• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ ललितपुर : 'जोखिमपूर्ण अवस्थामै लकडाउन खुकुलो बनाउँदा फैलियो कोरोना'

64x64
निर्मला घिमिरे बिहीबार, भदौ ४, २०७७  २०:३०
1140x725
साउन ७ मा लकडाउन खुकुल्याइएपछि ललितपुरको एक सरकारी कार्यालयमा देखिएको भिड।

ललितपुर– केही दिनदेखि ललितपुर महानगरपालिकामा कोरोना संक्रमणले भयावह रुप लिन थालेको छ। महानगरका २९ वडामध्ये ३ वटा वडा बाहेक बाँकी २६ वडा वडामा कोरोना फैलिसकेको पाइएको छ। 

‘ललितपुर महानगरपालिकामा कोरोनाले भयावह रुप लिन थालेको छ। वडा नम्बर १२, १६ र २९ मा कोरोना देखिएको छैन। बाँकी सबै वडामा फैलिसकेको छ’ मेयर चिरिबाबु महर्जनले भने। 

१ को ज्यान गयो २ सयमा कोरोना पुष्टि 
बुधबारसम्म ललितपुर महानगरपालिकामा कोरोनाका कारण १ जनाको ज्यान गएको छ भने २ सयमा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकाहरु अधिकांश प्रभावित क्षेत्रबाट आएकाहरु छन्। 

त्यहीँका केही स्थानीय वासिहरुमा समेत कोरोना फैलिसकेको महानगरपालिकाले जनाएको छ। 

‘अहिले त यहाँको स्थानीयमा पनि कोरोना देखिन थालेको छ। तर प्रभावित जिल्लाबाट आएकाहरु ठूलो संख्यामा कोरोना देखिएको छ’ मेयर महर्जनले नेपाल लाइभसँग भने।

वडा नम्बर ३, १४ र २४ मा कोरोना भयावह 
महानगरपालिकाका अनुसार सबैभन्दा बढी कोरोना देखिएका वडा ३, १४ र २५ छन्। वडा नम्बर ३ स्थित सानेपा, धोविघाटलगायत स्थानमा कोरोना अत्यधिक देखिएको मेयर चिरीबाबु महर्जनले बताए। 

पुलचोकमा पनि एकादुई व्यक्तिमा कोरोना देखिएको उनले जानकारी दिए। नख्खुटोलमा पनि कोरोनाले भयावह रुप लिएको मेयर महर्जनको भनाइ छ। 

संक्रमितले भरियो अस्पताल 
देशैभरिका कोरोना संक्रमितहरुको उपचार गर्दै आएको पाटन अस्पतालको बेड भरिभराउ भएको छ। ललितपुरको बिरामीहरू मुख्यतया पाटन अस्पतालमा नै राखिएको छ। अस्पतालको बेड भरिन थालेपछि पछिल्लो समय केही बिरामीहरूलाई होम आइसोलेसनमा राखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

महानगरका अनुसार होम आइसोलेसनमा ५० संक्रमित छन्। बाँकी अस्पतालको आइसोलेसनमा रहेको महानगरपलिकाले जनाएको छ। 

‘पाटन अस्पतालले अहिलेसम्म चाहीँ त्यहाँ आएको बिरामीहरुलाई बेड छैन भनेर फर्काएको छैन। बरु अन्य रोगका बिरामीहरु लिन छाडेर पनि कोरोना संक्रमितको विशेष रुपमा उपचार गरिरहेको छ’ मेयर चिरीबाबु महर्जन भन्छन्, ‘पाटन चाहीँ कोरोनाको हब अस्पताल भएका कारण सबैतिरबाट संक्रमितहरु आउने हुँदा बेड भरीभराउ भएका छन्।’ 

अहिले पाटन अस्पतालले अन्य बिरामीहरुको बेडलाई पनि कोरोना संक्रमितहरुका लागि आइसोलेसनमा परीणत गरेर उपचार गरिरहेको उनको भनाइ छ। तर अब भने अस्पतालको बेड क्षमता जति छ त्यो सबै भरिसकेका कारण महानगरले त्यसको विकल्प सोचेको मेयर महर्जनले बताए। 

लकडाउन खुकुलो बनाउँदा फैलियो कोरोना 
सरकारले जोखिमपूर्ण अवस्थामा लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै कोरोना समुदायमा भयावह रुपमा फैलिएको मेयर महर्जन बताउँछन्। 
‘हामी काठमाडौं उपत्यकाको १८ वटै नगरपलिकाहरुले बाहिरको  मान्छे पनि भित्र नल्याऊँ र भित्रको मान्छे पनि बाहिर नपठाऊँ। उपत्यकाभित्र आर्थिक गतिविधीहरु चाहीँ निरन्तरता दिइराखौँ भनेर कुरा गरिराखेका थियौं’ मेयर महर्जनले भने, ‘सोहीअनुसार राम्रोसँग कन्ट्रोल पनि भइरहेको थियो। बिचमा सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना फैलियो।’ 

वैशाख २६ गतेदेखि सरकारले लकडाउन केही खुकुलो बनाउँदै ४४ किसिमका उद्योगहरु सञ्चालन गर्न दिने घोषणा गरेसँगै बाहिर जिल्लाबाट कन्ट्रोल गर्नै नसक्ने मान्छेहरु भित्रिएकाले संक्रमण फैलनुको मुख्य कारण नै सोही रहेको मेयर महर्जन बताउँछन्।

क्वारेन्टाइनलाई आइसोलेसनमा ‘कन्भर्ट’ गर्ने तयारी 
संक्रमितहरुको चाप बढेसँगै अस्पतालको बेड भरिएको छ। अस्पतालको बेड भरिएपछि महानगरले क्वारेन्टाइनलाई आइसोलेसन बनाउने तयारी गरेको छ। 
‘हामीसँग प्रशस्त मात्रामा क्वारेन्टाइन छन्। ती क्वारेन्टाइन बेडलाई आइसोलेसन बनाउने तयारी गरेका छौं’ मेयर महर्जनले भने, ‘यसका लागि केही समय लाग्छ तर हामीले वडाका विभिन्न ३ स्थानका क्वारेन्टाइनलाई कम्तिमा २ सय बेड क्षमताको क्वारेन्टाइन बनाउने तयारी गरेका छौं।’

नेपाल युथ फाउण्डेशनको वडा नम्बर २७ मा त्यहाँ दुईवटा भवन, वडा नम्बर ४ बागडोलमा रहेको क्वारेन्टाइन तथा सातदोबाटोमा रहेको एउटा क्वारेन्टाइन गरेर कम्तिमा २ सय बेड क्षमताको आइसोलेसन बनाउने तयारी गरिएको महानगरले जनाएको छ। 

कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन ५ समूह 
महानगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने काम गरिरहेको छ। टोलटोलमा माइकिङ गरिरहेको जनाएको छ। 
‘कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन हामीले ५ वटा समूह बनाएर खटाएका छौं। त्यो समूहले सबै वडामा काम गरिरहेको छ’ मेयर महर्जन भन्छन्। 

महानगरको स्वास्थ्य टोली हरेक दिन संक्रमितहरुको सम्पर्कमा रहेको मेयर महर्जनले बताए। मेयर चिरिबाबु महर्जन् भन्छन्, ‘अहिले संक्रमितहरु यत्रतत्र सर्वत्र नै छन्। जसले गर्दा  अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन हामीले महानगरबासीहरुलाई सचेत गराइरहेका छौं।’ सरकारले पनि बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले केहीहदसम्म संक्रमण कम हुने अपेक्षा उनको छ। 

तस्बिर : खोज खबर 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्