• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हटस्पट कोटेश्वर : 'प्रभावित क्षेत्रबाट आएकाहरू संयमित नहुँदा समुदायमा फैलियो संक्रमण'

64x64
निर्मला घिमिरे बुधबार, भदौ ३, २०७७  १८:४०
1140x725

काठमाडौं- काठमाडौं उपत्यकाका अधिकांश स्थानमा कोरोना भाइरसका संक्रमित भेटिइसकेका छन्। त्यसमध्ये पनि कतिपय स्थानमा त कोरोना संक्रमणले भयावह रूप लिन थालेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा कोरोना संक्रमित थुप्रै व्यक्तिहरू भेटिएका छन्। उक्त वडामा मंगलबारसम्म ८० जनामा कोरोना पुष्टि भएको वडा कार्यालयले जनाएको छ। बुधबारको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको समेत वडा कार्यालयले उल्लेख गरेको छ। 

कोटेश्वरस्थित असर्फी गल्लीमा सबैभन्दा बढी संक्रमण फैलिएको वडा कार्यालयकी क्लिनिक इन्चार्ज मैयाँ सैँजुले नेपाल लाइभलाई बताइन्। ‘पछिल्लो समय कोरोनाले भयावह रुप लिन थालेको छ। कोटेश्वरको असर्फी गल्लीमा सबैभन्दा बढी कोरोना देखिएको छ,’ क्लिनिक इन्चार्ज सैँजुले भनिन्, ‘असर्फी गल्लीमा मंगलबारसम्म ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ।’ 

वडामा कोटेश्वरसहित पेप्सीकोला, तिनकुने, महादेवथानलगायतका क्षेत्र पर्ने र ती स्थानमा संक्रमण फैलिइसकेको वडा कार्यालयले जनाएको छ।

बाहिरी जिल्लाबाट आएका संयमित नहुँदा फैलियो
केही समय अगाडि बाहिरी जिल्लाबाट आएकाहरूमा कोरोना देखिएकोमा कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरूमार्फत् समुदायमा कोरोना फैलिसकेको पाइएको छ। 

सुरुमा वीरगञ्ज, बारालगायतका स्थानबाट आएकाहरुमा कोरोना देखिएकोमा विस्तारै समुदायमा कोरोना पुगेको वडाले जनाएको छ। असर्फी गल्लीमा सुरुमा वीरगञ्जबाट आएकी १ जना युवतीमा कोरोना देखिएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उनको सम्पर्कमा आएका ४ जनामा कोरोना भेटिएको थियो। थप कन्ट्याक्ट ट्रेसिङबाट २३ जनामा कोरोना भेटिएको थियो। त्यसपछि विस्तारै कोरोना संक्रमण फैलिँदै गएको वडा कार्यालयले जनाएको छ। 

‘सोमबाट एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि हामीले त्यो परिवारका सबै सदस्यको पिसिआर परीक्षण गराएका थियौँ,’ क्लिनिक इन्चार्ज सैँजुले भनिन्, ‘उक्त परिवारमा सबै सदस्यलाई कोरोना भेटिएको छ। मंगलबार परिवारका ७ जना सदस्यमा कोरोना पोजिटिभ भएको रिपोर्ट आएको थियो।’ 

स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, अन्य रोगका बिरामीमा जोखिममा
वडामा स्टाफ नर्स, डाक्टरहरु, अन्य कर्मचारी, मिर्गौला लगायत अन्य अवस्थाका बिरामीहरु तथा समुदायस्तरमा नै कोरोना फैलिसकेको वडाले जनाएको छ।

‘सुरुमा बाहिरबाट आएकोमा कोरोना देखिएपनि पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिसकेको छ। स्टाफ नर्स र डाक्टरहरु गरी ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ,’ क्लिनिक इन्चार्ज सैँजुले भनिन्, ‘त्यस्तै अस्पताल गइरहनुपर्ने अन्य दीर्घरोगी तथा बैंकलगायत विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुमा पनि कोरोना देखिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

दीर्घ रोगीहरू अस्पताल जाँदा आउँदा उनीहरुमा कोरोना संक्रमण भएको पाइएको सैँजुले बताइन्। 

दीर्घरोगी बाहेक अन्य संक्रमितको अवस्था सामान्य 
संक्रमित भेटिएका केही दीर्घ रोगीहरुको अवस्था गम्भीर रहे पनि अधिकांश संक्रमितहरुको सामान्य अवस्था रहेको छ। जटिल अवस्थामा रहेकाहरुलाई अस्पतालमा राखिएको र सामान्य अवस्था रहेका अधिकांश संक्रमित होम आइसोलेसनमा रहेको वडाले जनाएको छ। 

३५ जना होम आइसोलेसनमा, अस्पतालमा ३८ जना 
मंगलबारसम्म सक्रिय संक्रमित रहेका ८० संक्रमितमध्ये ३५ जना होम आइसोलेसनमा छन् भने ३८ जना विभिन्न अस्पतालमा छन्। ७ जना निको भएर घर फर्किसकेको कार्यालयले जनाएको छ। 

वडा नम्बर ३२ का संक्रमितहरू टेकु, कीर्तिपुर, केएमसी, पाटन, टिचिङ, ह्याम्सलगायत उपत्यकाका निजि तथा सरकारी अस्पतालमा राखिएको छ। सामान्य अवस्था भएका बिरामीहरु मात्रै होम आइसोलेसनमा राखिएको र उनीहरुलाई बेलाबेलामा फोनसम्पर्क गरेर परामर्श दिइरहेको वडा कार्यालयले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोना महामारीले भयावह रुप लिँदै गएपछि केन्द्र सरकारले नै एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको र कोरोना न्यूनीकरणका लागि थप के के गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भइरहेको वडाध्यक्ष नवराज पराजुलीले बताए। 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्