• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जनताका लागि खट्दाखट्दै १४ जनाको मेरो परिवारै संक्रमित भएछ  

दीपनारायण रौनियार बुधबार, भदौ ३, २०७७  १४:३९
1140x725

काठमाडौं- केही दिनदेखि तराईका जिल्लाहरुमा कोरोना संक्रमण भयावह रूपमा फैलिरहेको छ। उच्च जोखिममा रहेको जिल्लामा पर्सा पनि पर्छ। भारतबाट आउनेहरु बेप्रवाह हिँड्दा सुरु भएको कोरोना संक्रमण अहिले समुदायस्तरमा पुगेको छ। म पोखरीया नगरपालिकाको मेयर भएकाले कोरोनाको जोखिमलाई हेरेर घरमा बस्न सक्ने कुरा भएन। दैनिक रूपमा जनताका पीरमर्का बुझ्न हिँडिरहेको थिएँ। यसरी म हिँडिरहँदा मेरो घर र परिवार जोखिमा पर्‍यो।

सुरुमा मेरो नगरपालिकाका केही वडाध्यक्षहरु कोरोना संक्रमित भए। अस्पताल, जनता र अन्य व्यक्तिहरुसँग धेरै सम्पर्क गरिहनु पर्ने भएकाले म सुरुदेखि नै जोखिममा थिएँ। जनताको मतले निर्वाचित भएकाले जोखिम छ भनेर जिम्मेवारीबाट पर भाग्न सकिएन। 

हाम्रो नगरपालिका भित्र ४६ जना संक्रमित छन्। पाँचजना वडाध्यक्षहरु कोरोना संक्रमित भइसकेकाले म पनि उच्च जोखिममा छु भन्ने महसुस भइरहेको थियो। मसँगै काममा खटिएका एकजना वडाध्यक्षलाई सोमबार कोरोना देखिएपछि परीक्षण गराएको थिएँ। मेरो पनि रिपोर्ट कोरोना पोजेटिभ आयो। 

श्रावण २६ गते मसहित ३४ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि टेकु पठाइएको थियो। टेकु प्रयोगशालाले आइतबार नतिजा पठाउँदा ३३ जनामा सङ्क्रमण देखियो।

सङ्क्रमित हुनेमा मसिहत वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव, अस्पतालका अन्य २ चिकित्सक, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी हुनुहुन्छ। पोखरियाका एकजना पत्रकार पनि कोरोना संक्रमित भएका हुनुहुन्छ। 

मेरो परिवारमा मात्र १४ ‍जनालाई कोरोना पोजेटिभ आएको छ। नगरपालिकाका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मेयर र उनको परिवारका सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको हो। मेयर रौनियारसँग निकट सम्बन्ध रहेका अन्य १० जनामा पनि संक्रमण देखिएको  छ। 
मेरो परिवारका १४ जनामा संक्रमण देखिएको छ। बुबाआमा,  दुईजना दाई र दुवै भाउजु, बहिनी,  दुईजना भाई  र  तीनवटा भतिजा र एउटा भतिजीसहित संक्रमित भएका छन्। 

बुवाको मुटुको समस्या छ। हाम्रो अवस्था सामान्य छ। छिमेकी र सबैको सहयोग पाइएको छ। हाम्रो टोलबासीले केही समस्या सिर्जना गर्नुभएको छैन। हामी बाहिर निस्केका छैनौं। घरमा सबैसँगै मिलेर बसेकाले कुनै समस्या भएको छैन। 

नगरपालिका काम अहिले घरबाटै चलाइरहेको छु। सबैसँग फोन र इन्टरनेटको माध्यमबाट नियमित सम्पर्कमा छु। उपमेयरले धेरै जिम्मेवारी लिनुभएको छ। उहाँसँग पनि मैले कुराकानी गरिरहेको छु। प्रशासकीय अधिकृत र अन्य कर्मचारीसँग पनि कुरा भइरहेको छ। नगर र वडाहरु अहिले कोरोना महामारी कारण बन्द जस्तै छन्। केही सिमित कर्मचारीहरुले मात्र चलाएका छौं। स्थानीय जनताको कामका लागि कर्मचारी र जनप्रनिधिहरू खटिइरहनु भएको छ। 
सामाजिक दूरी पालना गरौं तर नडराऔं भन्न चाहन्छु। 

nimb
nimb
Ncell 2
Ncell 2

मलाई र मेरो परिवारलाई कोरोना संक्रमण भएपनि डराएका छैनौं। कोरोना लाग्ने बित्तिकै तत्काल मृत्यु हुने होइन। यो ठीक हुन्छ। म र मेरो परिवार सबैले कोरोना जितेर फेरि चाँडै जनताको सेवामा फर्किने वाचा नगरबासीसँग गर्न चाहन्छु। यो रोगसँग डराउने होइन। सचेत रहने, सामाजिक दूरी पालना गर्ने,  मास्क लगाउने र आत्मबल बलियो बनाउने गर्नुपर्छ। यो घातक रोग होइन, त्यसैले पनि आत्तिनु हुँदैन। कोही पनि नआत्तिनु होला। रोगबाट दीर्घरोगीहरुलाई मात्र समस्या हुने भएकाले उहाँहरुलाई पनि सचेत हुन म आग्रह गर्दछु।

