काठमाडौं- उपत्यकामा कोरोना संक्रमण बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा जाँचमा कडाई भइरहेको छ। गएको हप्तासम्म हजारौँ यात्रु प्रवेश गरिरहेको नागढुंगा नाकामा पनि अहिले यात्रुको संख्या निकै घटेको छ।
गएको बुधबार गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि उपत्यका भित्रनेको संख्यामा कमि आएको हो। त्यसयता अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने झण्डै आठ हजार सवारी साधनलाई नाकाबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ।
त्यसअघि सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेर पठाउने भइरहेको थियो। त्यसरी स्वाब संकलन गरिएकामा कोरोना संक्रमण बढेपछि सरकारले कडाई गरेको हो।
नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने र उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि अहिले रोक लगाइएको छ। प्रहरीले पैदल हिँडेर प्रवेश गर्न खोज्ने बिना पासका यात्रुहरुलाई पनि फर्काएको छ। उपत्यका प्रवेश गर्ने पास भएकालाई प्रहरीले सम्पूर्ण विवरण टिपेर पठाउने गरेको छ।
तस्बिरमा हेर्नुहोस् चेकिङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।