिड।

ललितपुर– केही दिनदेखि ललितपुर महानगरपालिकामा कोरोना संक्रमणले भयावह रुप लिन थालेको छ। महानगरका २९ वडामध्ये ३ वटा वडा बाहेक बाँकी २६ वडा वडामा कोरोना फैलिसकेको पाइएको छ। 

‘ललितपुर महानगरपालिकामा कोरोनाले भयावह रुप लिन थालेको छ। वडा नम्बर १२, १६ र २९ मा कोरोना देखिएको छैन। बाँकी सबै वडामा फैलिसकेको छ’ मेयर चिरिबाबु महर्जनले भने। 

१ को ज्यान गयो २ सयमा कोरोना पुष्टि 
बुधबारसम्म ललितपुर महानगरपालिकामा कोरोनाका कारण १ जनाको ज्यान गएको छ भने २ सयमा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकाहरु अधिकांश प्रभावित क्षेत्रबाट आएकाहरु छन्। 

त्यहीँका केही स्थानीय वासिहरुमा समेत कोरोना फैलिसकेको महानगरपालिकाले जनाएको छ। 

‘अहिले त यहाँको स्थानीयमा पनि कोरोना देखिन थालेको छ। तर प्रभावित जिल्लाबाट आएकाहरु ठूलो संख्यामा कोरोना देखिएको छ’ मेयर महर्जनले नेपाल लाइभसँग भने।

वडा नम्बर ३, १४ र २४ मा कोरोना भयावह 
महानगरपालिकाका अनुसार सबैभन्दा बढी कोरोना देखिएका वडा ३, १४ र २५ छन्। वडा नम्बर ३ स्थित सानेपा, धोविघाटलगायत स्थानमा कोरोना अत्यधिक देखिएको मेयर चिरीबाबु महर्जनले बताए। 

पुलचोकमा पनि एकादुई व्यक्तिमा कोरोना देखिएको उनले जानकारी दिए। नख्खुटोलमा पनि कोरोनाले भयावह रुप लिएको मेयर महर्जनको भनाइ छ। 

संक्रमितले भरियो अस्पताल 
देशैभरिका कोरोना संक्रमितहरुको उपचार गर्दै आएको पाटन अस्पतालको बेड भरिभराउ भएको छ। ललितपुरको बिरामीहरू मुख्यतया पाटन अस्पतालमा नै राखिएको छ। अस्पतालको बेड भरिन थालेपछि पछिल्लो समय केही बिरामीहरूलाई होम आइसोलेसनमा राखिएको छ।

Ncell 2
Ncell 2

महानगरका अनुसार होम आइसोलेसनमा ५० संक्रमित छन्। बाँकी अस्पतालको आइसोलेसनमा रहेको महानगरपलिकाले जनाएको छ। 

‘पाटन अस्पतालले अहिलेसम्म चाहीँ त्यहाँ आएको बिरामीहरुलाई बेड छैन भनेर फर्काएको छैन। बरु अन्य रोगका बिरामीहरु लिन छाडेर पनि कोरोना संक्रमितको विशेष रुपमा उपचार गरिरहेको छ’ मेयर चिरीबाबु महर्जन भन्छन्, ‘पाटन चाहीँ कोरोनाको हब अस्पताल भएका कारण सबैतिरबाट संक्रमितहरु आउने हुँदा बेड भरीभराउ भएका छन्।’ 

अहिले पाटन अस्पतालले अन्य बिरामीहरुको बेडलाई पनि कोरोना संक्रमितहरुका लागि आइसोलेसनमा परीणत गरेर उपचार गरिरहेको उनको भनाइ छ। तर अब भने अस्पतालको बेड क्षमता जति छ त्यो सबै भरिसकेका कारण महानगरले त्यसको विकल्प सोचेको मेयर महर्जनले बताए। 

लकडाउन खुकुलो बनाउँदा फैलियो कोरोना 
सरकारले जोखिमपूर्ण अवस्थामा लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै कोरोना समुदायमा भयावह रुपमा फैलिएको मेयर महर्जन बताउँछन्। 
‘हामी काठमाडौं उपत्यकाको १८ वटै नगरपलिकाहरुले बाहिरको  मान्छे पनि भित्र नल्याऊँ र भित्रको मान्छे पनि बाहिर नपठाऊँ। उपत्यकाभित्र आर्थिक गतिविधीहरु चाहीँ निरन्तरता दिइराखौँ भनेर कुरा गरिराखेका थियौं’ मेयर महर्जनले भने, ‘सोहीअनुसार राम्रोसँग कन्ट्रोल पनि भइरहेको थियो। बिचमा सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना फैलियो।’ 

वैशाख २६ गतेदेखि सरकारले लकडाउन केही खुकुलो बनाउँदै ४४ किसिमका उद्योगहरु सञ्चालन गर्न दिने घोषणा गरेसँगै बाहिर जिल्लाबाट कन्ट्रोल गर्नै नसक्ने मान्छेहरु भित्रिएकाले संक्रमण फैलनुको मुख्य कारण नै सोही रहेको मेयर महर्जन बताउँछन्।

क्वारेन्टाइनलाई आइसोलेसनमा ‘कन्भर्ट’ गर्ने तयारी 
संक्रमितहरुको चाप बढेसँगै अस्पतालको बेड भरिएको छ। अस्पतालको बेड भरिएपछि महानगरले क्वारेन्टाइनलाई आइसोलेसन बनाउने तयारी गरेको छ। 
‘हामीसँग प्रशस्त मात्रामा क्वारेन्टाइन छन्। ती क्वारेन्टाइन बेडलाई आइसोलेसन बनाउने तयारी गरेका छौं’ मेयर महर्जनले भने, ‘यसका लागि केही समय लाग्छ तर हामीले वडाका विभिन्न ३ स्थानका क्वारेन्टाइनलाई कम्तिमा २ सय बेड क्षमताको क्वारेन्टाइन बनाउने तयारी गरेका छौं।’

नेपाल युथ फाउण्डेशनको वडा नम्बर २७ मा त्यहाँ दुईवटा भवन, वडा नम्बर ४ बागडोलमा रहेको क्वारेन्टाइन तथा सातदोबाटोमा रहेको एउटा क्वारेन्टाइन गरेर कम्तिमा २ सय बेड क्षमताको आइसोलेसन बनाउने तयारी गरिएको महानगरले जनाएको छ। 

कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन ५ समूह 
महानगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने काम गरिरहेको छ। टोलटोलमा माइकिङ गरिरहेको जनाएको छ। 
‘कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन हामीले ५ वटा समूह बनाएर खटाएका छौं। त्यो समूहले सबै वडामा काम गरिरहेको छ’ मेयर महर्जन भन्छन्। 

महानगरको स्वास्थ्य टोली हरेक दिन संक्रमितहरुको सम्पर्कमा रहेको मेयर महर्जनले बताए। मेयर चिरिबाबु महर्जन् भन्छन्, ‘अहिले संक्रमितहरु यत्रतत्र सर्वत्र नै छन्। जसले गर्दा  अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन हामीले महानगरबासीहरुलाई सचेत गराइरहेका छौं।’ सरकारले पनि बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले केहीहदसम्म संक्रमण कम हुने अपेक्षा उनको छ। 

तस्बिर : खोज खबर 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार शनिबार, असार २८, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
संघीय संरचना अब भत्काउनुपर्छ : उपेन्द्र यादव शनिबार, असार २८, २०८२
परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैन : प्रधानमन्त्री ओली शनिबार, असार २८, २०८२
प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई वितरण गरे जग्गाधनी पुर्जा शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्