म संक्रमित  म आफै परिवारसहित आइसोलेसनमा बसेकाले नगरको धेरै चिन्ता भएको छ। संक्रमिण रोक्न कन्ट्याक्ट ट्रेसिङ नियमित चलिरहेको छ। यसलाई अझै निरन्तरता दिइने छ। अबको विकल्प भनेको होम आइसोलेसन मात्रै हो। अस्पताल छैन। विरगञ्जको नारायाणी अस्पतालमा पनि स्थान छैन। पर्सा बाहेक अन्य जिल्लाबाट पनि उक्त अस्पतालमा बिरामी आउने भएकाले उसले मात्र उपचार गर्न अब सम्भव देख्दिनँ। 

केन्द्रबाट सहयोग भएन 
कोरोना महामारी रोक्न स्थानीय तहले मात्र सम्भव छैन। अब छिट्टै अर्को आइसोलेसन सेन्टर निर्माण गर्नुपर्ने भएको छ त्यसका लागि केन्द्रको सहयोग नभई सम्भव छैन। अब कोरोना नियन्त्रण स्थानीय तहबाट मात्रै गर्न सकिँदैन। संघ र प्रदेशले नै सहयोग गरेर काम गर्नुपर्छ। 

प्रदेश सरकारले केही सहयोग गरेको छ तर केन्द्र सरकारले सुको पनि दिएन। प्रदेशले सुरुमा १५ लाख रुपैयाँ क्वारेन्टाइन र आइसोलेन निर्माणका लागि दिएको थियो। प्रदेशले दिएको पैसालले एम्वुलेन्स खरिद गरियो। बाँकी पैसा र नगरसँग भएको पैसाले ३७ लाखको आइसोलेन सेन्टर बनायौं। 

विद्यालयलाई आइसोलेसन सेन्टर बनाऔं
कोरोनाका कारण विद्यालय सञ्चालन हुन नसक्ने भएकाले विद्यालयहरुलाई नै अस्थायी आसोलेसन सेन्टरको रुपमा चलाउनुपर्ने छ। सबै वडा र नगरमा सरकारको भवन नभएकाले यो नै उत्तम विकल्प हो। केन्द्र सरकारले प्रत्येक विद्यालय खोल्ने कुरा गरेपनि अव यसलाई स्थगित गरेर अस्थायी अस्पताल बनाइनुपर्छ। प्रत्येक जिल्लामा ५ हजार बेडको अस्पताल बनाउनुपर्ने आवश्यकता देखिएको छ। 

होम आइसोलेसन राख्ने कुरा पनि मापदण्ड निर्धारण हुनुपर्छ। लक्षण नभएका मानिसलाई राख्दा त ठिकै हो लक्षण भएकै बिरामी राख्नुपर्ने भयो भने त्यो निकै कठिन हुनेछ। 

अब विस्तारै लक्षण भएका बिरामी देखा पर्न थालेकाले अवस्था भयावह नहोला भन्न सकिन्न। संक्रमित दैनिक रुपमा बढिरहेकाले प्रदेश २ कै अवस्था भयावह छ। 

खुला सीमाबाट समुदायमा पुग्यो 
कोरोना फैलिनुको मुख्य कारण खुला सीमा हो। खुला सीमामा कडाइ गर्न नसक्दा यो समुदायमा पुगेको हो। सीमामा सुरक्षाकर्मी राखेपछि उचित कडाइ हुन सकेन। सरकारले साउन ५ गते लकडाउन खोलेपछि भारतबाट ह्वात्तै मानिसहरूको प्रवेश भयो। यसरी प्रवेश भएका मानिसले परीक्षण गरेनन्। उनीहरू समुदायमा सामाजिक दूरी,  मास्क लगाउने,  साबुनपानीले हात धुने जस्ता सुरक्षाका उपाय अवलम्बन गरेनन्। यी मानिसबाट विस्तारै समुदायमा पुग्यो। अब यो अझै विस्तार हुने देखिन्छ। समुदायमा चेतना नआएसम्म यसले महामारीको भयावह अवस्था लिने निश्चित छ। 

 (रौनियार पर्सास्थित पोखरिया नगरपालिकाका मेयर हुन्।)

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी
हेर्नुहोस् तस्बिरमा बडीमालिका
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्