• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हटस्पट कोटेश्वर : 'प्रभावित क्षेत्रबाट आएकाहरू संयमित नहुँदा समुदायमा फैलियो संक्रमण'

64x64
निर्मला घिमिरे बुधबार, भदौ ३, २०७७  १८:४०
1140x725

काठमाडौं- काठमाडौं उपत्यकाका अधिकांश स्थानमा कोरोना भाइरसका संक्रमित भेटिइसकेका छन्। त्यसमध्ये पनि कतिपय स्थानमा त कोरोना संक्रमणले भयावह रूप लिन थालेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा कोरोना संक्रमित थुप्रै व्यक्तिहरू भेटिएका छन्। उक्त वडामा मंगलबारसम्म ८० जनामा कोरोना पुष्टि भएको वडा कार्यालयले जनाएको छ। बुधबारको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको समेत वडा कार्यालयले उल्लेख गरेको छ। 

कोटेश्वरस्थित असर्फी गल्लीमा सबैभन्दा बढी संक्रमण फैलिएको वडा कार्यालयकी क्लिनिक इन्चार्ज मैयाँ सैँजुले नेपाल लाइभलाई बताइन्। ‘पछिल्लो समय कोरोनाले भयावह रुप लिन थालेको छ। कोटेश्वरको असर्फी गल्लीमा सबैभन्दा बढी कोरोना देखिएको छ,’ क्लिनिक इन्चार्ज सैँजुले भनिन्, ‘असर्फी गल्लीमा मंगलबारसम्म ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ।’ 

वडामा कोटेश्वरसहित पेप्सीकोला, तिनकुने, महादेवथानलगायतका क्षेत्र पर्ने र ती स्थानमा संक्रमण फैलिइसकेको वडा कार्यालयले जनाएको छ।

बाहिरी जिल्लाबाट आएका संयमित नहुँदा फैलियो
केही समय अगाडि बाहिरी जिल्लाबाट आएकाहरूमा कोरोना देखिएकोमा कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरूमार्फत् समुदायमा कोरोना फैलिसकेको पाइएको छ। 

सुरुमा वीरगञ्ज, बारालगायतका स्थानबाट आएकाहरुमा कोरोना देखिएकोमा विस्तारै समुदायमा कोरोना पुगेको वडाले जनाएको छ। असर्फी गल्लीमा सुरुमा वीरगञ्जबाट आएकी १ जना युवतीमा कोरोना देखिएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उनको सम्पर्कमा आएका ४ जनामा कोरोना भेटिएको थियो। थप कन्ट्याक्ट ट्रेसिङबाट २३ जनामा कोरोना भेटिएको थियो। त्यसपछि विस्तारै कोरोना संक्रमण फैलिँदै गएको वडा कार्यालयले जनाएको छ। 

‘सोमबाट एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि हामीले त्यो परिवारका सबै सदस्यको पिसिआर परीक्षण गराएका थियौँ,’ क्लिनिक इन्चार्ज सैँजुले भनिन्, ‘उक्त परिवारमा सबै सदस्यलाई कोरोना भेटिएको छ। मंगलबार परिवारका ७ जना सदस्यमा कोरोना पोजिटिभ भएको रिपोर्ट आएको थियो।’ 

स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, अन्य रोगका बिरामीमा जोखिममा
वडामा स्टाफ नर्स, डाक्टरहरु, अन्य कर्मचारी, मिर्गौला लगायत अन्य अवस्थाका बिरामीहरु तथा समुदायस्तरमा नै कोरोना फैलिसकेको वडाले जनाएको छ।

‘सुरुमा बाहिरबाट आएकोमा कोरोना देखिएपनि पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिसकेको छ। स्टाफ नर्स र डाक्टरहरु गरी ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ,’ क्लिनिक इन्चार्ज सैँजुले भनिन्, ‘त्यस्तै अस्पताल गइरहनुपर्ने अन्य दीर्घरोगी तथा बैंकलगायत विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुमा पनि कोरोना देखिएको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

दीर्घ रोगीहरू अस्पताल जाँदा आउँदा उनीहरुमा कोरोना संक्रमण भएको पाइएको सैँजुले बताइन्। 

दीर्घरोगी बाहेक अन्य संक्रमितको अवस्था सामान्य 
संक्रमित भेटिएका केही दीर्घ रोगीहरुको अवस्था गम्भीर रहे पनि अधिकांश संक्रमितहरुको सामान्य अवस्था रहेको छ। जटिल अवस्थामा रहेकाहरुलाई अस्पतालमा राखिएको र सामान्य अवस्था रहेका अधिकांश संक्रमित होम आइसोलेसनमा रहेको वडाले जनाएको छ। 

३५ जना होम आइसोलेसनमा, अस्पतालमा ३८ जना 
मंगलबारसम्म सक्रिय संक्रमित रहेका ८० संक्रमितमध्ये ३५ जना होम आइसोलेसनमा छन् भने ३८ जना विभिन्न अस्पतालमा छन्। ७ जना निको भएर घर फर्किसकेको कार्यालयले जनाएको छ। 

वडा नम्बर ३२ का संक्रमितहरू टेकु, कीर्तिपुर, केएमसी, पाटन, टिचिङ, ह्याम्सलगायत उपत्यकाका निजि तथा सरकारी अस्पतालमा राखिएको छ। सामान्य अवस्था भएका बिरामीहरु मात्रै होम आइसोलेसनमा राखिएको र उनीहरुलाई बेलाबेलामा फोनसम्पर्क गरेर परामर्श दिइरहेको वडा कार्यालयले जनाएको छ। 

कोरोना महामारीले भयावह रुप लिँदै गएपछि केन्द्र सरकारले नै एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको र कोरोना न्यूनीकरणका लागि थप के के गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भइरहेको वडाध्यक्ष नवराज पराजुलीले बताए। 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्